Monday, May 28, 2012

'ग्रुप सेक्स'को अभ्यास



मध्य बानेश्वरको एउटा क्याफेमा जम्मा भएका तन्नेरीहरू लाक्षणिक शैलीमा सामूहिक यौनका विषयमा गफिँदै  थिए। निजी कलेजमा पढ्ने विद्यार्थीको यो समूह अन्तिम सेमेस्टरको परीक्षा सकिएलगत्तै यस्तो पार्टी आयोजना गर्ने 'मुड'मा थियो, जहाँ कसैको बाधा नहोस्, कसैले नदेखोस्। र, 'फ्रिक आउट' शैलीमा मस्ती गर्न पाइयोस्। "डेस्टिनेसन म्याटर्स अ लट," भर्खर जुँगाको रेखी बसेका एक युवक भन्दै थिए, "अदरवाइज एभि्रथिङ् विल बी कोल्याप्स्ड।" हातमा रहेको चुरोट सुक्र्याउँदै अर्का एक युवकले भने अघिल्ला युवकको कुरालाई बडो गम्भीरतापूर्वक सुनिरहेका थिए। निमेषभरको मौनतापछि उनको कथन थियो, "द्याट्स गुड। ठमेलमा जस्तो भयो भने र्‍याक हुन्छ।" पछिल्ला युवकको कथनले के देखाउँथ्यो भने उनीहरूले यसअघि पनि कुनै न कुनै रूपमा 'फ्रिक  आउटिङ्' को अभ्यास गरसिकेका छन्। 
****
जमलस्थित आकासे पुल । नजिकैको घण्टाघरमा बजेको घण्टीले रातको ८ बजेको संकेत दिइराखेको छ । एक महिला यौन व्यावसायीसँग तीन युवाहरु मोलमलाईमा व्यस्त छन् जुन केही लामो समयसम्म चल्छ । सुन्धारास्थित एक होटल व्यावसायीले उपलब्ध गराइदिएको फोन नम्बरबाट भेटेका उनीहरुबिच २ हजार रुपयाँमा एक रातको कुरा भएको थियो । तर त्यहाँ ३ युवा पुगेपछि ती यौन व्यावसायी अचम्ममा पर्छिन् । उनले त्यसो गर्न नसक्ने भनेपछि त्यहाँ थप पैसाको कुरा निस्किन्छ । र, अन्तत: उक्त मोलमलाई ३ हजार ५ सयमा पुगेर टुङ्गिन्छ । अनि एक युवतीसाथ तीन युवा यौनरतीका लागि गन्तव्यतर्फ लाग्छन् ।
****
काठमाडौंका एकथरी पछिल्लो पुस्तामा गु्रप सेक्सको नशा चढ्दो छ । नेपालसँगको कुराकानीका लागि सिनामंगलमा भेटिएकी एक यौन व्यावसायी सीता खत्रीले यस्तो चाह राख्नेमा प्लसटु र स्नातक पढ्ने युवाहरु बढि भएको बताइन् । खाडी मुलुकतीर काम गरेर आउनेहरु समेत गु्रप सेक्सका लागि बढि हौसिने लामाले बताइन् । त्यसैले आजकल यौन सम्पर्कका लागि कसैले फोन गरेमा उनीहरुले सोध्ने साझा प्रश्न बनिसकेको छ, ‘तपाईँ एक्लै हो कि अरु पनि हुन्छन ?’

यौनका मामिलामा बिस्तारै खुल्दै आएता पनि गु्रप सेक्स नेपाली समाजका लागि नौलो हो । पश्चिमा तथा केही एसियाली मुलुकहरुमा भने यो बिषय बेलाबखत चर्चामा आउँछ । त्यता विशेषगरी अराजक सेक्सका पारखीहरु सेक्स पार्टीमा रमाउने गरेको पाइन्छ । यद्यपि जति नै यौनका मामिलामा उदार मानिएता पनि यसलाई ती देशहरुमा समेत यो राम्रो मानिँदैन ।



