Blogger with Deepak Adhikari:: Pics By: CP Aryal |
थापाथलीस्थित न्यूयोर्क क्याफेमा कान्तिपुर सम्पादक सुधीर शर्मासँग मसहित आशिष लुइटेल, सिपी अर्याल, रमेश न्यौपाने र ईश्वर विभाष जमघट भइरहँदा साथै रहनुभएका अर्का पत्रकार दाजु दीपक अधिकारीतर्फ हाम्रा आँखाहरु अक्सर मौन भएर अडिन्थे । हाँसीमजाक गर्ने मुड थिएन त्यहाँ र निन्याउरो अनुहार पारेर हामी त्यस क्षणलाई झन् भावुक बनाउन पनि चहाँदैनथ्यौं । त्यसमा अझ मेरा लागि वहाँको विदाई एउटा परिशिष्टांकको संयोजकको विदाई मात्र थिएन, म आफूलाई लेखनमा एउटा बेग्लै तहको अवसर दिलाउने र निरन्तर मार्गदर्शन दिइरहने अभिभावकसँग बिछोडिएजस्तो अनुभव गर्दैथिए जसको 'अनुभव' मात्र गर्न सक्छु म । शब्दमा व्याख्या गर्नु मेरा लागि त्यो निकै जटिल काम हुनेछ ।
..........
पत्रकारितामा सानैदेखि रुचि थियो मेरो । पत्रकारहरु सधै मेरो सबैभन्दा नजिक रहने व्यक्तिहरु हुन्थे । र, समाचार सामाग्रीहरुले सधै मेरो ध्यान खिच्थे । बुवाममीका अनुसार सायद म त्यसबेला सानै थिएँ, जतिखेर देखिनै मलाई समाचारले तान्थ्यो । खाना खाएर चाँडै निदाउने बानी थियो रे मेरो । न त त्यसबेला मेरो घरमा भुल्नका लागि टेलिभिजन थियो । केटाकेटी उमेरमा पढाईप्रति चासो झनै हुँदैनथ्यो । त्यसैले छिट्टै निन्द्रादेविको शरणमा पुग्ने बानी परेको म हजुरआमालाई तोतेबोलिमा भन्नेगर्थें– ‘नमस्कार, कार्यक्रम घटना र विचारबाट भनेपछि मलाई उठाउनु है ।’ (अलिअलि म पनि सम्झन्छु) । पछि बिस्तारै मेरो अन्कन्सियस दिमाग ‘घटना र विचार’को जिंगलसँग अभ्यस्त हुन थालेछ, र कार्यक्रम रेडियो नेपालमा शुरु हुने वित्तिकै म ब्युँजिन्थेँ । यसरी बढेको मेरो समाचारप्रतिको चासो बिस्तारै बिबिसी नेपाली सेवा सुन्ने हुँदै म्यागेजिनहरु ('हिमाल' र 'नेपाल'को ग्राहक मेरा पिताजी म सानै छँदा देखि हुनुहुन्थ्यो) पढ्नेतर्फ आकर्षित हुन थाल्यो । कालान्तरमा पिताजीको जागिरको दौरान म नवलपरासीको सदरमुकाम परासी आएं । त्यहाँ राष्ट्रियदेखि स्थानिय पत्रपत्रिकाका संवाददाताहरु खुबै हुनेगर्थे । त्यसैबेला मैले पनि ‘बाल योजना’ भित्ते पत्रिका शुरु गरेँ । जसलाई त्यसबेला नौलो मानिन्थ्यो र सानै उमेरको मेरो प्रयासको राम्रै कदर गरिन्थ्यो । जसले गर्दा त्यहाँका अग्रज पत्रकारहरुले मलाई पनि बाल पत्रकार भन्दै पत्रकारहरुका कार्यक्रम र भेलामा बोलाउन थाले जसले मेरो संगत पत्रकारहरुसँग झनै बढायो ।
..........
