Friday, November 6, 2009

गजलमा तन्नेरी स्वर


गत शुक्रबार परासीमा जताततै शुशिल श्रेष्ठकै चर्चा थियो । लाग्थ्यो उनी ठूलै सेलिब्रिटी हुन् । उनको एकल गजल सा“झ हेर्न ७ सयको टिकेट काटेर आउनेको भिड हलले थेग्नै सकेन । स्थानिय एफएफहरुले प्रतक्ष प्रशारण गरिरहेका थिए । ‘गजल सुन्ने यो जमात देखेर म निकै हौसिएको छु ।’ गायनकै बिच उनले फुर्सद निकाले । झण्डै साडे तीन घण्टा चलेको गायनमा उनको मोतिराम भट्ट, बूंद राना, डा. कृष्णहरि बराल, डा. घनश्याम परिश्रमी, खगेन्द्रप्रसाद बस्याल जस्ता पाका गजलकारका देखि निर्मल ढुङ्गाना, अनन्तराज पन्तजस्ता युवा गाजलकारका नेपाली र केही हिन्दी गजल गाउन भ्याए । ‘पछिल्लो समय गजल लेखनमा नेपालमा निकै तिब्रता आएपनि यसलाई गायनको रुपमा बिकसित गर्न सकिएको छैन ।’ शुशिल भन्छन् ‘गजल गाएपछि मात्र यसले वास्तिवक स्वरुप लिन्छ ।’ हिन्दी, उर्दू, बंगाली, मराठी भाषाका गजल गायनमा उत्कृष्ट मानिन्छन् । त्यत्तिकै क्षमता बोकेको नेपाली गजल क्षेत्र गजल गायनमा उनीहरुको दा“जोमा पछि पर्दा पनि यसको प्रबर्दनमा चासो नदेखाएकोमा दुःख पोख्छन् । ‘गजल गीत गाउनुजस्तो सजिलो छैन । गजल सुत्रमा गाइने हु“दा गजलगायकलाई प्रशिक्षणको आवश्यकता पर्छ । ’ शुशिल भन्छन् ‘तर नेपालमा गाउन मिल्ने गरी सुत्रमा गजल लेख्ने गजलकारको कमी छ ।’ गाउन थालेको १५औं बर्षगा“ठ पुगेता पनि गजल गायनतर्फ उनी ७ बर्ष अघिमात्र मोडिएका हुन् । परासीमा मोति जयन्तीको अवसरमा नवलपरासी साहित्य परिषद्ले आयोजना गरेको गजल यात्रा कार्यक्रमको पहिलो श्रृङखलामा खगेन्द्रप्रसाद बस्यालको एउटा गजल उनले सर्वप्रथम गाएका थिए । त्यसै बखत त्यहा“ उपस्थित बूंद राना र डा. घनश्याम परिश्रमीका केही गजल उनले बिनातयारी नै गाएर आफ्नो क्षमता देखाए । त्यसपछि उनको गजल गायनले तिब्रता लियो । उनका गजल अहिले यताका सबैजसो एफएममा बज्नेगर्छन् । गजल सुत्रमा गाउन उनले डा घनश्याम परिश्रमीबाट प्रशिक्षण पनि लिएका छन् । एकदशक अघि उनी चितवनको एक रेष्टूरा“मा गाउ“थे । तर अहिले उनी आफ्नै रेष्टूरा“ र पेन्टिङ हाउस संचालन गरिरहेका छन् । ‘अब बिस्तारै गजल गायनले पनि ब्यावसाहिकता लि“दैछ ।’ शुशिल आफ्नो गायन करिअरप्रति आशावादी छन् । परासीको गजल सा“झले सफलता पाएपछी अब बुटवल र पाल्पामा पनि कार्यक्रमका लागि उनी जुटिसकेका छन् । तेजु अर्याल मोफसलका अर्का चर्चित गजल गाएक हुन् । २०५४ सालमै रेडियो नेपालमा १७ औं प्रयासमा गायन टेस्ट पास गरे । ‘म त्यसबेला कुनै तयारी गएको थिइन ।’ सोह«ौं असफलतालाई उनले प्रशिक्षणको रुपमा लिएको बताउ“छन् । ‘यदि म तयारीसाथ गएको भए अघिल्ला केही प्रयासमै पास हुन्थें होला, मेरो लागि ति १६ पटक पाएका असफलता एउटा सिक्ने मौका थियो ।’ तेजु आफूलाई सकारात्मक देखाउन खोज्छन् । यसबिचमा उनको गायन र संगित यात्राले निकै फड्को मारेको छ । उनका दुई एल्बम समेत बजारमा आइसके । २०६० सालमा निस्केको नतिजा एल्बम आधुनिक गीतको एकल एल्बम थियो भने त्यसअघि निस्केको ‘मिलन’ एल्बममा उनले ३ वटा गीतमा गायन र संगित दिएका थिए । तर अहिले उनको गायन पनि गजलतर्फ नै मोडिएको छ । भन्छन् ‘गजल सुन्नुमा बेग्लै आनन्द आउ“छ, त्यसैले पनि गजल सुन्ने जमात अहिले बढी छ ।’ घरमा रियाजका लागि भनेर उनको छुट्ट्ै कोठा छ । बाध्यबाधन सबैजसो छन् । उनको फरक बिशेषता भनेको संगित र शब्द पनि आफै सिर्जना गर्नु हो । चा“डैनै गजल एल्बम निकाल्ने तयारीमा छन् तेजु । ‘गजल गायनमा संगितको सिर्जना गर्नु निकै गाह«ो काम हो, त्यसैले अहिले समय बढी लिंदैछ ।’ तेजु कारण खुलाउ“छन् । रेडियो नेपालबाट उतिबेला नै राष्ट्रिय गीत रेकर्ड गराएका तेजुकै स्वरमा स्थानीय देवदह एफएफमा ३ बटा जिंगल बज्छन् । गायनलाई नै आफ्नो पेशा बनाएर बसेका तेजु राजधानीका मिडियाले प्रयाप्त स्थान नदिंदा मोफसलका गायकहरु पछि परेको बताउ“छन् । गायनले के दियो त ? ‘धेरै सन्तुष्टि, केही नाम र थोरै पैसा ।’ उनको उत्तर सोझो छ । नेपालीको औषत आयुलाई आधार मान्दा आधा जिन्दगी गायनमै बिताएका तेजु आफ्नो जीवनलाई नै अब गायनमा समर्पण गर्न चहान्छन् । सीता थापा क्षेत्री हिन्दी गीत त सानैदेखि गुन्गुनाउ“थिन् । तर धेरै गजलकारहरुले उनको स्वरलाई गजलमा फिट देखे । अहिले उनी गजल गाउ“दैमा ब्यस्त छिन् । बिशेष गरी युगल गजल गायनमा उनको स्वरलाई राम्रो मान्छन् दर्शक÷श्रोताहरु । ‘सानो ठाउ“, चाहेर पनि राम्ररी रियाज गर्न र आफ्नो गायनलाई एक्सप्रोर गर्न सकिंदैन ।’ उनले गायन यात्राको शुरुमै अवस्थाप्रति चिन्तित छिन् । नेपालमा गजल गाउने गायिकाहरु निकै कम रहेको अवस्थामा उनले केही गर्न सक्नेमा आशावादी पनि उत्तिकै छिन् । उनका केही गीतहरु हालचालै स्थानिय एफएफमा बज्न थालेका छन् । ‘तर ममा अझै प्रशिक्षणको आवश्यकता महसुस गरेकी छु ।’ सीता भन्छिन् । नवलपरासीका केही स्टेजसोमा आफ्नो गायकी प्रस्तुत गरिसकेपछी उनको प्रतिभाको मुल्याङ्कन सबैबाट हुन थालेको छ । परासीमा गजल गायकहरुद्वारा खोलिएको नेपाल गजल गायन समूहकी सदस्य भएर अहिले गजलगायकहरु सामुहिक रियाज र प्रशिक्षण लिन थालेपछी उनको गायनकला अहिले ट्रयाकमा आएको छ । http://epaper.ekantipur.com/epaperhome.aspx?issue=6112009 Published on Kantipur dated 20th of Kartik, 2066

No comments:

Post a Comment