Sunday, July 15, 2012

तन भुल्ने तिमालडाँडा


काठमाडौंको पट्यारलाग्दो दैनिकीबाट छोटो समयका लागि निस्किएर प्रकृतिसँग  रमाउन खोज्नेहरुलाई काभ्रेको तिमालडाँडा स्वागत गर्न आतुर छ । काभ्रेको पूर्वी भेगमा अवस्थित यो डाँडा प्राकृतिक सुन्दरतासँगै बौद्ध संस्कृतिसँगै जोडिएको महत्वपूर्ण ठाउँ हो यो जसलाई भकुण्डेबेसीबाट १५ किलोमिटरको दूरी हाइकिङ गर्दै पुग्न रुचाउँछन् प्राय: मानिसहरु । तामाङ्ग जातिको बाहुल्यता रहेको यहाँ बौद्ध धर्मका गुरु रिम्पोचेले लामो समय तपश्या गरेका थिए जसले विभिन्न ठाउँमा थुप्रै गुम्बाहरु छन् जसले प्राकृतिक डाँडालाई बौद्ध धामजस्तो पनि देखाउँछ । 


तिमालमा बौद्ध, स्यम्भुनाथ र नमोबुद्धका आकार सहितको बौद्धधाम समेत देख्न सकिन्छ । त्यहाँका गुम्बाहरुमा गुरु रिम्पोचेका पाइला, खुट्टा, तथा पौराणिक इतिहासको संकेत गर्ने खालका थुपै्र चिनहहरु देखिन्छन् जसले गर्दा बौद्ध धर्मावलम्बीहरु यसलाई धार्मीक हिसाबले विशेष सोच्छन् । तिमालस्थित गुरु रिम्पोचले तपस्य गर्ने ठाउँमा हरेक बर्ष जनैपूर्णिमाको दिन धुमधामसाथ पूजाआजा समेत गरिन्छ । सयौं धामी झाँक्रीहरुले आफ्ना झाँकी प्रदर्शन गर्छन् त्यसबेला ।

यद्यपि यसको प्रमुख आकर्षण पहाडहरुका बिचमा रहेको थुम्कोजस्तो पहाड जुन नै तिमालडाँडा पनि हो । विहान सूर्यको किरण स्पष्टसँग पर्ने यस डाँडाबाट विहानीपख गणेश हिमालदेखि सगरमाथासम्मको हिमशृंखला निकै निकै सुन्दर रुपमा देखिन्छ । भकुण्डेबेसीबाट हिँडेर जाँदा ३ घण्टा लाग्छ भने त्यहाँसम्म गाडिमै समेत कच्ची बाटो हुँदै पुग्न सकिन्छ । 



साइक्लिङ गर्दै तिमालडाँडालाई गन्तव्य बनाएर जानेहरु थुप्रै हुन्छन् यहाँ । न जाडो न गर्मी हुने हुँदा पनि रातमा खुला आकासमुखि ‘क्याम्पफायर’ गर्दै बस्ने समूहहरु समेत थुप्रै भेटिन्छन् यहाँ । ऐतिहाँसिक रुपमा यो ठाउँ तामाङ्ग जातीका एक मात्र राजा रेन्जेन दोर्जेले शासन गर्ने रहेको हालैमात्र पुरातत्व विभागले पहिचान गरेको छ ।



No comments:

Post a Comment