Thursday, November 18, 2010

ज्याकेट जमाना

‘ज्याकेट अब जाडो छल्न मात्र नभएर, फेसनकै रुपमा  तन्नेरीमाझ लोकप्रिय हुदैछ’

चिसो बढ्दै गरेको काठमाण्डुमा दिन छिप्पिएर साझ पर्दा–नपर्दै सडकमा घरभित्रको न्यानोमा छिर्न हतारिदा मानिसका भिडभाड बढ्न थाल्छ । तर जाडो छल्दै आफ्नो दिनचर्यामा सधैझैं रमाउनेहरु पनि उत्तिकै छन् । नया जमानाका तन्नेरीहरु जाडो मौसममा प्रायः लगाइने बाक्ला र धेरैथरी लुगाले आफ्नो ‘फेसन’ बिग्रन  सक्नेमा पनि उत्तिकै सचेत छन् । त्यसैले आजकल जाडो मौसममा विशेषगरी लगाइने लुगा ‘ज्याकेट’का विभिन्न ब्राण्ड र  आइटममा तन्नेरीका आखा पर्न थालेका छन् ।

दरबारमार्गस्थित लेदर सप ‘बेन्ट्ली’मा यस बर्षको जाडोको लागि ३ नया ज्याकेट किनेर फर्कदै गरेका युवा उद्यमी शैलेन्द्र श्रेष्ठ, २८, ज्याकेट किन्नुलाई धेरै व्यक्तिको दिनचर्या र ‘नेचर’ अनुसार फरक पर्ने ठान्छन् । ‘म प्रायः लेदर लाइट ज्याकेट लाउन रुचाउछु’, उनी भन्छन्, ‘जुन सायद मैले दिनहू एटेण्ड गर्ने बिजनेस डिल र पार्टीहरु अनुकुल पनि छ ।’ शैलेन्द्रको हिड्दा प्रयोग गर्ने आफ्नै एसीवाल कार छ जसले गर्दा उनलाई त्यतीधेरै बाहिर चिसोमा रहनु पर्दैन । ‘लेदर ज्याकेटको अर्को विशेषता नकुच्चिनु पनि हो’, भन्छन्, ‘कहिकतै हल्काफुल्का दाग लागे पनि देखिदैन ।’ तर मोटरबाइकमा ओहरदोहोर गर्नेका लागि भने शैलेन्द्रले लगाएजस्तो ज्याकेट उपयुक्त नहुन  सक्छ ।  मोटरबाइकमा हिंड्दा चिसो हावाबाट बचाउन बजारमा त्यस्ता धेरै ‘विन्डप्रुफ’ ज्याकेटहरु उपलब्ध छन् ।

उता नेपाली चलचित्र कुशुमे रुमालकी नायिका रुवी भट्टराई, २३, भने हाइनेक वा फुल टिसर्टसग हाफ ज्याकेट लगाउन रुचाउछिन् । कमलपोखरीस्थित सीटी सेन्टरमा हेलो शुक्रबारसग भेटिएकी उनी भन्दैथिइन्, ‘यस पटक ७ वटा नया ज्याकेट किन्दैछु ।’ यात्राका लागि स्कुटर हाक्ने उनको रोजाइमा धेरै ‘विन्ड प्रुफ’ ज्याकेटहरु पर्नेछन् । शैलेन्द्रलाईझैं उनलाई पनि लेदरका ज्याकेटहरु उत्तिकै मन पर्ने रहेछ । भन्छिन्, ‘त्यसले सायद मेरो व्यक्तित्व अझै खुलाउछ जस्तो लाग्छ ।’ ज्याकेट किन्दा आफूले लगाउने अन्य लुगा र सामाग्रीहरुस“गको ‘म्याचिङ्ग’ लाई पनि उत्तिकै ध्यान दिनुपर्ने ठान्छिन् रुवी । बाइक चलाउदा लगाइने ‘ह्याण्ड ग्लोब्ससग मिल्नेगरी धेरैजसो उनी ज्याकेट किन्छिन् । त्यसका अलावा बुटसग लामो ज्याकेट, क्लोज सुजसग हल्का र पातलो ज्याकेटहरु सुहाउने उनको अनुभव छ ।



