Tuesday, October 19, 2010

filmi chakkar-2

जीवनलाई दशैंमा पनि फिल्म

आफ्नो नियमित रुटिनलाई एकैछिन बिर्सेर दशैंमा केही नया गर्ने  सोच धेरैको हुन्छ । तर नायक जीवन लुइटेल भने यो बिदालाई पनि फिल्मस“गै जोडेर बिताउन चहान्छन् । ‘नेपाली बजारमा बिरलै किन्न पाइने केही मुभिहरु विदेशबाट साथीहरुले उपहार स्वरुप पठाइदिएका छन्’, जीवनले हेलो शुक्रबारलाई बताए, ‘तिनै पुराना र क्लासिकल फिल्म हेर्दैछु ।’ गृहनगर विराटनगरमा ५ दिनको फुर्सद मिलाएर जान लागेका उनले त्यहाको बसाइमा आधा दर्जन बढि पुराना फिल्म हेर्नेछन् । ‘नया फिल्महरु त हेरिराखिएकै हुन्छ, तर धेरै राम्रा फिल्महरु हामी मिस गरिरहेका हुन्छौं’, विदामा फिल्म हेर्ने योजना बनाएर बसेकालाई जीवन  सुझाउ“छन्, ‘सक्दो धेरै पुराना फिल्म हेर्नुस ।’  एकेडेमी अवार्ड पाएका त्यस्ता फिल्महरु हेरेर आफ्नो अभिनय अझ तिखार्नु उनले त्यस्ता फिल्म हेर्नु पछाडिको कारण रहेको जीवन बताउ“छन्  ।

धेरै कमाउने जोडि

हिपहप संगीतका अघोषित बादशाह कहलिएका जे जेड र उनकी श्रीमती वेयोन्स नोल्सले २०१० हलिउडमा सबैभन्दा धेरै कमाउने जोडिको कीर्तिमान दोहो¥याएका छन् । फोब्र्स पत्रिकाको निकालेको सूचिमा उनीहरुले २०१० मा मात्रै संयुक्त रुपमा १६ करोड २० लाख अमेरिकी डलर कमाएको बताइएको छ । लामो रोमान्सपछि २००८ मा विवाह गरेका उनीहरुको आम्दानीको स्रोत विश्वभर गरिने कन्सर्टहरु भन्दा अन्य बढी छ । उनीहरुको तस्विर राखिएको टिसर्ट विश्वमा धेरै बिक्री हुने ब्राण्डमध्ये एक हो । त्यसबाहेक क्रेडिक कार्डको कारोबार गर्ने अमेरिकी कम्पनी ‘अमेरिकन एक्सप्रेस’ र बियर ब्राण्ड ‘बुडविजर’ को उत्पादनहरुको प्रबद्र्धनमा सकृय भएर उनीहरुले त्यती कमाएका हुन् ।

फोब्र्स पत्रिकाले चलचित्र अभिनेता/अभिनेत्री, गायक/ गायिका र व्यावसायीक खेलाडिहरुमध्येबाट उक्त सूचि निकाल्ने गर्छ । जसमा अघिल्लो बर्ष पनि यिनी हिपहप जोडिकै अग्रता थियो । २००९ मा उनीहरुको १२ करोड २० लाख अमेरिकी डलर जोडेका थिए । आफ्नो संयुक्त वैंक खातामा उनीहरुले जम्मा गरेको रकम  यस्तो सूचि निकाल्दा गणना हुनेगर्छ ।
यी हिपहप जोडिलाई पच्छ्याउ“दै धेरै कमाउने दोस्रो जोडिमा ६८ बर्षिय अमेरिकी फिल्म निर्माता एवं अभिनेता हेरिसन फार्ड र उनले यसैबर्ष विवाह गरेकी ४५ बर्षिया अमेरिकी अभिनेत्री क्यालिस्टा फ्लोकार्ट परेका छन् । उनीहरुको पछिल्लो फिल्म ‘इन्डियाना जोन्स एण्ड द किङडम अफ डि क्रिस्टल स्कल’ लाई त्यसको मूख्य स्रोत बताइएको छ जसबाट संयुक्त रुपमा १२ करोड २० लाख अमेरिकी डलर कमाएका थिए । अहिले चर्चामा रहेको ब्राड पिट र एञ्जेलिना जोलीको जोडि भने ५ करोड ५० लाखको साझेदारी गर्दै तेस्रोमा कमाउने सेलिब्रिटी जोडीमा परेका छन् । 

अक्सफोर्ड युनियनमा प्रिटी जिन्टा

विश्वका चर्चित व्यक्तिलाई निम्त्याएर बहस गर्ने चर्चित कार्यक्रम ‘अक्सफोर्ड युनियन’ मा बलिउडको प्रतिनिधित्व गर्दै यसपटक अभिनेत्री प्रिति जिन्टा जा“दैछिन् । ३० हिन्दी सिनेमामा काम गरिसकेकी उनलाई राम्रो तर्क गर्ने क्षमता र अध्ययनशील स्वभावका कारण त्यो अवसर दिईंदैछ जहा“ उनले अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीहरुले राख्ने प्रश्नहरु सामना गर्नेछिन् । विश्वकै सबैभन्दा ठूलो फिल्म उद्योग बलिउडको एउटा सदस्य हुनुका पछाडि उनका अनुभव र ‘पुरुष प्रधान मुलुकमा महिला सेलिब्रिटी’ बारे अक्सफोर्स युनियन सोसाइटिका बिद्यार्थीले उनीस“ग प्रश्नोत्तर र बहस गर्नेछन् । उनलाई त्यहा मिहिनेत र लगनशीलताबाट सफलता पाउने व्यक्ति भन्दै ‘रोल मोडल’ का रुपमा प्रस्तुत गरिदैछ ।\
झण्डै २०० बर्षको इतिहा“समा अक्सफोर्ड युनियनले धेरै चर्चित व्यक्तिहरुलाई आफ्नो अतिथिको रुपमा बोलाइसकेको छ । युनियनले बेलायतका पूर्वप्रधानमन्त्री विस्टन चर्चिल, वर्तमान प्रधानमन्त्री डेविड क्यामरुन, पूर्व अमेरिकी राष्ट्रपति रिचार्ड रेगन, भौतिकशास्त्री स्टेफन हकिंङस, धार्मीक नेता दलाई लामा, मदर टेरेसाजस्ता चर्चित अनुहारस“ग बहस र छलफल गरिसकेको छ  । मनोरञ्जन जगतबाट पनि माइकल ज्याक्सन, क्लिन्ट इस्टवुड, मार्टिन सिनजस्ता चर्चित व्यक्तिहरु सहभागि भइसकेका छन् । 

via Hello Shukrabar (KANTIPUR)

No comments:

Post a Comment