Saturday, March 24, 2012

वरदान एसएमएस


रेडियो उपत्यकाकी कार्यक्रम प्रस्तोता प्रतिभा पोख्रेलको स्वर र शैली दीपक सुन्दासलाई यति मन परेछ कि उनी देख्दै–नदेखी प्रतिभाको फ्यान बन्न पुगे । समय ढल्कंदै जादा इन्भटर वितरक कम्पनी ‘डेल्टा पावर’का टेक्निकल डाइरेक्टर सुन्दासमा उनीप्रति प्रेम पलायो । निकै पहल गरेर उनले प्रतिभाको मोवाइल नम्बर नि भेट्टाए । तर प्रतिभाले ‘नचिनेको नम्बर’ भन्दै उठाउथिनन् । अनि शुरु भयो उनको एसएमएस वार्ता । ‘त्यो त हेर्दिन भने नि हेर्नै पथ्र्यो नि’, हालैको एक विहान उनले अनुभव साटे, ‘झण्डै महिनादिन त हामीहरु एसएमएसमै झुम्मियौ । त्यसपछि मात्र फोनवार्ता र भेटघाट हुन थाले ।’ त्यसरी शुरु भएको उनीहरुको प्रेम दुई बर्षअघि विवाहमा परिणत नै भयो । 

दीपक र प्रतिभाको कथा त एउटा राम्रो उदहारण मात्र हो, अहिले तन्नेरीदेखि बुढापाकाहरुसम्ममा एसएमएस एउटा सुन्दर संस्कृतिकै रुपमा फैलिएको छ । पहिले पहिले फोनवार्ताको तुलनामा सस्तो भन्ने रुपबाट मात्र बुझिने एसएमएस अहिले विभिन्न रुपमा प्रयोग हुन थालेको छ । ‘कसैको महत्वपूर्ण समयलाई हानी नगरिकन हुने संवाद हो यो’, जिएस कलेज, कालिमाटीका शिक्षक ऋषि कंडेलले भने । दिनको अधिकांश समय कक्षाकोठामा बिताउाने कंडेल उत्तिकै जनसम्पर्कमा समेत रहिरहन खोज्ने स्वभावका पनि छन् जसको विकल्प उनका लागि एसएमएस बनेको छ । कंडेल भन्छन्, ‘प्रत्येक कक्षा सकेर निस्कंदा पहिलो काम मोवाइलमा आएका एसएमएस हेर्नें हुन्छ जसको आवश्यक भए कल गरेर नत्र एसएमएसबाटै रिप्लाई गर्छु ।’ कंडेलजस्ता थुप्रै कलेजे तथा स्कुलका शिक्षकका लागि विद्यार्थीहरुमाझ समिपमा रहन एसएमएस वरदान नै भएको छ । कंडेल थप्छन्, ‘कतिपय विद्यार्थीले त विषयगत कुरा समेत टेक्ट्सबाटै सोध्छन् जसको उत्तर सााझ सुत्नुअघि वा फुर्सदमा दिन सकिन्छ ।’ 

तर नयाा पुस्तामा एसएमएस संस्कृतिको धेरै हिस्सा मनोरञ्जनसाग समेत जोडिएको छ । कमलपोखरीस्थित इन्र्फमेटिक्स कलेजमा ‘इन्र्फमेसन म्यानेजमेन्ट’ मा स्नातक गरिराखेका सुमन धिताल भन्छन्, ‘कुनै मज्जाको जोक्स भेटियो भने म थुप्रैलाई एकैपटक पठाउछु ।’ सुमनजस्ता थुप्रै तन्नेरीहरुको मोवाइलमा आजकल विभिन्न खाले ‘कन्ट्याक गु्रप’ हुन्छन् जसले प्रकृति अनुसारको सन्देस एकैपटक धेरैलाई पठाउाछन् । ‘अब जिग्री साथीहरुको गु्रप छ भने त कहिलेकाही ननभेज जोक्स समेत चल्छ’, धिताल मन्द मुस्कानसाथ भन्छन्, ‘तर पारिवारीक ग्रुपमा त त्यो चल्ने कुरा भएन नि ।’ कक्षाभरका सबैलाई एउटै समूहमा राखेर एसएमएस पठाउदा कहिलेकाही अपर्झट बन्द हुदा वा शिक्षक नआउदा छिनभरमै सबैलाई खबर पुग्ने गरेको उनी बताउछन् । अहिले त आफूले मन पराएको कसैलाई प्रत्यक्ष भेटेर प्रस्ताव राख्न नसक्नेका लागि एसएमएस नै ठूलो सहयोगी बनेको छ जहा कम्तिमा तत्काललाई भेट्दाजस्तो डर हुदैन । एसएमएसमै विभिन्न अक्षर र अंक जोड्दै विभिन्न चित्र बनाउने र साथीहरुमार्फत फैलाउने एकप्रकारको प्रतिस्पर्धा नै छ । 

