Sunday, August 21, 2011

अप्ठ्यारो अभ्यास

"....दिगो र स्वच्छ विकासको अवधारणामा जोड दिँदै हरित रोजगार सिर्जना गर्न नविकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिइनेछ र यसका लागि ग्रामीण ऊर्जा अनुदान नीतिलाई आगामी आर्थिक वर्षमा पनि थप परिमार्जन गरिनेछ । "


अघिल्ला वर्षझैँ आर्थिक वर्ष २०६८/६९ को सरकारी नीति तथा कार्यक्रममा पनि हरति क्रान्तिको विषय औपचारकिताका रूपमा मात्र उठ्यो। स्पष्ट नीति र योजनाको अभावमा हरति क्रान्तिका कुराको कार्यान्वयन पक्ष सबल हुने कुरै भएन। कुरा र काम कतिसम्म परस्पर बाझिएका छन् भन्ने जान्नका लागि सबैभन्दा राम्रो उदाहरण भक्तपुरमा निर्मित छ लेनको आधुनिक सडकलाई लिन सकिन्छ, जहाँ 'साइकल ट्रयाक' छैन।

उता काठमाडाँैको उत्तरी गाविस काभ्रेस्थलीको कथा अर्कै छ। आठ वर्षअघि जैविक (अर्गानिक) कृषि प्रणाली सुरु गर्दा कालान्तरमा धेरै नोक्सानी बेहोर्नुपर्ला भन्ने त्यहाँका किसानले सोचेका थिएनन्। रासायनिक मल र 'विषादी' छाडेर अर्गानिक खेतीमा त्यहाँका ३४ घरपरिवारले एकैसाथ होमिने कठिन निर्णय गरेका थिए। तर, उनीहरूका लागि सुरुवाती दिन निकै चुनौतीपूर्ण रहे। सबैजसोका बालीमा विभिन्न रोग र लाही कीराले आक्रमण गरेको थियो। वाषिर्क एक लाख रुपियाँभन्दा बढीको मटरकोसा उत्पादन गरेर बेच्ने त्यहाँका किसानको पहिलो वर्षको लगानीसमेत पूरै डुब्यो। नेपाल सरकारले मटरकोसा उत्पादनको राम्रो सम्भावना भएको भनेर काभ्रेस्थलीलाई 'पकेट क्षेत्र' घोषणा गरेको हो।

दिगो विकास र स्वच्छ जीवनशैली अहिले विश्वमा सबैभन्दा चासोको विषय बनिरहेको छ। त्यसैले पनि पर्यावरणमैत्री नरहेको 'ब्राउन इकोनोमी'बाट 'ग्रीन इकोनोमी' अर्थात् 'हरति अर्थतन्त्र'तर्फ बढ्ने लहर बढिरहेको छ, जुन विश्वव्यापी अभियान 'गो ग्रीन'को नामले चर्चित छ। तर, त्यसतर्फको यात्रा कतिसम्म चुनौतीपूर्ण छ भन्ने अघिल्ला दुई उदाहरणले प्रस्ट पार्छन्।

वातावरणमैत्री मानिएको अर्गानिक कृषि प्रणालीतर्फ लाग्दा उत्पादनमा देखिने ह्रास नै सबैभन्दा ठूलो चुनौती मानिन्छ। "त्यसले हामीलाई निराश त पार्‍यो नै तर पनि केही हदसम्म त्यो क्षति बेहोर्न पहिले नै तयार भइसकेका थियौँ," काभ्रेस्थलीका कृषक उद्धव अधिकारी भन्छन्, "त्यसैले हामी अर्गानिक तवरबाटै त्यो समस्या सुल्झाउन लाग्यौँ।" विभिन्न विज्ञसँग छलफल गरेपछि एक किलो सुर्तीको पात पकाएर त्यसमा पाँच किलो पानी मिसाएर बालीमा छर्केपछि यहाँका किसानले एक हदसम्म बालीमा लागेका लाही कीराबाट मुक्ति पाए। कतिपय समस्या हुँदाहुँदै पनि यहाँका किसानले नेपालको पहिलो प्रांगारकि सहकारी पञ्चकन्या कृषि सहकारी संस्था स्थापना गरेका छन्। अर्गानिक खेती सुरु भएपछि जैविक रूपमा नै बालीमा आवश्यक पर्ने 'बाघे खपटे'जस्ता कीराहरू मात्र होइन, पोखरीबाट हराइसकेका माछाका कतिपय प्रजातिहरूसमेत देखिन थालेका छन् यहाँ। रसायनहरू प्रयोग नभएकै कारण काउली, आलुका डाँठहरू निर्धक्क गाईभैँसीलाई दिन सकिएको छ। "तर, बजारसँग जोडिएका किसानका अपेक्षामा भने ठेस लागेको छ," कृषक अधिकारी भन्छन्, "तुरुन्तै नाफा कमाउने जमानामा यो राम्रो भएर पनि हामीले घाटाको खेती गररिहेका छौं।" अर्गानिक विधि प्रयोग नगरेका किसानले वर्षको नौपटकसम्म मटरकोसा टिप्न पाउँछन् भने अगार्निक विधि प्रयोग गर्नेले तीनपटकभन्दा बढी टिप्न सक्दैनन्। अधिकारी भन्छन्, "हामी सबै पूर्ण रूपले कृषिमा निर्भर नभएर मात्र हो, नत्र व्यावसायिक किसानलाई यसरी अर्गानिकमा मात्र भर परेर जीवन चलाउन गाह्रो छ।" उनीहरूले अहिले सुरु गरेको गाईको गहुँत संकलन गरेर तीतो, पीरो र टर्रो वनस्पतीसँग मिलाएर बनाइने 'कम्पोस्ट टी' (झोल मल) बनाउने विधिका कारण विस्तारै उत्पादन दरमा भने वृद्धि देखिएको छ। तर, रसायन प्रयोग गर्नेहरूको भन्दा निकै कम। 



