Thursday, April 22, 2010

विमान बनाउने ठिटो


कुरा उनी कक्षा दशमा हु“दाकै हो, जतिखेर विकास पराजुली, २५, पोखराको प्रतिभा सेकेण्डरी स्कुलमा पढ्दै थिए । त्यसबेला नै उनले एक विज्ञान प्रदर्शनीमा हेयर ड्रायरको मोटर प्रयोग गरेर सानो खेलौना हवाईजहाज बनाएका थिए । सानैदेखि विमानका क्रेजी उनलाई त्यसबेला सायदै लागेको थियो, कुनैदिन आफैले सा“च्चिकै आकासमा उड्ने हवाईजहाज बनाउ“छु भनेर ।

तर उनले बनाएको विमान ‘डा“फे’ले अकासमा आफ्नो सफल परिक्षण गरिसकेको छ । हालैको एक मध्यान्न पाटनढोकास्थित एक क्याफेमा विकास हेलो शुक्रबारस“ग आफ्नो अनुभव सुनाउ“दै छन् । खेलौना बिमानदेखि सा“च्चिकै विमान बनाउ“दासम्मको उनको कथा रोमाञ्चक त छ नै, आफ्नो सपना पच्छ्याउन धेरैलाई हौस्याउने पनि छ ।

पोखराको एउटा सामान्य परिवारको जेहेन्दार ठिटो, जसमा आमाबुवाले बेग्लै सपना देखेका थिए– डाक्टर बनाउने । त्यसैले एसएलसीमा आएको राम्रो अंकस“गै पोखराको पृथ्वीनारायण क्याम्पसबाट आईएस्सी सकेर एमबिबिएस्को तयारी कक्षा पढ्न काठमाण्डौ“ छिरेका उनको अध्ययनले एकाएक नया“ मोड लिनपुग्यो । ‘स्कुल पढ्दा कहिल्यै दोस्रो नभएकाले पनि होला मलाई बुवाआमाले सानैदेखि डाक्टर बनाउने सपना देख्नुभएको’, विकास सम्झन्छन्, ‘तर मेरो सपना के थियो भनेर सामान्य साक्षर परिवारले बुझोस् पनि कसरी ?’ नेपालमा हवाईजहाजबारे अध्ययन हु“दैनथ्यो । तर त्यसैबखत उनले थाह पाए, मेकानिकल इञ्जिनियरिङ पनि हवाईजहाजबारेको अध्ययनका लागि प्रस्थानबिन्दू हुन सक्छ । आफ्नो सानैदेखिको सपना पच्छ्याउने बाहाना उनलाई पुगिहाल्यो र अन्ततः पूल्चोक क्याम्पसमा मेकानिकल इञ्जिनियरिङ्ग पढ्न थाले ।