दिनभरमा स–साना कुरा थुप्रैपटक सोध्नुपर्नेले एसएमएसकै सहारा बढ्ता लिन्छन् । ‘कहा छौ, कतिबेला आउछौं, खाना खायौ, गुडनाइट, गुटमर्निङ’ जस्ता बढ्ता प्रयोग हुने निकै छोटा वाक्यांशहरु त मोवाइलमा टाइप समेत गर्नुनपर्ने हुदा निकै व्यस्त मानिसहरुका लागि सहज बनेको छ जहा एक/दुई क्लिकमै भन्न खोजेको सन्देस पुगिसक्छ । फोन नम्बर माग्ने, कुनै कुरा हो/होइन सोध्नेजस्ता स–साना कामहरु आजकल एसएमएसबाटै टुङ्याउने क्रम बढ्दो छ । कतिपय मोवाइल सेटहरुमा त व्यस्तताका कारण फोन काट्दा समेत अटोमेटिक सन्देस पुग्ने व्यावस्था हुन्छ जहा आफूले चाहेको ढंगबाट ‘म अहिले व्यस्त छु, फुर्सद पाएपछि फोन गर्छु’ भन्ने ढांचाबाट सन्देस पठाउन सकिन्छ । 

एसएमएस सुविधा कुन हदसम्म लिने भन्ने कुरा सेवा प्रदायक कम्पनीमा समेत भर पर्छ जुन हाम्रोमा केही बर्षयता मात्र मौलाउन थालेको हो । कम्पनीले सुविधा दिएमा एसएमएसबाटै थुप्रै खेल खेल्न समेत सकिन्छन् । ‘तर हामीकहाा निकै कम त्यस्ता सुविधाहरु छन् र त्यसका लागि एसएमएस शुल्क कम हुनुपर्नेमा त्यो समेत छैन’, नमूना कलेज अफ फेसन टेक्नोलोजी, बासबारीमा पढ्ने दिभा काफ्लेको भनाई छ, ‘आजकल विभिन्न सञ्चारमाध्यम र व्यापारिक संघसंस्थाहरुले विस्तारै एसएमएस खेल तथा लक्कीड्र त शुरु गरेका छन् तर त्यससागै यसको मूल्य जसरी घट्नुपर्ने हो त्यो भने भएन ।’ 

