Picture Courtesy:: Prabhat Bhattarai |
म कक्षा ९/१० पढ्दै थिएं होला सायद जतिबेलादेखि कान्तिपुरमा वहाँको खबर आउँथ्यो र म विशेष चाख दिएर पढ्थें । त्यसबेला मेरो आँखा बिजयबाबुमै विशेष फोकससाथ पर्नुमा वहाँको धेरैजसो हुने विदेशसँग जोडिने नेपालीका कुरा र अझ नढाँटी भन्दा वहाँको विदेशी डेटलाइन हुन्थे । कुनै बेला पत्रकार भइएका कि भन्ने मनको एउटा कुनामा लुकेको वेवले विदेश गएर समाचार लेखियो भने कसरी लेख्नुपर्ला भन्ने “केटाकेटी” सोचले वहाँको समाचार पढ्थ्यो । जसरी मेरो अनकनसियस दिमाग वहाँको एकप्रकारको फ्यान बन्न बन्न पुगेको थियो ।
पछिल्लोपटक वहाँसँग मेरो भेट कारोवार दैनिककै सम्पादकको कार्यकक्षमा भएको थियो । एकजना साथीको ल्यापटपमा लिनक्स इन्सटल गर्ने क्रममा अंकुर शर्मालाई भेट्न गएको थिएँ म । अनायसै वहाँको प्रवेश भयो । सिधै कम्प्युटर अन गरेपछि मात्रै वहाँले हामीसँग हात मिलाउनु भयो । कम्प्युटर पूर्णतः नखुल्दा सम्म वहाँले अन्य कर्मचारीलाई केही निर्देशन दिनुभयो र कम्प्युटर खुल्नेबित्तिकै एकोहोरो काम शुरु गरेर सकेपछि मात्र हाम्रो हालखबर सोध्नुभयो । एउटा पत्रकारको दैनिकीमा त्यस्तो क्षण कुनै नौलो होइन । तर मजस्तो हावादारी युवा र पत्रकारिताको रस नबुझेको मान्छेको लागि वहाँको त्यो व्यावसायिकता र मल्टिटाक्सिङ एउटा राम्रो इम्प्रेसन थियो ।
मनले सोच्थ्यो । कुनै दिन बिजयबाबुसँग भेट्नेछु । उहाँसँग पत्रकारिता र पत्रकारका हुनुपर्ने गुणहरुबारे केही सिक्नेछु । तर त्यसो हुन मेरो भाग्यमा लेखेको रहेनछ र आफ्नो व्यावसायिकता लामो समयसम्म अझ राम्रो धरातलमा देखाउने समय बिजयबाबुको लागि लेखिएको रहेनछ । अलबिदा बिजय दाई ।
No comments:
Post a Comment