कसैसँगको भेटगाटबाट केही राम्रो कुरा सिक्न सकेमा मात्र त्यसको अर्थ
रहन्छ । आजको भेटगाट हामी तिमीहरुलाई एक बिलक्षण वैज्ञानिक स्टिफन
हकिङस्सँग गराउँदैछौँ । उनलाई जिउँदा आइन्स्टाइन भनेर चिनिन्छ ।
ब्रह्माण्डको उत्पती एवं प्रारुप अध्ययन गर्ने विज्ञान (कस्मोलोजी) र
अन्तरिक्षमा रहेको त्यस्तो क्षेत्र जहाँ गुत्ताकर्षणबल (ग्रेभिटी) अति नै
बढी भई प्रकाशसम्म आफुतर्फ तान्ने कालो छिद्रा (ब्याकहोल) बारे हकिङस्ले
गरेको अध्ययनले उनी प्रशिद्धि कमाएका हुन् । यही वर्ष जनवरी ८ मा उनी ६७
वर्षको भए । उनी बोल्न, हिँडन, लेख्न केही पनि सक्दैनन् । उनका दाइने हातका
दुइवटा औला मात्र चल्छन, जसकै भरमा उनको लागि तयार पारिएको विशेष
कम्प्युटरमा उनी लेखपढ गर्छन । केही वर्ष पहिले सावर्जनिक भएको उनको पुस्तक
“अ ब्रिफ हिस्ट्री अफ टाईम” मा उनले बिग ब्याङ (ठूलो पिण्ड) को
बिस्फोटनबाट निकै सानो समय (झण्डै ४ सेकेण्ड) मा ब्रह्माण्डको विकास भयो
भन्ने सिद्धान्त प्रस्तुत गरेका छन् । ब्रह्माण्ड भनेको सामान्य अर्थमा
सौर्यमण्डल मात्र हो भन्ने बुझिएता पनि यसको दायरा निकै ठुलो र हाम्रो
अनुमान बाहिर रहेको कुरा उनले उक्त पुस्तकमा लेखेका छन् । उक्त पुस्तक
बेलायतको सन्डे टाइम्स पत्रिकाको २३७ हप्तासम्म बेस्टसेलर बन्यो । उनको
सोचाईको विशिष्ठताले गर्दा माइक्रोसफ्टले तयार पारेको उनको सोचाई स्क्यान
(रेकर्ड) गर्न सफ्टवेर समेत असफल भयो । उनले भौतिकशास्त्रमा पु¥याएको
योगदानको कदरस्वरुप बेलायती महारानीबाट “फेलो अफ दि रोयल सोसाइटी अफ आट्स”
बाट सम्मान गरियो । उनी अक्फोर्ड र क्याम्ब्रीज विश्वविद्यालयमा पढेका हुन्
। केही महिना अघि धेरै वैज्ञानिकहरु मिलेर तयार पारिएको लार्ज हेडलर
कोलाइजर उनकै सिद्धान्तमा आधारित थियो । उनका बाल्यबालका केही सम्झना
बिभिनन एजेन्सिहरुको सहयोगमा उनकै शब्दमा तयार तयार पारिएको छ ।
“मेरो जन्म बेलायतको अक्सफोर्डमा भएको हो । मेरो बुबा डा. फ्रान्क हकिङस्
जीवनशास्त्री हुनुहुन्थ्यो, आमा चाही राजनीतिज्ञ । म पछि घरमा दुइजना
बहिनीहरु जन्मिए फिलिपा र मारी । इवार्ड चाहीँ मेरा मातापिताले पाल्नु भएको
धर्मपुत्र हो । हामी चारै जना निकै मिलेर खेल्थ्यौ । खासमा मेरो घर
लण्डनमा थियो । तर म आमाको गर्भमा रहँदा वहाँहरु अक्सफोर्ड सर्नुभएको रहेछ ।
लण्डनमा त्यसबेला आक्रमणको हल्ला थियो । त्यसैले आफ्नो पहिलो सन्तान
राम्ररी जन्माउन वहाँहरु अक्सफोर्ड सर्नुभएछ । तर मलाई जन्माए पछि वहाँहरु
लण्डन फर्कनुभयो । म आठ वर्षको भएपछि मात्र स्कुल गएँ । म स्कुल भर्ना
हुँदा हाम्रो परिवार सेन्ट अल्बन्स सरिसकेको थियो । त्यहाँ मलाई केटीहरु
पढने स्कुलमा भर्ना गरियो । त्यसबेला बेलायतमा १० वर्ष मुनिका केटालाई
केटीसंग पढाउन पाइन्थ्यो । त्यहाँ ३ वर्ष पढेपछी मा त्यहीको सेन्ट अल्बन्स
स्कुलमा पढ्न थाले । त्यहाँ म पढाईमा ठिकै थिए । तर त्यती साह्रो राम्रो
पनि होईन । मलाई त्यहाँ गणित पढन निकै रमाइलो लाग्यो । मलाई त्यहाँको टाटा
सरले गर्नुहुने हौसलाले त झनै गणित पढ्न रहर लाग्यो । विज्ञान त मेरो
रुचीकै विषय थियो । तर मैले लेखेर दिने परिक्षामा राम्रो अंक ल्यालउन
स्कुलमा कहिल्यै सकिन । मैले त्यसरी कहिल्यै पढिन पनि । म सानैदेखि बढि
सोचिमात्र रहन्थे । संसार कति ठुलो होला ? पृथ्वीजस्तै मान्छे बस्न मिल्ने
ठाउँ बह्माण्डमा अरु कता होला ? ....... जस्ता कुराले । त्यसैले मौखिक
परिक्षा चाहिँ मेरो राम्रै हुन्थ्यो । मैले किताबका कुरालाई मात्र आधार
मानेर भन्दा आफ्नो सोचाईले दिएका निश्कर्षहरु पनि थपेर उत्तर दिन्थे ।
मौखिक परिक्षा लिनेहरु धेरै विद्धान मानिसहरु हुन्थे । तर पनि एकदिन मेरो
परिक्षा लिएर गएपनि हेडमास्टर सामु उनीहरुले भनेछन – “स्टीफनको सोच्ने
शक्ति अति विशिष्ट छ, ऊ हामीजस्तो सामान्य मान्छे हुँदै होइन ।” मैले
कक्षामा दिएको होमवर्क कहिल्यै गरिन । नोट कपी त मेरो थिएनै भनेपनि हुन्छ ।
मसंग किताब नै न त धेरै थिए । म जे गर्थे, कल्पना र सोचेरै गर्थे जुन मेरा
अन्य साथीहरुले गर्दैनथे । मलाई मात्र यो कुरा गर्न सम्भव छ भन्ने थाहा भए
पुग्थ्यो । म त्यो गर्न थाल्थे । अरुको हेर्दै हेर्दिन्थे । थोरै किताबमा
पढेका कुरा र धेरै आफै दिमाग लगाएर म समस्या हल गर्थे । स्कुल सकेपछि
पिताजीले मलाई डाक्टर बन्न भन्नुभयो । तर त्यसमा मेरो इच्छा नै नभएपछी म
गणित पढ्न अक्सफोर्ड विश्वविद्यालय भर्ना भए । तर त्यसबेला त्यहाँ गणित नै
पढाई नहुँदो रहेछ, त्यसैले म भौतिकशास्त्र पढ्न थालेँ ।”
via Junkiri (Nagarik National Daily)
No comments:
Post a Comment