Tuesday, November 16, 2010

दृष्टिकोण बदल्ने चिठीहरु

पिताजी खुबै किताब किन्नुहुन्छ । अझ ‘दृष्टिकोण बदल्ने’, ‘सकारात्मक सोच राख्ने’ भनिने किताबहरु हामीले पढुम भन्ने वहाँको त्यस्ता  किताबहरु किन्नुपछाडिको ध्येय हुनेगर्छ । तर पिताजीको त्यो स्नेयलाई सम्मान गर्दागर्दै पनि मलाई कहिलेकाहीँ त्यस्ता किताबहरु पढ्न ‘वाक्क’ लाग्नेगर्छ। धेरैमा हुने 'फुर्रा दर्शन' यथार्थभन्दा पर हुनेगरेको म पाउँछु । यद्यपि मलाई पिताजीले किनिदिनुभएका धेरै किताबमध्ये शिव खेडाको ‘यु क्यान विन’ र पण्डित जवाहरलाल नेहरुको ‘लेटर फ्रम अ फादर टु हिज डटर’ ले निकै प्रेरणा दिएको छ । पुस्तकको नाम सम्झंदा नै ममा निकै 'उत्साह' र 'जाँगर' आउनेगर्छ । शिव खेडाको उक्त पुस्तक म स्कुल जीवनमै सकेको थिएँ भने नेहरुको कक्षा १२ मा पढ्दैगर्दा । यस ब्लगपोष्टमा म ‘लेटर फ्रम अ फादर टु हिज डटर’ बारे केही कुरा बताउन खोज्दैछु प्रत्येक व्यक्तिले (सक्दो आफू अभिभावक हुनुपूर्व नै) पढ्नैपर्ने पुस्तक हो– ‘लेटर फ्रम अ फादर टु हिज डटर’ । जसले एउटा आदर्श पिता बन्न सिकाउँछ ।
................
‘हामीले केही पत्रका माध्यमले करोडौ बर्ष पार गरेका छौं । तातो अवस्थामा रहेको पृथ्वी कसरी चिसिदै गयो भन्ने हामीले थाहा पायौं । पृथ्वीबाट चन्द्रमा कसरी टुक्रियो, तिमीलाई थाह छ । लामो समयसम्म पृथ्वीमा जीवनको अस्तित्व थिएन । करोडौं बर्षको अन्तरालमा जीवन अस्तित्वमा आयो । वास्तवमा करोडौं बर्षको जीवनलाई अनुमान गर्नु कठिन छ । तिमी केवल १० बर्षकी छौ । तिमी किशोरावस्थामा छौ । १०० बर्ष पनि तिम्रा लागि लामो समय हो । करोडौं बर्ष त त्यसै पनि निकै लामो समय हो जुन हाम्रो साधारण मस्तिस्कले सजिलै कल्पना गर्न पनि सक्दैन । त्यसैले पनि तिम्रँे अगाडिको जीवन निकै चुनौतिपूर्ण छ । हामी आफूलाई निकै महत्वपूर्ण ठान्छौं र ससाना कुराले हामीलाई चिन्तित बनाउछ । बिश्वको कठिन र संघर्षशील इतिहास पढेकी तिमी अब सानातिना घटनाबाट चिन्तित हुनेछैन्यौ ।’
सन् १९२८ को त्यसबेला भारतीय राजनीतिज्ञ जवाहरलाल नेहरू (पछि उनी प्रथम भारतिय प्रधानमन्त्री भए) इलाहवादमा थिए भने उनकी १० बर्षकी छोरी इन्दिरा (सन् १९८० देखि १९८४ सम्म उनी पनि भारतीय प्रधानमन्त्री भइन्) हिमालयकी रानी भनेर चिनिने  रमणीय ठाउ मुसुरिमा थिइन् ।
त्यसबखत नेहरुले मानव सभ्यता र पृथ्वीकोे बिशिष्ट बिकासक्रमको जानकारी नियमित पत्राचारबाट गराएका थिए । अघिल्ला २५ पत्रहरुबाट गराइसकेपछि २६ औं पत्रमा उनले माथिको वाक्यहरु लेखेर आफ्ना अघिका चिठीहरुलाई छोरीमाझ रिभाइज गर्न खोजेका छन् जसले उनका पूरा ३० चिठीहरुले दिन खोजेका भाव प्रतिनिधित्व गर्छ । तिनै चिठीहरुलाई पछि आफ्ना साथीहरुको आग्रहमा नेहरुले ‘लेटर्स फ्रम अ फादर टु हिज डटर’ पुस्तकाकार रुप दिएका हुन ।

