नेपाली पप संगितका 'सुपरस्टार' निमा रुम्बाको काठमाडौ महाराजगञ्जस्थित घरमा पहिलोपटक पुग्ने जोकोही एकछिन अलमलमा पर्नसक्छन् । 'कतै म गलत ठाउँमा त आइन' भन्नेसमेत लाग्नसक्छ । झण्डै एक रोपनी क्षेत्रफलमा फैलिएको उनको घरको आधाजसो भाग फूलले ओगटेको छ । 'सधैभरी खुशीको आभास दिने फूल र संगीत मेरा लागि जिन्दगीभर बोर नलाग्ने चिजहरु हुन्,' निजी नर्सरीतर्फ आँखा घुमाउँदै उनले भने, 'फेरि यो संसारमा फूल मन नपर्ने को होला ?'
सिन्धुपाल्चोकको मुडेमा जन्मिएका उनको पुर्ख्यौली पेशा भने पुष्प व्यवसाय होइन, न त उनी स्वयंले नै यसको शुरुवात नै गरेका हुन् । 'खासमा फूलको क्रेज ममा मेरो वाइफबाट सरेको हो,' उनी भन्छन्, 'मेरो वाइफ (शेली थापा रुम्बा) र शेलीको दिदी गायत्री (थापा) ले ३ वर्षअघि यसको शूरुवात गरेका हुन् जसले गर्दा बिस्तारै म पनि सामेल भएँ ।' अहिले उनको सोही नर्सरीले व्यावसायिक रुप लिइसकेको छ । निमालाई आफ्नी श्रीमतीको काममा सघाउँदा निकै रमाइलो लाग्दोरहेछ । भन्छन्, 'शेलीले धेरै कुराहरु सिक्न खोजिन्≤ फोटोग्राफी, योगप्रशिक्षण, ब्युटिसियन, व्यावसायिक कुकिङ । धेरै क्षेत्रमा हात हालिन् तर कतै स्थापित हुन सकिनन् ।' उनमा भइरहेको तनाव निमा महसुस गरिरहेका थिए । तर अहिले पुष्प व्यावसायमा उनी जमेको र रमेको देख्दा आफूलाई सबैभन्दा खुसी लागेको बताउँछन् । सांगीतिक व्यस्तताका बीच पनि पुष्प मेलामा उनी स्वयं फूलहरु ओसार्छन् ।
कन्सर्टको क्रममा विदेश घुम्दा समेत निमा त्यहाँका 'फ्लावर मार्केट' घुम्न भुल्दैनन् । हालसम्म ७ वटा सोलो एल्बम बजारमा ल्याइसकेका उनी यही वर्षको जुलाईमा आफ्नो आठौं एल्बम निकाल्न जुटिरहेका छन् । भन्छन्, 'म चाहेर पनि धेरै समय आफ्नो नर्सरीमा दिन सकिरहेको छैन तर फुर्सदको समय मलाई यी फूलसँग काट्न रमाइलो लाग्छ ।'

अब एकैछिन जाऔं सुमित सिग्देल, ३०, को रविभवन, काठमाडौँमा रहेको घरतर्फ । 'स्वागत छ मेरो मिनी चिडियाखानामा' । कान्तिपुर एफ एमका आरजे सुमितले घरको गेटमा हामीलाई स्वागत गर्न नपाउँदै ४ वटा कुकुरले चारैतिरबाट झुम्मिए, हामी आत्तियौं । 'डराउनु पर्दैन यो उनीहरुले तपाईंलाई गरेको स्वागत हो,' सुमितले त्यसो भन्दै गर्दा उनको घरबाहिरको वातावरण कुनै चिडियाखाना भन्दा कमको थिएन । घरको कौसिमा रहेको खोरमा केही रंगिबिरंगी चराहरु कराउँदै थिए भने गेष्ट रुममा छिर्नेबित्तिकै माछाको अक्वारियम देखिन्थ्यो । अर्कातर्फ सिसाकै एक भाँडोमा कछुवा थियो । घरमा झट्ट हेर्दा उनीसँग ६ वटा कुकुरमात्र छन् -एकताका ८ वटासम्म थिए) । तर उनको सौख त्यत्तिकै अरु जनावरमा पनि छ । 'पाल्न त मैले खरायो, बिरालो, मुसा, लाटोकोसेरो, चिल, बकुल्ला, सारुङ, परेवा र सर्पसम्म पालेको छु,' उनी सम्झन्छन्, 'एकताका बाँसबारीमा साथीको घर सर्प देखिँदा सबै आत्तिए, तर मैले पकडेर घर ल्याएर अक्वारियममा राखेर पालेँ ।' घरमा सबै आत्तिएछन् । कतिसम्म भने सर्पकै डरले पाहुनासमेत कम आउन थालेपछि उनले त्यसलाई छाड्नुपर्यो ।
