‘७ देशका २५ तन्नेरीहरु काठमाण्डौंमा ४ महिना रहेर कुशल अधिकारवादी बनेर घर फर्कदैछन्’
शंखमुल काठमाण्डौंका मोती लामा, २४, र पोखराकी सुविना तिवारी, २५, को दैनिकीमा पछिल्लो एक महिनायता नया“पन छाएको छ जुन अझै ३ महिनासम्म उस्तै रहनेछ । सधैझैं दालभात र तरकालीमा उनीहरुको छाक टर्दैन । दिनैपिच्छे भियतनामी, बंगलादेशी वा अन्य फरकफरक देशका स्वाद लिइराखेका छन् उनीहरुले । अर्थ खुबै नबुझे पनि नाच्ने गीतहरु अघिझैं नेपाली, हिन्दी र अंग्रेजीमा मात्र सीमित छैनन् । ‘निकै रमाइलो लाग्दैछ’, मोतिले हेलो शुक्रबारलाई अनुभव सुनाए, ‘फरक फरक देशका युवाहरुस“ग साथै रहेर कुशल ‘एक्टिभिस्ट’ बन्न सिकिरहेको छु ।’ नेपाल लगायत भियतनाम, डेनमार्क, अफ्गानस्थिान, भारत, बंगलादेश र म्यानमार गरेर ७ देशका २५ युवाहरु अहिले ४ महिने काठमाण्डौं बसाइमा छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडको ‘ग्लोबल क्याम्पेन’ कार्यक्रम अन्तर्गत जुटेका उनीहरुलाई सैद्धान्तिक र व्यावहारिक तालिम पश्चात आ–आफ्नो देशमा भोकमरी विरुद्धको अभियानमा स्वयंसेवक बनाएर पठाइनेछ । जहा“ उनीहरु स्वयंले धेरै युवाहरुलाई आफूले सिकेका ज्ञान बाडेर थप स्वयंसेवकहरु बनाउनेछन् र ‘खाद्यान’को मुद्दालाई अभियानकै रुपमा अघि बढाउनेछन् ।
सिमसिम झरी पर्दैगरेको हालैको एक मध्यान्न उनीहरु काभ्रे जिल्लाको केराघारीमा अर्गानिक कफी रोप्न पुगे । ‘हामीले रोपेका कफीका हरेक बोटहरुलाई हाम्रै नाम दिइनेछ’, माटोमा कफी रोप्दैगर्दा भियतनामी तन्नेरी हुङ्ग डो लन, २३, भन्दैथिइन, ‘जसको विकासक्रमलाई हामीले फेसबुकमा निरन्तर अफडेट हुने तस्विर मार्फत पच्छ्याउनेछौं ।’ उनका अनुसार संसारमा अहिले जति नै अन्य अधिकारका कुरा चर्चामा आए पनि सर्वप्रथम खाद्यानलाई सम्बोधन गर्नुपर्छ । भन्छिन्, ‘सबैलाई पुग्नेगरी पृथ्वीमा खाद्य उत्पादन भइराखेता पनि असमान वितरणले भोकमरीको समस्या निम्तेको हो ।’ भियतनामकै हनोई युनिभर्सिटी अफ टेक्नोलोजीमा स्नातक गर्दै गरेकी उनको धेरै कुरा काठमाण्डौं विश्वविद्यालयमा मानव तथा प्राकृतिक स्रोतमा स्नातकोत्तर गर्दै गरेकी अञ्जना लुईटेलस“ग मिल्छ । २५ बर्षे लुईटेल भन्छिन्, ‘विश्वव्यापी समस्या बनिसकेको भोकमरीस“ग जुध्न स्थानिय पहलहरु झनै आवश्यक हुन्छन् ।’ त्यसैले पनि उनी तालिम पश्चात उनी कृषकहरुमा अर्गानिक खेतीको महत्व बुझाउने अभियानमा लाग्नेछिन् । उनी स्वयं सचिव रहेको युवा स“स्था ‘यात्रा’ आफैले सन् २००४ यता वातावरणको क्षेत्रमा काम गरिरहेकोमा उनले लिएको तालिमले भावि रणनीतीहरु बनाउन झनै फलदायी हुने उनी सोच्छिन् ।
‘ग्लोबल एक्टिभिस्टा’ नाम दिइएको यस कार्यक्रममा सहभागि हुन नेपाल सहित विश्वका २५ देशमा खुला ‘एप्लिकेसन’ आह्वान गरिएको थियो जुन अहिले नेपालमाझैं ताञ्जेनिया र डेनमार्कमा समेत संचालन भइरहेको छ । भोकमरी घटाउन युवाहरुको सिर्जनशील पहल यसबाट गर्न खोजिएको छ । ‘सधै सरकारलाई दोष दिएर भन्दा पनि समस्यास“ग जुध्न युवाहरुको सहकार्य र साझेदारी आवश्यक कुरा हो’, २ बर्ष संयुक्त राष्ट्रसंघिय मिसन (अनमिन)मा काम गरिसकेका आनन्द मिश्र भन्छन् । उनका अनुसार यस तालिमको अनुकरणीय पक्ष भनेकै सहि अध्ययन सहितको अधिकारवादी बन्न सिकाउनु हो । भन्छन्, ‘हामीकहा“ धेरै अधिकारवादीहरु कुनै राजनीतिक उद्देश्य वा अरुको लहलहीमा लागेर बनेका छन् ।’ तर उनीहरु भोकमरी र खाद्यानबारे दिनहू“ अध्ययन गर्दै सामूहिक रुपमा छलफल गर्नेगर्छन् । ‘यसले कसरी अधिकार माग्ने भन्ने तरिका सिकाउ“छ’, उनको तर्क छ, ‘एकोहोरो अधिकार मात्र माग्ने भन्दा पनि समस्या समाधानको विकल्प पनि साथसाथै दिन सके त झनै राम्रो हुन्थ्यो ।’
