”द इकोनोमिस्ट” पत्रिकाले आफ्नो एउटा अंकमा पाकिस्तानबारे बिशेष कभरेज दिएर लेख्यो । जसमा छापिएको एउटा बिश्लेषणमा पाकिस्तानलाई बिश्वकै सबैभन्दा खतरनाक ठाउ‘ भनिएको थियो । जसबाट पश्चिमा विश्व निकै ससंकित बन्यो । कति देशले त आफ्ना नागरिकलाई केही समय पाकिस्तान भ्रमण नगर्न सुझाव समेत दिए । तर डिएगो बुन्युललाई सोही खबर ग्रीन सिग्नल बन्यो । जीवनमा केही एडवेन्चरस गर्न खोज्ने बुन्युलले त्यसबखत पाकिस्तानका ती खतरनाक ठाउ‘को भ्रमण गर्ने योजना तय गरिसकेको थिए । ती खतरनाक ठाउ‘हरू उसलाई आफ्नै ऑखाले देख्नु थियो । विश्वप्रशिद्ध टिभी कार्यक्रम ”डन्ट टेल माइ मदर”मा पछी उनले आफ्ना अनुभव सुनाउ‘दा भने – “खतरनाक भनिने पाकिस्तान मैले मेरै ऑखाले देखे‘ । भलै त्यसक्रममा मैले कयौंपटक मृत्युस‘ग पैंठेजोरी खेलेर बॉचेको छु । जुन अनुभव र आनन्द सायदै मैले करोडौं डलर कमाएको भए पनि पाउन सक्थेंं होला ।” एक महिने पाकिस्तान बसाइमा झण्डै दुई हजार किलोमिटर घुम्दा पाकिस्तान र मुस्लिम बिश्वबारे बाहिर ब्याप्त धारणाहरू एकपछी अर्को गर्दै गलत साबित हु‘दै थिए । “पाकिस्तान एउटा त्यस्तो बिशाल सङग्रालय हो, जुन बाहिरी बिश्वले सायदै कल्पना गर्न सकेको होला ।” उनले भने ”यतार्थ बुझ्नको लागि हामीमा साहास हुनु जरूरी छ । जुन पाकिस्तानबाट फकंदा मैले सिकेको सबैभन्दा ठूलो पाठ हो ।”
एउटा प्रचलित भनाई छ नो रिक्स नो गेन । जीवनमा केही भिन्न, सार्थक र महत्वपूर्ण गर्न मानिसमा साहास चाहिन्छ । जसले मात्र उसलाई लाखौंको भिडमा बेग्लै पहिचान दिन सक्छ । आजको आलेख म जीवनमा एडवेन्चर एम्बिसन राख्ने युवाहरूबारे केही बिश्वप्रशिद्ध टिभी कार्यक्रमको सहायतामा लेख्दैछु । टिभी हेर्नमा क्रेज राख्ने जो कोहीका अप्सनमा केही समय अघिसम्म समाचार, फिल्म, कार्टुन, खेलकुद आदि पर्थे । आजभोलि तिनै प्रमुख स्थानमा एडवेन्चर टिभी कार्यक्रमहरूले पनि राम्रो स्थान पाएका छन् । “आइ सुडन्ट वि अलाइभ”, “म्यान भर्सेस वाइल्ड”, “जेल्ड अर्बोड”, “डन्ट डेल माइ मदर” केही त्यस्ता बिश्वप्रशिद्ध टिभी कार्यक्रम हुन, जसले मानिसका शाहसिक कार्यबारे कार्यक्रम तयार पार्छन् । जसमा प्रस्तुत हुने केही साहशीक युवाहरू पछिल्लो समयका युवापुस्ताका प्रतिनिधि पात्र हुन् । जसमा अथाह उर्जा, उत्सुकता र सहाश भरिएको छ । साधारण तरिकाबाट जीवन काट्नु उनीहरूको जीवनको अभिष्ट होइन । दुई छाक छार्नकै लागि काम गर्नु, महिनाभर काम गरेर अन्त्यमा तलब बुझ्नु पछिल्लो समयका युवाहरूको ध्यानमा पर्दैन । चूनौतिपूर्ण एवं शाहसिक काम नै उनीहरूको रोजाइमा आजकल देख्न पाइन्छ । तर उनीहरूमा रहेको त्यस साहसलाई अभिभावकहरू ओभर एम्सिन भन्दै हतोत्सहीत पारिराखेका हुन्छन् । आफ्नो सन्तानको लागि माया, प्रेम अभिभावकमा हुनु स्वभावीक हो तर त्यसो भन्दैमा सदैभर उनीहरूलाई कॉखी च्यापेर राख्दा ऊ जीवनमा आत्मनिर्भर र स्वावलम्मी हुन सक्दैन । सदै सरलतामा हुर्केको मान्छे सानो अप्ठ्यारोमा पनि आत्तिएजस्तै ।
