आशिष लुइटेल/ प्रदीप बस्याल
‘यदि तिम्रो घर भत्कियो भने तिमी के गर्छौ ?’
‘खै, यस्तो प्रश्न पहिलोचोटी सुनेको, स्कुलमा पनि पढाएनन् ।’
हलिउड चलचित्र ‘एसएलसी पङ्क’का मुख्य कलाकारको यो वार्तालापले समग्र शैक्षिक प्रणालीको खिस्सी गरेको छ । ‘यस्तो शिक्षा पनि कसैले लिन्छ,’ अभिनेताले ‘विद्रोह’ गर्छ । चलचित्रमा उसलाई ‘पङ्क’ भनिन्छ । र, उसले आफ्नो ग्याङ जम्मा पार्दै लान्छ ।
शुरुमै चलचित्रको कहानी सुनाउनुको खास कारण छ त्यो के भने तपाइले अब पढ्ने कथा समाजको विद्यमान नियमको ‘विरोधी’को हो जो कसैगरी आफुलाई स्वतन्त्र राख्न चाहन्छन् । ती हेर्दैमा भिन्न समुदाय वा राष्ट्रबाट भित्रिएकाझै देखिन्छन् कारण स्टाइल पूर्णतः युनिक देखिन्छ । समग्रमा तीनले चाहेको गर्छन्/गर्न पाउनुपर्ने भन्छन् र स्वभावतः हठी लाग्छन् । ती को होलान ? फाट्टफुट्ट भेटिने ती ‘पङ्क’ हुन् र ‘एसएलसी पङ्क’का कलाकारकै जस्तो तीनले आफुलाई सिस्टमको विरोधीका रुपमा प्रस्तुत गर्न रुचाउछन् ।
तर पनि ‘कसैलाई पङकी भएको देख्दैमा उसलाई पच्छ्याउन पंक नबन्नुस’, इन्टरनेट सञ्जालको एउटा साइटमा लेखिएको थियो जससग विजय गुरुङ्ग, ३५, पनि सहमत छन् । भन्छन्, ‘यो त एकप्रकारको माइन्ड सेट हो, जो उसको आवरण र दिनचर्यासग धेरै हदसम्म रिफ्लेक्ट हुन्छ ।’ तपाई“ आफ्नो रुचि अनुसार कतिखेर हरियो बन्न सक्नुहुन्छ त कतिखेर निलो । उस्तैगरी कतिखेर पिरामिडझैं चुच्चो त कतिखेर काडाझैं तिखा पारेर कपालको सजाउन सक्नुहुन्छ । ‘सामान्यतयाः हामी बजारमा किन्न पाइने श्रृङगारीक सामाग्री, कपडा र संगीतका विरुद्वमा हुन्छौं’, विजयले भने, ‘पङ्क स्वतन्त्रता रिफ्लेक्ट गर्ने एकप्रकारको कल्चर नै हो ।’
विजयले त्यसो भन्दैगर्दा यहा“मध्ये धेरैले काठमाण्डुमा बेलाबखत देखिने त्यस्ता तन्नेरीबारे सोच्दैहुनुहुुन्छ होला जो देख्दामा अनौठा लाग्छन् । बाटोमा हिड्दा कहिलेकाही त्यस्तालाई देख्दा धेरैपटक मुख आsss गरेर ‘बाफ रे बाफ’ वा जिब्रो टोक्दै ‘आम्मै’ पनि भनिएको होला । तर बाहिरी आवरणमा सामान्य देखिनेहरु पनि पंक हुन सक्छन् । पङकलाई मानिसको सोच्ने तरिका, गेटअप, सुन्ने संगीत, पेन्टिङ्ग, नृत्य, आदिसग जोडेर बुझ्ने गरिन्छ ।

बुवा ब्रिटीस आर्मीमा रहनाले उनी विदेशका धेरै देश घुमेका छन् । कहिलेकाही“ त्यहा“का पङ्कस“ग आफूलाई तुलना गर्छन । भन्छन्, ‘नेपालमा त पङ्क भनेकै गजे“डि र लफङ्गा मात्रै हो जस्तो सोच्छन् ।’ काठमाण्डुमा बेलाबखत प्रहरीले उनीहरुलाई पक्रेर दुःख दिनेगरेको उनलाई कति चित्त बुझेको छैन । प्लसटु पढ्दाखेरी पोखरामा एकपटक उनलाई प्रहरी समातेर कपाल काटिदिएको थियो । ‘कसैलाई मारपिट गरेको त छैन नि’, उनको भनाई छ, ‘अरुलाई हानी नपु¥याई आफ्नो स्वतन्त्रता अनुभव गर्न नि नपाइनु ?’
