Sunday, July 15, 2012

थेसिसको प्रमाण भिडियो

त्रिभुवन विश्वविद्यालयमा थेसिस गर्ने क्रममा प्रायः विद्यार्थी फिल्डमै पुग्दैनन्। अरूका थेसिस चोर्ने र सार्ने वा अरूलाई पैसा तिरेर लेख्न लगाउनेहरूको बिगबिगी नै छ। त्यसैले यही वर्षदेखि त्रिविको शिक्षाशास्त्र संकाय अन्तर्गतको गणित विभागले थेसिसको प्रकृति हेरेर फिल्डमा जाँदाको भिडियोसमेत हेर्न थालेको छ। गणितको थेसिस तयार गर्दा कक्षाकोठाभित्र पढाएर विद्यार्थीहरूमा विभिन्न अनुसन्धान गरिन्छ । त्यसैले पनि यस विषयका थेसिस तयार गर्दाका भिडियो माग्न सहज छ।


जस्तो: ज्वलन्त श्रेष्ठले गणितको ज्यामिति पढाउने क्रममा 'इन्स्ट्रक्सनल मेटेरयिल्स'को भूमिका कस्तो हुन्छ र त्यसको प्रयोग गर्दा र नगर्दाको भन्दा के फरक पाइन्छ भन्ने विषयमा थेसिस गरेका थिए। उनले त्यस क्रममा आवश्यक शिक्षण सामग्री आफँले तयार पार्नेदेखि लिएर कक्षामा पढाउँदासम्मका फरक-फरक समयमा खिचेका अभ्यासहरूको झन्डै चारघन्टे भिडियो देखाउँदै 'भाइभा' दिएका थिए। उनी भन्छन्, "सुरुमा विभागको यस्तो निर्णय झन्झटिलो होलाजस्तो लागे पनि अहिले सोच्दा ठीकै लागेको छ। यसो नगरएिको भए यसरी पूर्ण रूपबाट अभ्यास गरिंदैनथ्यो होला।" त्रिविका कतिपय विद्यार्थीको गुनासो हुने गर्छ, थेसिस चोर्ने/किन्ने क्रम अति नै व्याप्त भएपछि शिक्षकहरूले इमानदार विद्यार्थीलाई पनि शंकालु दृष्टिकोणले हेर्छन्। भिडियो हेर्ने नयाँ व्यवस्थाले परश्रिम गरेर शोध तयार गर्नेहरूलाई राहत मिलेको छ।

गणित विभागमै 'असाक्षर मानिसहरूले कसरी गणितको प्रयोग गररिाखेका हुन्छन्' भन्ने विषयमा गरएिको अर्को त्यस्तै थेसिस यति रोचक भएछ कि धेरैले त्यसलाई पछि वृत्तचित्र बनाउनसमेत सुझाव दिएका थिए। विभागका अध्यापक वेदप्रसाद ढकाल भन्छन्, "बल्ल थेसिसको वास्तविक मर्म विद्यार्थीले बुझ्न थालेका छन्।" यस्तो सकारात्मक पहल अरू संकायमा पनि गरएि विद्यार्थीलाई अनुसन्धान कार्यमा पोख्त बनाउने शोधकार्यको वास्तविक उद्देश्य पूरा हुने हुने थियो कि ?


This appeared at NEPAL Magazine

No comments:

Post a Comment