Thursday, October 29, 2009

साहसिक खेल


’द इकोनोमिस्ट’ पत्रिकाले आफ्नो एउटा अंकमा पाकिस्तानबारे बिशेष कभरेज दिएर लेख्यो । जसमा छापिएको एउटा बिश्लेषणमा पाकिस्तानलाई बिश्वकै सबैभन्दा खतरनाक ठाउ‘ भनिएको थियो । जसबाट पश्चिमा विश्व निकै ससंकित बन्यो । कति देशले त आफ्ना नागरिकलाई केही समय पाकिस्तान भ्रमण नगन{ सुझाव समेत दिए । तर डिएगो बुन्युललाई सोही खबर ग्रीन सिग्नल बन्यो । जीवनमा केही एडवेन्चरस गन{ खोज्ने बुन्युलले त्यसबखत पाकिस्तानका ती खतरनाक ठाउ‘को भ्रमण गने{ योजना तय गरिसकेका थिए । ती खतरनाक ठाउ‘हरू उसलाई आफ्नै ऑखाले देख्नु थियो । विश्वप्रशिद्ध टिभी काय{क्रम {डन्ट टेल माइ मदर’ मा पछी उनले आफ्ना अनुभव सुनाउ‘दा भने – {खतरनाक भनिने पाकिस्तान मैले मेरै ऑखाले देखे‘ । भलै त्यसक्रममा मैले कयौंपटक मृत्युस‘ग पैंठेजोरी खेलेर बॉचेको छु । जुन अनुभव र आनन्द सायदै मैले करोडौं डलर कमाएको भए पाउन सक्थेंं होला ।’ एक महिने पाकिस्तान बसाइमा झण्डै दुई हजार किलोमिटर घुम्दा पाकिस्तान र मुस्लिम बिश्वबारे बाहिर ब्याप्त धारणाहरू एकपछी अको{ गदै{ गलत साबित हु‘दै थिए । पाकिस्तान भन्नेबित्तिकै मानिसहरुले तालिबान र धामी{क कट्टपन्थीसंग जोडेर बुझ्ने गछ{न् । {पाकिस्तान एउटा त्यस्तो बिशाल सङग्रालय हो, जुन बाहिरी बिश्वले सायदै कल्पना गन{ सकेको होला ।’ उनले भने {यताथ{ बुझ्नको लागि हामीमा साहास हुनु जरूरी छ । जुन पाकिस्तानबाट फकंदा मैले सिकेको सबैभन्दा ठूलो पाठ हो ।’

एक प्रचलित भनाई छ नो रिक्स नो गेन । जीवनमा केही भिन्न, साथ{क र महत्वपूण{ गन{ मानिसमा साहास चाहिन्छ । जसले मात्र उसलाई लाखौंको भिडमा बेग्लै पहिचान दिन सक्छ । तर त्यो पहिचान त्यति सजिलै भने स्थापित हुने छैन । कयौ‘ अभाव, दूघ{टना, र तनावले पच्छ्याउ‘छन् । त्यसैका बिच नै आफूलाई संयम र विवेकशील राखी मिसन फत्ते गनु{ नै एडवेन्चर हो ।

टिभी हेन{मा क्रेज राख्ने जो कोहीका अप्सनमा केही समय अघिसम्म समाचार, फिल्म, काटु{न, खेलकुद आदि पथे{ । आजभोलि तिनै प्रमुख स्थानमा एडवेन्चर टिभी काय{क्रमहरूले पनि राम्रो स्थान पाएका छन् । “आइ सुडन्ट वि अलाइभ”, “म्यान भसे{स वाइल्ड”, “जेल्ड अबो{ड”, “डन्ट टेल माइ मदर”, “सेकेन्स्स फ्रम डिजास्टर”, “खतरोंका खेलाडी” केही त्यस्ता बिश्वप्रशिद्ध टिभी काय{क्रम हुन, जसले मानिसका शाहसिक काय{बारे काय{क्रम तयार पाछ{न् । डिस्कभरी, नेशनल जोग्रँफिक, एनिमल प्लानेट, ट्राभलिङ एण्ड लिभिङ टेलिभिजन च्यानलका बिशेषता भनेकै एडवेन्चरस काय{क्रम हुन । जसलाई हालसालै केही भारतिय टेलिभिजनहरूले पनि पच्छ्याएका छन् । अझ तिनै पश्चिमा च्यानको सिको गदै{ भारतको कलरस टिभीले त सुपरस्टार अक्षय कुमारलाई राखेर एडवेन्चर झल्काउने “खतरोंका खिलाडी” काय{क्रम चलाइराखेको छ । यो काय{क्रमको दोस्रो सिजन हो । यसअघि सोनि टेलिभिजनमा चलाइएको यस्तै काय{क्रमले भारतमा ठूलै तहल्का पिटेको थियो । “एडवेन्चर काय{क्रमले हामीमा रहेको डर त हटाउ‘छ नै । साथै मृत्युको नजिकबाट हि‘डदा कस्तो हु‘दो रहेछ भन्ने हामी आफै अनुभव पनि गछौ{्र ।” एसओएस हम{न माइनर, पोखराबाट प्लसटु सकेका अनुप भट्राई भन्छन् । उनी आजकल यस्ता काय{क्रमका क्रेजी नै भइसके । “टिभीमा अरु काय{क्रम त हेन{ मन नै मरिसक्यो ।” अनुप थप्छन् । १६ एपिसोडमा डिजाइन गरिएको खतरोंका खिलाडीका १६ वटा नै राउन्ड छन् । अन्तिम चरणसम्म खेलमा टिक्न सक्ने नै खेलमा बिजेता हुन्छ ।

