Thursday, May 6, 2010

Where इज नेपाल


‘अघिल्ला दुई फेल खाएपछि मैले तेस्रो उदहारण दिनुपरेको थियो’, गृष्मराज पाण्डेय, १९, अझै झलझलि सम्झन्छन्, ‘गौतम बुद्धको देश भन्दा त नचिन्नेले मन्दिरै मन्दिरले भरिएको देश भनेर कसरी चिनुन् । अन्ततः माउन्ट एभरेष्ट नै फुत्काउनु प¥यो त्यसमा पनि ‘रुफ अफ दि वल्र्ड’ जोडेर ।’ खासमा अघिल्ला उदहारण भनेपछि ‘वाउ माउन्ट एभरेष्ट’ उनीहरुले आफ्नै मुखबाट निकालुन् भन्ने गृष्मको इच्छा थियो । ‘तर गर्नु के, बुझ्नेले कु्रा नबुझेपछि....’,उनले अनुभव सुनाए । प्रशंग उनै गृष्मराज साना वैज्ञानिकहरुको विश्वब्यापी भेला ‘जुनियर फिजिक्स ओलम्पियाड’मा सहभागि हुन केही महिनाअघि मेक्सिको पुग्दाको हो । भन्छन्, ‘क्या बोर भा’थ्यो, नेपाल चिनाउन त्यतिबिघ्न कसरत गर्नुपर्दा ।’

हामीले यहा“ जति धेरै नै हल्ला गरेपनि ‘नेपाल’ नाम नै नचिन्नेहरु धेरै छन् । नाम सुनेर पनि यसको विशेषता थाह नपाउने उत्तिकै छन् । र त्यत्तिकै धेरै मात्रामा नेपालमा ‘पर्यटन बर्ष २०११’ हु“दैछ भन्ने थाहा नपाउनेहरु छन् । यद्यपि सरकारले एउटा महत्वकांक्षी कार्यक्रमको रुपमा सन् २०११ लाई लैजा“दै छ । जसका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ वा छैन भन्ने पाटो एकातर्फ छंदै छ भने अर्कोतर्फ आन्तरिक तरल राजनीतिले गर्दा यो महान पर्व हाम्रो देशको लागि जसरी एकसुत्रिय अभियान बन्नुपथ्र्यो त्यो हुन सकिरहेको छैन । सरकार र यसका सरकारी संयन्त्रले गर्ने प्रयासका बावजुत हामी तन्नेरीहरुले आफ्नो ब्यक्तिगत तहबाट गर्न सक्ने धेरै छन् जसका लागि अग्रसरता अपरिहार्य छ ।

