Monday, February 13, 2012

सहयोगका लागि मौन जुलुस

नेपालमा केही हुँदा विदेशमा रहेका नेपालीहरु समेत उत्तिकै तात्छन् । त्यहाँ पनि सभा सम्मेलन र जुलुस गर्छन् । तर हालै अमेरिकाको बोस्टनमा आयोजना गरिएको एउटा मौन जुलुस भने फरक प्रकृतिको थियो । कसैको सर्मथन र विरोधमा नभई उनीहरु नेपालमा रहेका केही सामाजिक संस्थालाई सहयोग जुटाउन जम्मा भएका थिए । ‘नेपालको लागि हिडौं’ नाम दिइएको उक्त र्‍यालीमा ३ सय  नेपालीहरु जम्मा भएर केही किलोमिटरको दूरी हिंडेका थिए जसमा प्रत्येक सहभागिले केही रकम उक्त अभियानको लागि योगदान दिए । 
अमेरिकास्थित एक नेपाली युवाहरुको संस्था “नेपालको युवा” र “बोस्टन नेपाली युवा अभियान” त्यसरी १९ हजार ८ सय ३५ अमेरिकी डलर (लगभग पन्ध्र लाख सयासी हजार नेपाली रुपयाँ) संकलन गरेका थिए  । जसमा सहभागिता जनाउन विभिन्न ५ सामाजिक संस्थाहरुले अमेरिकामा रहेको आफ्ना शुभेच्छुकहरुका सञ्जाललाई आग्रह गरेको थियो ।

उठेको कुल रकमबाट ७ हजार ६ सय ८० अमेरिकी डलर तीन नेपाली संस्थाहरुले पाउँदैछन् । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले गरेको छनौटको आधारमा ‘वाक फर नेपाल’ अभियानको वेवसाइटमा नेपालमा कार्यरत सामाजिक संस्थाहरु मध्येबाट ७ उत्कृष्ठ परियोजनालाई छनौट गरेर राखेको थियो जसमध्येबाट खुला अनलाइन भोटिङको आधारमा पहिलो, द्वितीय र तृतीय छुट्याइएको थियो । सडक बालबालिका लागि सपना केन्द्रले सबैभन्दा बढि मन प्राप्त गर्‍यो र यसले त्यसमध्येबाट ५० प्रतिशत रकम पाउँनेछ भने लागु पद्धार्थ विरुद्धको अभियानमा कार्यरत संस्था ‘सानो पाइला’ र प्लाष्टिक मुक्त इलामले क्रमश: दोस्रो र तेस्रो बढि मत प्राप्त गरे जसले जसले उक्त मतको आधारमा ३० प्रतिशत २० प्रतिशत रकम पाउनेछन् । “कुल रकममध्ये बीस प्रतिसत उक्त अभियानकै कोषमा राखिएको छ भने बाकी रकम उक्त अभियान संचालन गर्ने ५ सामाजिक संस्थाहरुमा बरोबरी रुपमा जानेछ ।”, आयोनका महासचिव ब्रबिमकुमारले बताए ।

This appeared in NEPAL magazine

No comments:

Post a Comment