उनको परिवारमा यसअघि कसैको पनि जनावरमा रुचि थिएन तर कसरी यस्तो क्रेज उत्पन्न भयो त उनमा ? भन्छन्, 'सायद मेरो जन्मजात गुण हुनसक्छ ।' हेटौँडा सिमेन्ट कारखानामा बुवा जागिरे छँंदा अफिसको क्वाटरमा बस्ने छिमेकी पनि जनावर पाल्नमा रुचि राख्थे, जतिबेलादेखि उनको यस्तो क्रेजले थप बल पाएको उनी सम्झन्छन् । उनको एनिमल क्रेजलाई बुझेरै बर्थडेजस्ता अवसरमा समेत साथीभाइले उनलाई जनावर र चराचुरुंगी उपहार दिन्छन् । 'पछि मैले पनि आफ्नी वाइफलाई बर्थडे र भ्यालेन्टाइन डेमा गरेर दुईवटा कुकुर उपहार दिएँ,' भन्छन्, 'उसको पनि सौख जनावरमा रहेको हुँदा सजिलो हुन्छ, नत्र अरु कोही भएको भए मेरो यस्तो बानी सहन सक्दैनथे होला ।' उनको हरेक दिनको शुरुवात नै जनावरबाट हुन्छ । बिहान ५ बजे उठ्ने बित्तिकै आफूलाई भन्दा पहिला कुकुरलाई खाना पकाउँछन्, चरालाई चारो दिन्छन् । 'कति पटक त म आफै खाना खान समेत भुलेको छु,' उनी भन्छन्, 'एकपटक कुकुर प्रेग्नेन्ट हुँदा रातभर आँगनमा रहेको खोरबाहिरै काटेको छु । धेरै पटक गाडिमा राखेर एनिमल हस्पिटलको इमरजेन्सी वार्डमा लगेको छु ।' धेरै दिनको लागि घरबाहिर जाँदा उनलाई कुकुरबिनाको दैनिकीमा केही छुटिरहेको जस्तो लाग्छ रे ! पछिल्लो पटक १ महिनाको लागि अमेरिका जाँदा उनलाई त्यस्तै भएछ । भन्छन्, 'घरमा दिनहुुँ फोन गर्दा पहिले कुकुरकै हालखबर सोध्थेँ ।' पछिल्लो ५ वर्षमा झण्डै ३ दर्जनपटक माइग्रेटेड बर्ड हेर्न उनी चितवन राष्ट्रिय निकुञ्ज पुगेका छन् भने केही पटक बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्ष पनि । 'शिवपुरी त म प्रायः गइरहन्छु,' उनी भन्छन्, 'चराहरु धेरैजसो माइग्रेटेड नेचरको हुनेहुँदा घरमा राखेर पाल्न गाह्रो हुन्छ ।' तर कुकुर पाल्न त्यस्तो गाह्रो छैन । तिनलाई लिएर धेरैपटक उनी एफएम गइसकेका छन् भने एनटिभी २ को 'प्ले इट अन' कार्यक्रम कुकुर लिएरै समेत चलाएका छन् । उनका अनुसार आफ्नो आमदानीको एक चौथाइभन्दा बढी त जनावरकै रेखदेख र हेरचाहमा खर्च हुन्छ । 'पढ्न त मलाई चरा विज्ञान (अर्निथोलोजी) मन थियो तर करिअरले भने अहिले मिडियामा ल्याइदिएको छ ।'
म्युजिक भिडियो निर्देशक आशिष प्रसाई, २५, निमा र सुमितजस्तै अनौठो सौख बोक्नेमध्येका हुन् । आफ्नो लिक्विड फिल्म प्रोडक्सनमार्फत धेरै म्युजिक भिडियो बजारमा ल्याइसकेका उनले हालैको एक साँझ दरबारमार्गको किङ्स बर्गर क्याफेमा आफ्नो अनौठो सौखको अनुभव हेलो शुक्रबार सँग साटे । सांगीतिक दुनियाँमा जमेका उनको अटोमोबाइल क्रेज निकै रोचक रहेछ ।

