
त्यही मोवाइल सेटमा क्यानेडियन गायक जस्टिन बिबरको गीत ‘बेबी’ घन्किरहेको थियो । लाग्थ्यो– बिबर मेरो कानमै आएर गाइरहेका छन् । मलाई अगाडि हि“ड्ने सबै बटुवाहरु ‘बेबी’कै पात्रझै“ लाइरहेका थिए भने आफू गीतको भिडियोमा मोडल समेत रहेका बिबरझैं । धन्न अगाडि आइरहेकी केटीलाई समातेर नाच्न भ्याइसकेको । म झसंङ्ग भए । गीत रोकियो । साथी शिवमले बिनायकले मिसकल हानेको रै’छ । त्यसैबेला अर्को एउटा माइक्रो अगाडि आइपुग्यो । खलासीले भित्रैदेखिको बल निकालेर कराउ“दै थियो, ‘कीर्तिपुर...कीर्तिपुर...सीट खाली’ । धन्न त्यो अधिकांश खलासीहरुको थेगो बनिसकेको ‘सीट खाली’ थिएन । भित्र छिरे“ । दुईवटा फरक फरक सीटमा थप एक एक जना बस्न पुग्ने ठाउ“ बा“की थियो । एउटामा अन्दाजी ६० नाघेक हजुरबुवा थिए भने अर्को भर्खर २० वरपरझैं लाग्ने ठिटी । ‘म अगाडिको छाडेर पछाडिकोमै गए“– हजुरबुवालाई सास्ती नहोस भनेर । हिहि’ । कन्या राशीवालाहरु (म पनि) बालबच्चा र बुढापाकास“ग रमाउने खालका हुन्छन् । कुनै पत्रिकामा पढेको थिए“ । ‘आज मैले ज्योतिषिलाई पनि फेल ख्वाए“’, मनमनै गर्व महशुष गर्दैथिए“ । मोवाइलले आफ्नो धर्म छाडेको थिएन अर्थात गीत फूल भ्वोलुममा घनकेकै थियो । साइडकी ठिटी गमक्क परेर बसेकी थिई । म मनमनै सोच्दैथिए“–मेरो छेउमा अरु एकजनालाई खलासीले खा“देरै भएपनि राखोस् । त्यस्तो भएको भए“ उस“ग टा“सिएरै कीर्तिपुर पुग्ने सौभाग्य पाउने थिए“ ।
‘प्रफ्युमकै भा“डो नै खन्याएछन् कि क्या हो’, मैले भनेर मात्र के सकेको थिए“ उसले मतर्फ टाउको घुमाई, जबरजस्त मुख कालो बनाई, आ“खा मास्तिर फर्काइ जसको शाब्दीक अर्थ सायद ‘ह्वाट?’ हुन्थ्यो । मैले पनि आ“खाकै भाषाले उस्तै गरी ‘के त?’ भने । ऊ झन् चिडिई । कानको इयरफोनतर्फ संकेत गर्दै सांकेतिक भाषाले त्यसलाई झिक्न भनी । ‘सरी †’, मैले ऊ चिडिनुको कारण जान्न चाहे“ । ‘मैले प्रफ्युमकै पोखरीमा पौडे’नी तिम्लाई के चासो ।’ मेरो होस बल्ल खुल्यो । मनमनै भनेझै लाग्थ्यो, सा“च्चीकै भने“छु । हुन पनि मेरो इयरफोनले आफ्नो कमाल केही ‘एक्ट्रा’ नै देखाइरहेको थियो । ‘ओ..सरी । तर पनि तिम्ले केही कम ला’को भा हुन्थ्यो’, उसलाई सुझाए“ । ऊ गमक्क पर्दै झ्यालतर्फ टाउको बटारी । ‘आफ्नो आफ्नो इच्छा हो’, एकछिन पछि खै के भएछ उसले मेरो सुझावमाथि टिप्पणी गरी । ‘आफ्नै कपाल हेर न, त्यो तिम्रो फेसन होला । तर कसैले तिम्लाई ‘झ्प्ले’ वा जंगली भने रिस उठ्दैन ?’, उसले त्यसो भन्दैगर्दा ममा भित्रभित्रै हा“सोको फोहोरा छुटिसकेको थियो । कारण कलेज जान केहीबेरलाई रोकिएपछि म आजकल ‘चिटिक्क’ पर्न बिर्सिसकेको छु । भने“, ‘तिम्लाई यो फेसन कस्तो लाग्छ ?’ ऊ जबरजस्त मुस्काई, ‘जेपीटी । फेरी आजकल त यहा“ दिनहु“ नया“ नया“ फेसन निस्कन्छन् । केलाई राम्रो भन्नु खै ? फेसन भनेकोमा म भित्रभित्रै मख्ख थिए“ किनभने मैले कपाललाई स्टाइलिस्ट बनाएको नभई त्यसै छाडेको थिए“ । ऊ केही सोध्न खोजेजस्तै देखिन्थी । शब्दको स्लो ट्युनमा ‘इद्रद्रद्रभ यु डन्ट माइन्ड..’ उसले के भनेकी थिई मैले ‘प्लिज भन्नुस् न’ भनिहाले“ । भनि, ‘डु यु ह्याभ गर्लफ्रेन्ड?’ मैले जवाफ दिए“, ‘इट्स माई औन कप अफ टि’ । बिचरीले पछि अप्ठ्यारो लागेछ । ‘मैले तपाई“लाई इंकित गर्न खोजेकी त हैन तर पनि यी केटाहरु राम्रो हुन कि त गर्लफ्रेन्ड नै हुनुपर्छ या त जब नै ।’ कुरा मतर्फै इंकित थियो ।
माइक्रोले कीर्तिपुर छोइसकेको थियो । मैले पुनः इयरफोन कानमा घुसारे“ । मोवाइलमा अर्को गीत घन्किरहेको थियो । म भने“ त्यही केटीले भनेको पछिल्लो वाक्यलाई मनमनै विश्लेषण गर्दैथिए“ ।
No comments:
Post a Comment