वातावरणविद्  तथा राष्ट्रसंघीय हेबिट्याटमा दक्षिण एसियाका लागि प्राविधिक सल्लाहकार भूषण तुलाधार यसरी अर्गानिक खेती स्वास्थ्यका दृष्टिले राम्रो भईकन पनि कृषकहरू कम आकषिर्त हुनुमा रणनीतिक योजना नहुनुलाई दोष दिन्छन्। भन्छन्, "अर्गानिक खेती भन्नाले हामीले गाईभैँसीको मल वा झारपात कुवाएर बनाइने मलको प्रयोग गर्नुलाई मात्र सोच्छौँ। तर, अर्गानिक तवरबाटै वैज्ञानिक परीक्षण गरेर निर्माण गरिएका कैयौँ राम्रा मलखाद पनि छन्, जसमा हाम्रो पहुँच नै पुग्न सकिराखेको छैन।" तुलाधरको भनाइसँग नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का मुख्य वैज्ञानिक केपी पौडेल पनि सहमत छन्। पौडेलको भनाइ छ, "रसायनमा नाइट्रोजन, पोटास र फसफोरसको (एनपीके) मात्र पाँच प्रतिशतभन्दा कम रहनुलाई विश्व व्यापार संगठनले अर्गानिकको दाँजोमा राखेको छ। त्यही दायराभित्र रहेरै पनि अर्गानिक कृषिलाई चाहिने धेरै मलखादहरू तयार पार्न सकिन्छ।" तर, पौडेल अहिले नै नेपालको कृषि प्रणालीलाई पूरै अर्गानिकतर्फ लैजाने पूर्वाधार निर्माण भइराखेको भने ठान्दैनन्। एकीकृत रोग, कीरा व्यवस्थापन (आईपीएम)को तरिका प्रयोग गरेर विस्तारै रसायनको मात्रा कम गर्दै हाम्रो कृषिलाई अर्गानिकतर्फ मोड्न सकिने विचार राख्छन् उनी। भन्छन्, "हामीकहाँ रसायनको प्रयोग आवश्यकताभन्दा निकै बढी हुनु नै ठूलो समस्या हो।" तर, भूषण सुझाउँछन्, "अर्गानिक उत्पादन मात्रामा कम भए पनि त्यसलाई क्षतिपूर्ति हुने गरी उच्च मूल्य तोक्न सकिन्छ।" उनले भनेझैँ नेपालका अर्गानिक चिया, कफी र महको पश्चिमा विश्वमा उच्च मूल्य छ।

वैज्ञानिक पौडेलले भनेजस्तै एनपीकेको मात्र पाँच प्रतिशतभन्दा कम प्रयोग गरेर अर्गानिक खेतीका लागि तयार पारिएका मलखादहरू अब विस्तारै नेपालमा पनि आउन थालेका छन्, जसले गर्दा अर्गानिक खेती नै गरे तापनि उत्पादनको मात्रा रासायनिक मल प्रयोग गर्दाभन्दा कम हुँदैन। "बरु बढ्ता नै हुन्छ," एम सेफ फुड सोलुसन, नेपालका निर्देशक प्रताप थापा भन्छन्, "थाइल्यान्डमा निकै सफल मानिएको यस्ता मलखादहरू नेपालका १३ जिल्लामा नार्कको निगरानीमा रहेर परीक्षणमा छन्।" थापाका अनुसार नतिजा प्राप्त भइसकेका धेरै जिल्लामा यसको राम्रो असर देखा परसिकेको छ।

