Thursday, November 11, 2010

Filmi Chakkar-4

पिताको भूमिकामा छोरा

गायन क्षेत्रमा राम्ररी जमेका सत्यराज आचार्यले चलचित्रमा अभिनेताको भूमिका पनि निर्वाह गरुला भनेर सायदै सोचेका थिए । तर यस्तो समय आयो कि चलचित्रमा नायकको भूमिकामा उनीभन्दा उत्कृष्ठ विकल्प अर्को हुनै नसक्ने । आफ्ना पीता भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा बन्न लागेको नेपाली चलचित्र ‘आचार्य’मा उनी मुख्य अभिनेता छन् जहा उनले ‘भक्तराज आचार्य’ को भूमिका निर्वाह गर्नुपर्नेछ । ‘बुवाकोजस्तो अनुहार, स्वभाव र स्वर बढि मैसग मिल्नेहु“दा सायद मलाई छानिएको हो’, उनले हेलो शुक्रबारलाई बताए, ‘र, कसैको जीवनीमा आधारित रहेर बनाउन लागिएको यो पृथक धारको चलचित्र हो जसमा काम गर्नु आफैमा एउटा राम्रो अवसर पनि हो ।’

सिक्किमस्थित प्रवासी नेपाली रोशन राईले निर्माण गर्न लागेको ‘आचार्य’ लाई प्रशान्त रसाइलीले निर्देशन गर्दैछन् जसले अबको केही महिनामा एउटा गायकलाई नायकको रुपमा देखादैछ । यद्यपि नेपाली फिल्म जगतका लागि गायकबाट नायक बन्ने उनी पहिला व्यक्ति भने होइनन् । रामकृष्ण ढकाल (आर्शिवाद), प्रशान्त तामाङ्ग (गोर्खा पल्टन), निमा रुम्बा (कागबेनी) जस्ता चर्चित गायकहरुले पनि फिल्मका मुख्य भूमिकामा अभिनय गरेका थिए ।



दिपीकाको ऐतिहासिक ट्याटु

दिपिका पादुकोण र रणवीर कपुरबीचको प्रेम सम्बन्ध सकिएको एक बर्ष बढि भइसक्यो । तर आफ्ना पूर्वप्रेमी रणवीरलाई उनले सजिलै भुल्न नसकेजस्तो छ । त्यस्तै देखियो पछिल्लोपटक फिल्म निर्देशक करण जोहारले चलाइरहेको सेलिब्रिटी टक सो कार्यक्रम ‘कफि विथ करण’ का लागि उनी पुग्दा ।

उनीहरुको सम्बन्ध छ“दाखेरी नै मिडियामा एउटा ट्याटुले खुबै चर्चा पाएको थियो । उनको घा“टीको पछाडि अंग्रेजीमा खोपिएको ‘आरके’ लिखित ट्याटु छ । करणले ट्याटु अझै नमेट्नुको कारण सोधिहाले । दिपीकाले पनि निकै कूटनीतिक पाराले जवाफ फर्काइन् ‘यो प्रेम र कमिटमेन्टको संकेत हो’ भन्दै । उनका अनुसार त्यो ट्याटुले रणवीरस“गको प्रेम मात्र बोल्दैन, उनको जीवनस“गै धेरै अर्थ राख्छ ।

उनी आफू त्यो सम्बन्धलाई पुनः फर्केर सोच्ने मुडमा पनि छैनिन् र विगतदेखि पछुताइरहेकी पनि छैनिन् । ‘मलाई त्यस घटनाले निकै परिपक्व पनि बनायो’, भन्छिन्, ‘त्यसैले पनि ट्याटु मेरा लागि जीवनको एउटा महत्वपूर्ण समय सम्झाइरहनका लागि सहयोगी हुनेछ ।’

‘कफि विथ करण’को यो तेस्रो सिजन हो जुन यहि नोभेम्बर ७ देखि शुरु भयो ।


मिल्यिको बर्थडे विस आमावुवाको लागि

चर्चित अमेरिकी गायिका एवं नायिका मिल्यि साइरस यही नोभेम्बर २३ मा १८ औं बर्षमा प्रवेश गर्दैछिन् । तर उनको लागि आफ्नो यो नया जन्मदिन पहिलेजस्तो त्यती रमाइलो हुनेछैन । कारण एकातर्फ भर्खर उनका बुवा–आमाले पारपाचुके गरेका छन् भने अर्कोतर्फ अस्टेलियन फिल्म अभिनेता लिम हेम्सवर्थस“ग ब्रेकअप भएको छ । तर उनलाई आफ्ना आमाबुवा छुट्टिएको घटनाले निकै पिरोलिराखेको छ । त्यसैले पनि यसपटकको जन्मदिनमा उनी मैनबत्तिहरु निभाउ“दा आफू र आफ्नो करिअरका लागि प्रार्थना नगरेर छुट्टिएका आफ्ना आमाबुवाको पुर्नमिलन होस् भन्ने कामना गर्ने बताएकी छिन् । ‘म कत्ति पनि उत्साहित छैन’, उनले भनिन्, ‘यो अवसर म मेरा साथीहरुसग रहेर भन्दा पनि आफ्नै परिवारको साथ बिताउन चहान्छु ।’

८ बर्षे कलिलो उमेरमा ग्यामर क्षेत्रमा हाम फालेकी यी १७ बर्षेलाई सानैमा चर्चित सेलिब्रिटी बनाउन उनका बाबुआमा दुवैको उत्तिकै मिहिनेत परेको छ । ‘तर’, आफ्नो संयुक्त डिभोर्स पत्रमा उनीहरुले लेखेका छन्, ‘सायद अब हाम्रो उनीप्रतिको संयुक्त जिम्मेवारी पूरा भएको छ ।’ तर बताइए अनुसार यिनीहरुको पारपाचुकेको कारण पनि मिल्यिको सफलता नै प¥यो । समाचार स्रोतका अनुसार उनीहरु पछिल्ला केहीबर्ष आफ्नी छोरीलाई ‘सेलिब्रिटी’ बनाउन भन्दै यसरी लागे कि एक–अर्कालाई समय दिन नै भुलिसकेका थिए । तर फिल्मी विश्लेषकहरु भन्छन्, ‘उनले यसरी सानैमा ठूलो सफलता चुम्नुमा उनका बुवाआमाको निकै ठूलो मिहिनेत परेको छ । र, यदि उनको परिवार फेरी जुटेन भने उनलाई आफ्नो शाख यही तरिकाले बचइराख्न मुस्किल पर्नेछ ।’

via Hello Shukrabar (KANTIPUR): Click Here for e-paper view::

No comments:

Post a Comment