‘मेरो दिमागमा खाली हवाईजहाजकै कुरामात्र खेलिरहन्थे’, विकास भन्छन्, ‘त्यसैले मैले त्यसबारेको अध्ययनलाई आफ्नो फाइनल थेसिसमा राख्ने निधो गरिसकेको थिए“ ।’ तर अन्तिम सेमेस्टरसम्म कुर्ने धैयर्ता उनमा थिएन । कलेजको दोस्रो बर्षमै डा“फे निर्माणको यात्रा शुरु गरेका उनलाई शुरुमा सहपाठीहरु गणेशराम सिंकेमन र संजिव महर्जनले साथ दिएका थिए । फ्या“किएका कवाडिहरु र बिग्रेका इञ्जिन र मेसिनहरु उनीहरुका लागि अध्ययन सामाग्री बन्थे । त्यसबिचमै उनी दक्षिण कोरिया र भारतमा सम्पन्न दुई अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा भाग लिने अवसर पाए । भारतमा त उनको रोबोट तेस्रो नै भयो । तर उनको ध्यान त्यही विमान बनाउनेमै थियो, जसले गर्दा अन्तिम बर्षमा सक्नुपर्ने थेसिस तेस्रो बर्षमै सके । ‘आफ्नो रुचि भएको बिषयमा काम गर्दा रमाइलो हुन्छ, र त्यही मात्र गरु“गरु“ जस्तो लाग्दो रहेछ’, विकासको अनुभवले सिकाएको पाठ त्यही नै हो, ‘नेपालमा न त हवाईजहाजबारे राम्रा पुस्तक पाइन्छन्, न त गाइड गर्ने मान्छे नै । त्यसैले जे गर्नुपर्ने थियो, त्यो आफै गर्नुपथ्र्यो ।’ उनीहरु रातभर इन्टरनेटमा अध्ययन गरिरहेका हुन्थे, दिनभर टेकुका कवाडिखानामा सामाग्री खोज्न पुग्थे भने विभिन्न एयरलाइन्समा पुगेर सम्बन्धित ब्यक्तिस“ग सरसल्लाह पनि । त्यसैक्रममा विकास पोखरा पनि पुगे, जहा“ ‘लाइट एयरक्राफ्ट’का पुराना इञ्जिन कपडा सुकाउन र तरकारीलाई झाल लगाउन प्रयोग भइरहेका थिए । त्यसलाई उनले काठमाण्डौं ल्याए– हवाईजहाज बनाउन भन्दै । त्यसैले सामान्यतः १०० पेजमा सकिने इञ्जिनियरिङ्गको थेसिस उनीहरुको ३५० पुगेको थियो । तर विमान निर्माण भने इञ्जिनियरिङ्गको पढाईस“गै पूरा हुन सकेन । अन्य सहपाठीहरु आकर्षक तलबमा जागिर खान वा विदेश धाउन थालिसकेका थिए । विकास त झन् रोबोटमा अन्तर्राष्ट्रिय ख्याती कमाएका मान्छे, धेरै बहुराष्ट्रिय कम्पनीले जागीरका लागि निम्त्याए । तर आफै हवाईजहाज बनाउनु उनको सपना थियो, जसलाई मार्न मनले मानेन । आफ्नो निर्माणदलका संजिवले समेत बिचमै छाडेर एमई गर्न चीन गए भने गणेशमान पनि बिस्तारै छुट्टिदै गएता पनि विकासकै आग्रहमा पुनः फर्किए ।

अन्ततः मिहिनेत अनुसार नै विमान तयार भई प्रथमपटक २०६४ मंसिर २१ गते एकैसाथ उद्याटन र सावजनिक गरियो । त्यसको १५ दिनपछि उडाउने योजना थियो । तर भन्छन्, ‘अर्को संघर्ष त त्यसपछि पो शुरु भयो ।’ उडान अनुमति लिन अर्को ७ महिना उनकै शब्दमा ‘करप्टेड सरकारी संयन्त्र’ स“ग झुल्लिनु प¥यो । त्यसबेला गणेशले समेत हार मान्दै विकासलाई छाडे । तर अनेकन कसरतपछि सरकारले परिक्षण उडानका लागि पोखरा बिमानस्थल उपलब्ध गरायो र डा“फेले ७ पटक ४०÷४५ फिट उचाईसम्म उडान भ¥यो ।

विमान पहिलोपटक आकासमा उड्दाको अनुभवलाई विकास कुनै अविस्मरणिय क्षण मान्दैनन् । भन्छन्, ‘मलाई थाह थियो डा“फे उड्नेछ, किनकि त्यो मेरो सपना थियो र म त्यसलाई अर्जूनदृष्टिले पच्छ्याइरहेको थिए“ ।’ उनको त्यही प्रतिभा र लगनशिलतालाई कदर गर्दै विश्वका ९० विकसित देश सहभागि भएको २००९ को विश्व हवाई खेलमा उनलाई विशेष आमन्त्रण गरिएको थियो, जसबखत उनीबाट प्रभावित भई अन्तर्राष्ट्रिय हवाई संगठनले एयरक्राफ्ट मेन्टेनेन्स पढ्ने अवसर दिएको थियो । तर उनी एयरक्राफ्ट डिजाइनिङ्ग पढ्ने धुनमा लागिपरेका छन । विकासको एउटै निश्कर्ष छ, ‘आफ्नो सपना पच्छ्याउन पढ्नुस्, उपयोगिताको लागि पढ्नुस् ।’ विकासको नया“ बाटोलाई हेलो शुक्रबारको शुभकामना ।

via Hello Shukrabar (kantipur) dated 10th of baishak. catch its epaper piece on http://epaper.ekantipur.com/showtext.aspx?boxid=15121215&parentid=6033&issuedate=2342010

No comments:

Post a Comment