Thursday, May 20, 2010

प्रकाशको प्रयास


भनिन्छ वैज्ञानिकहरु दिनरात आफ्नो प्रयोग र अनुसन्धानमै जुट्छन् । तर प्रकाश गैरे, २४, चाहेर पनि त्यसो गर्न पाउ“दैनथे । एक्स–रे मेसिन, सेन्सर सक्र्युट, एयर ड्रम, अटो स्कुल बेलजस्ता उपकरणहरु आफ्नै एक्लो प्रयासमा तयार पारिसकेका युवा अन्वेषक प्रकाश ‘लेवर’ काम गरेर आफ्नो खोज र अन्वेषणका निम्ति पैसाको जोहो गर्थे । ‘धनगढी सीमा नाकामा एक बोरा सिमेन्ट बोक्दा चालिस रुपया“ पाइन्थ्यो’, उनी भन्छन्, ‘दिनभरीमा कम्तिमा १५÷२० बोरा सिमेन्ट बोकिन्थ्यो ।’ पैसाकै लागि उनले साइनबोर्ड लेखन र वालपेन्टिङ्ग समेत गरे । स्थानीय स्कुलमा पढाए पनि । 

एउटा निम्न वर्गीय परिवारमा जन्मेर आफ्नो सपना पच्छ्याउन कतिसम्म संघर्ष गर्नुपर्छ भन्ने प्रश्नको ‘प्रकाश’ गतिलो जवाफ पनि हुन् । कञ्चनपुर जिल्लाको कालिका गाविसस्थित आइबिआरडि बजारमा उनको घर छ । बुवा सामान्य साक्षर मात्र छन् भने आमा असाक्षर नै । जहा“ उतीबेला हजुरबुवाको घरमा ‘मिल’ थियो जसले कसरी काम गर्दो हो भन्ने कुराले उनलाई सानैदेखि जिज्ञाशु बनाउ“थ्यो । रेडियो सुन्दा समेत निकै अचम्म लाग्थ्यो रे उनलाई । भन्छन्, ‘मलाई मात्र होइन, बाल्यावस्थामा सबैमा यस्ता जिज्ञाशा उठ्छन् तर बढ्दो उमेरस“गै हामी ति कुराहरु छाड्छौ“ ।’ उनका उनुसार जसले निरन्तर आफूमा उब्जने जिज्ञाशालाई पच्छ्याउ“छ, सफल उही हुन्छ चाहे त्यो जुनकुनै क्षेत्रमा किन नहोस ।  

प्राविधिक कुराले उनलाई सानैदेखि तान्थ्यो । २०५२ सालमा गाउ“मा विजुली छि¥यो । अरुले घरमा वाइरिङ्ग गरेको हेरेरै उनले वायरिङ्ग गर्न सिके । कक्षा ८ मा पढ्दादेखि नै उनी बिद्यालय बाहेको समय मोटरसाइकल वर्कसपमा काम गरेर बिताउ“थे । ‘वैज्ञानिक खोजमा जुट्ने जोकोहीले प्रयोगमा चाहिले सबैखालै सीप आफैले सिक्दा राम्रो हुन्छ’, उनी भन्छन, ‘अनुसन्धान गर्दैगर्दा जतिबेला जहा“नेर पनि सम्बन्धित मान्छे खोज्न त सकि“दैन नि ?’ पछि गाउ“कै कालिका माविबाट एसएलसी सकेर उच्च शिक्षाका लागि धनगढी झरे उनी । प्रवेश परिक्षाको समय गुज्रिसकेकोले उनले विज्ञान पढ्न पाएनन् । र, गाउ“मै फर्कि स्थानीय उच्च माविमा मानविकी संकायमा भर्ना भए । ‘तर’, भन्छन्, ‘बच्चैदेखि विज्ञानमा रुचि भएको म सकिन मानविकी पढ्न ।’ ढिलै सहि उनले अर्कोसाल धनगढीमा विज्ञान नै भर्ना भए । भौतिकशास्त्र र गणितमा अति नै राम्रो गरेता पनि जीवशास्त्रमा उनी फेल भए । कारण जीवशास्त्र उनको रुचिको बिषय कहिल्यै रहेन । शिक्षकस“ग पनि उनको बढ्तै ठाकठुक चल्थ्यो रे । ‘म प्रेक्टिकलबेस भएर पढ्न चहान्थे“ तर शिक्षकहरुले मलाई सधै हतोत्साहित गर्थे’, उनी भन्छन्, ‘त्यसपछि मैले त्यो कलेज नै छाडे“ र सिमावर्ती भारतको एक कलेजमा भर्ना मात्र गरेर स्वअध्ययनले आइएस्सी सके“ ।’ अहिले उनी त्यतैको कलेजबाट बिएस्सी सक्दैछन् । बढ्तै समय धनगडीस्थित आफ्नो प्रयोगशालामा घोटिनाले उनको औपचारिक अध्ययन राम्ररी अघि बढ्न सकिरहेको छैन । हेलो शुक्रबारलाई बताए अनुसार उनले एसएलसी नसक्दै प्लसटुका किताब पढ्थे र एसएलसीपछि सिधै बिएस्सीका । ‘अझै पनि मेरो घरमा फिजिक्स, केमेस्ट्री र म्याथका किताबहरुका थाक नै छन्’, उनी भन्छन्, ‘तर मैले परिक्षाको लागि भनेर कहिल्यै पढिन ।’ 

