Thursday, May 6, 2010

इन्दिराको मिसन

उनी साइकल चड्छिन् । आफ्नो छुट्टै कोठा छैन, बालगृहकै बालबालिकास“गै सुत्छिन् । हरबखत एउटै कुरा मनमा खेलिराखेको हुन्छ–कसरी उनीहरुलाई सहझ वातावरणमा शिक्षा दिलाउने । पढाइस“गै अन्य सीप सिकाउनु पनि छ । इन्दिरा रानामगरको दैनिकीको अभिन्न पाटो बनिसकेका छन् आजकल बालगृहका बालबालिकाहरु । उनको एउटी आफ्नै छोरी छन् । ‘तर’, भन्छिन्, ‘आफूले हुर्काएका कतिको त विहे भएर बच्चा पनि जन्मिसकेका छन् त्यसैले म त हजुरआमा पनि बनिसकेकी छु ।’ उनको त्यस्तै ठट्यौली गफबाट शुरु भएको हेलो शुक्रबारस“गको कुराकानी एउटा दुःखदायी विगतबाट एउटी सफल सामाजिक कार्यकर्तासम्म लैजान्छ ।


झापाको सालबडिमा रहेको उनको सुकुम्बासी परिवार निकै बिपन्न थियो । अन्य आधारभुत आवश्यकताको कमिस“गै लैंगिक विवेधको शिकार समेत बनिन् उनी । हजुरबुवाले लिएको ऋण चुक्ता गर्न बुवा अर्काको घरमा काम गर्थे । त्यसैले दाजुलाई मात्र स्कुल पठाएर उनलाई घरको काममा लगाइन्थ्यो । यद्यपि सानैदखि मनमा गडेको उनको पढ्ने इच्छा स्कुल नजा“दैमा रोकिएन । दाजु र उनकै किताबकै सहायताले इन्दिराले घरमै सा“वा अक्षर चिन्नेदेखि लिएर प्रारम्भिक शिक्षासम्म लिइन् । सिधै कक्षा ५ मा भर्ना भएकी उनी सबैलाई पछि पार्दैै प्रथम पनि भइन् जसले उनलाई विद्यालयस“गको सुखद सामिप्यलाई बढायो । झापाकै शनिच्चरे माबिबाट एसएलसी सकेपछि उनी पुनः आफ्नै गाउ“ फर्किन् र त्यही“को स्थानिय प्राविमा पढाउन थालिन् । भन्छिन्, ‘स्थानिय राजनीतिक खिचातानीले गर्दा मैले त्यहा“ धेरै पढाउन पाइन् ।’ त्यही नै उनको काठमाण्डौं प्रवेशको कारण बन्यो ।

काठमाण्डौंका शुरुवाती दिनहरु उनका लागि निकै क्रष्टकर बने । ज्यान पाल्न समेत धौधौ परेपछि म दिनभर जागीरकै लागि भौतारिन्थे“ । त्यसैबखत उनको चिनाजान साहित्यकार एवं मावनअधिकारवादी पारिजातस“ग भयो र उनकै ‘बन्दी सहायता मिसन’मा काम गर्न थालिन् । जसले त्यसबखत जेलमा रहेका राजनीतिक बन्दीको पक्षमा वकालत गर्ने देखि लिएर उनीहरुका बालबच्चाको रेखदेखसम्म गथ्र्यो । त्यसरी जेलस“ग बढेको उनको सामिप्यता राजनीतिक बन्दीतर्फ भन्दा पनि गरीब र बिपन्नबन्दीहरुतर्फ बढ्यो । जसको पक्षमा बोल्ने कोही हु“दैनथ्यो । धेरैजसो त कसैले फसाएर जेल परेका हुन्थे । उनीहरुका सन्तान बिना अपराध जेलजीवन बिताउन बिवश थिए ।

