Friday, August 17, 2012

कलेज 'बाउन्सर’

सुधीर नेपाल र प्रदीप बस्याल 

काठमाडौँ पिंगलास्थानस्थित पिरामिड इन्टरनेसनल कलेजमा विद्यार्थीलाई अनुशासनमा राख्ने जिम्मा हिक्मत थपलियाले पाएका छन् । कलेजका अनुशासन प्रमुख अर्थात् डीआई -डिसिप्लिन इन्चार्ज) हुन् उनी, त्यसैले अभिनेताले जस्तै अभिनय गररिहनुपर्छ। भन्छन्, "कलेजमा अनेकखाले विद्यार्थी हुन्छन्, जसलाई अनेक हर्कत गरेर अनुशासनमा राख्नुपर्छ।"

काठमाडौँका अधिकांश निजी कलेजमा अनुशासन अहिले हिक्मतजस्ता डीआईकै हातमा छ। झट्ट हेर्दा कलेजहरूले डीआई किन राखे होलान् भन्नेजस्तो लागे पनि केही निजी कलेज चहारयिो भने उनीहरूको महत्त्व राम्ररी बुझिन्छ। डीआईबिनाका निजी कलेज सरकारीझैँ लाग्छन्, जहाँ कुनै नियम हुँदैन, भए पनि त्यसको पालना गरँिदैन। "डीआई बातदेखि लातसम्म चलाउन सक्ने हुनुपर्छ," थपलिया भन्छन्, "नत्र विद्यार्थीले गन्न छाड्छन् र डीआई हुनुको अर्थ नै हराउँछ।" त्यसैले झट्ट हेर्दा कडा स्वभावको व्यक्तित्व भएका व्यक्ति नै यस्तो काममा खटिएका भेटिन्छन्। डीआईसँग अरू सीप र कौशल पनि चाहिन्छ। जस्तो : थपलियामा इँटा, खुकुरी र चेनसँग जुध्ने राम्रो कला छ, जसबारे विद्यार्थीलाई समेत राम्ररी थाहा छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका उनी थप्छन्, "अचेल लफडा गर्नमा विद्यार्थी निकै तल्लो हदसम्म उत्रिन्छन्, त्यसैले डीआई जस्तोसुकै अवस्थाका लागि तयार रहनुपर्छ।"

वर्नहार्ट कलेज, बल्खुका डीआई उज्जैन सिंहसँग अनुभव छ, विद्यार्थीलाई थोरै थर्काउँदा वा सम्झाउँदा कलेजमा त उनीहरू केही बोल्दैनन् तर कलेजबाहिर उनीहरू 'शेर' बन्न थाल्छन्। कसैले आफँै त कसैले अरूलाई लगाएर फोन र एसएमएसमार्फत धम्की दिइरहेका हुन्छन्। उनलाई आएको एउटा एसएमएसको बेहोरा यस्तो थियो, 'तपाईं विद्यार्थीमाथि हात नहाल्नुहोला, नत्र हात काटिन सक्छ।' त्यसैले कलेजका प्रायः डीआई त्यस्ता हुन्छन्, जसलाई देखेर उन्मत्त विद्यार्थीले समेत बदमासी गर्नुअघि दुईपटक सोचून्। कलेजमा हरेक विद्यार्थीलाई नजिकबाट चिन्ने भनेका डीआई नै हुन्। सायद उनीहरूलाई मात्रै कलेजका अधिकांशको नाम थाहा हुन्छ। उज्जैन थप्छन्, "उनीहरूका बानी-बेहोरा, हाजिरी र परीक्षाको नतिजाजस्ता चौतर्फी कोणबाट उनीहरूको मूल्यांकन हुन्छ।"

डीआई रूखो र कडा मात्र भएर पनि चल्दैन अचेल। कलेजमा त्यस्ता थुप्रै विद्यार्थी हुन्छन्, जो कहिल्यै बदमासी गर्दैनन्, साथीसँग पनि कम नै घुलमिल हुन्छन्। तर, परीक्षाको नतिजामा उनीहरूको प्रदर्शन न्यून देखिन्छ। त्यस्ता 'लो प्रोफाइल'मा बस्ने विद्यार्थी पनि थुप्रै अवस्थामा कुलतमा फस्नेजस्ता अनेकन् समस्याले जेलिएका हुन्छन्। सान इन्टरनेसनल कलेज, गैरीधाराकी डीआई सुलोचना श्रेष्ठ -मानन्धर) भन्छिन्, "त्यस्तालाई डर होइन, मायाको अस्त्रले बढी काम गर्छ।" त्यसैले उनी डीआई विद्यार्थीका लागि कलेज जीवनको सच्चा अभिभावक हुनुपर्ने ठान्छिन्।
डीआईको सफलता उसको आवरणमा मात्र नभएर जरैसम्म अनुशासनको तरंग फैलाउन सक्नु हो भन्ने सुलोचनाको भनाइ छ। हुन त उनी स्वयं तेक्वान्दोकी खेलाडी हुन्। भन्छिन्, "त्यसरी बलकै भरमा सिकाउने अनुशासन कहिल्यै दिगो हुँदैन।"

