प्रदीप बस्याल

महिलाहरु घण्टौं खाल्टो खन्ने, बिजुलीका तार बोक्नेदेखि लिएर पोल बोक्ने कामसम्म निकै सकृय भएर भिडिरहेको दृश्य आजकल रुचाङ्गमा सामान्यजस्ता देखिन्छन् । सधै घा“सपात र चुलोचौकोमा मात्र ब्यस्त रहने महिलाहरु यसरी घरबाहिरको काममा पनि उत्तिकै सकृय भएर लागेको देख्दा स्वयं उनीहरुका श्रीमान्, सासुससुरा समेत आजकल दंग छन् । ‘यस प्रयास देखेर गाउमा महिलाहरुलाई आजकल पुरुषहरुले कम आक्दैनन्’, स्थानिय शिक्षक शोभाकान्त लामिछानेले भने, ‘हेर्दा बिकास निर्माणको कामजस्तो मात्र देखिएता पनि यसले महिला सशक्तिकरणमै एउटा बेग्लै अभियान सिर्जना गरेको छ ।’
‘बिजुली नहु“दा सबैभन्दा बढि सास्ती भोग्ने पनि हामीले नै हुन्थ्यौं’, जीममाया फालले भनिन्, ‘थोरै पीठो पीस्न पनि घण्टौं हिडेर जानु पथ्र्यो ।’ उनका अनुसार रातमा अन्धकार हुदा छोराछोरीहरु पनि पढ्न पनि पाउ“दैनथे । अलिअलि टिप्ने सिडिएमए फोन पनि चार्जकै अभावमा काम गर्दैनथ्यो । मगरहरुको बाहुल्यता रहेको रुचाङ्गमा आफूहरुको यस प्रयासले सार्थक रुप पाउदा आफूहरुमा निकै आत्मविश्वास आएको बताउन पछि पर्दैनन् उनीहरु ।
रुचाङ्गमा बाटो पुगेको पनि भर्खरै हो । त्यसमा समेत महिला पुरुष केही नभनिकस स्थानियहरु जुटेका थिए । ‘एउटा घरबाट ४ जनासम्म बाटो खन्न लागेका थियौं’, सीतामाया रानाले भनिन् । उनीहरुले त्यसबापत पाएको ज्याला पनि व्यक्तिगत रुपमा नबुझी त्यही लघु जलविद्युत आयोजनामै लगाए । सीतामाया थप्छिन्, ‘अझै पन्ध्र लाखजति अभाव छ, त्यति कसैगरी जुट्ने हो भने योजना अनुसार नै रुचाङ्ग ४ र ५ का सबै घरहरुमा विजुली पुग्थ्यो ।’
तस्विरः केबी राना / गृष्मराज पाण्डेय
No comments:
Post a Comment