पछि पारिजातको निधन भएपछि उनले आफ्नै ‘बन्दी सहायता–नेपाल’ खोलिन् जसले अहिले काठमाण्डौंको नया“बजार, सा“खु र पाल्पामा गरेर तीनवटा बालगृह संचालन गरिरहेको छ जहा“ अहिले ११० बढि बालबालिका आश्रित छन् । त्यस्तै ‘जुनकिरी स्कुल’ उनले बन्दि अभिभावकका छोराछोरीको लागि चलाएको स्कुल हो जसले बालबालिकालाई पढाइस“गै पनि समाजमा स्थापित हुन आवश्यक सीपहरु सिकाउ“छ । त्यसो त उनी जेलभित्रै पनि बन्दिहरुलाई सीपमुलक काम सिकाउन ब्यस्त छिन् । बन्दि सहायता नेपालले नख्खु जेलमा बन्दिहरुलाई मौरीपालन गर्न सिकाइरहेको छ । ‘हस्तकला र सिलाईबुनाइ तालिम दिएर बन्दिमा नया“ जीवन सिर्जना गर्न खोजेकी हु“’, उनी भन्छिन्, ‘सुन्धारस्थित महिला बन्दि गृहमा साक्षरता कक्षा पनि चलिरहेको छ ।’ बन्दि सहायता नेपालकै पहलमा बालबालिकामा जीवनोपयोगी सीपहरुको बिकास गर्न भन्दै ‘अर्गानिक खेती’, ‘ब्यावसायिक कुकिङ’ जस्ता सीपहरु सानैदेखि सिकाइन्छ । इन्दिरा भन्छिन्, ‘हामी लर्निङ्ग बाइ डुइङ्ग मेथडबाट अघि बढिरहेका छौं ।’ उनका अनुसार बालगृहबाट बयस्क भएर गएका धेरैले अहिले आफ्नै ब्यावसाय संचालन गरिरहेका छन् ।


त्यसो त उनलाई विदेशका धेरै संघसंस्थाले आकर्षक तलब र पदमा जागीरका लागि निम्त्याएका छन् । भन्छिन्, ‘म ग्रासरुट तहमा रहेर काम गर्न रुचाउने मान्छे, यही नै मेरा लागि काफी छ ।’ उनको यही कामको मूल्याङकन स्वरुप सामाजिक कार्यकर्ताहरुको लागि दिइने अन्तर्राष्ट्रिय ‘अशोका फेलोसिप अवार्ड’ बाट सम्मानित गरिसकिएको छ भने आफ्नो अनुभव आदानप्रदानको लागि भन्दै अथिति मन्तव्य दिन २० बढि देशको यात्रा गरिसकेकी छिन् । सन् २००४ मा उनलाई नेपालको ५० प्ररणादायी महिलाको सूचिमा समेत राखिएको थियो ।

अहिले बिराटनगर जेलस“गै उनले ‘बिराटनगर डे केयर सेन्टर’ खोलेकी छन् जहा“ निकै साना बालबालिकाहरु जसलाई आमाबाट अलग्याएर राख्न सकिदै“न, उनीहरुलाई दिउसो स्याहार गृहमा राखिन्छ । ‘आमाबुवाले अपराध गरे भन्दैमा छोराछोरीलाई समेत त्यसको भागेदार बनाउनु हु“दैन’, उनी भन्छिन्, ‘जसका लागि सरकारले कानुनदेखि लिएर कार्यान्योयन तहसम्म अग्रसरता देखाउनु पर्छ ।’ हेलो शुक्रबारलाई आफ्नो एउटा छोटो यात्राकै क्रममा अन्तरवार्ताको लागि समय मिलाएकी उनी बालगृहकै लागि सहयोग जुटाउन एउटा विदेशी जोडिलाई भेट्न जा“दैथिइन् । उनको साइकल रफतारमा पुनः गुड्यो≤ बाटो अवरुद्ध भएका बालबालिकाको लागि उही ‘नया“ बाटो’ खोज्ने अभियानमा । हाम्रो शुभकामना ।

No comments:

Post a Comment