Anjita
रुवीजस्तै वैदेशिक रोजगारदाता कम्पनी ‘ह्वाइट पियर्ल रिक्विटमेन्ट’, सुकेधाराकी निर्देशक अंजीता कार्कीलाई छोटा र फिटिङ्ग ज्याकेटहरु मन पर्छ । यस पटकको जाडोको लागि भनेर सीटी सेन्टर, काठमाण्डु मल र पशुपति प्लाजाबाट ६ विभिन्न ज्याकेट किनेकी उनलाई स्थान र परिवेश अनुसार फरक–फरक ज्याकेटहरु लगाउन मन पर्छ । ‘अफिसमा म धेरै लङ्ग ज्याकेट लगाउन रुचाउछु’, २३ बर्षेले चकलेटी पारामा भनिन्, ‘लङ्ग ज्याकेट अफिस ड्रेससग लगाउदा नि उत्तिकै सुहाउछ ।’ तर साथीहरु स“गको जमघट र व्यक्तिगत घुमघाममा भने उनलाई कोरियन ज्याकेटहरु लगाउन मन पर्छ । ‘कोरियन ज्याकेटमा हुने ठूलो–ठूला बटनहरु मलाई निकै मन पर्छ’, भन्छिन्, ‘त्यसबाहेक घाटिको हुड (ज्याकेटस“गै जोडिने टोपी)मा हुने भुवाले  झनै न्यानो बनाउ“छ ।’ त्यस्तै उनी अन्य कपडाको रंगसग म्याच गरेर ज्याकेट लगाउ“छिन् । ‘टिसर्ट सेतो भए कालो ज्याकेट बढ्ता म्याचिङ्ग गर्छ’ उनको भनाई छ, ‘कसैकसैलाई मिक्स कलरको (रंगिचंगी) ज्याकेटहरु सुहाउछ ।’

Sailendra
अहिले काठमाण्डुका बजार र सपिङ्ग मलहरु घुम्दा तन्नेरीहरु जसरी नया–नया ब्राण्ड र डिजाइनका ज्याकेट किन्नमा व्यस्त देखिन्छन् जुन केही बर्ष अघिसम्म भने त्यस्तो थिएन । विगत ११ बर्षयता काठमाण्डुमा रेडिमेट लुगाहरुको व्यापार गर्दै आएका गणेश अग्रवाल, ३२, भन्छन्, ‘बढ्दो इन्टरनेटको प्रयोग र बढ्दो विदेश जाने–आउने क्रमसगै तन्नेरीहरु फेसनप्रति सचेत हुन थालेका हुन् ।’ सीटी सेन्टरको दोस्रो तलामा रहेको जेन्स क्लोथिङ्ग हाउस‘फ्र्ेन्ड्स’का संचालक अग्रवालका अनुसार कस्तालाई ज्याकेट भनिने भन्ने सोचाइमा नै निकै ठूलो परिवर्तन आएको छ । ‘पहिले बाक्लो, भुवादार र मोटो लेदरको ज्याकेटहरु बढि चल्थे’, भन्छन्, ‘अहिले त्यो मानसिकतामा धेरै परिवर्तन आइसकेको छ ।’ ज्याकेटहरु विभिन्न डिजाइनमा आउनुका साथै पातलिंदा र हलुंगा पनि भइराखेका छन् । उनका अनुसार त्यसो  हुनुमा बिस्तारै बढिरहेको नेपालीहरुको क्रयशक्ति र ‘सपिङ्ग कल्चर’ पनि हो ।

