Tuesday, November 17, 2009

जलवायु व्यावस्थापनको साझा सवाल

यही डिसेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा बिश्वब्यापी मौसम परिवर्तन सम्बन्धी सम्मेलन हुनै लाग्दा जलवायु परिवर्तनको मुद्दाले पूरा बिश्वलाई नै तताएको छ । जलवायु परिवर्तन महासन्धीका पक्षधर राष्ट्रहरु सहभागि हुने उक्त राष्ट्रसंघिय बिश्व सम्मेलनलाई क्योटो सम्मेलनपछिको सबैभन्दा ठूलो सम्मेलन मानिनुले पनि यसले बिश्वको ध्यान केन्द्रीत गर्नु स्वभाविकै हो । यसको तयारी ठूलासाना सबै राष्ट्रले आफ्नै ढंगले गरिरहेका छन् । ठूला औद्योगिक राष्ट्रले आफ्नो कार्बन उत्सर्जनको दरलाई उक्त सम्मेलनमार्फत केही घटाउने अपेक्षा गरिएको छ भने साना एवं बिकासोन्मूख देशले जलवायु परिवर्तनले आफूहरुलाई आइपरेको कठिनाई सम्मेलनमा प्रस्तुत गर्नाले यस साझा समस्याको सामना कसरी गर्ने भन्नेबारे छलफल हुनेछ ।

जसरी पछिल्ला दुई विश्वयुद्ध र एक शीतयुद्धले विश्व राजनीतिलाई आधा शताब्दीभन्दा बढी समय निर्देशित ग¥यो, त्योभन्दा कयौं गुणा बढी समय जलवायु परिवर्तनको मुद्दाले अबको विश्वलाई निर्देशित गर्ने निश्चत छ । दिनप्रतिदिन द्रूत गतिमा बढिरहेको पृथ्वीको तापमानले हाम्रो समग्र जीवनमै नजानिंदो तवरले गर्न थालेको असर अब हामी सर्वसाधारणले समेत अनुभव गर्न थालिसकेका छैं । प्राकृतिक सम्पदा, जैविक विविधता, अन्न उत्पादनशीलता र हाम्रो सुरक्षित भएर बाूच्न पाउने नैसर्गिक अधिकारलाई जलवायु परिवर्तनको जर्जर समस्याले नराम्रैसूग गाूजेको छ । पहिले पहिले विषयगत मंचहरुमा मात्र हुने जलवायु परिवर्तनको बहस अब संयुक्त राष्ट्रसंघ, आसियान, युरोपेलि युनियन, जी–८ जस्ता प्रभावशाली मंचहरुदेखि लिएर सार्कजस्ता क्षेत्रीय मंचहरुसम्मको लागि प्रमुख मुद्दा बनाइनुले पनि के स्पष्ट संकेत गर्छ भने, हाम्रो ग्रह जलवायु परिवर्तनको समस्याले असुरक्षित बन्दै छ, जसको शीघ्र समाधान आवश्यक छ ।

कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, सल्फर हेक्जाफ्लुराइड, परफ्लुरोकार्बन जस्ता हरितगृह ग्याूसहरु पृथ्वीको तापमान बढाउन मुख्य जिम्मेवार छन् । यी ग्याूसहरुको वायुमण्डलमा बढेको संग्रहले वातावरण प्रभाव पार्न, विश्वको तापमान बढाउन र जलवायु परिवर्तनका लागि भूमिका खेलिरहेको छ । यद्यपि जलवायु परिवर्तनका लागि कार्वनडाइअक्साइड ग्याूस बढी जिम्मेवार छ । विश्वमा उत्पादन हुने कुल हरितगृह ग्याूसहरुमध्ये कार्वनडाअक्साइडको मात्रा ८० प्रतिशत भन्दा बढी रहेको पाइन्छ । हामीले प्रयोग गर्ने मट्टितेल, पेट्रोल, डिजेल, ग्याूसजस्ता फोसिल इन्धन बालेर जमिनमुनि रहेको कार्वनलाई कार्वनडाइअक्साइडको रुपमा वायुमण्डलमा पठाइरहेका छौं । पृथ्वीको सतहमा कार्बनडाइअक्साइडको मात्रा ३५० पार्टस पर मिलियन भन्दा कम गर्नु आवश्यक छ । हाल पृथ्वीको सतहमा कार्बनडाइअक्साइडको मात्रा ३९० पिपिएम छ । यद्यपि अमेरिकी अन्तरिक्ष संस्था नाशाले सुझाए अनुसार सहज जीवन यापनका लागि ३५० पिपिएम कार्बन पृथ्वीको सतहमा हुनुपर्छ । एकपटक उत्सर्जन भएको कार्वनडाइअक्साइड झण्डै १०० वर्षसम्म वायुमण्डलमै संचय रहने हुूदा यसमामिलामा जिम्मेवार कदम चाल्न एकै दिन पनि ढिलो गरेमा यसले हामीलाई र हाम्रा भावी सन्ततीलाई हालसम्म कसैले कहिल्यै नभोगेको कष्ट भोग्न विवश बनाउनेछ ।

