लोकसेवा आयोगको परीक्षा दिँदै हुनुहुन्छ तर दिनहुँ इच्स्चिच्युट धाएर ट्युसन पढ्न भ्याउनुहुन्न भने पनि अब केही छैन । इन्टरनेट सञ्जालमा अहिले एउटा यस्तो साइट थपिएको छ, जसले अनलाइनबाटै इच्स्चिच्युटमै जसरी ट्युसन पढाउँछ ।
यस साइटमा कोर्सको बाँडफाँट गरेर सामग्री राखिन्छ, जुन विद्यार्थीले आफ्नो आवश्यकताको कोर्सको कुनै अंश मात्रको पनि ट्युसन पढ्न सक्छ । आफूले नबुझेका प्रश्नहरूसमेत अनलाइनबाटै गर्न सकिन्छ । ऐन, नियम, पुराना प्रश्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तनहरूजस्ता केही कुरा विद्यार्थीका लागि नि:शुल्क पनि राखिएको छ ।"यसले जागिर गरिराखेका वा ट्युसन इस्टिच्युटसम्म पहुँच नभएका दुर्गम भेगका व्यक्तिलाई सहयोग पुर्याउँछ," साइटका शिक्षक तथा शाखा अधिकृत यदु नेपाल भन्छन्, "अहिले लोकसेवाका कोर्सहरूमा कम्प्युटर सीपलाई अनिवार्यजस्तो बनाउँदै लगिएको पनि छ, जसले विद्यार्थीलाई कम्प्युटरमैत्री हुनसमेत सहयोग गर्नेछ ।"
Thanks Pradip sir
ReplyDelete