उता ‘ग्लोबल एक्टिभिस्टा’ इण्डा मेमिकको लागि एउटा बेग्लै दुनियास“ग परिचित हुने अवसर रह्यो । डेनमार्कको रस्किल्डी विश्वविद्यालयमा भूगर्भशास्त्र पढ्ने उनका लागि गरीबी यसअघि सधै किताब र पत्रपत्रिकामा पढ्ने बिषयहरु मात्रै हुन्थे । तर मनोहरा भक्तपुरको एउटा सुकुम्बासी बस्तीमा जा“दा भने उनले त्यसअघि कहिल्यै नदेखेको पीडा अनुभव गरिन् । भन्छिन्, ‘खोलाको पानी घरभित्र सम्म पसेको थियो, केटाकेटीहरुले राम्रो लुगा लाउन पाइराखेका थिएनन्, खानाको अभाव थियो र भएकै खाना पनि स्वस्थकर थिएन ।’ त्यो घटनाले उनलाई अब झनै सामाजिक क्षेत्रमै काम गर्ने प्रेरणा जागेको छ । ‘पहिलो पटक घरबाट यति धेरै पर रहेर पनि मलाई अहिले आमाबुवाको भन्दा तिनै गरिब जनताहरुको समस्याले पिरोलिराखेको छ ।’ नेपाल नै आउनुका पछाडि भने उनको कारण अर्कै छ । ताञ्जेनिया र नेपालमध्ये एक छान्नुपर्नेमा उनले धेरै भाषा जान्नका लागि नेपाल रोजेकी थिइन । भन्छिन्, ‘धेरैभन्दा धेरै भाषाहरु सिक्नु मेरो सोख हो र नेपालमा धेरै भाषाहरु बोलिन्छ भन्ने सुनेर नेपाल रोजेकी हु“ ।’ उता म्यानमारको युनिभर्सिटी अफ कम्युनिटी हेल्थमा स्नातक तहमा पढ्ने औना ट्युन, २४, लाई भने तालिममा सिकेका कुराहरु स्वतन्त्र रुपमा स्वदेश फर्केर प्रयोगमा ल्याउन नपाइएला कि भन्ने चिन्ता छ । उनका अनुसार सैनिक शासन खेपिरहेको म्यानमारमा ससाना अभियान चलाउन समेत सरकारी अनुमती लिनुपर्छ । ‘सायद यहि नोभेम्बरमा हुने चुनावले केही बढी स्वतन्त्रता पो दिन्छ कि’, उनी आशावादी छन्, ‘अधिकारवादी कुनै भौगोलिक सीमामै सीमित हुनुपर्छ भन्ने छैन, देशमा नसके म अन्य देशमा रहेर समेत स्वयंसेवा गर्न सक्छु ।’
उता इस्टवेस्ट युनिभर्सिटी अफ ढाकाकी बिद्यार्थी अर्फिन सुल्तना चौधरीलाई ग्लोबल एक्टिभिस्टाको सबैभन्दा रोचक लागेको पक्ष भिन्नभिन्न देशका अवस्थाको ‘सेयरिङ्ग’ हो । ‘सबैका आफ्नै खाले दुःख–सुखका कथाहरु छन्’, २५ बर्षे गहु“गोरीले भनिन्, ‘तर कहि“ न कही“ हामी सबै एकअर्कास“ग अन्तरसम्बन्धित छौं ।’ उनको देश बंगलादेश स्वयं भोकमरीको बढ्तै समस्या झेलिरहेको राष्ट्र हो । ‘मौसम परिवर्तनले त हाम्रो मुलुकमा झनै खाद्य संकट बढाएको छ’, उनको गुनासो छ, ‘कृषिको लागि पहिलेपहिले राम्रो मानिने उत्तरी बंगलादेशमा अहिले बर्षेनी ‘मोङ्गो’ले (खडेरी) गर्दा बर्षेनी ३ महिना खाद्य संकट व्यहोर्नुपर्छ ।
विश्वमा अझै एक अर्बभन्दा बढिले भोकमरी व्यहोरीरहेका छन् । तर पनि समस्या कतै ‘कुपोषण’को छ त कतै ‘अधिकपोषण’को । सायद यी तन्नेरीका पहलले भोकमरी विरुद्धको अभियानमा पक्कै एउटा कुनाबाटै भए पनि सार्थक पहल चाल्नेछ ।
All photos by tri li.
Click here for its e-paper view
No comments:
Post a Comment