Sunday, December 15, 2013

सुन्दर पश्चिममा पाँच दिन

बबई नदीछेउमा दुईखाले गोही (घडियाल र मुगर) घाम तापिरहेका देखिन्छन्। महेन्द्र राजमार्ग हुँदै सुदूरपश्चिम प्रवेश गर्नेबित्तिकै 'गुड इम्प्रेसन' बनाइदिन्छ यसले। बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने यो नदीमा तीन वर्षअघिको गणनामा २१ घडियाल भेटिएका थिए। तर, बर्दिया निकुञ्ज भन्नेबित्तिकै बाघको याद आउँछ। तराईको सबैभन्दा ठूलो संरक्षण क्षेत्र कहलिएको यो निकुञ्ज बाघ अवलोकनका लागि विश्वमै लोकपि्रय छ। 

हामीलाई जंगल सफारी गराएका पुराना गाइड मधुसूदन पोखरेलका अनुभवमा यहाँ बाघको आवतजावतलाई पछ्याउन सजिलो छ। किनभने, त्यहाँ पानीका स्रोतहरू निश्चित छन्। उनीसँगको झन्डै एक घन्टाको जंगल यात्रामा बाघका पन्जाको छाप भेटियो। हलिउड अभिनेता लियोनार्दो डिकापि्रयोले बाघ देखेको ठाउँ पनि देखियो तर आफ्नै आँखाले बाघ देख्ने अवसर भने जुरेन। पोखरेलले त्यसै दिन बिहान एउटा विदेशी जोडीलाई बाघ देखाएका रहेछन्। भन्दै थिए, "बाघ सहजै देखिने भए बाघको यत्रो महत्त्व नै हुने थिएन।" त्यसैले स्थानीय ट्राभल गाइड तथा पयर्टन व्यवसायीहरू बर्दियाका लागि मात्रै कम्तीमा चार रात पाँच दिन छुट्याउन सुझाउँछन्। हो पनि, बाघ हेर्न जंगलमा निकै संवेदनशील भएर लगावसाथ पछ्याउनुपर्दो रहेछ। गाइडले सुझाउने ससाना नियम पालना गर्नुपर्छ यस्तो बेला। 

कणर्ालीमा र्‍याफ्टिङ् गर्न सकिन्छ। जंगलमा रोमाञ्चक तथा साहसिक अनुभव लिनुको एउटा पाटो त छँदै छ, अर्कोतर्फ यहाँको थारू संस्कृतिको अनुपम पाटोले समेत यस क्षेत्रको बसाइ अविस्मरणीय पार्छ। थारू पहिरनमा सजिएर उनीहरू साँझपख नाचगान गर्छन्। उनीहरूकै बस्तीमा सांस्कृतिक झलक अवलोकन गर्दाको मज्जा नै बेग्लै। हामीले टीकापुरमा त्यस्तै अनुभव गर्‍यौँ। 

टीकापुर पुग्दा त्यहाँ अनुभव लिन छुटाउनै नहुने कुरा भनेको 'केरा रसिोर्ट'को खानपान हो। केरा रसिोर्टमा केराबाट बनाइएका पकौडा, खिर, चिल्ली, चिप्स, रोटी, मःमलगायतका २५ थरी विभिन्न परकिारका साथै वाइन र ब्रान्डीजस्ता पेय पाइन्छन्। कालु हमालले आफ्नो रसिोर्टमा परकिार मात्र केराको बनाएका छैनन्, केराकै थाम, लोकता आदिलाई उपयोग गरेर चकटी, कटेज बनाएका छन्। उक्त रसिोर्टमा कृत्रिम रूपमा बनाइएको नालीमा केराकै थामबाट बनेको डुंगामा सयर गर्न सकिन्छ। त्यहाँ बलौटे भलिबल मैदान पनि बनाइएको छ।


टीकापुरमा एउटा पुरानो पार्क पनि छ, जहाँ तत्कालीन राजारानीले बसोवास गर्ने गरेका काठेघरहरू छन्। एक वैद्यले त्यहाँको हावापानीमा समय काट्नु उचित हुने सुझाएकाले राजा महेन्द्रले बिरामी हुँदा त्यहाँ धेरै समय बिताएका रहेछन् । ती भवन त्यही पार्कसँगै छन्। त्यसैले बगैँचालाई 'रोयल मेडिकल गार्डेन' नाम दिइएको छ। 


