
![]() |
अञ्जनले त्यसो भन्दैगर्दा पाटन क्याम्पस ग्रामिण विकासमा स्नातक गर्दै गरेकी प्रतिभा पोखरेल, २०, पनि आफ्नो दैनिक प्रयोगमा ‘डबल कलर’ र ‘डबल लेयर’ भएका छाताहरु प्रयोग गर्ने भएता पनि दाईका छोराछोरीलाई स्कुलसम्म पुर्याउन ठूला छाताहरु प्रयोग गर्ने बताउँछिन् । ‘नत्र हाम्रो लागि त पानीबाट मात्र बच्न नभई गर्मीमा समेत छाला डढ्नबाट जोगाउन समेत पर्ने हुँदा धेरैजसो ह्याण्डव्याग वा पर्समा छाता छुटाउँदैनौं’, उनले हाँस्दै भनिन् ‘काठमाण्डुको मौसमको त भर नै हुँदैन, त्यसैले यो त कतै हिंड्दा छुटाउनै नहुने बाइकको लाइसेन्स जस्तो पो हो त ।’
प्रतिभाले भनेजस्तै मौसमको ठेगान नहुने बेलायतमा हरेकजसो व्यक्तिको हातमा छाता छुट्दैन । नेपालमा भने यो महिलाहरुमाझ बढि लोकप्रिय छ । ‘केटाहरु अहिले रेनकोटतर्फ बढि आकर्षित छन् नि त’, मृतुञ्जय झा, २२, ले मसिनो स्वरमा कानमा भने, ‘तपाईं मान्नुस् यार, दिनहूँ ओड्ने नगरेता पनि मेले धेरै केटाहरुले व्यागमा छाता राख्ने गरेको देखेको छु । उनीहरु पानी परिरहेको बेला कतै केटीलाई देखे भने त्यही छातालाई नै सहयोग गरेजस्तो गरेर गफ गर्ने अस्त्रको रुपमा प्रयोग गर्छन् ।’ तर छाताको आफ्नै खाले विशेषता रहेको हुनाले रेनकोटले केटाहरुमा यसको विस्थापन नै गरिसकेको भन्न नमिल्ने उनी ठान्छन् । भन्छन्, ‘म स्वयं छाता ओड्छु । यसले मलाई रेनकोटले भन्दा बढि सहजता पनि गराउँछ ।’ व्यावसायिक काममा जाँदा भने ‘सिंगल कलर’ को छाता ठिक मानिन्छ । कतिले आफूले लगाउने कपडाको कलरसँग मिलाएर पनि छाता ओड्ने गर्छन् । विश्व बजारमा आजकल ‘कार्टुन प्रिन्टेड’ छाताहरु चलिरहेता पनि नेपालमा भने ती कमै पाइन्छन् । पारदर्शी छाताहरु पनि बजारमा आएका पछिल्ला छाताका फेसन हुन् ।
उता छातालाई धेरै पहिले विकसित भएर पनि अझैसम्म उत्तिकै रफ्तारमा चलिरहेको फेसनको रुपमा पनि हेरिन्छ । नेपालमा सबैभन्दा बढि चाइनिज छाताहरु भेटिन्छन् । ‘सस्तो छ नि त π’ न्यूरोडमा अर्का छाता व्यापारी कृष्ण थापा भन्छन्, ‘मकहाँ डेढ सयदेखि लिएर चार सय पचास पर्नेसम्मका छन् ।’ उनका अनुसार ‘एउटा छाता एउटा सिजनको लागि’ मात्र ठान्ने भएकाले पनि धेरैले महंगोमा छाता किन्दैनन् । काठमाण्डुमा धेरै विकल्प मध्येबाट छाता छान्ने हो भने असन, महाबैद्ध र न्यूरोडभित्रका होलसेल पसलहरु नै धाउनु ठिक हुन्छ । नत्र विभिन्न मल बाहिर राखिएका फुटपाथ पसल नै हुन् ।
छाताको प्राचिन महत्व बुझ्न धेरै दु:ख गर्नुपर्दैन । कला, संस्कृति र सीनेमाहरुको विकासक्रमलाई मात्र हेर्ने हो भने यसको छनक सजिलै पाउन सकिन्छ । प्राचिन समयदेखि अहिलेसम्मका हरेक कालखण्डमा निर्मित चित्रकला, मूर्तिकलादेखि लिएर सीनेमासम्म छाताको प्रशंग कहिँ न कतै जोडिएकै हुन्छन् । फरक यत्ति हो– पहिले छातालाई सम्रान्तहरुले मात्र प्रयोग गर्थे वा यसको प्रयोग धार्मीक र सांस्कृतिक रुपमा बढि हुन्थ्यो भने अहिले यो बालबालिका, युवा देखि लिएर बुढापाकासम्मको घाम–पानी छल्ने प्रिय दैनिक साधन बनेको छ ।
This appeared in print at Hello Shukrabar (KANTIPUR) dated 1st of July, 2011. Click HERE for e-paper view.
No comments:
Post a Comment