Saturday, April 10, 2010

सेलिब्रिटीलाई सास्ती


यसले ब्राड पिट, सलमान खान, युवराज सिंह र राजेश हमाललाई मात्र पिरोल्दैन, अक्सर सेलिब्रिटी यसकै भिक्टिम छन् । उनीहरुलाई धेरै सोधिने प्रश्नहरु के के हुन् भनेर सोध्ने हो भने निस्कने साझा जवाफ एउटा यो पनि हो– ‘बिहे कोस“ग÷कहिले गर्ने ?’ ट्यबलोइडहरु यस्तै बिषयले भरिन्छन् । त्यसैले आजकल धेरै सेलिब्रिटीहरु पत्रकारका यस्ता झटारा प्रश्नले झसंग पर्न छाडिसके । कारण उत्तर सधै तयारी अवस्थामा हुन्छ । कतिले मन्द मुस्कान वा हा“सोले टारिदिन्छन् त कतिले ‘अब छिट्टैऽऽऽ एक दुई बर्षमा’ भन्दै । धेरैले भन्ने अर्को रेडिमेट जवाफ यो पनि हो– ‘बिहे मेरो इच्छाले भन्दा भगवानमा भर पर्ने कुरा हो । हेरौं मेरो भाग्यमा कहिले लेखेको छ ।’


जे होस् सेलिब्रिटी हुनु धेरैका सपना हुन्छन् । ‘क्या बिन्दास लाइफ’, धेरैले उनीहरुले पाउने अधिक मिडिया कभरेज, नया“ नया“ ड्रेसअप, ठूलो बंगला र महंगा गाडिलाई देखेर भन्ने गर्छन् । तर त्यती हु“दासम्म ति सेलिब्रिटीहरुको जीवन ‘निजी’ भन्ने बिस्तारै हराउ“दै गइरहेकोतर्फ कमै ध्यान जान्छ । नत्र अमिताब बच्चनले सिनेमामा चुरोट खा“दा किन अदालतमा मुद्दा पथ्र्यो ? सारुख खानले ‘आईपिएलमा पाकिस्त्ँँनी खेलाडिलाई पनि राखिनुपर्छ’ भन्दा किन पूरै भारत थर्कमान हुन्थ्यो ? चुरोट त धेरैले खाइराखेकै हुन्, सारुख खानले भन्ने गरेको उक्त कुरा अरुले धेरैले नभनेका होइनन् । यस्ता धेरै निजी विचार र मामिलाहरुमा उनीहरुले (सायद उनीहरुलाई अनावश्यक लाग्दो हो) सार्वजनिक चासो र महत्व ब्याहोरिरहेका छन् ।


अब एकैछिन दक्षिण एसियाका दुई सेलिब्रिटीहरु≤ भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर सोएब मल्लिकबिच हुन गइरहेको विवाहको प्रशंगतर्फ लागौंं । उनीहरुले अन्ततः विवाहबारेको उही बहुचर्चित प्रश्नको जवाफ यही अप्रिल १५मा दि“दै छन् । पछिल्लो समय कास्मिर विवाद र आतंकवादी हमलाहरुलाई लिएर भारत–पाकिस्तानबिच जनस्तरसम्मै चर्काचर्की चलिरहेको बखत उनीहरुबिच हुन गइरहेको विवाहले दुवै देशमा तहल्का मच्चाइरहेको छ । विवाह मानिसको निजी मामिला रहेकोले यसमा अरुले तर्कबितर्क गर्न नहुने कुराहरु एकातर्फ उठिरहेता पनि उनीहरु त्यती सजिलै उम्कन पाउने छैनन् । विवाह घोषणा भएकै दिन भारतमा धेरैले सञ्चारमाध्यममार्फत सानियालाई भने, ‘के भारतमा उनलाई लायक केटा छैनन् ? जसका कारण उनी पाकिस्तान धाउनुपर्ने ।’ हुन त उनी भारतकी खेल हस्ती हुन् जसले आफ्नो मुलुकलाई धेरै पदक जिताइसकेकी छिन् र आसन्न लण्डन ओलम्पिकमा उनीबाटै बढ्तै आशा पनि राखिएको छ । तर यसैबिच पाकिस्तानमा अर्को बहस शुरु भएको छ कि एसियाली संस्कारमा महिलाले पतिका अनुशरण गर्छन् र त्यस आधारमा सानियाले पनि पतिबाट प्रेरित भई पाकिस्तानबाटै खैल्नेछिन् । सोएब पाकिस्तानी भएकाले अब सानियाको राष्ट्रियता पाकिस्तानी होइन भनेर चर्चा गर्नु अनावश्यक हो भन्ने चर्चा पनि त्यहा“ उत्तिकै गरिंदैछ । पाकिस्तानी टेनिस संघले त सानियालाई लण्डन ओलम्पिक लगायत अबका अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको पक्षबाट सहभागि हुनुपर्ने बताएको छ । उसले अब छिट्टै सानियाले पाकिस्तानको नागरिकता पनि लिने अपेक्षा गरेको छ । तर सानियाले भने बिहेपछि पनि आफू भारतको तर्फबाटै खेल्ने र त्यसमा सोएबको पनि साथ रहने बताएपछि उनीहरुको वैवाहिक जीवन त्यती सहज नहुने सजिलै अनुमान गर्न सकिन्छ । त्यस्तै मुस्लिम मुलुक पाकिस्तानमा उनलाई अब छोटो स्कर्ट लाउने अनुमति दिइन्छ कि दिइ“दैन भन्ने अर्को चासोको बिषय हो ।