यो त खेल नै भयो । तर जीवनमा कहिलेकांही कल्पनै नगरेका केही यस्ता क्षण पनि आउ‘छन् जतिबेला संयम गुमाइयो भने ज्यान नै जान सक्छ । अमेरिकी टेलिभिजन च्यानल डिस्कभरीको डकुमेन्ट्री टिभी काय{क्रम “आइ सुडन्ट वि अलाइभ” अको{ त्यस्तो लोकप्रिय काय{क्रम हो जसले साधारण मानिस पनि अकल्पनिय र डरलाग्दो समस्यामा फस्दा कसरी आफूलाई परिस्थिति अनुकुल बनाउ‘छ भन्ने देखाउ‘छ । सव{प्रथम अक्टोबर २००५ देखि माच{ २००७ सम्म ३ चरणमा डिस्कभरीमा देखाइएको यो काय{क्रमको लोकप्रियता ह्वाप्तै आकासिएपछि अहिले एनिमल प्लानेट, साइस्स च्यानल र अस्ट्रेलियाको च्यानल नाइनले किनेर चलाउन थालेका छन् । प्रशान्त महासागरमा हराउंदा होस या माउन्ट म्याकिन्लीमा चिसोले मानिस नै बरफ भएको घटना नै किन नहोस काय{क्रम निमा{ण टिमले दुरुस्तै डकुमेन्ट्री बनाउ‘दा त्यो सांच्चै हेन{ लायकको काय{क्रम बनेको छ । घना अमेजन बषे{ जंगलमा हराउ‘दा आफ्ना ज्यान जंगली जनावरबाट बचाउने गरेको संघष{ र आफै भोकप्यासबाट बच्न गरेका प्रयासहरु देखाइने घत्लाग्दा घटना टिभी काय{क्रमले समेटेको छ । “जीवनमा एकपटक पनि यस्तो काय{क्रम हेने{ मानिसले आफूलाई अहंकार र क्रोधबाट अलग्याउने प्रयास गछ{ ।” उक्त काय{क्रमलाई पछिल्लो पटक नछुट्याई पच्छ्याएका प्रदीप यादवले भने । “बा“च्नको लागि थोरै हावा, पिउनको लागि केही थोपा पानी र पाइला टेक्नको लागि थोरैमात्र पनि जमिनको पनि महत्व कस्तो हुन्छ भन्ने उसैले बुझेको हुन्छ । जो यस्तो एडवेन्चर चरण पार गरेको छ ।” यादव थप्छन् । उक्त परिस्थित सामना गरेको आधारमा सक्दो सोही ठाउं र परिवेशमा तयार पान{ खोजिएता पनि केही असम्भव सुटहरु भचु{अल र डिजिटल लाइब्रेरीमा पनि बनाइएको अनुभव उत्पादन टिमको छ । “मानिसले जीवनमा ठूलाठूला पाठहरु कि त कि त परेर कि त पढेर सिक्छ, तर अरुको देखेरै सिक्दा ऊ एक कदम अगाडी हुन्छ ।”– हिना झाको बुझाई छ ।