प्रथम भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धी १० बर्षकी हुंदा नै मानव सभ्यता र पृथ्वीकोे बिशिष्ट बिकासक्रमको जानकारी गराएका थिए । आफू अहलावादमा रह“दा देहराधुनको मुसुरीमा रहेकी गान्धीलाई ती सबै कुराको जानकारी नियमित पत्राचारबाट गराएका थिए । तिनै ३० चिठीहरूको संगालो बिश्वप्रशिद्ध पुस्तक नेहरू लेटरमा अन्यमा नेहरूले भनेका छन् “हामीले केही पत्रका माध्यमले करोडौ बर्ष पार गरेका छौं । तिम्रँे अगाडीको जीवन निकै चुनौतिपूर्ण छ । हामी आफूलाई निकै महत्वपूर्ण ठान्छौं र ससाना कुराले हामीलाई चिन्तित बनाउंछ । बिश्वको कठिन र संघर्षशील इतिहास पढेकी तिमी अब सानातिना घटनाबाट चिन्तित हुनेछैन्यौ ।” मैले डिस्कभरी च्यानलमा त्यस्ता धेरै सर्प अन्वेषकहरूले आफ्ना साना छोराछोरीलाई सर्प समात्न सिकाएको देखेको छु, जसक्रममा धेरैपटक सर्पले उनीहरूलाई टोक्नेगर्छ । कोलम्बसलाई मर्छ भनेर घरमै लुकाएर राखेको भए के आज अमेरिका पत्ता लाग्थ्यो त ? बिशालु किरा फट्याग्राले टोक्छ भनेर चाल्स डार्बिनलाई रोकेको भए के आज बिकासवादको सिद्धान्त प्रतिपादन हुन्थ्यो त ? बिश्व साइकल यात्री पुष्कर शाहस‘ग त्यस्ता धेरै एडवेन्चरस अनुभव छन्, सायद उनकी आमाले उनलाई त“ विश्व घुम्न सक्दैनस् भनेको भए उनले सायदै त्यो अनुभव गर्थे होला । मानव सभ्यताको बिकासक्रम नै हेर्ने हो भने पनि माइनर एसियाका (हालको टर्की) फोनिसियन, ज्युज र अरबी मानिसहरू साधारण डुङ्गामा भुमध्यसागरको यात्रमा निस्केकै कारण ब्यापारको बिकास भएको मानिन्छ ।
कलेज पढ्दाका मेरा धेरै साथीहरू आफ्नो जीवनमा केही चूनौतिपूर्ण र साहशीक काम गर्ने लक्ष्य आफ्ना परिवारका असहमतिका कारण गर्न सकेनन् । कोही पाइलट बन्न चाहन्थे, कोही आर्मीमा जान चहान्थे आदि । तर उनीहरूको त्यो एडवेन्चर एम्बिसनले आफ्नो यात्रा तय गर्न पाएन । अन्नपूर्ण पदयात्रामा जाने ६ बर्ष अघिदेखिको मेरो चहाना समेत परिवारकै अनुमति नहु“दा अझै पूरा हुन सकेको छैन । कुनै दिन मैले पनि अन्नपूर्ण पदयात्रा गरेको जानकारी वुवाममीलाई फकेपर्छी मात्र त्यहा“का डरलाग्दा तस्विरस“गै दिनेछु । अभिभावकहरू आफ्ना सन्तानलाई एडवेन्चर गर्न नदिंदा उनीहरू एडवेन्चरकै नाममा नराम्रँ काममा पनि सामेल हुन्छन् । आफ्नी आमाले बिश्व घुम्ने अनुमति नदिएको झोंकमा एडवेन्चर गर्न भनेर निस्केको बिट्रिस ठिटो पाइरस हर्नु एडवेन्चरको नाममा सुन तस्किरीमा लाग्दा २८ केजी सुन सहित काठमाण्डौंमा पक्रिए । धेरै त्यस्ता युवाहरू पनि छन् जो एडवेन्चरको बहानामा लागुऔसध, हतियार तस्करीजस्ता गैरकानुनी काममा लागेका छन् ।
एउटा पत्रिकाको संवादाताले सम्पादक हुने लक्ष्य राख्नु । सेनाको सिपाइले जेनरको लक्ष्य राख्नु । साधारण शिक्षकले हेडमास्टरको लक्ष्य राख्नुजस्ता लक्ष्य मात्र जीवनका बाटो होइनन् । आजका तन्नेरी केही बेग्लै तरिकाले आफ्नो जीवनको एम्बिसन तयार पारेका हुन्छन् । जुन कु्रा आजका अभिभावकले बुझ्नु जरूरी छ । जीवनमा एडवेन्चर गर्ने मानिसले मात्र जीवन बुझ्न सक्छ । बा“च्नको लागि थोरै हावा, पिउनको लागि केही थोपा पानी र पाइला टेक्नको लागि थोरैमात्र पनि जमिनको महत्व कस्तो हुन्छ भन्ने उसैले बुझेको हुन्छ । जो सायद द इकोनोमिस्टले भन्दा बढि नजिकबाट पाकिस्तान बुझेको डिएगो बुन्युलले बुझेजस्तै ।
pradeepbasyal@gmail.com
No comments:
Post a Comment