काठमाडौंको शंकरदेव कलेज पुग्ने बित्तिकै लुना थापाका, २१, साथीहरु उनको  हात हेर्न हतारिन्छन् । हातमा पोतिएका विभिन्न खाले ‘रंग’ र ‘शैली’का  मेहेन्दी हेर्नु अहिले उनको कलेजमा अघोषित प्रतिस्पर्धा जस्तो नै भइसकेको छ  । लुनाले हाँस्दै भित्री राज बताइन्, “हातमा मेहेन्दी गाढा बस्यो भन्ने  भविष्यमा पतिले धेरै मायाँ गर्छन् फिक्का भए गर्दैनन् रे ।”
लुनाले भनेजस्तो प्रतिस्पर्धा मात्र मेहेन्दीमा केन्द्रीत छैन । भगवान शिवको ब्रतको लागि सबैभन्दा उपयुक्त महिना मानिने साउन शुरु भएपछि मेहेन्दी बाहेक हरियो चुरा, हरियो पोते, हरियो पहिरन (साडि,कुर्ता सुरवाल) को लहर अहिले शहरदेखि गाउँसम्म फैलिएको छ । त्रिभुवन विश्वविद्यालयको नेपाल इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी प्रमुख प्राडा वीणा पौड्याल त्यसैले साउनको यो चलन धार्मीक आस्था र संस्कृतिभन्दा धेरै माथि उठिसकेको ठान्छिन् । भन्छिन्, “विश्वव्यापीकरण र प्रविधिको विकाससँगै यो एउटा सुन्दर फेसनको रुपमा नै फस्टाएको छ ।”
 पहिले पहिले घरमा मेहेन्दीको पातलाई पिसेर लगाइने यो अहिले व्यावसायिक  रुपमा नै अघि बढेको पाइन्छ । साउन शुरु नहुँदैदेखि काठमाडौंका  ब्युटिपार्लरहरुमा मेहेन्दी लगाउने महिलाहरुको भिडभाड बढ्न थाल्छ । “केही  दिनअघि नै बुकिङ गर्नुपर्छ”, कुपण्डोलस्थित एञ्जल ब्युटिपार्लरकी प्रोपाइटर  रुपा बानियाँ क्षेत्रीले भनिन्, “यो महिनाभर महिलाहरु धेरै खाले  मेहेन्दीमा सजिन खोज्छन् ।” सामान्यत: एकपटक लगाएको मेहेन्दी एक हप्तासम्म  राम्ररी रहन्छ । त्यसैले साउन महिनाभर हातखुट्टामा मेहेन्दी खाली नराख्ने  भनेर महिलाहरु हप्तादिन नपुग्दै स्टाइल फेर्न आइपुग्छन् । काठमाडौंमा अहिले  दुई खाले मेहेन्दीको फेसन सबैभन्दा बढि चर्चित छन् । लहरा र पत्ताले भएको  अरबिक फेसन अविवाहित र किशोरकिशोरीमा बढि चलेको छ । यो हत्केला र  त्यसमाथिको हातको  एकातर्फ (नाडि) मात्र लगाउँदा बढि सुहाउँछ  । चुरा  लगाइने हातको भागनेर  सबैतिर भरिनेगरी लगाइने जयपुरी फेसन विवाहित र बढि  उमेर भएका महिलाहरुमा लोकप्रिय छ जुन खुट्टामा समेत उत्तिकै सुहाउँछ ।
पहिले पहिले घरमा मेहेन्दीको पातलाई पिसेर लगाइने यो अहिले व्यावसायिक  रुपमा नै अघि बढेको पाइन्छ । साउन शुरु नहुँदैदेखि काठमाडौंका  ब्युटिपार्लरहरुमा मेहेन्दी लगाउने महिलाहरुको भिडभाड बढ्न थाल्छ । “केही  दिनअघि नै बुकिङ गर्नुपर्छ”, कुपण्डोलस्थित एञ्जल ब्युटिपार्लरकी प्रोपाइटर  रुपा बानियाँ क्षेत्रीले भनिन्, “यो महिनाभर महिलाहरु धेरै खाले  मेहेन्दीमा सजिन खोज्छन् ।” सामान्यत: एकपटक लगाएको मेहेन्दी एक हप्तासम्म  राम्ररी रहन्छ । त्यसैले साउन महिनाभर हातखुट्टामा मेहेन्दी खाली नराख्ने  भनेर महिलाहरु हप्तादिन नपुग्दै स्टाइल फेर्न