हरति क्रान्तिको चुरो वातावरणसँग पनि गाँसिएको हुन्छ। वातावरणविद् तुलाधरका अनुसार काठमाडौँजस्तो सानो सहरमा सवारी साधनका रूपमा साइकललाई मात्र पि्रय बनाउने हो भने यसले वातावरणमा महत्त्वपूर्ण प्रभाव पार्छ। काठमाडौँमा फराकिला लेनको सडक बन्ने क्रम सुरु हुँदा पनि 'साइकल ट्रयाक' त्यसमा पररिहेको छैन। त्यसैले पनि ग्रीन सवारी अर्थात् साइकल चढ्न यहाँ सुरक्षित वातावरण छैन। तुलाधर थप्छन्, "ट्रलीबस र रेलले सहरलाई हरति राख्न सघाउँछन्।" राम्रा सम्भावना हुँदाहुँदै पनि सरकारी योजनाहरू त्यसतर्फ केन्दि्रत छैनन्। हरति अर्थतन्त्र हामीकहाँ व्यावहारकि छैन भन्ने हल्ला मात्र बढी चलाइन्छ," तुलाधर भन्छन्, "जब हरति अर्थतन्त्रका जलस्रोत, वायु, सूर्यजस्ता सबैखाले स्रोतहरू हामीकहाँ छन् भने हामी पनि हरति क्रान्ति गर्न सक्छौँ।"

यति हुँदाहुँदै पनि काठमाडौँमा साइकल चढ्ने युवा दिनानुदिन बढिरहेका छन्। सुरुका दिनमा साइकल सोखका कारण चढ्नेहरू धेरै भए तापनि अहिले आफ्नो दैनिक आवतजावतमै साइकल प्रयोग गर्नेहरू बढिरहेका छन्। युथ इन्गेजमेन्ट इन सस्टेनबिलिटी, नेपालका अध्यक्ष शैलेन्द्र डंगोलका धारणामा वातावरणमैत्री हुन, बढिरहेको सहरको जाम छल्न र उच्च दरमा बढ्दो इन्धनको मूल्य नै युवाहरू साइकल चढ्न आकषिर्त भइरहेका छन्। डंगोल भन्छन्, "कार्यव्यस्तताका कारण नियमित शारीरकि अभ्यास गर्न नसक्नेहरूका लागि यो झनै उपयुक्त बनेको छ।"

'काठमाडौँ साइकल सिटी २०२०' अभियानका साथ काठमाडौँलाई सन् २०२० भित्र साइकल सहर बनाउने अभियानमा काठमाडौँ विश्वविद्यालयका युवा पनि लागिपरेका छन्। त्यसैगरी नेपालमा पहिलोपटक व्यावसायिक रूपमा साइकलको उत्पादन सुरु गरेको 'चेन बाइक्स'ले काठमाडौँलाई साइकल सिटी बनाउने अभियानमा टेवा पुर्‍याउने भनेर 'बाइक फ्राइडे' अभियान सुरु गरेको छ। "कम्तीमा साताको एक दिन व्यावसायिक संस्था, स्कुल/कलेज र कार्यालयमा साइकल चढेर जाने क्रम बढ्यो भने वातावरण संरक्षणमा केही हदसम्म योगदान पुग्छ," चेन बाइक्सका म्यानेजिङ् डाइरेक्टर जोजन गुरुङ भन्छन्, "सुरुमा लक्ष्मी बैँकबाट सुरु गरिएको यस अभियानमा अहिलेसम्म १६ वटा संघसंस्था सामेल भइसकेका छन्।"

कृषि र वातावरणमा हरति क्रान्तिका लागि भइरहेका पहल सकारात्मक भए पनि सहज भने देखिएका छैनन्। खासगरी सरकारी निकाय यसप्रति अलिक सहयोगी सावित हुन नसकेकाले अभियान अप्ठ्यारामा फसेका छन् ।

के हो हरित क्रान्ति ?

वातावरणमैत्री ढंगबाट अर्थतन्त्रको विस्तार र विकास गरिनु नै सामान्य अर्थमा हरति क्रान्ति हो। डिजेल, पेट्रोलजस्ता फोसिल इन्धनको भण्डारण पृथ्वीमा निकट भविष्यमा सकिने आकलन गरिराखिएका बेला यसको महत्त्व र चर्चा पछिल्ला दिनमा झनै बढेर आएको हो। ऊर्जाका नविकरणीय स्रोतहरूजस्तै जलविद्युत्, वायु, घाम, बायोग्यासजस्ता हरति ऊर्जाका स्रोत हुन्। त्यसैगरी, विद्युतीय गाडीहरू, साइकल, ट्रेनजस्ता धूवाँ नफ्याँक्ने सवारीसाधन प्रयोग  गरिनु, हरति घरहरू जहाँ फोहर व्यवस्थापनको प्रविधि अपनाइनु र आकासे पानी संकलन गर्दै चक्रिय रूपमा पुन:प्रयोग  गरिनु, फोहर व्यवस्थापनतर्फ प्लास्टिक  व्यवस्थापन  गरिनु, अर्गानिक कृषि प्रणाली अपनाइनु र सहरमा वृक्षरोपण  गरिनु नै हरति क्रान्ति हो। यस्ता हरति पक्षलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्नेलाई 'ग्रीनम्यान' अर्थात् 'हरति मान्छे' भनिन्छ।


This appeared in Print at NEPAL magazine dated 21 Aug, 2011.

No comments:

Post a Comment