पछिल्लो पुस्ताको यौन व्यावहार इन्टरनेटमा देखिने अश्लिल सामाग्री तथा ब्लुफिल्महरुबाट निर्देशित छ जसले उनीहरुमा फरक–फरक शैली तथा व्यावहारका यौन अभ्यासहरु गर्न लालायित पार्छ । ‘अहिले नेपालमा पाइने अधिकांश विदेशी ब्लुफिल्ममा सिडिहरुमा गु्रप सेक्सको कम्तिमा एउटा फिल्म राखिएको पाइन्छ’, महावौद्धमा त्यस्ता अश्लिल फिल्मका सिडिहरु समेत को विक्री गर्ने एक व्यावसायी विष्णु लामा भन्छन्, ‘त्यसमाथि अहिले केही नेपाली व्लुफिल्ममा समेत यसले स्थान पाउन थालेको छ ।’ नाम उल्लेख नगरिएको एउटा त्यस्तै फिल्ममा केही युवकहरु एउटा बन्द कोठामा एक युवतीसाथ बसेर रक्सी खाइराखेका हुन्छन् । रक्सीको मात लाग्न थालेपछि एक युवक ती युवतीसँग अश्लिल संवाद गर्दै लडिबुडी गर्न थाल्छन् । एकैछिनमा अर्को समेत त्यसैगरी थपिन्छ र फिल्म रोकिन्छ । उक्त ब्लुफिल्मको कमजोर गुणस्तर र अन्य प्रकृति हेर्दा व्यावसायिक उद्देश्यले बनाइएको नभई कसैले झुक्याएर खिचेझैं लाग्छ । तर गु्रप सेक्सको अभ्यास कसरी भइराखेको छ भन्ने जानकारी त्यसले समेत राम्ररी दिन्छ । 


गु्रप सेक्समा ग्राहक, एक्लै वा समूहमा हुनसक्छ । रत्नराज्य क्याम्पसबाट स्नातक सकेर बसेका एक युवक भन्छन्, ‘काठमाडौमा कलेज पढ्दै गरेका केही यस्ता युवतीहरु समेत छन् जो एकैपटक धेरै युवकहरुसँगको यौनसम्पर्कमा रमाउन चहान्छन् ।’ उच्च यौन इच्छा आफ्नो पार्टनरबार पुरा नभएपछि उनीहरु त्यस्तो स्वभावमा पुग्छन् जुन विस्तारै नशाझैं भइदिन्छ ।

अहिलको प्लसटु पुस्ता यौनका कुरालाई सामान्य रुपमा पचाउन थालेका छन् । जसले गर्दा उनीहरु आफ्ना साथीहरुसँग एकअर्काका यौनसँग जोडिएका कुराहरु निस्फिक्री गर्ने गर्छन् । तर यसको प्रभाव कतिपय अवस्थामा गु्रप सेक्ससम्म जोडिन आइपुग्छ । सामूहिक अध्ययनको लागि भनेर केही जोडिहरु कुनै एकको घरमा बस्छन् र रात छिप्पिंदै जाँदा त्यहाँ अध्ययन होइन यौन क्रियाकलाप हुन थाल्छ । तर यस्तोमा हुने यौनसम्पर्क जोडिहरुबिचमै हुन्छ, मात्र उनीहरु एउटै कोठामा सँगैसँगै यौनसम्पर्क गर्छन् । यसप्रकारको अनुभव लिइसकेका रमेश नकर्मी, २२, भन्छन्, ‘तर ती जोडिहरुमध्ये कसैको प्रदर्शन नराम्रो भइदियो भने कहिलेकाहीँ त्यो अराजक भइदिन समेत सक्छ ।’ सामूहिक सेक्सको यो एउटा नराम्रो रुप हो जुन काठमाडौंमा व्यापक रुपमा भइरहेको अनुभवीहरु बताउँछन् । नकर्मी थप्छन्, ‘यसरी गु्रपमा बसेर केटाकेटी पढ्दा अरुले समेत शंका नगर्ने हुँदा यो तरिका झन् सुरक्षित रुपमा हेरिन थालिएको छ ।’ विभिन्न समयमा भएका यौनसम्बन्धी अध्ययनहरुले समेत यौनका सम्बन्धमा बदलिरोको परिवेशको छनक दिइराखेका छन् । सन् २०११ मा युनिभर्षिसिटी अफ एबर्डिन, बेलायतमाका अध्ययनकर्ता प्रमोदराज रेग्मीले गरेको एक अध्ययन ‘डेटिङ एण्ड सेक्स एमङ इमर्जिङ एडल्स इन नेपाल’ले नेपाली शहरिया युवाहरु विपरित लिंगीप्रति बढि नै उदार भइराखेको निश्कर्ष निकालेको थियो । 

