Sunday, June 17, 2012

सहयोगमा सान


अनुभवीहरू भन्छन्, विदेशिएपछि झन् बढी देशको चिन्ता हुन्छ। र, देशभित्रका स-साना घटनाले पनि विदेशमा निकै पिरोल्छ। अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका नेपाली युवाहरूलाई सायद त्यस्तै भइदियो, जब उनीहरूले बाग्लुङ जिल्लाको छिस्ती गाविसस्थित श्री पृथ्वी प्राथमिक विद्यालय जीर्ण भएर भवनभित्र पठन-पाठन नै गर्न समस्या भएको सुने। र, उनीहरूले त्यसको मर्मतका लागि त्यहाँ रहेका नेपालीहरूबाट सहयोग जुटाउन थाले। छिस्ती-८ दलितहरूको बाहुल्य रहेको बस्ती हो। 

सपोर्टिङ् ह्यान्ड्स अस्ट्रेलिया नेटवर्क (सान)का युवाहरूको पहलकै कारण विद्यालयको पुरानो भवन भत्काएर पाँचकोठे नयाँ भवन निर्माण हुँदै छ। यसका लागि सानले चार लाख रुपियाँ सहयोग जुटाइसकेको छ। सानको आर्थिक सहयोगसँगै स्थानीयवासीहरू पनि विद्यालयका लागि निःशुल्क श्रमदानमा जुटेका छन्। यसले विद्यालय निर्माणको कामलाई दू्रत बनाएको छ। 

सो विद्यालय पुनःनिर्माणका लागि अस्ट्रेलियामा आयोजना भइरहने नेपालीहरूको सामूहिक डिनर तथा सांस्कृतिक कार्यक्रममा सहयोगको अनुरोध गरएिको थियो। सामूहिक डिनरबाट मात्रै झन्डै २ हजार ५ सय अस्ट्रेलियन डलर (झन्डै २ लाख १७ हजार रुपियाँ) उठेको थियो भने त्यसमा आबद्ध युवाहरूले आगामी दिनमा यस्ता सहयोग गर्नुपर्ने अवस्था आइपरेमा भनेर दैनिक ५० सेन्टका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

यसअघि पनि सानका सदस्यहरूले म्याग्दी जिल्ला अस्पताल सुधारका लागि भनेर तीन लाख रुपियाँ बराबरका सामग्री सहयोग गरेका थिए भने पर्वतको देवीस्थान प्राथमिक विद्यालयमा एक शिक्षकको खर्च बेहोरेका थिए। 

No comments:

Post a Comment