आइपुग्छन् । काठमाडौंमा अहिले  दुई खाले मेहेन्दीको फेसन सबैभन्दा बढि चर्चित छन् । लहरा र पत्ताले भएको  अरबिक फेसन अविवाहित र किशोरकिशोरीमा बढि चलेको छ । यो हत्केला र  त्यसमाथिको हातको  एकातर्फ (नाडि) मात्र लगाउँदा बढि सुहाउँछ  । चुरा  लगाइने हातको भागनेर  सबैतिर भरिनेगरी लगाइने जयपुरी फेसन विवाहित र बढि  उमेर भएका महिलाहरुमा लोकप्रिय छ जुन खुट्टामा समेत उत्तिकै सुहाउँछ ।
यद्यपि बजारमा नयाँ पुस्ताका युवतीहरुमा अरबिक र जयपुरीमै आधारित रहेर  नयाँखाले फेसनहरु पनि आइरहेका छन् । उनीहरुमा गोल्डेन र सिल्भर पेन्टेड  मेहेन्दी लगाउने क्रम बढ्दो छ । 
 जसमा सानोतिनो पथ्थर टाँसेर अझ बढि कलात्मक  पनि बनाउन सकिन्छ । विहे वा पार्टीमा जाँदा लगाइने यस्तो मेहेन्दीको आयु  भने एकदिनको मात्र हुन्छ । ब्युटिसियन रुपा भन्छिन्, “तर यस्ता मेहेन्दीमा  केमीकल्सको प्रयोग बढि हुने हुँदा कम नै लगाउनु ठिक हुन्छ ।” रंगका हिसाबले  रातो मेहेन्दी सबैभन्दा बढि प्रयोग हुन्छ भने अहिले कालो रंग पनि बिस्तारै  फेसनमा आइरहेको छ । यद्यपि रातो मेहेन्दी नै प्राकृतिक  हुनेहुँदा त्यसकै  बढि प्रयोग गर्न ब्युटिसियनहरु सुझाउँछन् । हातमा मात्र नभएर अहिले  पाखुरामा पनि मेहेन्दी लगाएको पाइन्छ । तर त्यहाँनेर धेरैबेर मेहेन्दीलाई  राख्न नसकिने हुँदा “कलर मेहेन्दी” को प्रयोगले पेन्टिङ गरिन्छ जुन बाउला  नभएको कुर्ता वा ब्लाउजमा सजिएर हिँड्नेहरु लगाउँछन् । मेहेन्दी लगाइसकेपछि  रंगलाई गाढा पार्न बजारमा थुप्रै ‘मेहेन्दी तेल’ हरु भेटिन्छन् ।  त्यसबाहेक कागती र चिनीलाई बाक्लोसँग मिलाएर कपासले पुछेमा पनि मेहेन्दीको  रंग गाढा हुन्छ । तर सनब्लक, क्रिम लगाएको हातमा मेहेन्दी धेरै नटिक्ने  हुँदा लगाउनु अघि राम्रोसँग हात धुन ब्युटिसियनहरु सुझाउँछन् ।
जसमा सानोतिनो पथ्थर टाँसेर अझ बढि कलात्मक  पनि बनाउन सकिन्छ । विहे वा पार्टीमा जाँदा लगाइने यस्तो मेहेन्दीको आयु  भने एकदिनको मात्र हुन्छ । ब्युटिसियन रुपा भन्छिन्, “तर यस्ता मेहेन्दीमा  केमीकल्सको प्रयोग बढि हुने हुँदा कम नै लगाउनु ठिक हुन्छ ।” रंगका हिसाबले  रातो मेहेन्दी सबैभन्दा बढि प्रयोग हुन्छ भने अहिले कालो रंग पनि बिस्तारै  फेसनमा आइरहेको छ । यद्यपि रातो मेहेन्दी नै प्राकृतिक  हुनेहुँदा त्यसकै  बढि प्रयोग गर्न ब्युटिसियनहरु सुझाउँछन् । हातमा मात्र नभएर अहिले  पाखुरामा पनि मेहेन्दी लगाएको पाइन्छ । तर त्यहाँनेर धेरैबेर मेहेन्दीलाई  राख्न नसकिने हुँदा “कलर मेहेन्दी” को प्रयोगले पेन्टिङ गरिन्छ जुन बाउला  नभएको कुर्ता वा ब्लाउजमा सजिएर हिँड्नेहरु लगाउँछन् । मेहेन्दी लगाइसकेपछि  रंगलाई गाढा पार्न बजारमा थुप्रै ‘मेहेन्दी तेल’ हरु भेटिन्छन् ।  