Saturday, September 25, 2010

कञ्चनको ‘सानो पाइला’


जीवन योजना गरे अनुसार मात्र चल्दो रहेनछ भन्ने कञ्चन झा, २७, ले सायद अरुले भन्दा राम्ररी बुझेका छन् । बुढानिलकण्ठ स्कुलमा पढ्दादेखि नै उनी एकोहोरो डाक्टर बन्ने मात्र सोच्थे । आफ्नै परिवारमा बुवा,  दाजु र दिदीसमेत चिकित्सक भइसकेकाले त्यस्तो सोच्नु कुनै अन्यथा थिएन । लिटिल एञ्जल्स कलेजबाट विज्ञानमा प्लसटु सकेर मेडिसिन पढ्न अमेरिका हान्निएका उनी फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट भने ‘अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थशास्त्र’मा ग्रेजुयट भएर निस्के । त्यसपछि फेरी एक पटक उनले ‘अर्थशास्त्री’ कि ‘कूटनीतिज्ञ’ बन्नेमा सोच्दै थिए । स्नातकपछिको ३ महिने नेपाल बसाइले फेरी उनको जीवनले नया“ मोड लियो र उनी अहिले समाजिक कार्यकर्ताको रुपमा समाजसेवामा लागिरहेका छन् । 

‘जीवनको मज्जा नै यहि हो’, २७ बर्षेले झरी पर्दैगरेको हालैको एक मध्यान्न उत्साहि भावमा भन्दैथिए, ‘समयस“गै घट्ने घटनाहरुले हाम्रँ सपनाहरु पनि बदलिरहेको हुन्छ ।’ उनलाई भएको पनि त्यही नै हो । ४ बर्षअघि अमेरिकाबाट आफ्नो गृह जिल्ला महोत्तरी फर्क“दा तराईमा आन्दोलन चर्क“दो थियो । ‘सायद त्यसैले ममा यही“ केही गर्नुपर्छ भन्ने लागेर आयो’, भन्छन्, ‘म स्थानिय केही साथीहरुस“ग मिलेर आन्दोलन हुनुको कारण अध्ययन गर्न थाले“ ।’ सामाजिक स“स्था ‘सानो पाइला’ को स्थापना त्यसरी भयो जसको स्थापनाकालदेखि उनी अध्यक्ष छन् । सानो पाइलाको पहिलो कामको रुपमा आन्दोलनका मुद्दाहरुलाई समेटेर सार्वजनिक रुपमा साझा बहस कार्यक्रम ‘वीरगंज जनआवाज’ गरे जसमा प्रमुख ७ दलका नेताहरुलाई भेला पारेर सर्वसाधारणस“ग अन्तरक्रिया गराइएको थियो ।