विश्वका राष्ट्रहरुले वायुमण्डलमा उत्सर्जन गर्ने हरितगृह ग्याूसहरुको ठूलो मात्राले त्यसको असर उत्सर्जन गर्ने देशमा मत्र सीमित रहूदैन । जसको असर विश्वव्यापी हुनेगर्छ । हरितगृह ग्याूसको उत्सर्जनबाट हुने विश्वव्यापी उष्णीकरणका कारण खासगरी स्थानीय जलवायु परिवर्तन हुनगई हावापानीमा परिवर्तन आउनाले प्राकृतिक वातावरण, वनस्पति, प्राणी र मानिसको जनजीविकालाई समेत प्रभावित पार्दछ । तापक्रम बृद्धिको गति यही रहूदै जाने हो भने आउने ५० वर्षमा पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा रहेका बरफका महाद्वीपहरु पग्लिने तथा हिमालय एण्डिस्, अल्पसजस्ता हिमाली श्रृंखलाहरु हिमनदीमा बिलाउनेछन् । जसले समुद्री सतहलाई बढाउनेछ । जसले गर्दा माल्दिभ्स पूरै डुब्नेछ भने बंगलादेशको एकतिहाई भू–भाग समेत यसको सिकार बन्नेछन् । श्रीलंका, जापान, मलेसियाजस्ता तटीय देशसमेत समुद्रको अतिक्रमणमा पर्नेछन् । जलवायु परिवर्तन सम्बन्धी अन्र्तरसरकारी संयन्त्रका अनुसार यसबिचमा बढ्दो तापमानबारे बिशेष एवं साझा पहल नगरिएमा एक्काइसौं शताब्दीको अन्त्यसम्ममा ग्रीनल्याण्डको अस्तित्व रहनेछैन भने समुद्र सतह ७ मिटरसम्म बढ्नेछ । सन् २१०० सम्ममा पृथ्वीको तापमान ५.८ डिग्री सेन्टिग्रेडसम्मले बढ्नेछ । अझ माल्दिब्सको अस्तित्व अब समाप्त हुन लागेको कुरा उठ्दै गर्दा केही दिन अघिमात्र त्यहाू समुद्रमुनि मन्त्रिपरिषदको बैठक बसेर कोपनहेगन सम्मेलनले आफ्नो लक्ष्य हासिल गर्न बिश्वलाई संकेतिक दबाब दिएको थियो । कोपनहेगन सम्मेलनको लागि तयारी गर्ने समय अब केही दिनमा सकिदै छ ।त्यसैगरी उच्च तापमानले नेपालका हिमालयहरु पग्लेर अब त्यहाू ढुङ्गा र चट्टान मात्र बाूकी रहने अवस्था आउन लागेको संकेतिक जानकारी अमेरिकालाई सगरमाथाको ढुङ्गा दिएर गराइसकेका छन् । हाल विश्वको तापमान ०.३ का दरले बढिरहेको छ भने नेपालको ०.६ प्रतिशत दर छ । यद्यपि नेपाल एक्लैले उत्सर्जन गर्ने हरितगृह ग्यासको मात्रा ०.०२५ प्रतिसत मात्र छ । तर पनि अमेरिका जगायतका ठूला औद्योगिक राष्ट्रले गर्ने हरितगृह ग्यासको मारमा नेपालजस्ता अल्पबिकसीत मुलुकहरु परिरहेका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको अनुसन्धान अनुसार सन् १९९७ मा वायुमण्डलमा सात अर्व ४० करोड टन कार्वनडाइअक्साइड उत्सर्जन भएको थियो भने सन् २१०० मा यो २० अर्व टन पुग्ने अनुमान छ ।

No comments:

Post a Comment