Rubi
विश्वविश्ख्यात क्लोथिङ्ग ब्राण्डका डिजाइनर्स (ठ्याक्कै ओरिजिनल नै होइन) कपीहरु नेपालमा मुख्य रुपमा चीन, भारत, बंगलादेश, थाइल्याण्डबाट भित्रन्छन् । र, नेपालमा बढि बिक्ने ज्याकेटहरु २ हजारदेखि ४ हजार रुपया भित्रका हुन्छन् । ‘यहा महिलाहरुका लागि बढि डिजाइनका ज्याकेटहरु पाइन्छन्’, लेजिड क्लोथिङ्ग हाउस ‘डिजाइनर्स फर लेस’ की सफरडोल्मा लामा भन्छिन्, ‘लेडिज ज्याकेटहरु तुलनात्मक रुपमा केही सस्ता पनि हुन्छन ।’ उनका अनुसार तन्नेरी केटीहरु बढि लाइट लेदर, ओभरकोट र हुडि ज्याकेट रुचाउ“छन् । हाइवेस्टेड (नाइटोसम्म लगाइने) पाइन्टसग म्याच गरोस भनेर छोटो ज्याकेट लगाउने ट्रेन्ड पनि बढ्दो छ । छोटो हातेलम्बाई भएका ज्याकेट चेन नलाईकन लगाउने फेसन पनि अहिले तन्नेरी केटीहरुमा चलेको फेसन हो । तर, गणेश अग्रवाल भने आजकल ‘के’ र ‘कस्तो’लाई फेसन भन्ने नै अप्ठ्यारो विषय बनिसकेको ठान्छन् । ‘पहिले एउटाले कुनै नया“ वा भिन्नै तरिकाले ड्रेसअप ग¥यो भने उसैलाई पच्छ्याउनेलाई फेसन ठानिन्थ्यो’, भन्छन्, ‘आजकल भने कसले कसको भन्दा भिन्न लगायो भन्ने प्रतिस्पर्धा हुनेगर्छ ।’ काठमाण्डुका डान्सबार, रेष्टुरा“ र क्लबहरुमा छिर्ने हो भने गणेशले भनेजस्तो तन्नेरीहरुको ‘फेसन कन्सियसनेस’ देख्न सकिन्छ जुन ज्याकेटमा मामिलामा पनि उत्तिकै लागु भइराखेको छ । अझ काठमाण्डुमा आजकल ग्राहकको आग्रहमा केही बुटिकहरुले समेत उसैले रोजेको डिजाइनमा ज्याकेटहरु तयार पार्न थालेका छन् । कोरियन चलचित्र र टेलिसिरियलमा बढेको नेपाली क्रेजसगै कोरियन टिसर्टहरु तन्नेरीहरुमाझ उत्तिकै चलिराखेका छन् । अहिले बजारमा छड्के चेन, ठूलो बटन, घाटीको ठूलो कल्लर भएका, भित्र आरामदार भुत्ला र भुवा भएकाजस्ता धेरै डिजाइनमा ज्याकेटहरु उपलब्ध छन् । तन्नेरीहरुमा आजकल ‘राम्रो’ भन्दा पनि ‘भिन्न’ डिजाइनका लागि बढेको प्रतिस्पर्धाले दिनहू त्यस्ता नया“ नया“ डिजाइनहरु आउने हुन् । त्यसैले गर्दा पनि ‘भिन्न’को खोजिमा अहिले हप्ता वा महिनै पिच्छे सपिङ्ग गर्ने क्रम बढ्दो छ ।

तन्नेरीहरुको फेसनेवल ज्याकेटप्रति बढेको मोहले गर्दा यहा भित्रले धेरै डिजाइन र ब्राण्डका ज्याकेटहरु १५ देखि ३५ बर्षे उमेर समूहका लागि हुन्छन् । तपाई पनि यसपटकको जाडो मौसमको लागि ज्याकेट किन्ने शुरमा हुनुहुन्छ भने लेदर (रु ३ हजारदेखि ५ हजार), जिन्स (रु १८ सयदेखि ४ हजार), कोरियन फिटिङ्ग (रु १५ सयदेखि ४५ सय), लङ्ग ज्याकेट (रु २५ सयमाथि) वा स्वेट सर्ट वा फूल टिसर्ट (रु १ हजारदेखि ३ हजार) मध्ये आफ्नो व्यक्तित्व र आवश्यकतालाई कुन बढि सुहाउछ, त्यही किन्नुस् । ह्याभ अ ह्याप्पी विन्टर ।

                                                    तस्विरहरु– सुन्दर श्रेष्ठ / कान्तिपुर

First published as Cover Story on Hello Shukrabar (KANTIPUR)

1 comment:

  1. sounds little
    elitist what about a porter and poor people?

    ReplyDelete