जे होस् निकै ब्यस्ततापूर्ण ब्यावसायिक जीवनबाट बल्लतल्ल घरजम गर्ने फुर्सद निकालेका दुवैलाई वैवाहिक जीवन शुरु नहु“दै झमेलाहरु अघि लागेका छन् । सायद त्यसैले पनि होला उनीहरु अब पाकिस्तानमा नभई दुवईमा बस्ने निर्णयमा पुगेका छन् ।



अझ विवाहकै माहोलमा सेलिब्रिटीहरुका अरु धेरैस“ग सम्बन्ध रहेको समाचार बढ्तै आउ“छन् । जसबाट उनीहरु के बचुन् । सानिया र सोएबिच पछिल्लो ६ महिना अघि मात्र प्रेम शुरु भएता पनि सन् २००२ मै सोएबको हैदराबादकै युवती आयशा सिद्धिकीस“ग कुरा छिनिसकिएको र त्यसलाई अहिले उनले धोका दिएको भनिंदैछ । जसलाई भारतमा सोएबले भारतिय नारीको अपमान गरेको भनियो । त्यसो त ऐश्वर्या–अविसेकको विवाह हुनुभन्दा केही दिन त्यस्तै एउटीले आफ्नो अविसेकस“ग प्रेम चलिरहेको र उनले आफूलाई विवाह गर्ने वचन दिएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।


आखिर किन सेलिब्रिटीका विवाह प्रशंग यतिधेरै चर्चामा आउ“छन् त? मानौं फ्यानहरु यसरी आफ्ना सेलिब्रिटीको विवाहका प्रतिक्षा गरिरहेका हुन्छन्, जस्तो कि उनीहरुको विवाह नहु“दासम्म फ्यानहरुको जीवन अगाडि बढ्न सकिरहेको छैन । यही सेलिब्रिटी विवाहको क्रेजलाई बुझेरै होला हलिउडका सुपरस्टार ब्राड पिट र एन्जेलिना जोलीले विश्वभर समलिंगी विवाह कानुनी रुपमा स्वीकृत नभएसम्म आफूहरुले विवाह नगर्ने बताउ“दै आएका छन् । विश्वभरका मिडियामा चर्चा पाइरहेको उनीहरुको ‘रोमान्स स्टोरी’ कहिले विवाहमा बदलिएला भन्ने कौतुहलता धेरैमाझ छ । कुनैदिन उनीहरुको विवाह हेर्नकै लागि देशदेशमा समलिंगी विवाहको पक्षमा आन्दोलन भए भने त्यो कुनै आश्चर्यको बिषय बन्नेछैन । त्यसैले होला एकताका हिन्दुस्तान टाइम्समा अन्तर्वार्ता दिंदा विवाहको प्रश्नमा करिना कपुरले प्रतिप्रश्न गरिन्, ‘आखिर किन विवाह गर्नेलाई भन्दा समाजलाई यसको बढि चासो हुन्छ ?’



via Hello Shukrabar (Kantipur)

No comments:

Post a Comment