एसएमएसलाई प्रत्येक नयाा कुरासाग हरबखत नजिक रहिरहने माध्ययमको रुपमा समेत हेर्न थालिएको छ । निरन्तर टेलिभिजनमा बसेर खेल हेर्न नपाउनेहरुका लागि विश्वकप फुटबल र क्रिकेटको बेला खेलका हरेक स–साना घटनासाग एसएमएसले नै अपडेटेड राखेको थियो । सेवा प्रदायक कम्पनीले शुरुमै निश्चित रकम (पछिल्लो क्रिकेट विश्वकपमा एनसेलले ३ सय रुपया राखेको थियो) तोकेर सम्पूर्ण खेल नसक्दासम्मका हरेक स–साना घटनाहरु एसएमएसबाटै पठाउने गर्थे । ‘न्यूज अलर्ट’ त्यस्तै अर्को सूविधा हो जसले महिनाभर एकमुस्ट रुपमा केही शुल्क लिएर त्यसबिचमा हुने साधारण तथा ब्रेक्रिङ समाचारहरु पठाइराखेको हुन्छ । 
कहिलेकाहीं मोवाइलमा जिपिआरएस ढिलो चल्छ वा खुल्न गाह्रो पर्छ । त्यस्तो अवस्थामा फेसबुक/ट्विटर क्रेजी बनिराखेको पछिल्लो जेनेरेसनलाई पार्ने समस्यालाई हेरेर अहिले एसएमएसबाटै त्यस्ता सामाजिक सञ्जाल अपडेट गर्ने व्यावस्था समेत आइसकेको छ । हाम्रोमा त्यस्तो नभएता पनि राम्रा टेलिकम कम्पनीहरुले अहिले सामाजिक सञ्जालहरुलाई पूर्णरुपमा एसएमएससागै जोडिराखेका छन् जसले गर्दा आफ्नो समाजिक सञ्जालमा केही परिवर्तन हुनासाथ त्यसको जनाउ एसएमएसको रुपमा आइपुग्छ । सेन्ट जेभियर्स कलेज, माइतिघरमा बिए तेस्रो बर्षमा पढ्ने सलिना भट्टराई भन्छिन्, ‘अहिलेको जमानामा एसएमएस नै हामीलाई हरबखत अपडेटेड राख्ने माध्यम हो तर नेपालमा त्यसको महत्व नै बुझेका छैनन् ।’ जति नै एसएमएससाग जोडेर आफूलाई अपडेटेड राख्न खोजे पनि सेवा प्रदायकहरुले त्यस्ता सुविधा नदिए ती आफूले सोचेर मात्र सम्भव हुदैन । नेपालमा एसएमएसको दर फोनसाग तुलना गर्दा निकै महंगो लाग्छ । तर भारतकै कतिपय टेलिकम कम्पनीहरुलाई नै हेर्ने हो भने पनि ति निकै सस्ता छन् र एसएमएसको सङ्ख्या बढ्दै जादा तिनका दरमा समेत घटी आई नि:शुल्क सम्म पुग्छ । नेपालमै समेत राष्ट्रिय/धार्मीक पर्वबाहेक पनि धेरैलाई र धेरै एसएमएस पठाउने जमात ठूलो भएकाले सोही अनुरुप मूल्य तोकिनुपर्ने प्रयोगकर्ताहरु बताउाछन् । पछिल्लो पुस्ताका तन्नेरीहरुले सायरी, जोक्स, कुनै बाड्नयोग्य घटनाहरु हुदा एकैपटक धेरैतिर पठाउाछन् । तर सलिना दु:खेसो पोख्छिन्, ‘तर यहा त एक–दुईटा एसएमएस पठाउदा पनि सागैसागै ब्यालेन्स पनि हेर्नुपर्छ ।’ एनसेलको ब्याकबेरी सेवामा त इमेल समेत एसएमएससम्मै आइपुग्ने व्यवस्था छ । ‘तर साधारण मोवाइलबाटै पनि एसएमएसको साहरा लिएर अब इमेल गर्ने व्यावस्था ल्याइसकिएको छ’, एसएमएस सेवा समेत दिइराखेको एक प्राविधिक कम्पनी जानकी टेकका इञ्जिनियर ध्रुव अधिकारी भन्छन् । उता एनसेलले त इमेलबाटै एसएमएससम्म सन्देस पुग्ने सुविधा समेत छ । अहिले बजारमा थुप्रै एसएमएस सेवा दिने कम्पनीहरु छन् जसले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने काम त्यसकै साहाराले गरिराखेका छन् । आफ्ना कर्मचारीहरुलाई अपर्झट बोलाउने, सेवाग्राहीहरुलाई आफ्ना नया सामाग्रीको जानकारी दिनेजस्ता काम त्यस्ता एसएमएसबाटै गर्न थालेका छन् । 

एसएमएसबाट प्रेमप्रस्ताव राख्ने त अब चल्तीको तरिका नै भइसक्यो । त्यसबाहेक पनि आफ्ना बुवाआमाको जन्मदिन वा विहेउत्सवमा शुभकामना दिन ‘अड’ मान्नेहरु समेत आजकल एसएमएसकै सहारा लिन्छन् । न्याथम कलेजमा होटल म्यानेजमेन्ट पढिराखेका रञ्जन अधिकारी भन्छन्, ‘बर्थडेको दिन त मध्यरातमै शुभकामना दिन मन लाग्छ तर त्यसैबेला डिस्टर्ब होला कि भन्ने पनि लाग्छ ।’ त्यसैले रञ्जन प्राय: एसएमएसबाटै जन्मदिनको शुभकामनाहरु पठाउाछन् । उनी भन्छन्, ‘केही भावनात्मक कुराहरु कसैलाई भन्न पर्‍यो भने कहा आमनेसामने भएर भन्न सकिन्छ, गर्ने एसएमएस नै हो ।’ 

तर आफ्नो मोवाइललाई सुरक्षित राख्न नसक्दा कहिलेकाही कसैले हेर्‍यो वा मोवाइल हरायो भने गापनियता भंग हुने समस्या समेत नभएको होइन । तर त्यसका लागि आफ्नो मोवाइलमै वा म्यासेजबक्समा मात्रै गएर पनि लक गर्ने सुविधा प्रयोग गर्न सकिन्छ । मोवाइल नै मानिसको अत्यन्तै व्यक्तिगतमध्येको एउटा भएकोले फेसबुक, जिमेलले समेत एकाउन्टको वैद्यता एसएमएसमै सन्देस पठाएर गर्न थालेका छन् । 

No comments:

Post a Comment