त्यही बढिराखेको उदारताले गर्दा उनीहरु यौनलाई सहज रुपमा लिन थालेका छन् । तर यसबिचमै पनि यही सहजताले गर्दा उनीहरु यौनका नयाँ–नयाँ प्रयोगको स्वादका लागि हौसिन थालेका छन् । गु्रप सेक्स समेत कतिपयमा त्यही नौलो अनुभवका लागि हुने गरेको पाइन्छ । यसलाई ‘वाइल्ड’ सेक्सको अनुभवको रुपमा लिनेगरेको पाइन्छ कतिपयले । यौनव्यावसायी खत्री थप्छिन्, ‘पहिलो सेक्सको अनुभव समेत आजकल थुप्रैले गु्रप सेक्सबाटै लिने गर्छन् ।’ पहिलो अनुभव गर्न लागेकोलाई लिएर आउने अर्को अनुभवी साथी हुन्छ जसले समेत साथसाथै यौनसम्पर्कमा भिड्छ ।

सेक्स पार्टी गु्रप सेक्सको अर्को पाटो हो जुन पश्चिमा मुलुकहरुमा अण्डरग्राउण्ड रुपमा निकै कन्फिडेन्सियल समूहमा हुने गर्छ । यस्ता पार्टीको विशेषता भनेकै मेनुको एउटा पाटो सेक्स समेत हुनु हो । ठ्याक्कै त्यही स्वरुपमा नभए पनि यस्तो अभ्यास कलेजे युवाहरुमा हुनेगरेको छ । अनुभवी एक युवक विपिन खरेल, २४, भन्छन्, ‘धेरैजसो ग्यादरिङमा झ्याप भएपछि यस्तो हुनेगर्छ जतिबेला कोसँग भन्ने हेक्कै हुँदैन ।’ तर यस्तो अभ्यासमा लागुपद्धार्थ दुव्र्यसनीहरुको संलग्नता बढि हुने पाइन्छ । यदि युवक एवं युवती दुवै लागुपद्धार्थको प्रयोगकर्ता भएको त्यहाँ गु्रपसेक्स सहजै हुनेगर्छ । सन् २००४ मा धरानका लागुपद्धार्थ प्रयोगकर्ताहरुमाझ गरिएको एक अध्ययन ‘इन्जेक्टिङ एण्ड सेक्सुअल विहेभियर्स अफ इन्जिेक्टिङ ड्रग्स विजर्स’मै गु्रप सेक्स समस्याको रुपमा लिइएको थियो जसको अनुपात पछिल्ला बर्षहरुमा बढेको हुनुपर्ने सहजै अनुमान गर्न सकिन्छ ।
‘फ्रेन्ड्स विथ वेनिफिट्स’ युवाहरुमा फैलिएको एउटा नयाँ संस्कार हो जसमा ‘भावनात्मक सम्बन्ध’ जोडिएको हुँदैन । गर्लफ्रेन्ड/व्वायफ्रेन्डको बोझमा पर्न नचाहने त्यस्ता युवाहरु समेत यौन आनन्दका आकांक्षी हुन्छन् जसले उनीहरुका त्यस्ता साथीहरु बन्न पुग्छन् जो यौन सुखका लागि मात्र प्रयोग हुन्छन् । त्यसैले सेक्स आजकल भावनासँग नभई शारीरिक आवश्यकतासँग मात्र बढि जोडिन थालेको छ । उनीहरु यौन व्यावसायी नै पनि होइनन् तर उनीहरुका स्वभाव भने उनीहरुजस्तै अराजक खालको हुन्छ । जीवन अग्रहरी, २३, ले आफ्नो अनुभव सुनाए, ‘एउटीसँग मेरो यौनसाथीको रुपमा मात्र सम्बन्ध थियो । तर एकदिन उसकोमा जाँदा उसले आफ्नो अर्को साथी समेत ल्याएर राखेकी थिइन् जतिखेर मेरो ती दुईजनासँग एकैसमयमा यौन सम्पर्क भएको थियो ।’ यस्ता अनुभवीहरु युवकहरु यौनको मामिलामा युवतीहरु त्यतिसारो खुलेको देख्दा आफूहरु निकै अचम्ममा पर्ने गरेको बताउँछन् । 