‘अहिले भने सानो पाइलाले लागुपदार्थ दव्र्यसनको मुद्दालाई अभियानकै रुपमा लगिराखेको छ’, थपे, ‘वीरगंज आजकल लागुपदार्थका माफिया र प्रयोगकर्ताको राजधानीकै रुपमा बिकसित भइरहेको देखेपछि हामीले यसमा काम गर्नुपर्ने आवश्यकता महसुस ग¥यौं ।’ तर उनीहरु अनविज्ञ थिएनन् कि त्यो काम फलामको चिउरा चपाउनु जत्तिकै गाह«ो र चुनौतिपूर्ण पनि छ । त्यसैले त्यही“का ४० बर्षे साधुराम खड्कीलाई साथ लिए । साधुराम २ दशक बढि समयदेखि लागुपदार्थ लिइराखेका त्यस्ता व्यक्ति हुन जसलाई धेरै अन्य प्रयोगकर्ताहरुले ‘गड फादर’को मान्नेगर्छन् । उनको कुरालाई प्रयोगकर्ताहरुले अन्धसर्मथन गर्ने हु“दा पनि त्यो उनीहरुका लागि उद्देश्य प्राप्तीको लागि चालेको नया“ बाटो थियो । साधुराम स्वयं ड्रक्स प्रयोगकर्ता हुनाले पहिले उनलाई ६० दिने पुर्नस्थापना केन्द्रमा राखेपछि मात्र अहिले आफ्नो अभियानमा अगुवाकै रुपमा सामेल गराएका छन् । उनीहरुलाई व्यवहार परिवर्तन र विभिन्न दक्षताहरु विकास गर्दै पुर्नस्थापना गर्नुपर्ने मान्यताबाट कार्यक्रम अघि बढाइएको छ । ‘सानो पाइला घरेलु उद्योग’ त्यसकै एउटा उदहारण हो जहा“ रहेर मैनबत्ती, सेवई, मसलाजस्ता घरेलु सामाग्री बनाउने सीप सिकाइन्छ । र, तिनै  सामाग्रीको व्यावसायिक प्रबद्र्धनबाटै स“स्थालाई केही आर्थिक  सहयोग पनि जुटेको छ । त्यसका अलावा स्थानिय व्यापारीहरु, रिक्सा चालकहरु  एवं सर्वसाधारणहरुले स्वतस्फुर्त रुपमा आर्थिक सहयोग गरिराखेका हुन्छन् । भन्छन्, ‘यसरी कुनै दातृ निकायमा निर्भर नभइकन स्थानिय स्रोतमै संस्था चल्दा सबैमा झनै आफ्नो भन्ने भावना विकसित हु“दो रै’छ ।’  तर लागुपदार्थको समस्यास“ग जुध्न माथि भनिएजस्तै पुर्नस्थापना अभियान मात्र प्रयाप्त थिएन । गा“जा र अफिमको खेती मौलाउ“दै गइरहेकोतर्फ पनि उत्तिकै रुपमा ध्यान दिन नसके त्यत्तिले मात्र उनीहरुको लक्ष्य हा“सिल हुन सक्दैनथ्यो । ‘पर्सा जिल्लामा मात्रै कुल खेतियोग्य जमिनको ६० प्रतिसतमा गा“जा  र अफिमको खेती हुन्छ र त्यो क्रम बढ्दो छ’, उनले भने, ‘त्यसको लागि पहिले सरकारी संयन्त्र निश्पक्ष र चनाखो हुनुपर्छ ।’ त्यसैले उनीहरु आफ्नो अभियानको साझेदारका रुपमा स्थानिय प्रहरीहरुलाई पनि राखेर सहयोग गर्छन् । कुल ११ सय जना साधारण सदस्य रहेको सानो पाइलाका ४ सय त सकृय स्वयंसेवक छन् । उनीहरु एचआईभी एड्सबारे  सचेतना कार्यक्रमहरु पनि गर्छन् ।

‘इन्टरनेसनल रिलेसनसिप पढेर समाजसेवामा लाग्नेछु भनेर कहिल्यै सोचेकै थिइन’, उनी  सम्झन्छन् । सानो पाइलालाई हङकङ्गस्थित एक अन्तर्राष्ट्रिय संस्थाले २००९ मा एसियाकै १०० उत्कृष्ठ सामाजिक स“स्थाको सूचिमा राखेको थियो । अहिले उनलाई सबैले चिनिसकेका छन् र उत्तिकै साथ पनि दिइराखेका छन् । ‘सायद यही क्षेत्रमा नै अब मेरो करिअर बन्नेछ’, उनलाई समाजसेवाको काम निकै रमाइलो लागिरहेको छ । स्वप्न नगरी अमेरिकामा पढेर पनि गाउमै फर्केर काम गर्न सकेकोमा कहिलेकाही उनी आ“फै दंग पनि पर्छन् । ‘मास्टर्स नगर्ने त?’, हेलो शुक्रबारको राखेको प्रश्नको उत्तर दिनुअघि उनी केहीबेर घोरिए र भने, ‘नेपाल वा इण्डियामध्ये कुनै एकमा गर्छु, अमेरिका गए भने कतै उतैको रमझममा पो हराउछु कि भन्ने डर लाग्छ ।’  

1 comment:

  1. I am very much impressed by your writing Mr Pradeep, you are a real talent, good work, keep the good work going, all the best wishes to you.

    ReplyDelete