डेटिङ् गएर युवकयुवतीका जोडीसमेत यहाँ रमाउँछन् । पार्कमा ठडिएका सालका रूखमा आड लिएर प्रेमीहरू गफिएको दृश्यले प्रेममा व्यग्र जोडीका लागि यो ठाउँ स्वर्गै रहेछ कि क्या हो जस्तो लाग्छ । चराचुरुंगीको आवाजले यहाँको माहोललाई झनै रोमाञ्चक बनाउँछ भने हावाको बहावसँगै सालको पात बज्दा मनै लट्ठ हुन्छ । अहिले हिलपार्कमा अर्को विशेषता पनि थपिएको छ, देशका चर्चित कलाकारले त्यहीँको ढुंगामा कुँदेर बनाएका मूर्ति तथा चित्रकलाहरू । यी कलाकृतिमा शान्ति, मानवता, प्रेम र यौनभाव समेटिएका छन् । पार्कभन्दा माथिल्लो भाग छिचोल्दै हाइकिङ्समेत जान सकिन्छ ।
बुटवलमा फूलबारी, सिद्धबाबा, वनवाटिकाजस्ता अन्य केही पार्क भए तापनि तिनमा बिहे, भोजजस्ता सार्वजनिक समारोहहरू पनि भइरहने हुँदा प्रेमीहरूको आकर्षण विस्तारै घटेपछि अहिले हिलपार्क उनीहरूको विकल्प बनेको छ । पार्कसम्म हिँडेर वा गाडी चढेर पुग्न सकिन्छ ।
No comments:
Post a Comment