शुरुमा प्रसंग उठाइएका गृष्मकै कुरामा एकपटक फेरी फकौर्“ । अहिले उनी आफ्नो फुर्सदको समय सोही भेलामा भेटिएका साथीहरुलाई इमेल पठाइरहेका छन् ‘पयर्टन बर्ष २०११’को अवसरलाई जोडेर । ‘सबैलाई इमेल गरेर नेपाल घुम्न आउन निम्तो दि“दैछु’, उनी भन्छन्, ‘जसलाई उनीहरु मार्फत अरुलाई समेत निम्तो फरवर्ड गर्न लगाइरहेको छु ।’ उनको ‘निम्तो इमेल’ मा नेपालको बिशेषता झल्काउने त्यस्ता धेरै साइटहरुको लिंकहरु पनि छन् । केही साथीहरु त्यसबखत सपरिवार नेपाल घुम्न आउने बताएपछि आफ्नो सानै प्रयास भएपनि सार्थक भएकोमा उनी मख्ख छन् । भन्छन्, ‘हामी मध्ये धेरैको कोही न कोही विदेशी साथीहरु (प्रत्यक्ष भेटेर वा इन्टरनेटमा भेटिएका) हुनसक्छन्, जसमार्फत नेपाल पर्यटन बर्षको प्रवद्र्धन गर्न सके त्यो एउटा प्रभावकारी माध्यम बन्नसक्छ ।’ त्यसो त विदेशका विश्वविद्यालयमा पढ्ने धेरै त्यस्ता नेपाली विद्यार्थीहरुले त्यहा“ हुने कार्यक्रममा यसको जानकारी दिनसक्छन् । त्यहा“ नेपाली भेषभुसा, खानपिन र प्राकृतिक छटा झल्कने पोस्टरहरु सहित सानो–सानो प्रदर्शनी गर्न सके झनै राम्रो । केहीले बेलाबखत त्यसो गर्छन् पनि । तन्नेरीहरुमा पर्यटन प्रबद्र्धनकोे अर्को सजिलो तरिका अहिले ‘फेसबुक’जस्ता सामाजिक सञ्जालहरु बनेका छन् । त्यहा“ उनीहरुले बनाएका त्यस्ता धेरै ग्रुपहरु छन् जसले विश्वका फरकफरक कुनामा रहेर साझा पहललाई अघि बढाइरहेको छ । जसमा उनीहरुले नेपालको पदयात्रा, ग्रामिण पर्यटन, सगरमाथा, राष्ट्रिय निकुञ्जहरुलाई मूलतः ‘फोकस’ गरेको पाइन्छ । तर साहसिक पर्यटनको रुपमा समेत नेपाल उपयुक्त गन्तव्य हो भनेर जानकारी दिन सके अझ राम्रो हुन्थ्यो । बन्जी जम्प, प्याराग्लाइडिङ, हिमालको फेदसम्म बाइकिङ÷साइक्लिङ्ग हालैका समयमा नेपालमा फस्टाएका नया“ पर्यटनका पाटा हुन् जसलाई समेत उत्तिक प्राथमिकता दिनुपर्छ ।
न त नेपालले आफ्नो यस पर्वलाई अन्य मुलुकहरुलेझैं विश्वप्रशिद्ध च्यानलहरुमा विज्ञापन वा प्रचारप्रसार गर्न सकिरहेको छ । विश्वका केही मुख्य सहरहरुमा राखिएका पर्यटनबर्ष झल्काउने झण्डै आधा दर्जन होडिङ्गबोर्डहरु नै हाम्रा लागि ठूला कुरा हुन्, त्यसैले सबैले आ–आफ्नो तहबाट प्रयासलाई अगाडि बढाउनुको दरिलो बिकल्प देखि“दैन । मैले पछिल्लोपटक केही तन्नेरी ब्यापारीहरुलाई भेटेको थिए“ जसबखत उनीहरुले खेल पर्यटनलाई समेत त्यहीबेला प्रबद्र्धन गर्न सकिने तर्क राख्दै थिए । इङलिस प्रिमियर लिगमा खेल्ने केही युरोपेली फुटबल सेलिब्रिटीहरुलाई यहा“ ल्याएर खेल खेलाउने, जसले त्यही खेल हेर्ने बहानामा विदेशीहरुलाई नेपालसम्म ल्याओस् । त्यस्तै अहिले दक्षिण एसियामा (नेपालमा पनि उत्तिकै) निकै फस्टाएको ‘क्रिकेट’ पनि अर्को अस्त्र बन्न सक्छ । जबकि नेपालमा प्राकृतिक रुपमै उत्कृष्ट क्रिकेट मैदान छन् र केही अहिले निर्माणाधिन छन् ।
अन्य मुलुकहरुले यस्तै अवसरहरु पारेर सांस्कृतिक आदानप्रदान भन्दै आफ्ना बिद्यार्थीहरुलाई विदेश पठाउ“छन् जहा“ उनीहरुले आफ्नो देशका उत्कृष्ट पक्षलाई त्यहा“का स्कुल र कलेजहरुमा पूगेर जानकारी दिन्छन् । सरकारस“गै अन्य सांस्कृतिक संस्थाहरुले त्यसतर्फ सोच्नुपर्ने देखिन्छ । अर्को तरिका पर्यटन वर्षको पूर्वसन्ध्यामा अहिले नेपालमा रहेका पर्यटकहरु मर्फत राम्रो सन्देश पठाउनु पनि हो । पर्यटकहरुलाई बाटोघाटोमा अनावश्यक (जबरजस्ती पनि) चन्दा लिने गतिविधिले हाम्रो मुलुकको सुरक्षाको पाटोलाई कमजोर देखाइरहेका छ । हाम्रा त्यस्तै सानो कुराको लोभले देशले ठूलो नोक्सानी ब्योहोरीरहेकोतर्फ हामी तन्नेरीहरु जिम्मेवार हुनु निकै आवश्यक भइसकेको छ । हामीले बुझ्नुपर्छ कि पर्यटनलाई बढावा दिन सकेमात्र नेपालको अर्थतन्त्र त सुदृढ हुनसक्छ र त्यस्तै गरी गृष्मजस्ता धेरैलाई विदेशीमाझ नेपाल चिनाउन पहिलो उदहारण नै काफी हुनेछन् ।

No comments:

Post a Comment