नेशनल जोग्राफिक च्यानलमा आउने “सकेन्स्ट फ्रम डिजास्टर”ले समयको महत्वलाई राम्रैसंग अनुभव गराउंछ । निकै सानो समयमा उपयुक्त निण{य लिन नसक्ता कयौंको ज्यान नै जान सक्ने अवस्थाको सामना कसरी गने{ भन्नेबारे यस काय{क्रम केन्द्रीत छ । कयौं हवाइजहाज अपहरण र इन्जिमा समस्या आउंदा चालक दलले संयमतापूव{ लिने कदमहरु, पानीजहाज समुद्रमा हराउंदा लिइने निण{य र त्यसबखत मानिसमा देखिने मानविय संवेदनशीलताको सजिव प्रस्तुतिले काय{क्रमलाई आंखा नझिम्क्याई हेन{ बाध्य पाछ{ । ३ सिजनमा प्रस्तुत गरिएको यस काय{क्रम ४५ एपिसोडमा तयार पारिएको छ । प्लेन, ट्रेन क्¥यासका घटना हुन वा ठूला आगलागि जस्ता अन्य धेरै दैवि बिपत्तीका घटना नियन्त्रण गन{ सानो समयमा लिइएका महत्वपुण{ निण{य काय{क्रमको रोचक पक्ष हो । “हामी समयलाई नबुझेर हाम्रो महत्वपूण{ समय त्यसै खेर फाल्छौ, तर ससानो समयले पनि जीवनमा ठूलो महत्व राख्छ भन्ने मेरा छोराछोरीले बुझुन् भनेर म उनीहरुलाई संगै राखी यो काय{क्रम हेछु{ ।”– मुरारी पराजुली, ४० भन्छन् । “हाम्रा नेपाली टिभी च्यानलले यस्ता काय{क्रम बनाउन नसकेता पनि कम्तिमा त्यसको नेपाली अनुवाद गरी देखाउन सकेमा त्यो निकै सरहानीय काम हुने थियो ।” पराजुलीको नेपाली टिभी च्यानलहरुलाई सुझाव थियो ।

नेपाली युवाहरु पनि एडवेन्चरको मामिलामा पछाडी छैनन् । पुस्कर शाह यस्ता नमुना नेपाली युवा हुन जो आफ्नो बिश्व साइकल यात्राका क्रममा धेरैपटक मृत्युको मुखबाट बचेका छन् । उनको वेभ मयागजिनको नियमित स्तम्भमा आफ्ना केही एडवेन्चर अनुभव बाहिर ल्याएता पनि धेरै अझै थोरैलाई मात्र थाह छ । “साधारण तरिकाबाट जीवन काट्नु आजका युवाहरुको जीवनको अभिष्ट होइन । दुई छाक छान{कै लागि काम गनु{, महिनाभर काम गरेर अन्त्यमा तलब बुझ्नु पछिल्लो समयका युवाहरूको ध्यानमा पदै{न । चूनौतिपूण{ एवं शाहसिक काम नै उनीहरूको रोजाइमा छ ।” युवा रेडियो काय{क्रम उत्पादक मुक्ति गैह«े भन्छन् । “तर उनीहरूमा रहेको त्यस साहसलाई अभिभावकहरू ओभर एम्सिन भन्दै हतोत्सहीत पारिराखेका हुन्छन् । आफ्नो सन्तानको लागि माया अभिभावकमा हुनु स्वभावीक हो तर त्यसो भन्दैमा सदैभर उनीहरूलाई कॉखी च्यापेर राख्दा ऊ जीवनमा आत्मनिर्भर र स्वावलम्मी हुन सक्दैन । ” गैह«े अगाडी भन्छन् ।

प्रथम भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धी १० बर्षकी हुंदा नै मानव सभ्यता र पृथ्वीकोे बिशिष्ट बिकासक्रमको जानकारी गराएका थिए । आफू अहलावादमा रह“दा देहराधुनको मुसुरीमा रहेकी गान्धीलाई ती सबै कुराको जानकारी नियमित पत्राचारबाट गराएका थिए । तिनै ३० चिठीहरूको संगालो बिश्वप्रशिद्ध पुस्तक नेहरू लेटरमा नेहरूले भनेका छन् “हामीले केही पत्रका माध्यमले करोडौ बर्ष पार गरेका छौं । तिम्रँे अगाडीको जीवन निकै चुनौतिपूर्ण छ । हामी आफूलाई निकै महत्वपूर्ण ठान्छौं र ससाना कुराले हामीलाई चिन्तित बनाउंछ । बिश्वको कठिन र संघर्षशील इतिहास पढेकी तिमी अब सानातिना घटनाबाट चिन्तित हुनेछैन्यौ ।”

