Wednesday, March 30, 2011

पत्रकार बने अभिनेता


अघिपछि हुने उनको धपेडि समाचारको तानाबाना बुन्नमा हुन्थ्यो तर आजकल उनी समाचारमा आफै छाउन पनि थालेका छन् । कान्तिपुर टिभीका पत्रकार केबी राना मगर भाषाको चलचित्र ‘लाङ्घौ रोह’ (गाउको माया) मा मुख्य अभिनेताको भूमिकामा छन् जुन चलचित्र फागुन महिनाको दोस्रो साता रिलिज भयो ।

पर्यटन वर्ष २०११ को सन्दर्भ पारेर मगर संस्कृति एवं नवलपरासीका पर्यटकीय क्षेत्रलाई समेटेर ‘लाङ्घौ रोह’ निर्माण गरिएको चलचित्र निर्माण गरिएको छ जसमा युवाहरु उमेर छँदा विदेशीने र देशलाई योगदान दिन नसक्ने उमेरमा मात्र देश फर्कर्ने गरेको कथा समेटिएको छ । ‘राष्ट्रियताको बिषय समेटेर बनाइएको भएता पनि फिल्म उत्तिकै रोमाञ्चक र प्रेम प्रशंगहरु प्नि जोडिएका छन् ।’, पत्रकार तथा अभिनेता रानाले बताए । स्याङजा, तनहु, पाल्पा र नवलपरासीको राईकोट, धौवादी, जौवारी, भारतीपुर, बुलिङटार, डाडाझेरी, अर्खला गाबिसमा छयाङ्कन गरिएको चलचित्रमा नवलपरासीको पर्यटकीय क्षेत्र देवचुलीलाई विशेष आकर्षणको रुपमा देखाइँदैछ ।

नवलपरासीमा आफ्नो पत्रकारिता करिअरमा जमेका उनलाई चलचित्रको नायकको भूमिकामा देख्दा स्थानिय दर्शकहरु अचम्म मान्दैथिए । ‘नयाँ क्षेत्रको अनुभव गर्न पाउनु निकै रोमाञ्चक अनुभव रह्यो’, केबीले भने, ‘अझ त्यसमा आफ्नै मातृभाषाको चलचित्रबाट डेब्यु गर्न पाउनु झन् गर्वको कुरा पनि भयो ।’ मगर भाषाको चलचित्र भइकन पनि नेपाली सवटाइटल हुनाले मगर भाषा नबुझ्नेहरु पनि उत्तिकै रुचिसाथ फिल्म हेर्न आए । स्थानिय भाषाको चलचित्र भइकन पनि यत्तिको चर्चा यसअघि सायदै कुनै चलचित्रले बटुलेको थियो । अझ बढ्दो आधुनीकिकरणको  समयमा पछाडि परेको मगर संस्कृतिलाई कथाको बिषयबस्तु बनाइदा ‘लाङ्घौ रोह’ चलचित्र र वृत्तचित्र दुवै मान्न सकिने केबीको तर्क थियो ।

This appeared in print at Himal Khabar Patrika 'Chaitra-16-30' issue

No comments:

Post a Comment