
आफ्नो कार्यकालका चुनौती केलाई मान्नुभएको छ ?
पछिल्लो समय चिकित्सा क्षेत्रले थुप्रै खाले चुनौती झेल्नुपर्यो। चिकित्सकहरू आन्दोलित हुनुपर्यो। सेवाग्राही र चिकित्सकबीच दूरी बढिरहेको छ। राज्यसँग यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनाको अभाव छ। यिनै विषयमा अघिल्ला समितिले उठाइरहेकै सवाललाई ठोस निष्कर्षमा पुर्याउने चुनौती मेरो टिमसामु छ।
चिकित्सक-सेवाग्राही दूरी बढ्नुको कारण के हो ?
हामीकहाँ अस्पताल पुगेपछि बिरामी निको भएरै र्फकनुपर्छ भन्ने ठानिन्छ। कहिलेकाहीँ हाम्रो अधिकतम पहलबीच पनि सम्भव नहुन सक्छ। डाक्टरहरू भगवान् होइनन्, त्यसैले गम्भीरता बुझ्दै नबुझी आ-आफ्ना फरक स्वार्थ जोडेर विरोध गरिहाल्नुहुँदैन। अर्कोतर्फ, हाम्रा पनि सीमितता छन्।
सीमितता भनेर केलाई इंगित गर्न खोज्नुभएको ?
एकातर्फ सरकारले चिकित्सकलाई दिने सेवा सुविधा अत्यन्त न्यून छ भने अर्कोतर्फ औसत बिरामीको अनुपातमा चिकित्सक संख्या न्यून छ। त्यसैले डाक्टरहरू बाह्य क्लिनिकमा समेत काम गर्न विवश छन्। दुर्गम क्षेत्रमा चिकित्सक पुगेनन् वा कम भए भन्ने गुनासो पनि छ। त्यहाँ डाक्टर पुग्दैमा सबथोक हुने होइन, अस्पतालको पूर्वाधारमा उत्तिकै चासो दिनुपर्छ।
सरकारका कमजोरी के के हुन् ?
मुख्य कुरा स्वास्थ्य क्षेत्रमा विनियोजन हुने झन्डै ६ प्रतिशत बजेट पर्याप्त छैन। संविधानमा यसलाई मौलिक अधिकारका रूपमा राख्दैमा आफ्नो दायित्व पूरा भएको ठान्नु हुँदैन।
No comments:
Post a Comment