पछि बिस्तारै मैले उषा बाल म्यागेजिन पनि निकाल्न थालें । मेरा केही फिचरहरु कान्तिपुर दैनिकको कोपिलामा प्रकाशित पनि भएका थिए । कोपिलाका संयोजक राजेश कोइरालासँग मेरो नवलपरासीबाटै धेरैपटक टेलिफोन र इमेलमा कुराकानी हुन्थ्यो । त्यसैबेला कान्तिपुर संवाददाता चेतन अधिकारी नवलपरासी सरुवा भएर आउँदै हुनुहुन्थ्यो । नवलपरासीका लागि नयाँ रहनुभएका चेतन अधिकारीलाई उहाँले मेरो ठेगाना दिनुभएछ । त्यसक्रममा म चेतन अधिकारीसँग नजिकबाट संगत गर्ने अवसर पाएँ । वहाँको लेखाइले मलाई खुबै तान्थ्यो र मेरो लेखाइप्रतिको क्रेज झनै बढ्यो । पछि वहाँको पनि झापा सरुवा भयो भने म पनि एसएलसी सकेर नौलो र विरानो संसार काठमाण्डुमा प्रवेश गरें । एकातर्फ विज्ञान बिषयको पढाई, अर्कोतर्फ होस्टेल बसाई मेरो पत्रकारहरुसँगको संगत ह्वात्तै टुट्यो । प्लसटु पढ्दाताका कोपिला र साप्ताहिकमा घर मणिग्राम फर्कंदा केही रिपोर्टहरु लेख्नेभन्दा बढि केही हुन सकेन ।

Kantipur's editor Sudheer Sharma |
यद्यपि प्लसटु सक्दानसक्दै मेरो संगत पत्रकार दीपक अधिकारीसँग भयो जसले गर्दा म लेखनको एउटा नयाँ दायरामा अगाडि बढ्ने अवसर पाएँ । म तपाईँहरुलाई बताउँ, जसरी अरुका लागि चलचित्रका हिरो/हिरोयिन, खेलाडि वा गायक/गायिका सेलिब्रिटी मानिएलान् तर मेरा लागि सधै पत्रकारहरु नै सेलिब्रिटीको श्रेणीमा पर्छन् । उनीहरुका रोचक र वाइलाइन लेखनहरुले म उनीहरुको फ्यान बनिरहेको हुन्थें । दीपक अधिकारीलाई भेट्नुभन्दा पहिल्यैदेखिको म वहाँको एउटा त्यस्तै फ्यान थिए (जतिखेर वहाँ नेपाल साप्ताहिकमा काम गर्नुहुन्थ्यो) । र, आफूले सेलिब्रिटी मानिका व्यक्तिसँग कुनैदिन यती नजिक हुन पनि पाउँला भनेर मैले सायदै सोचेको थिएँ । तर म त्यस मामिलामा पनि ‘लक्की’ निस्कें ।
हेलो शुक्रबारको शुरुवातसँगै कान्तिपुरका पत्रकार दाजुहरु दिनेश वाग्ले र आशिष लुइटेलले स्तम्भ लेख्नुहुन्थ्यो जसको म पनि एउटा नियमित पाठक थिएँ । प्रत्येक शुक्रबार दिनेश वा आशिषको स्तम्भ प्रकाशित हुँदा उनीहरुको ठाउँमा आफूलाई पनि राखेर कल्पना गर्थें (लेखनमा रुचि भएका धेरैले मैलेजस्तै आफू फिट भएर लेख्न सक्ने ठाउँको खोजिमा हुन्छन्) । तर मेरा लागि त्यो कल्पना गर्ने भन्दा बढि केही हुन सक्दैनथ्यो । न त मेरो हेलो शुक्रबारमा कोही चिनाजानका मान्छे थिए, न त त्यो दिनेश र आशिष बाहेक अरुले लैखन पाउने स्तम्भ नै थियो । तर त्यसबिचमा केही हप्ता लगातार दिनेश वाग्लेले हेलो शुक्रबारमा स्तम्भ लेख्न छाड्नुभयो र त्यस ठाउँमा आशिषको मात्र स्तम्भ आउन थाल्यो । मलाई लाग्यो, ‘म किन एउटा लेखेर नपठाउँ ।’ त्यसै गरें । दीपक अधिकारी हेलो शुक्रबारको संयोजक हुनुहुन्छ भन्ने मलाई थाह थियो र त्यस स्तम्भलाई प्रकृतिलाई सुहाउने एउटा त्यस्तै लेख वहाँकै इमेलमा पठाएँ । त्यसअघि पनि मैले कान्तिपुरको विचार पृष्ठमा केही लेखहरु पठाइसकेको थिए, तर न कुनैको प्रतिकृया आउँथ्यो न त छापिन्थ्यो नै । त्यसैले पनि म आशावादी भने थिइन । म प्रायः भर्चुअल संसारमा रमाउन खोज्ने मान्छे हुँ । त्यसैले पनि मेरो कमजोरी अग्रज व्यक्तिहरुलाई प्रत्यक्ष भेटेर वा फोनमा कुरा गर्न नसक्नु हो (जुन म त्यतीधेरै अझै पनि सक्दिन) । तर एउटा मध्यान्न मेरो जिमेलमा कसैको ‘च्याट रिक्वेष्ट’ आयो त्यो अरु कोही नभई दीपक दाईकै थियो । म हतपत ‘स्विकारें’ । तपाईं सोच्नुस् आफूले सेलिब्रिटी मानेको कुनै व्यक्तिले तपाईंलाई आफै ‘हेलो....