अब ‘सेक्स पार्टी’

यहाँका युवा पुस्तामा मनोरञ्जनका लागि ३ कुरा निकै लोकप्रिय छन– ड्रिक्स, डान्स अनि सेक्स । र, यी तीनै कुराको समिश्रणले पोखरामा ‘सेक्स पार्टी’को क्रम बढ्दो छ । भर्खर प्लसटु सकेर बसेका बिजु थापाले एउटी केटीसँग पाँच जना साथीहरु मिलेर सेक्स गरेको बताए । ‘हामीले पेशेवर यौनकर्मिसँग नभई आफनै एउटी केटी साथीसँग धेरैपटक समूहमा सेक्स गरेका छौ’, थापाले बताए, ‘यो जबरजस्ती नभई केटी साथीकै सहमतिमा हुने गरेको छ ।’ 

नयाँ–नयाँ फेसनसँग छिटोछिटो अपडेटेड भएझै सेक्सका नयाँ शैलीहरुसँग पनि पर्यटकिय शहरका युवा पुस्ता अभ्यस्त हुन थालेका हुन् । केही महिना अघि यहाँको एक डिस्कोमा समूहमा गएका ६ जोडि युवा–युवतीहरु  मदिराले मातिएपछि डिस्कोमै सामूहिक सेक्स गर्न हौसिएका थिए जतिखेर अर्को समुह आएपछि त्यहाँ झण्डै झडपको वातावरण बनेको थियो । अन्तत: ती जोडी युवतिले नजिकैको एक होटलमा गएर ग्रुप सेक्सको आनन्द लिएको आफनो नाम उल्लेख नगर्ने शर्तमा ती डिस्को व्यवसायीले बताए । पोखराका साना्देखि ठुला होटलहरुमा समूहमा जाने र ग्रुप सेक्समा रमाउने क्रम बढेको छ । एक व्यावसायी भन्छन्, ‘त्यसैले आजकल धेरैजना अट्ने रुमहरु त्यस्ता समूहमा आउने केटाकेटीको रोजाइमा पर्छ ।’ 

यहाँको हेमजाको फेदी, पामे भ्युप्वाईन्ट लगायतका डेटिङ स्थलहरुमा पुग्नेहरु साँझपख गु्रप सेक्समा रमाउँछन् ।  साथीहरुसँग भ्रमणको निउँमा आउने कतिपयको आजकल अभिप्राय: नै गु्रप सेक्स हुने गर्छ । 

डान्सपार्टीहमा जाने धेरैको अभिप्राय आजकल सेक्स पार्टनर खोज्ने हुन्छ जसलाई अन्तत: गु्रप सेक्समा मोड्छन् युवकहरु । यस्ता डिलहरु विशेषगरी ड्रिक्सले मात्तिएपछि हुने हुँदा त्यस्तो समय अन्य सुरक्षित तरिका कमै अपनाइने हुँदा यो यौनरोगको एउटा प्रमुख कारण हुनसक्छ । एक युवक थप्छन्, ‘गु्रप सेक्सको मज्जा नै सेक्स पार्टनर सहजै फेरिरहन सक्नुले दिन्छ जुन निकै मज्जाको हुन्छ ।’

शिव शर्मा/पोखरा

(गोपनियताको कारण उल्लेख गरिएका व्यक्तिहरुको नाम परिवर्तन गरिएको छ ।)


1 comment:

  1. यस्तै हो जमाना
    देखासिकीलाई नै सँसार मान्ने चलन हावी भईसकेको छ । विवेक शुन्य हुँदै गईरहेको छ । जिम्मेवारी वोधमा ह्रास आउन थालिसकेको छ र अमेरिका उड्ने तथाकथित क्यारियरको सपना पालेर वस्ने पुस्ता ह्वात्त बढ्नाले देशमा रहँदा आयातित जिवनशैलीले जरो गाढ्न थालेको हुनु पर्छ ।

    यो पुस्ता ठुलै भड्खारोमा नपरि नचेत्ने वर्ग हो ।

    आज २६ बर्ष सम्म पुग्दा पनि वाउबाजेको पर्वरिषमा वाँच्ने सँस्कारका कारण उमेरलाई चिन्ने सामर्थ्य हराईसकेको छ ।

    ReplyDelete