एडवेन्चरबाट नै नयां कुराको अन्वेशण हुने हो । मानव सभ्यताको बिकासक्रम नै हेर्ने हो भने पनि माइनर एसियाका (हालको टर्की) फोनिसियन, ज्युज र अरबी मानिसहरू साधारण डुङ्गामा भुमध्यसागरको यात्रमा निस्केकै कारण ब्यापारको बिकास भएको मानिन्छ ।

“म जीवनमा सरल काम गर्न चहान्न । त्यसैले पनि पाइलट पढेर केही बेग्लै र शाहशिक काम गर्ने योजना थियो । तर बुवाममीले पाइलट रिस्की जब हो भइदै भौतिकशास्त्र पढ्न लगाए । जुन पढेर म आनन्दित हुन सकिरहेको छैन ।”– सेन्ट जेभियर्य कलेजमा भौतिकशास्त्रका बिद्यार्थी रमेश न्यौपानेले भने । उता आर्मीमा जाने सर्वेश जायसवाल पनि त्यस्तै वहानामा आफ्नो चूनौतिपूर्ण लक्ष्यमा अगाडी बढ्न पाएन ।

जेल्ड अर्बोड नेशनल जोग्राफिक च्यानलको अर्को त्यस्तो टिभी कार्यक्रम हो । जसले एडवेन्चरको नाममा गलत बाटो समात्दा फन्दामा परेका घटनालाई देखाउंछ । आफ्नी आमाले बिश्व घुम्ने अनुमति नदिएको झोंकमा एडवेन्चर गर्न भनेर निस्केको बिट्रिस ठिटो पाइरस हर्नु एडवेन्चरको नाममा सुन तस्किरीमा लाग्दा २८ केजी सुन सहित काठमाण्डौंमा पक्रिए । धेरै त्यस्ता युवाहरू पनि छन् जो एडवेन्चरको बहानामा लागुऔसध, हतियार तस्करीजस्ता गैरकानुनी काममा लागेका छन् ।

“म्यान भर्सेस वाइल्ड ” अर्को बेलायतमा उत्पादन हुने त्यस्तो एडवेन्चर कार्यक्रम हो जसले हिंस्रक एवं बिशालु जनावरका बानी ब्याहोरा र उनीहरुबारे हालसम्म पत्ता नलागेका कुराहरु पत्ता लगाउन उत्पादन टिम लाग्छ । “यस प्रकारको कार्यक्रम तयार पार्नु पक्कै पनि साधारण काम होइन । म ति जनावरहरुस“ग पुग्नु अघि उनीहरुबारे निकै अध्ययन गर्छु । तर पनि कहिलेकांही म सावधानी अपनाउंदा अपनाउंदै उनीहरुको आक्रमणमा फस्सु ।” कार्यक्रमका उत्पादक एवं संचालक बियर ग्रिल्स आफ्नो ब्लगमा भन्छन् । उनी कार्यक्रम तयार पार्न जांदा सदै क्यामेराम्यान र साउण्ड इञ्जिनियरका साथै एकजना सुरक्षाबिज्ञलाई साथै लिएर पुग्छन । साथै आपतकालिन उद्दारको लागि कार्यक्रम अवधिवर त्यस इलाकामा हेलिकप्टर र सुरक्षाकर्मी तयारीअवस्थामा राखिएको हुन्छ । “मेरा लागि यस कार्यक्रमले निकै उत्साह र हौसला दिन्छ । म यस कार्यक्रम हेरेपछी आफूलाई पनि कुनै कुरामा कमजोर महसुस गर्दिन ।”– ज्ञानेन्द्र आचार्य भन्छन् ।

एउटा पत्रिकाको संवादाताले सम्पादक हुने लक्ष्य राख्नु । सेनाको सिपाइले जेनरको लक्ष्य राख्नु । साधारण शिक्षकले हेडमास्टरको लक्ष्य राख्नुजस्ता लक्ष्य मात्र जीवनका बाटो होइनन् । आजका तन्नेरी केही बेग्लै तरिकाले आफ्नो जीवनको एम्बिसन तयार पारेका हुन्छन् । जुन कु्रा आजका अभिभावकले आत्मसाथ गर्न सक्नुपर्छ । र उनीहरुलाई सावधानीसाथ एडवेन्चर गर्न दिनुपर्छ ।

No comments:

Post a Comment