हाउ आर यु’ भन्यो भने कस्तो लाग्छ ? दीपक दाईले च्याटमा ‘हेलो प्रदीप’ भन्दा मलाई त्यस्तै भएको थियो । वहाँले मेरो लेख स्तम्भमा प्रकाशित गर्न लागेको बताउँदा म निकै खुसी भएको थिएँ । पछि दाईले मलाई भेट्न कान्तिपुर बोलाउनु भयो र वहाँकै आग्रहमा म नियमित स्तम्भ लेख्ने अवसर पाएँ । पछि दाईले मलाई फिचर लैख्न उत्पेरणा जगाउनुका साथै समयसमयमा त्यस्ता धेरै लेखनसम्बन्धी ‘टिप्स’ दिनुहुन्थ्यो । केही महिनामै म कान्तिपुर दैनिकमा नियमीत लेख्ने भइसकेको थिएँ । मेरो लेख प्रकाशित भएको दिन मलाई कयौं इमेल र फेसबुक रिक्वेष्टहरु आउँथे । न त युवाहरुको विषयमा राष्ट्रिय पत्रिकामा लेखेको मेरो पूर्व अनुभव थियो, (बालबालिकाबारे मात्र मैले केही लेखेको थिए) त्यसैले पनि कतिपय मानिसहरु मलाई दीपक दाईसँग मेरो चिनाजान कसरी भयो भनेर पनि सोध्थे । तर दीपक दाई त मेरा लागि जीवनको एउटा मोडमा बेग्लै 'रंग' थप्न संयोगले भेटिएको व्यक्ति हुनुहुन्थ्यो । अहिले यो अवस्थामा उभिई फर्किएर हेर्ने हो भने त्यो सबै एउटा योजनाबद्ध तरिकाले अघि बढेको घटनाजस्तो लाग्न सक्छ । तर दीपक दाईसँग भेटिनु मेरा लागि पूर्ण रुपमा एउटा संयोग थियो जुन सायद मेरा लागि लेखनमा यसरी अघि बढ्न जुरेको थियो । म अझै लेखन क्षेत्रमा शिशु अवस्थामै छु, तर दीपक दाईको समिपमा रहेर हेलो शुक्रबारका लागि लेख्दा मैले लेखनमा ठूला–ठूला सपना देख्न सिकेको छु । दीपक दाई मेरो हृदयले भित्रैदेखि सम्मान गर्ने कम व्यक्तिहरुमध्ये हुनुहुन्छ । हेलो शुक्रबारमा कहिलेकाहीँ मैले नराम्रो लेख्दा मलाई पुर्नःलेखन गर्न लगाउनु हुन्थ्यो जसले गर्दा म निकै दुःखी हुन्थेँ; मलाई पुर्नलेखन गर्न लगाइयो भनेर होइन कि ‘मलाई माया गर्ने व्यक्तिलाई कतै मैले कम पो आँके कि’ भनेर ।
From Left:: Sudheer, Deepak, CP, Aashis, Bibaas, Ramesh, Pradeep |
..................
हिजो साँझ (नोभेम्बर १३) उनै दीपक दाईलाई हामीहरु भएर कान्तिपुर छाडेकोमा विदाई भेट गरिरहेका थियौं । आफ्नो पत्रकारिता करिअरमा एक फड्को अघि बढेकोमा (वहाँ अन्तराष्ट्रिय समाचार एजेञ्सी एएफपीमा नेपाल सम्वाददाता भएर जाँदैहुनुहुन्छ) बधाई पनि दियौं । तर अनुहारमा उज्यालो र गफगाफमा राम्रै जमेता पनि मेरो मन भित्र भित्रै निकै नरमाइलो मानिरहेको थियो– आफूलाई पत्रकारितामा ‘रंग’ थपिदिने दाजुबाट अब पहिलेजस्तो निरन्तर समिपमा रहन नपाइने पो हो कि भन्ने भयले । जुन हामी सबैले दीपक दाईलाई सम्मानस्वरुप दिएको मायाँको चिनोले पनि बोलिरहेको थियो– ‘You were the guarding angle. Your absence will always be felt.’
Related Post:: A walk from wall Journal
जब सम्पादकले खोजे.....

Great Post... Best of luck to Deepak Dai.
ReplyDelete:)
बेस्ट अफ लक दीपक दाई ! :)
ReplyDeletesomething inspirational..... when u wish for something and work on it .... its not too far....... i wish u all the best for u brighter future
ReplyDelete