उता काठमाण्डौं विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातक गर्दैगरेकी नीशा गौतमलाई भने प्रहरीले त्यसरी दुःख दिएजस्तो लाग्दैन । भन्छिन्, ‘कतिपय पङ्कहरु नै अन्य अपराधिक काम र ड्रक्सहरुको सेवनमा लाग्नाले त्यसो भएको हो ।’ उनी स्वयं आफू पङ्क भएको बताउनमा गर्व लाग्ने बताउ“छिन् । ‘तर पनि धेरैले मलाई देखेर बनाउने धारणा भने नराम्रो नै हुनेगर्छ’, २० बर्षेले भनिन्, ‘मस“ग गफगाफ र हेलमेल गरेपछि मात्रै म सा“च्चिकै कस्ती छु भन्ने बुझ्छन् ।’ उनमा पनि पङ्क फेसनप्रतिको आकर्षण स्कुलमा पढ्दादेखि नै लागेको हो जसको शुरुवात पङ्क सगीत सुनेपछि भएको थियो । ‘सेक्स पिस्टोल’, ‘द क्यास’ जस्ता पङ्क व्याण्डहरुका गीतहरुले उनलाई त्यसबेला नै आकर्षित गरेको थियो । ‘म फेरी केटी भन्दैमा अरु साधारण केटीहरुजस्तो पनि थिइन’, दाङ्ग, घोराईकी ठिटीले सुनाइन, ‘अरुको मतलब नै नराखी अलिक रफटफ भएरै हि“डडुल गर्न रुचाउने मेरो सानैदेखिको स्वभाव थियो ।’ काठमाण्डौं आएपछि त उनको स्वभाव मिल्ने अन्य धेरै पङ्क साथीहरु भेटिए । अहिले आफू पढ्ने विश्वविद्यालयमा त साथीहरुले उनलाई नामको अघिपछि ‘पङ्क’ जोडेर बोलाउदा नि उनलाई केही पछुतो लाग्दैन ।

पा“गा कीर्तिपुरका राजु लामालाई भने एकताका रिक्की मार्टिनको जस्तो चुच्चो कपाल बनाउने होड चलेको थियो । अहिले भने उनले ‘इमो’ (चारैतिर छाडेको कपाल) स्टाइल राखेका छन् । १८ बर्षेले भने, ‘अब छिट्टै ओठको तलतिर मुन्द्राहरु लाउदै छु ।’ उनको अर्को विशेषता अत्ति नै चुज पाइन्ट लगाउनु हो । ‘मान्छेहरुले खुट्टा नै छिर्दैन कि जस्तो गरी हेर्छन्’, उनको भनाई छ, ‘फेसनको मामिलामा नेपालमा मानिसहरु अझै उदार छैनन् ।’ तर ‘पङ्क सस्कृति’ भनेकै त्यस्तै विकृतिको विरुद्धमा हो । स्कुलमा लामो कपालको विरुद्ध शिक्षकहरले दिनहू“ गाली गर्दा पनि उनले कहिल्यै काटेनन् ।
विजय, नीशा, उज्ज्वल र राजु त केही प्रतिनिधि तन्नेरीहरु मात्र हुन जसले पङ्क स“स्कृतिलाई पछ्याएका छन् । तर काठमाण्डुमा त्यस्ता धेरै व्याण्डहरु छन् जसले पङ्क म्युजिकलाई आफ्नो व्यावसाय नै बनाएका छन् । ‘राइकोरिस’ नेपाली बजारको ‘पङ्क रक’ गाउने एउटा प्रमुख व्याण्ड हो जसको विदेशमा समेत उत्तिकै लोकप्रियता छ । हालैका दिनमा मात्र उनीहरु युरोप र एसियाका केही देशहरुमा कन्सर्ट गर्न भनेर निस्केका छन् । ‘नेपालको कथाहरु’ उनीहरुको पछिल्लो पङ्क एल्बम हो । ठमेलका कतिपय रेष्टुराहरुमा समेत आजकल ‘पङ्क रक’ बज्नेगर्छ । ‘हाउस अफ म्युजिक’ ठमेलमा एकबर्ष अघि खुलेको त्यस्तो रेष्टुरा“ हो जसले खानास“गै फरकफरक स्वादका म्युजिकको स्वाद दिन्छ । त्यसका संचालक निर्जन राई भन्छन्, ‘पङ्क–रक गाउने र सुन्नेहरु बढेकाले आजकल यो धेरै नै पर्फम गर्छौं ।’ तर म्युजिक म्याटर्सका प्रमुख सुमन चित्रकारलाई भने धेरैपटक ‘पङ्क रक कन्सर्ट’ व्यावस्थापन गर्दा सास्ती झेल्नुपरेको छ । ‘अत्ति वाइल्ड’, उनले भनेर नसक्दै छेवैमा रहेका निर्जन थप्छन्, ‘सायद त्यो पङ्क रक नपचेर हुन सक्छ है ।’
first published at Hello Shukrabar (KANTIPUR) as a cover story
No comments:
Post a Comment