Thursday, April 22, 2010

निकनेम क्रेज



एकजना साथीको आमाले उसलाई सोध्नुभएछ, ‘तिम्रो नाम के हो ?’ ऊ त एकछिन ‘साइको’ भयो । आमालाई सोध्यो, ‘आमा तपाईं ठिक त हुनुहुन्छ ?’ आमा झर्किनुभयो, ‘म त आज तिम्रो स्कुलदेखि नै पागल भइसकेकी थिए“ ।’ पछि थाह भयो कि आमा त्यस दिन स्कुल जानु भएको रै’छ । तर आफ्नो छोराको नामले बोलाउन खोज्दा न त उसलाई शिक्षकले चिने न त उसका सहपाठीले नै । कारण ऊ त्यहा“ आफ्नो छुट्टै ‘निकनेम’ बाट परिचित थियो– चिण्डे ।

आजकल तन्नेरीहरुका दुईथरी नाम प्रचलित छन् । एउटा अफिसियल प्रयोजनका लागि प्रयोग गरिने (नागरीकताको) नाम त अर्को साथीभाई र समाजमा प्रचलित नाम । यो त अहिलेको फेसन नै भएको छ । तपाईंमध्ये पक्कै धेरैको त्यस्तै निकनेम हुनुपर्छ । नभए नि केही छैन । ढिलोचा“डो साथीहरुले राखिदिन्छन् । निकनेम राख्नलाई कुनै पण्डितको आवश्यता पर्दैन । आफ्नै साथीहरुले तपाईंको फेसियल वा बडि एक्सप्रेसन, बानीब्याहोरालाई मिल्नेगरी नाम जुराई हाल्छन् । त्यो पनि नभए इन्टरनेट सञ्जालमा धेरै त्यस्ता निकनेम प्रोभाइडर्स वेवसाइटहरु छन् जसमा तपाईको नाम, तस्विर र केही आफूबारेका जानकारी उपलब्ध गराइदिए केही निकनेमहरु सुझावस्वरुप दिन सक्छ ।
आखिर निकनेमहरु कस्ता हुन्छन् ? कसरी बनाइन्छन् ? यसका असिमित जवाफ छन् । तर केहीबारे आज यहा“ कुरा गरौं । पश्चिमा देशहरुमा आफ्नो नामलाई सबैले सम्झुन् भनेर त्यसलाई ‘संक्षिप्त’ बनाउने होडबाजी अझै पनि छ जसले गर्दा त्यहा“ निकनेमहरु जन्मिन्छन् । तर आजकल निकनेम निर्माणको दायरा निकै ब्यापक बनिसकेको छ । यसको प्रयोग साथीहरुलाई जिल्याउनेदेखि ब्वायफ्रेन्ड÷गर्लफ्रेन्डलाई फकाउनसम्ममा हुन्छ । इन्टरनेट सञ्जालकै एउटा निकनेम साइटले लेखेको छ, ‘आफ्नो प्रेमलाई रोमाञ्चक र ब्यक्तिगत गराउन निकनेमको भूमिका अहम हुन्छ ।’ तपाई“हरु धेरैले महसुस पनि गर्नुभएकै होला निकनेम जोडेर तपाई“को प्रेमी÷प्रेमिकाले ‘मेरो कालु÷मेरी राजकुमारी’ भन्दा तपाई“लाई हुने आनन्द कहा“ नाम लिएर बोलाउ“दा हुन्छ त ? गर्लफ्रेन्डको ड्रेसअपको प्रशंसा गर्नेभए ‘गुडियाजस्ती’, कम उमेरकी भन्नेभए ‘बेबी’ । ब्वायफ्रलेन्डलाई अग्लो र स्मार्ट भन्नेभए ‘हट चकलेट’, क्युट भन्नेभए ‘चिजबल्स’ भने नि भो । नत्र तपाई आफ्नै परिवेशमा ‘युनिक’ निकनेम बनाए त्यो झनै राम्रो ।
खैर, तन्नेरीहरुले निकनेम प्रयोग गर्नुको अर्को कारण हो– गोपनियता । बाबुआमालाई छलेर सिनेमाघर, डान्सपार्टी वा डेटिङ्ग जानुपर्ने हुनसक्छ । साथीभाई भएर केही संवेदनशील योजना बनाइरह“दा कसैले लुकेर सुनिरहेको हुनसक्छ । त्यसबखत निकनेम लिएर बोल्दा कसले के बोलेको हो, कसलाई के भनेको होे कसैलाई पत्तोसम्म हु“दैन । अझ आफूलाई टेन्सन दिने त्यस्ता धेरै शिक्षकलाई उसकै अगाडि जिल्याउन वा गाली गर्न कलेजमा शिक्षकका निकनेम राखिन्छन् । धेरै लेकचर दिने शिक्षकलाई ‘भटभटे आयो’ भन्छन् त एकछिन फुर्सदमा नबस्नेलाई ‘बुलेट ट्रेन’ भन्दै जिल्याउ“छन् । त्यस्तै जिल्याउने अर्को तरिका हो– उसको नेचरको उल्टो निकनेम राख्नु । कालो केटोको निकनेम ‘गोरे’ राख्नु त होचो“लाई ‘लामघारे’ भन्नु ।