फर्कौ आजभन्दा १९ वर्ष पहिले जतिखेर उनी बल्ल बामे सर्दै थिए । घरमा आउने गाडि र बाइक देख्यो कि उनी त्यतै आकषिर्त हुन्थे । उनको घर झापामा बुवाको बुलेट मोटरसाइकल' थियो । एकदिन बुवा दिनभर घुमेर फर्केपछि तातेको बाइक आँगनमा थियो । उनले गएर बाइकको साइलेन्सर समाते । उनको हत्केला नराम्ररी पोल्यो । हत्केलामा अझैपनि रहेको डाम देखाउँदै उनी भन्छन्, 'तर त्यसले मेरो अटोमोबाइल क्रेजमा कुनै कमी ल्याएन, म त झन् गाडिप्रति रुचि बढ्यो ।' पछि उनी भारतको सिलिगुडी पढ्न गए जहाँ अटोमोबाइलमा चासो राख्ने केही साथीहरुसँगको ग्याङ्ग नै बन्यो । कोर्सका किताबभन्दा अटोमोबाइल बारेका म्यागेजिनले आकषिर्त गर्न थाले उनलाई । 'परिक्षाको समयमा समेत म नियमितजसो म्यागाजिनमा गाडिबारे नै पढिरहेको हुन्थेँ,' उनी भन्छन्, 'अझै पनि मेरो घर झापामा र काठमाडौंमा गरेर ५/६ बोराजति त त्यस्ता म्यागेजिन छन् ।' नेपालदेखिको नयाँ-नयाँ मोडल र कम्पनीका गाडिहरु हेर्ने रहर उनले केहीहदसम्म सिलिगुडी गएर त पूरा गरे तर त्यहाँ पनि त्यतिसारो हुँदैनथ्यो । साथीहरु भएर साँझपख बाटोमा निस्केर परैबाट गाडिको नाम र मोडल चिन्ने होडबाजी चल्थ्यो उनीहरुको । 'स्कुल पढ्दा नै एकपटक त भागेर अटो एक्स्पो हेर्न कलकत्ता पुगेको थिएँ,' आशिष सम्झन्छन्, 'गाडिहरुको वाह्य बनोट, मूल्यजस्ता विशेषता जान्नु मेरो त अभिन्न सौख नै बनिसकेको थियो ।'
पछि चितवनबाट प्लस टु सकेर उच्च शिक्षाका लागि उनी काठमाडौं आए । राजधानीको शहरी दुनियासँग बिस्तारै उनी भिज्न थाले जसले उनलाई अन्ततः म्युजिक भिडियो डाइरेक्टर बनायो । उनी टेलिभिजन कार्यक्रम प्रस्तोता समेत बने । 'त्यसबेला नेपालका टेलिभिजनहरुमा अटोमोबाइल सम्बन्धी राम्रा कार्यक्रम कमै चल्थे,' उनी भन्छन् । कान्तिपुर टेलिभिजनको 'लाइसेन्स टु ड्राइभ' कार्यक्रमको दोस्रो सिरिज उनले दुई वर्षसम्म चलाउन पाए । भन्छन्, 'मैले गाडिहरुको मोडिफाइङ र इन्स्टन्टलाई प्राथमिकता दिँदा त्यसताका युवाहरुमा 'टिभी सो' निकै लोकपि्रय बनेको थियो ।' उनले आफ्नो सोखलाई करिअरमा पनि घुसाएका छन्, उनले बनाएका अधिकांश म्युजिक भिडियोमा गाडि हुन्छन् । आफ्नो आइफोनमा रहेका त्यस्ता विश्वप्रसिद्ध कारका मोडल देखाउँदै आशिष भन्छन्, 'विदेश भ्रमणका क्रममा फेरारी, अडि, ह्यामर, ल्याम्बुरगिनी, मर्सिडिज, बिएमडब्लु, पोर्सजस्ता महंगा गाडि चढिसकेको छु ।'

via Hello Shukrabar (Kantipur) and http://ekantipur.com/ dated 24 baishak, 2067
http://www.ekantipur.com/np/2067/1/25/full-news/311279/

No comments:
Post a Comment