शाही शासनको झल्को
तपाईंलाई चाहे कत्ति पनि श्रीलंकाको राजनीतिबारे चासो नहोस, एकपटक त्यहाँ आउनुभयो भने राष्ट्रपति महेन्द्रा राजपाक्षेलाई सायदै बिर्सनु हुनेछ । कोलम्बो विमानस्थलमा ओर्लेदेखि देशको जुनसुकै कुनामा जाँदा समेत फरकफरक शैलीमा तस्विरसाथ उनका वाणीहरु देख्न पाइन्छन् । अझ विमानस्थलको बर्हिगमनद्वारमा त उनले हात हल्लाएर विदाई गरेको फलामे तस्विर छ । लाग्छ उनी त्यहाँका कुनै ठूलै महान नेता हुन् । छुट्टै राज्यको मागसहित शसस्त्र द्वन्द्वमा रहेको तामिल विद्रोहीलाई बन्दुककै भरमा परास्त गर्न सक्नु नै उनको एउटा ठूलो उपलब्धी मान्न सकिएला । तर सामान्य मानवअधिकारको कोणबाट हेर्ने हो भने त्यसका समेत थुप्रै अंध्यारो पाटा छन् ।
कोलोम्बोमा चल्ने कतिपय बसहरुका पछाडि समेत त्यस्तै देखियो । उता श्रीलंकामा केही शिलान्यास वा उद्घाटन भयो भने समेत राजपाक्षेको नाम छुट्दो रहेनछ । उनले गरेको शिलान्यास/उद्घाटनमा उनको नाम हुने त भयो नै तर अन्य सरकारी व्यक्तिहरुले गर्नेमा समेत व्यहोराको शुरुमै “राष्ट्रपति महेन्द्रा राजपाक्षेको अवधारणामा आधारित......” भनेर लेखिंदो रहेछ । सानो कुनै विकास निर्माणको काम भयो कि त्यहाँ राजपाक्षेको तस्विर झुण्ड्याइहालिने परिपाटी अचम्मको देखियो जुन स–साना गल्ली छिर्ने बाटोमा समेत राखिएको उनको तस्विरले बताउँथ्यो । त्यसले विदेशी भूमिमा रहंदा समेत स्वदेशी शाही शासनको झल्को श्रीलंका बस्दाभर दिइराख्यो । भ्रमणमा साथै रहेका दीपक पाण्डेले ठट्टा गरिहाल्थे, “प्रचारप्रसारको मामिलामा यिनी त राजा ज्ञानेन्द्र भन्दा पनि कयौं गुणा माहिर रहेछन् ।”
भुलेको भर्सन
भ्रमण तय भएसँगै श्रीलंकाको द्वन्द्वबारे रिपोर्टिङ गर्ने मनस्थित बन्यो । द्वन्द्वको मार खेपेको उत्तरी वा पूर्वी प्रान्तको कुनै ठाउँ नै पुग्ने इच्छा थियो शुरुमा त । तर त्यहाँ पुग्नु अगावैदेखि मेरो श्रीलंकामा हुने भेटघाट र अन्य सूचनाको सहयोग पुर्याइराखेकी एजेन्सी फ्रान्स प्रेस (एएफपी)की श्रीलंका संवाददाता मेल गुनसेकरले गर्ने ब्रिफिङले अन्योलता थप्थ्यो । उनी भन्थिन्, “जानै नदिने त होइन तर जनताहरु अझै द्वन्द्वबारे केही बताउने अवस्थामा छैनन् । सरकारले समेत बन्दूककै भरमा युद्ध अन्त्य गरेको हुँदा आफ्नो कमीकमजोरी बाहिर जाने डरले विदेशी पासपोर्ट वाहकलाई (अझ पत्रकार) बढि नै केरकार गर्छ ।” अन्तत: मैले कोलोम्बोमै रहेर त्यहाँका केही जिम्मेवार एवं सरोकारका व्यक्तिहरुलाई भेटेर त्यसले नेपाललाई दिनसक्ने पाठबारे रिपोर्टिङ गर्ने निर्णय गरें । मलाई आवश्यक धेरैलाई भेटिसक्दा समेत एउटा कुरा छुटिराखेको थियो, कुनै जिम्मेवार सरकारी निकायका व्यक्तिको भनाई । श्रीलंकामा अहिले राजनीतिक व्यक्तिहरुलाई प्रेससँग बोल्न कडाई गरिएको कारण त्यसको लागि धेरै अघि नै मैले त्यहाँको सरकारी संयन्त्रमार्फत लम्बे प्रयास गर्नु पथ्र्यो जसमा म चुकिसकेको थिए । अन्तत: म सहभागि हुन गइराखेको कार्यक्रम “साउथ एसियन युथ पिस क्याम्प” मा त्यहाँका एकजना प्रभावशाली नेता आइपुगे । पछिल्लो निर्वाचनमा दोस्रो बढि मत ल्याएर विजयी सिंहाली मुलका नेता भएका कारण पनि म उनीसँग कुरा गर्न चहान्थे । तर उनको व्यस्ताका कारण मात्र एउटा मन्तव्यको लागि उपस्थित भएर फर्के । उनी निकै हतारिंदा थिए भने सुरक्षाकर्मीले समेत उत्तिकै कडा सुरक्षामा राखेका थिए । यद्यपि हतात् आफ्नो छोटो परिचय दिई एउटा प्रश्न गरें, “श्रीलंकाले यसरी द्वन्द्व अन्त्य गरेर विश्वलाई के सन्देस दिन खोजेको छ ?” उनले राम्रैसँग उत्तर दिन के थालेका थिए, सुरक्षाकर्मीले मलाई समातेर पछाडि पछारे र उनी त्यहाँबाट विदा भए । उनीले संक्षेपमा एउटा कुरा भनेर सकिसकेका थिए तर सुरक्षाकर्मीको त्यो हस्तक्षेप र भिडभाडले मैले तत्कालै भुँले । नेपालमा मन्त्री स्तरका व्यक्ति सम्मलाई सहजै भेट्ने पाइराखिने अवस्थामा त्यहाँ भने निकै सास्ती खेप्नु पर्दो रहेछ ।
दुईवटा अनुवाद
जाफ्ना प्रायद्विपबाट विस्तापित भएर आएको एकजना युवकलाई भेट्न मैले कार्यक्रमबिचको छोटो समय निकालेर निगोम्बोमा सुनामी पीडितलाई बनाइएको बस्तीमा पुगेको थिएँ । उसँग थोरै कुरा मात्र गर्दा पनि झण्डै २ घण्टा खर्च भयो । कारण थियो भाषाको दुईवटा अनुवाद । उसले तामिल मात्र जानेको थियो । तर मलाई सहयोग पुग्ने गरी त्यहाँ तामिल र अंग्रेजी दुवै जान्ने मान्छे भेटिएन । यद्यपि अर्को एउटा सिंहाली भेटियो जसले तामिल पनि बुझ्थ्यो तर उसलाई अंग्रेजी आउँदैनथ्यो । तर सिंहाली र अंग्रेजी दुवै जान्ने मान्छेको भने अभाव थिएन त्यहाँ । जसले गर्दा पहिले मैले अंग्रेजीमा सोधेको प्रश्न सिंहाली हुँदै तामिलमा पुग्थ्यो र तामिल भाषामा उसले दिने उत्तर पनि त्यसैगरी सिंहाली हुँदै मसम्म अंग्रेजीमा आइपुग्थ्यो । पछिमात्र मलाई लाग्यो, “एक्लै तामिल क्षेत्रमा पुगेको भए त मेरो बिजोगै हुनेरैछ ।”
विहे गर्न भिख
पछिल्लो जेठ महिनामा दक्षिण एसियाली युवा सम्मेलनमा सहभागि हुन भारतको बैङ्लोर पुगेर फर्कंदा रेलमा विचित्रका माग्नेहरु देखिए । टुटफुटका गीत सुनाउँदै माग्ने त सामान्य नै भए । कोही आएर यसो भुईँ पुछेजस्तो गर्थे र पैसा मागिहाल्थे । अझ कतिपयमा माग्ने संस्कार यसरी बिकसित भइसकेको छ रहेछ कि स–साना बालबालिकाहरु पनि थालमा एउटा भगवानको फोटो राख्दै भाग्न हिंड्ने । ३ पुस्ता सँगै माग्न हिंडेको पनि देखियो । तर सबैभन्दा अचम्म त त्यसबेला लाग्यो जब दुइटी केटी पैसा नभएर विहे गर्न नसकिएको तर्कसहित माग्न आइपुगे । उनीहरु भन्थे, “मेरो दाजुभाई भएको भए आजसम्म विहे भइसक्थ्यो, तिमी पनि मेरो भाइजस्तै हौ । विहे गर्न केही सहयोग गर ।” साथै रहेका मित्र सौनक भट्टले भने, “यो पनि सम्मेलनमा उठाउन मिल्ले एउटा राम्रो बिषय बन्छ है ।” तर अर्का साथी प्रत्युस झाले ठट्यौली भावमा भने, “सम्मेलनका लागि उठाउने बिषय बनोस, नबनोस् प्रदीप दाईको लागि एउटा स्टोरी चैं पक्कै बन्छ ।”
This appeared in NEPAL magazine

No comments:
Post a Comment