आफ्नी सानी छोरीलाई त्यसबखत चिठीहरु लेख्दा नेहरुले पछि पुस्तकाकार रुप लेला र बिश्वप्रशिद्ध होला भनेर सोचेका पनि थिएनन् । तर जतिखेर इलाहबादमा साथै रहेका उनका साथीहरुले ती चिठीहरु धेरै अभिभावक र छोराछोरीसामु पुग्न आवश्यक छ भन्दै नेहरुलाई हौस्याएपछि १९२९ मै प्रकाशनमा ल्याएका थिए । अंग्रेजहरुको शासन खेपिरहेका त्यसबेलाको समयमा भारतमा स्वतन्त्रताको आन्दोलन चर्कंदै पनि थियो र नेहरुले उक्त चिठीहरुमार्फत संसारलाई राष्ट्रहरुको एउटा ठूलो परिवारको रुपमा सोच्नुपर्ने विचार सबैमाझ फैलाउने अवसर पनि पाए । 

चिठीहरु हामीले आमरुपमा सोचेभन्दा निकै फरक छ । लामो गर्मी मौसम समाप्त भएको थियो । इन्दिरा मुसुरिको हिल स्टेसनबाट तल तराईमा झर्ने बेला भएको थियो । नेहरु चहान्थे– त्यहाबाट फर्कंदा उनकी छोरी संसारप्रतिको नया“ सोच र दृष्ट्रिकोण लिएर फर्कुन् । त्यसैले पनि ति चिठीहरुमा नेहरुले कहि“कतै ब्यक्तिगत, घरायसी वा राजनीतिक कुराहरु उल्लेख गरेका छैनन् । 

चिठीको शूरुवात उनले प्रकृतिबाट गरेका छन् जहा“ प्रकृतिलाई एउटा पुस्तकको रुपमा ग्रहण गर्न छोरीलाई सुझाएका छन् । जहा उनले पृथ्वीमा मानिसहरुको उत्पति कसरी भयो भन्ने लेखेका छन् । जतिखेर पृथ्वीमा मानिसहरु वा अन्य प्राणी र वनस्पतिहरु थिएनन् त्यसबेलादेखि उनले आफ्नी छोरीलाई पृथ्वीको बिकासक्रम बताउन थालेका छन् । उनी लेख्छन्,‘जब तिमी ठूलो हुनेछौ, तिमीले यस धर्तिका मानिसहरुको कथा मोटामोटा पुस्तकहरुमा पढ्न पाउनेछौ । प्रकृतिबाट पढ्ने कुरा तिम्रा लागि अन्य उपन्यास र कथाभन्दा बढी रोचक हुनेछ ।’ बैज्ञानिक र ज्ञाताहरुलाई हवाला दिदै प्रँणीजगत बाच्न सक्ने अवस्था नै नरहेको तातो पृथ्वी बिस्तारै चिसि“दै गएर प्राणिजगत् र वनस्पतिहरु अस्तित्वमा आउन थालेको जानकारी दिएका छन् । इतिहा“स लेख्ने कोही नभएको त्यसबेलाको जानकारी हामी बिभिन्न चट्टान र जीवावशेषहरुको अध्ययनबाट थाहा पाइरहेका छौं भन्दै उनले प्रकृतिजत्तिको ठूलो पुस्तक संसारमा अरु केही नभएको पुष्ठि आफ्नी छोरीमाझ गरेका छन् ।
जसले बिस्तारै मानवजाति र पृथ्वीको इतिहास कसरी लेखिन थाल्यो त भन्नेमा पत्र आइपुग्छ जहा“ मानव सम्भयताको बिकासको प्रशंगसगै मानिसहरुले सीप, कौशल सिकेर आफ्नो जीवनलाई ब्यावस्थित बनाउन थालेपछि भाषा र लिपीहरुको बिकास हुन थालेको बताइन्छ । त्यस्तै पृथ्वी र सौर्यमण्डलको बनोट कस्तो छ त ? भनेर नेहरु बताउन थाल्छन । त्यहा उनले हाम्रो पृथ्वी लगायत थुप्रै ग्रहहरु कुनै समय सूर्यकै अंश रहेका र पछि उछिट्टिएर वायुमण्डलमै रही सूर्यको परिक्रमा गर्न थालेको १० बर्षे छोरीलाई बताएका छन् । ब्रहमाण्डजस्तो कठिन बिषयलाई समेत उनले छोरीले बुझ्नेगरी अन्य चिजसग तुलना गरेर बताएका छन् । भन्छन्, ‘आफ्ना पीता सूर्यबाट अलग रहन नसकी  डोरीले बाधेर झुण्डाइएझैं गरी आआफ्नै अक्षबाट सूर्यको परिक्रमा गर्न थाले ।’ उनले त्यहा नाम नखुलाईकन छोरीलाई गु्रत्वाकर्षण बललाई अनौठो शक्ति भनेर डोरीस“ग तुलना गरेका छन् जसका कारण ठूला पदार्थले साना पदार्थलाई आफूतर्फ आकर्षित गर्छन । 