त्यसबाहेक कागती र चिनीलाई बाक्लोसँग मिलाएर कपासले पुछेमा पनि मेहेन्दीको  रंग गाढा हुन्छ । तर सनब्लक, क्रिम लगाएको हातमा मेहेन्दी धेरै नटिक्ने  हुँदा लगाउनु अघि राम्रोसँग हात धुन ब्युटिसियनहरु सुझाउँछन् । यसरी लगाइएका मेहेन्दीसँग हरियो पोते र हरियो चुराको समिश्रण मिल्दा  महिलाहरुको सुन्दरता निकै खुल्ने गर्छ । काठमाडौं बुद्धनगरकी ब्यावसायी  ममता न्यौपाने, २८, त्यसैले पनि यो साउन महिनामा ड्रेसअपको मामिलामा बढि नै  चनाखो हुन्छिन् । उनको भनाई छ, “हरियो रंगलाई नै सबैभन्दा बढि फोकस गरेर  यसबखत लगाउने सामाग्रीहरु किन्छु ।” त्यसो त उनले कानको झुम्कामा समेत  हरियो रंगको समिश्रण गरेर बनाएकी छिन् । साडि लगाउँदा धेरै लहरा भएको हरियो  पोते लगाउँछिन् भने कुर्ता सुरवालमा लगाउँदा भने एउटा मात्र लहरा भएको ।  एउटै लहरा भएको पोतेमा रातो, हरियो र पहेंलो मिसाएर लगाउने ट्रेन्ड समेत छ ।  न्यू समिट कलेज पुरानो बानेश्वरमा व्यावस्थापनकी विद्यार्थी सुजिता रिजाल,  १८, पनि साउन महिनाभर ममताझैं कपालको क्लिप्स/रबर व्याण्ड, निधारको टिका  समेत हरियो नै लगाउँछिन् । थप्छिन्, “तपाईंलाई पत्यार नलाग्न सक्छ मेरा कति  साथीहरु त रुमाल, कलम, ब्याग समेत हरियो नै ल्याएर फुल पर्फेक्ट बन्न  खोज्छन् ।” चुरामा हरियो, पहेंलो र रातोको मिश्रण राम्रो मानिन्छ । धेरैले  हरियो मात्रै पनि लगाउँछन् । यद्यपि अविवाहितको रोजाइमा हरियो र पहेंलोको  समिश्रण बढि पाइन्छ ।
यसरी लगाइएका मेहेन्दीसँग हरियो पोते र हरियो चुराको समिश्रण मिल्दा  महिलाहरुको सुन्दरता निकै खुल्ने गर्छ । काठमाडौं बुद्धनगरकी ब्यावसायी  ममता न्यौपाने, २८, त्यसैले पनि यो साउन महिनामा ड्रेसअपको मामिलामा बढि नै  चनाखो हुन्छिन् । उनको भनाई छ, “हरियो रंगलाई नै सबैभन्दा बढि फोकस गरेर  यसबखत लगाउने सामाग्रीहरु किन्छु ।” त्यसो त उनले कानको झुम्कामा समेत  हरियो रंगको समिश्रण गरेर बनाएकी छिन् । साडि लगाउँदा धेरै लहरा भएको हरियो  पोते लगाउँछिन् भने कुर्ता सुरवालमा लगाउँदा भने एउटा मात्र लहरा भएको ।  एउटै लहरा भएको पोतेमा रातो, हरियो र पहेंलो मिसाएर लगाउने ट्रेन्ड समेत छ ।  न्यू समिट कलेज पुरानो बानेश्वरमा व्यावस्थापनकी विद्यार्थी सुजिता रिजाल,  १८, पनि साउन महिनाभर ममताझैं कपालको क्लिप्स/रबर व्याण्ड, निधारको टिका  समेत हरियो नै लगाउँछिन् । थप्छिन्, “तपाईंलाई पत्यार नलाग्न सक्छ मेरा कति  साथीहरु त रुमाल, कलम, ब्याग समेत हरियो नै ल्याएर फुल पर्फेक्ट बन्न  खोज्छन् ।” चुरामा हरियो, पहेंलो र रातोको मिश्रण राम्रो मानिन्छ । धेरैले  हरियो मात्रै पनि लगाउँछन् । यद्यपि अविवाहितको रोजाइमा हरियो र पहेंलोको  समिश्रण बढि पाइन्छ ।