उनले निर्माण गरेको एक्स–रे मेसिनले धेरै चर्चा बटुल्यो पनि । धनगढी लगायतका धेरै ठाउ“मा त्यसलाई समेत राखेर विज्ञान प्रदर्शनी पनि गराइयो । पछि एक कार्यक्रमका बिच काठमाण्डौंको रिपोटर्स क्लबमा समेत उक्त मेसिन सार्वजनिक गरियो । त्यसका लागि उनले कवाडबाट फलामका टुक्राहरु र बिग्रेका स्टेबलाइजरहरु संकलन गरेका थिए । कति सामाग्री भारत गएर किने पनि । त्यसकै सामाग्री किनेर नया“दिल्लीबाट फर्कने क्रममा उनलाई एकपटक (२०६२) भारतिय प्रहरीले माओवादी भन्दै पिटेर एकरात थुनेको पनि थियो । हुन पनि त्यसबेला उनीस“ग संवेदनशील मानिने म¥क्युरी, टङस्टन रड, निकेलका मसिना पाताहरु, क्वार्ज क्रिस्टलजस्ता सामान थिए । प्रहरीले के बुझोस्– त्यो एक्स–रे मेसिन निर्माणको लागि थियो भनेर । अन्ततः कारण खुलाएपछि  अर्कोदिन एकजना आफन्तलाई बोलाएर छाड्यो । अन्ततः उनले २०६३ जेठमा एक्स–रे मेसिन बनाएरै छाडे । जसको पहिलो परिक्षण मृत जनावरमा गरेपछि त्यसलाई उनले आफ्नी बहिनीको हातमा गरेका थिए । त्यो परिक्षण सफल भएको दिन उनी आफ्नो जीवनकै अविश्मरणीय मान्छन्, ‘त्यसबेला मेरो आ“खाबाट निकैबेर खुसीका आ“शु झरेको थियो ।’ जिल्लाका स्थानीय संघसंस्थादेखि लिएर तत्कालिन विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहाले समेत उनलाई सम्मान गरे । विस्तारै आमाबुवाले ‘छोराले केही राम्रै गरेको रै’छ’ भन्ने बुझे । त्यसअघि उनले आफ्नो परिवारबाट सहयोग र साथ कहिल्यै पाएनन् । ‘मेरोजस्तो निम्नबर्गिय परिवारबाट त्यो आशा गर्नु पनि मूर्खता हुन्थ्यो’, उनी सम्झन्छन्, ‘मैले बनाइरहेको हेलिकप्टर चिरेर आगो बाल्थे, ल्याब बनाउ“दा करेन्ट लाग्छ भन्थे ।’ 

हाल उनी ‘इलेक्ट्रोन इञ्जिन’ बनाउन जुटेका छन् जसको लागि विज्ञान तथा प्रविधि मन्त्रालयले समेत उनलाई ५० हजार रुपया“ सहयोग गरेको छ । आफ्नो हालसम्मकै नया“ प्रयोग भनेर उनले दाबी गरेको ‘इलेक्ट्रोन इञ्जिन’ सफल भएमा विकिरणबाट चल्ने इञ्जिन निर्माण हुनेछ । उनको त्यो नया“ बाटोको यात्रा सफल रहोस् । हेलो शुक्रबारको शुभकामना । 

No comments:

Post a Comment