नेहरुले अमिवाजस्ता ससाना जीवबाट बिस्तारै बिभाजन र बिकास हुदै आजको अवस्थामा आइपुग्दाको अवस्था र त्यसपछाडिका कारण बताउदै छोरीलाई लेख्छन्, ‘झिल्लीदार बस्तुहरु हुदै समुद्रमा खोलायुक्त माछा, गंगटो र जुकाहरु देखा परे । समुद्रका पीधमा आलो हिलो र बालुवाभित्र पुरिएका भगनावशेषहरु अध्ययन गर्दा पाइएको निश्कर्षको जानकारी दिदै उनले आलो हिलो र बालुवा थपिदै जादा त्यसको चाप र वजनको कारणले भित्री भाग कडा हुदै गएर चट्टानमा परिणत भयो । भुकम्प र अन्य कारणले पीधबाट चट्टान माथि आयो र सुख्खा जमिनको निर्माण भयो । सुख्खा चट्टानलाई नदिको पानी र बर्षातले पखाल्दै गयो र बर्षौंदेखि लुकेर रहेको अवशेषहरु बहिर देखाप¥यो । जसको अध्ययनबाट मानवको उत्पति हुनुपुर्व हाम्रो संसारमा के थियो भन्ने जानिन्छ ।’

एउटा कलिली छोरी जो भर्खर अक्षरहरु चिनेर तोते बोलिमा शब्द उच्चारण गर्न बल्लतल्ल सिकेकी छ, जसलाई संसारको बिशिष्ठता नेहरुले सक्दो सरल भाषा र उदहारण दिएर बुझाउन प्रयास गरेका छन्, जुन उनको अद्वतिय खुबी हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा उनले आफ्नी छोरीलाई जीवन चिनाएका छन् । अनन्त रहेको संसारमा हामी ससाना कुरामा अल्झिरहेका छौं भन्ने पाठ उनका उक्त चिठीहरुले दिएको मुख्य सन्देश हो ।
आदिम मानवहरु, जात र भाषाको बिकासक्रम, सभ्यताहरुको उत्पति, धर्मको शुरुवात र श्रम बिभाजन, कृषिको बिकास र त्यससगै शुरु भएको मुखिया प्रथाको शुरुवात र पछि राजाहरुको शुरुवात, प्राचिन शहरहरुको बिकास, सामुन्द्रिक यात्रा र ब्यापार, बर्गहरुको बिभाजन, मन्दिर र पुजारीहरु, अवशेष र भग्नावशेष, आर्यहरुको भारत प्रवेश, महाभारत र रामायणजस्ता प्राचिन बिषयबस्तु समेटेर छोरीको दृष्टिकोण बदल्ने अभिप्रायका चिठीहरु लेखेर नेहरुले एउटा साहित्यमा बेग्लै इतिहास बनाउन सकेका छन् भन्दा अन्यथा नहोला ।

पछिल्ला ३ चिठीहरु नया युग संकेत गर्ने खालका छन् जसको उद्देश्य छोरी मुसुरीबाट फर्कंदा संसारप्रति नया दृष्टिकोण बोकेर आओस् भन्ने अभिप्राय बोकेको देखिन्छ । १० बर्षे एउटी सानी छोरीलाई मानवजाती र पृथ्वीको बिशिष्ठ बिकासक्रमबारे पत्रमार्फत जानकारी दिदा जति सरल गर्न खोजे पनि केही भाषागत समस्या आउनु स्वभाविकै हो जसमा नेहरुलाई खोट लगाउने ठाउ देखिदैन । तर उनले जीवनको बिशिष्ठता र संघर्षशीलतालाई सम्मान र आत्मसाथ गर्न लालायित गर्ने उनको पुस्तक आफैमा एउटा ‘उत्कृष्ट पुस्तक’ हो जुन जीवनमा एकपटक हरेक अभिभावकले पढ्नुपर्ने देखिन्छ । जसले गर्दा यो बिशाल संसारमा हामी आफ्ना ससाना स्वार्थभन्दा माथि उठ्न सक्नेछौं ।

1 comment:

  1. तपाइँको समालोचना उत्कृष्ट लाग्यो। मैले पढ्ने पुस्तकको सुचिमा राखेँ Letters from his father to his daughter लाइ। धन्यवाद !

    ReplyDelete