Friday, May 14, 2010

नशा साहित्यको

बाग्लुङ्ग सदरमुकामबाट सोही जिल्लामा रहेको उनको घर दगातुम्डा“डा पूग्न वा काठमाण्डौं पूग्न झण्डै बराबरी समय र गाडिभाडा लाग्छ । तर निलमकुमार शर्मा पौड्याल, २८, महिनौंजसो बुटवल झर्छन् । उत्तिखेरै काठमाण्डौंमा भेटिन्छन् त केहीछिनमै पोखरा, नारायणघाट वा अन्य कुनै ठाउ“मा । तपाईं सोच्दै हुनुहुन्छ होला, यहा“ कुनै ब्यापारीको कुरा हु“दैछ । तर उनी साहित्यकार हुन्≤ साहित्यका सर्जक, संगठक र साहित्यिक पत्रकार । बाग्लुङ्गको बिकट ठाउ“मा रहेर बिगत ४ बर्षयता नियमित साहित्यिक पत्रिका  (म्यागाजिन) निकाल्न सक्नु नै उनको साहित्यिक क्रेजको बलियो उदहारण हो । 

हालैको एक शनिवार कीर्तिपुरको एउटा कफिसपमा आफ्नो साहित्यिक यात्रा सुनाउ“दा निलम उत्तिकै हतारि“दा छन् । काठमाण्डौंमा जमघट भएका प्रगतिशिल साहित्यकारहरुको एउटा कार्यक्रममा उनलाई पूग्नु छ उनलाई । ‘केही अन्तरवार्ता लिनु छ भने सर्जकका रचनाहरु संकलन पनि गर्नुपर्ने छ’, निलम भन्छन् । जुन उनको आगामी अंकका लागि पत्रिकामा छाप्ने बिषयबस्तु हुनेछन् । समाजशास्त्रमा एमए दोस्रो बर्षका बिद्यार्थी उनी त्यसैको परीक्षा दिने मेसोमा काठमाण्डौं छिरेका हुन् । ‘साहित्य भनेपछि म मेरा अन्य सबै महत्वपूर्ण कुरा समेत बिर्सन्छु’, उनी सुनाउ“छन्, ‘कक्षा ८ मा पढ्दाकै बेलादेखि हो म रेडियो नेपालमा आउने साहित्यिक कार्यक्रमहरु बिरलै  सुन्न छुटाउ“थें ।’ त्यही नै उनको साहित्यमा लाग्ने प्रस्थानबिन्दू बन्यो । बिस्तारै उनले रेडियोमा आउने साहित्यिक मित्रहरुको नाम टिपेर ‘पत्र–साहित्य’ गर्न थाले जसले गर्दा उनकै गाउ“मा साथीहरुले हवाई साहित्यिक पत्रिकाहरु पठाइदिन्थे । ‘जसमा मेरा लेख रचनाहरु समेत छापिन थाले’, उनी भन्छन्, ‘मैरा त्यसबेला नै २०० बढि साथीहरु पत्रबाट बनेका थिए ।’ उनलाई जति साहित्यिक लेखरचनाले तान्थ्यो, त्यत्तिकै उनी पत्रिका प्रकाशन गर्ने शैलिबाट प्रभावित थिए । 

पछि एसएलसी सकेर उच्च शिक्षाका लागि बुटवल झरेपछि उनको संगत साहित्यिक अग्रज र मित्रहरुस“ग बढ्न थाल्यो । त्यसबेला उनले देशका पूर्व–पश्चिमबाट प्रकाशित हुने झण्डै ८० साहित्यिक पत्रिकाका ग्राहक बनेका थिए । ‘बुटवलका कवि गोष्ठिहरु बिरलै छुट्थे’, उनी भन्छन्, ‘पछि म गाउ“कै एक बिद्यालयमा पढाउन आएपनि साहित्यिक यात्रा नै टुट्लाजस्तो भयो ।’ साहित्यबिनाको जीवन त उनी कल्पनासम्म गर्न सक्दैनथे । त्यसैबिच स्थानिय केही साहित्यकार र साथीहरुले हौस्याए– साहित्यिक पत्रिका निकाल्न । उनलाई बहाना पुगिहाल्यो । ‘दरम–बडीगाड साहित्य संगम’ गठन गरेर ‘गोधूति’ साहित्यिक त्रैमासिक निकाल्न थाले । बिज्ञापनदेखि रचना संकलनसम्म उनी स्वयं धाउन पथ्र्यो । तर पनि हार मानेनन् उनले । भन्छन्, ‘साहित्य मेरो नशा भइसकेको थियो, जसको लागि म जति धेरै नै खटे पनि थाक्दिनथें ।’ रंगिन कभरसहितको उनको पत्रिका शुरुवातदेखि हालसम्म नियमित प्रकाशित छ । ६० पृष्ठको साधारण अंक छापिने गोधूलिको बर्षेनी एक बिशेषांक निस्कन्छ । ‘यसबिचमा म धेरै नामूद साहित्यकारहरुस“ग भेटघाट हुन पाए“ जसले मलाई निरन्तर उर्जा दिन्छ’, निलम थप्छन्, ‘ग्रामिण भेगमा त्यस्ता धेरै साहित्यिक प्रतिभा छन् जसका रचना राष्ट्रिय पत्रिकामा कमै छापिन्छन् । तिनलाई प्रयाप्त स्थान दिन सकेकोमा मलाई खुसी लाग्छ ।’ हुन त एक हजार प्रति छापिने उनको पत्रिकाका ४०० त नियमिक ग्राहक नै छन् ।

‘साहित्य के हो त ?’ प्रश्न सकिएपछि एकैछिनको मौनता तोड्दै निलम भन्छन्, ‘यो एउटा नशा हो, जुन लागेपछि छोड्न सकि“दैन ।’ सायद उनी स्वयं त्यसका उदहारण हुन् जुन उनले लेखेको एउटा मुक्तकले पनि बोलिरहेको छ ।

‘बटुलेर सपनाका पीर अनि ब्यथाहरु

उन्ने गर्छु कविता कहिले मनका कथाहरु

सम्पत्ति ठान्छु म केवल यिनै सिर्जनालाई

छैन मेरो अरु कुनै आधार जाय जेथाहरु । ’ 


No comments:

Post a Comment