फेसन डिजाइनर तरुणिका महतोको विचारमा पनि अन्य महिनामा भन्दा साउनमा रंगको  म्याचिकमा बढि नै ध्यान दिनुपर्छ नत्र झन् नराम्रो देखिन पनि सक्छ ।  भन्छिन्, “हरियो रंगको साडिमा रातो कलरको बुट्टाहरु मिसिएको लुगाहरु बढि  सुहाउँछ ।” अविवाहितहरु भने हरियोसँगै रातो र ‘गोल्ड’ मिसिएको कुर्ता  सुरवालमा बढि सुहाइरहेका हुन्छन् । कुर्ता सुरवालमा अहिले अर्नाकली      (छेउमा नकाटेको) बढि चलेको छ जुन हरियो रंगमा धेरैलाई राम्रो देखिन्छ पनि ।  लुनाका साथीहरु त हरियो रंगको कपडा लगाउने भनेर प्राय: लगाएर हिंड्ने  जिन्स पाइन्ट समेत छाडेर साउनमा कुर्ता–सुरवालमा हुन्छन् । 
प्राध्यापक वीणा पौड्याल भगवान कृष्णको बाल स्वरुपलाई समेत साउन महिनामा  झोलुङ्गेमा राखेर पूजा गरिने र त्यसक्रममा हरियो रंगको कपडा चडाउने धार्मीक  विश्वास नै बढेर अहिले सबैतिर हरियो बन्ने लहर आएको बताउँछिन् । हरियो  रंगले ‘सुखद दामपत्य जीवन’ लाई समेत प्रतिबिम्बत गर्ने हुँदा विवाहित र  अविवाहित दुवैखाले महिलाहरुमा यसको आकर्षण बढेको हो । तराईका कतिपय जातिमा  अझै नवदम्पतीलाई घरमा भित्र्याउँदा कोठाको भित्तामा हरियो रंगले सुगाको  जोडिको पेन्टिङ गर्ने चलन छ । तर साउनको धार्मीक महत्व बढि हुनु सूर्य  मिथुन राशिबाट कर्कट राशीमा जाने र सूर्यको गति दक्षिणतर्फ जाने भएकोले हो ।  त्यसैले यो महिनाको सोमबार शिवको ब्रत लिनेहरुका निम्ति सबैभन्दा विशेष  हुनेगर्छ । सोमवारको विहान मठ मन्दिरमा जाने हो भने रातो मेहेन्दी र हरियो  पहिरनको समिश्रणमा सजिएका महिलाहरु प्रशस्त देखिन्छन् । 

“अहिले मानिसहरुको क्रयशक्ति बढेको छ, विभिन्न फेसनका सामाग्रीहरु बजारमा  सजिलै पाइन थालेका छन्”, पौड्याल भन्छिन्, “त्यसैले पनि हाम्रो यो संस्कृति  झनै फस्टाउँदो छ ।” यद्यपि कतिलाई यसको धार्मीक/सांस्कृतिक महत्व नै थाहा  नहुनु भने समस्या ठान्छिन् उनी । उनका अनुसार पहिलेपहिले खेत रोप्नुअघि  महिलाहरुले हिलोले हात नखाओस् भनेर ‘तिउरी’ मेहेन्दी लगाउने गर्थे ।  भन्छिन्, “तर अहिले त्यही फेसनको रुपमा बढ्नु परिवर्तनको सामान्य प्रकृया  हो । अहिले हिलो त परै जाओस घरभित्रको सामान्य काम नै नगर्ने महिलाहरुले  त्यो झन् बढि लगाउँछन् ।” 
मेहेन्दीका केही चर्चित प्रकार:
अरबिक मेहेन्दी: यसको आकृति पात, झुप्पा, फूल र जनावरहरु मिलेर बनेको हुन्छ । 
जयपुरी मेहेन्दी: यो बेलन वा गोलाकार आकारको हुन्छ जसको बिचमा खाली ठाउँ कम हुन्छ ।
पाकिस्तानी मेहेन्दी: यो अरबिकजस्तो लहरादार हुन्छ जसलाई औंलामा वा  हातमा मसिनो ढंगबाट लगाइन्छ । कालो, रातो र हरियो रंगको समिश्रणमा पनि  भेटिनु यसको बिशेषता हो । 
अफ्रिकन मेहेन्दी: यो ज्यामितिय स्वरुपमा बनेको ठूलो क्षेत्र ओघट्ने  खालको हुन्छ । र, यो बढि कालो र कालो–रातोको समिश्रणमा लगाइन्छ । यसमा  मसिनो लाइनहरु भेटिँदैनन् । यसमा रंगका थोपाहरु बढि हुन्छन् ।  



 
No comments:
Post a Comment