त्यस्तै चश्मा लगाउनेलाई ‘चारआ“खे’, केटीको पछि धाउनेलाई ‘भिटामिन डि’, धेरै पैसा खर्च गर्नेलाई ‘खजाना’ पनि भनिन्छ । नामलाई छोट्याएर लेखे नि भो, जस्तै डाक्टरलाई ‘डक’ ।

निकनेम बनाउने साधारण तरिका भने आफ्नो सक्कली नामलाई ‘रिमिक्स’ गर्नु नै हो । जस्तै– ज्ञानेन्द्रलाई ज्ञानु, मणिदेवलाई ‘म्याडी’ । नाममा केही जोडेर पनि निकनेम बन्छ (जस्तै–राजलाई राजभाई) नत्र केही लामो नाम भए त्यसलाई घटाउनुस्– भूनिमेशलाई लामो सास फेर्दैै ‘भूऽऽऽ’ मात्र भन्नुस् । हाम्रो कलेजमा एकजना साइकोलोजी पढाउने मेडमलाई ‘साइको म्याम’ भनेर बोलाइन्थ्यो । त्यस्तै कलेजे केटाहरुको ग्याङ्गमा धेरै पढ्नेलाई ‘आइंन्टाइन’, धेरै सुत्नेलाई ‘कुम्भकर्ण’, धेरै बोल्नेलाई ‘नेता’ र अरुका कुरा खोतल्दै सार्वजनिक गर्नेलाई ‘प्रवक्ता’ जस्ता निकनेमले बोलाइन्छ । केटीहरु के कम । धेरै मेकअप गर्नेलाई ‘राजकुमारी’, अरुलाई आदेश दिनेलाई ‘म्यामसाहेब’ जस्ता शब्द प्रयोग गर्छन् ।
आजकल सामाजिक सञ्जाल, म्यासेन्जरहरुमा निकनेमको प्रयोग गरेर च्याटिङ्ग गर्दै रमाइलो गर्छन् भने एसएमएसले समेत निकनेमको प्रयोग बढाइरहेको छ । तन्नेरीहरुको एउटा तर्क छ, यस्ता निकनेमले उनीहरुबिचमा आत्मियता बढाउ“छ जहा“ औपचारिकता भन्ने हु“दैन । तर कहि“कहि“ यस्ता नामले आफूलाई सम्बोधन गरि“दा लज्जित भइने अर्कोथरीको तर्क छ । जे होस्– यो नाम, भाषा भन्ने कुरा यो राम्रो, ऊ नराम्रो भन्ने हु“दैन । जसरी प्रयोग हु“दै गयो, त्यसरी नै यसको विकास हुने न हो । फेरी यो नया“ जेनेरेसनका तन्नेरीको क्रेज बन्दै गइरहेको छ । तपाईंको पनि राम्रो र रोचक निकनेम जुरोस् । हेलो शुक्रबारको शुभकामना ।

via Hello Shukrabar (kantipur) dated 10th baishak, 2067.
http://epaper.ekantipur.com/showtext.aspx?boxid=151138968&parentid=6033&issuedate=2342010

No comments:

Post a Comment