टीकापुरबाट हामी सुक्लाफाँटा वन्यजन्तु आरक्षतर्फ लाग्यौँ। जुन सुदूरपश्चिम यात्राकै सबैभन्दा उत्कृष्ट अनुभव रह्यो। गर्मीयाममा त्यहाँ पुग्ने हो भने त सहजै सयौँको संख्यामा बाह्रसिंगा देखिन्छन्। आरक्षमा क्राउन कभर जंगलदेखि निकै फराकिलो दायरामा घाँसे मैदान र झाडी छन्। त्यहाँ बाह्रसिंगाबाहेक कृष्णसार र हरण्िाहरू पनि सहजै देख्न सकिन्छ। गाडीमा जंगल सफारी गर्दै बीचबीचमा राखिएका अग्ला मचानमा चढेर त्यस्ता हुल चियाउन सकिनु त्यहाँको विशेषता हो। भुइँ वा झाडीमा बस्ने थुप्रै खाले चरा देखिन्छन् त्यहाँ। संरक्षण क्षेत्रमा पुग्दैमा सबै कुरा मिलेन भने जनावरहरू देख्न सकिन्छ नै भन्ने त हुँदैन तर शुक्लाफाँटाबाट र्फकंदा भने त्यस्तो हुँदैन। बाह्रसिंगा देखिने त ठोकुवा नै गर्छन्, स्थानीय पयर्टन व्यवसायीहरू। 

शुक्लाफाँटा घुमेपछि हामी लाग्यौँ, सुन्दर पहाडी केन्द्र डडेलधुरा। झन्डै पाँच घन्टाको मोटर यात्रामा पुगिने उक्त ठाउँ तराईको कैलाली, कञ्चनपुरका मानिसहरू गर्मी छल्न र पहाडका बझाङ, बैतडी एवं दार्चुलाका मानिस व्यापारकि मुकामका रूपमा जुट्ने थलो हो। त्यहाँ पुगेपछि हिन्दु धर्मावलम्बीको शक्तिपीठको रूपमा रहेको उग्रतारा भगवती दर्शन धेरैका लागि 

आकर्षणको केन्द्र हो। 

डडेलधुराको सुन्दरता हिल स्टेसनमै मात्र सकिँदैन, यो एउटा ऐतिहासिक स्थल पनि हो। अमरसिंह थापाले अंग्रेजसँग भिडेको अमरगढी किल्ला त्यहाँ अझै संरक्षित छ । डडेलधुराबाट झन्डै तीन घन्टा पैदल यात्रा र घोडामा सवार भएर अर्को ऐतिहासिक स्थल 'अजयमेरुकोट दरबार' पुग्न सकिन्छ। दरबारको भग्नावशेष मात्र अहिले डाँडामाथि छ। डोटेली राजा नाग मल्लको गृष्मकालीन राजधानी उक्त दरबारबाट रानी नुहाउन तलको डाँडासम्म पुग्ने सुरुङ मार्ग भने अहिले पनि देख्न सकिन्छ। 

हाम्रो पाँचदिने यात्रा त्यहाँबाट पुनः सीमसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल आएर टुंगियो। सुदूरपश्चिमको सुन्दरता र विशेषताले भने त्यस क्षेत्रको थप यात्राको चाह बढेर गयो। 

चर्चित प्याकेज

टीकापुर-डडेलधुरा (३ रात ४ दिन)
शुक्लाफाँटा-डडेलधुरा (४ रात ५ दिन)

बर्दिया राष्ट्रिय निकुञ्ज (४ रात ५ दिन)
शुक्लाफाँटा-टीकापुर (४ रात ५ दिन)
साइपल ट्रेक (१२ रात १३ दिन)

अपी ट्रेक (१४ रात १५ दिन)
खप्तड ट्रेक (१० रात ११ दिन)

कसरी पुग्ने ?

धनगढी विमानस्थल ओर्लिएर यात्रा सुरु गर्नलाई काठमाडौँबाट ७० मिनेटको हवाई यात्रा छ भने बसमा काठमाडौँबाट १४ घन्टा यात्रा गर्नुपर्छ। धनगढीको विकल्पमा नेपालगन्ज ओर्लेर त्यहाँबाट बस वा जिपमा यात्रा सुरु गर्न सकिन्छ। भारतको लखनउ वा नैनीतालबाट समेत पाँच घन्टाको गाडी यात्रामा धनगढी पुग्न सकिन्छ। त्यहाँ सुविधासम्पन्न थुप्रै होटल तथा रसिोर्ट छन्।

First appeared in Nepal Magazine. 

No comments:

Post a Comment