बुदोसिन कराँतेका प्रशिक्षकसमेत रहेका तीनकुनेस्थित ह्वाइट गोल्ड इन्टरनेसनल कलेजका डीआई दीपेन्द्र कार्कीको अनुभव छ, "विद्यार्थीको उमेर नै त्यस्तो भएर होला, शैक्षिक सत्र सुरु भएदेखि अन्त्यसम्म नै अनुशासनका नियम दोहोर्‍याइरहनुपर्छ।" डीआईका आग्रह मानेजस्तो गर्नेले समेत मौका मिल्नासाथ आँखा छल्ने गरेको उनको अनुभव छ। त्यसैले उनको हरेक बिहानको एक घन्टा विद्यार्थीको लुगा, कपाल र गरगहनामा नजर लगाउँदैमा बित्छ। यद्यपि, डीआईहरू सितिमिति कुटिहाल्ने कामचाहिँ गर्दैनन्। अधिकांश विद्यार्थीलाई तह लगाउनका लागि बोली नै पर्याप्त हुने उनीहरूको भनाइ छ। परििस्थति बुझेर मात्र निर्णय लिनुपर्नेमा डीआईहरू स्पष्ट देखिन्छन्। जस्तो ः काठमाडौँको ट्राफिक जामले गर्दा विद्यार्थी ढिलो कलेज आएको हुन सक्छ। उसले बहाना बनाएको पनि हुन सक्छ। कार्की थप्छन्, "हामीले बडो चलाखीपूर्वक वास्तविकता पत्ता लगाउनुपर्छ।" कलेज सुरक्षाको नेतृत्व गर्ने जिम्मेवारी बोकेको पेसासमेत हो यो। हरेकपटक उस्तै प्रकृतिका समस्या आउँछन् भन्ने पनि छैन। त्यसैले डीआईमा प्रशासकीयदेखि व्यवस्थापकीय क्षमतासमेत हुनुपर्ने विज्ञहरू बताउँछन्। क्यास्पियन भ्याली कलेजका दीपेन्द्र श्रेष्ठको भनाइमा कहिलेकाहीँ ठूलै विवाद हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै वरपरका चार कलेजले एकखाले अनौपचारकि सञ्जाल बनाएको छ। यसो गर्दा ठूला समस्या सबै जना मिलेर सुल्झाउन सकिने श्रेष्ठ बताउँछन्। कतिपय कलेजले भने स्थानीय स्तरमा समेत राम्रो पकड र समझ भएका व्यक्तिलाई कलेज अनुशासनको जिम्मा दिने गरेका छन्।

डीआईको आँखामा विद्यार्थी मात्र पर्छन् भन्ने छैन। शिक्षकले समेत आफ्नो उत्तरदायित्व पूर्ण रूपमा निभाएका छन् कि छैनन् भनेर जाँच्ने काम पनि प्रायः उनीहरूकै जिम्मामा हुन्छ। "शिक्षा आर्जन गर्ने थलोको वातावरण बिगार्न सक्ने हरेक कुरामा हाम्रो आँखा पुग्छ," क्यास्पियनका श्रेष्ठ भन्छन्। कलेजमा गुटबन्दीदेखि वरष्िठ-कनिष्ठका विवादले धेरैजसो समस्या निम्तिरहेका हुन्छन्। कहिलेकाहीँ झ्यालतिर को बस्ने भन्नेजस्ता साना कुराले ठूलो घटना हुन पुग्छन्। त्यसैले यस्ता स-साना कुरालाई ठूलो नहुँदै सुल्झाउनसमेत डीआईहरू संवेदनशील हुन्छन्। प्रेमको विषयले समेत कलेजहरूमा विविध समस्या निम्तिने गरेका छन्। यस्तै एउटा घटना सम्झन्छन् दीपेन्द्र, "कलेजका दुई छात्राबीच एकपटक कुटाकुटसम्म भयो। पछि कारण बुझ्दा थाहा भयो, दुवैले मन पराएका केटो एउटै रहेछ।" यस्तो घटना केटाहरूको हकमा झन् उग्र रूपमा हुने गर्छ। यस्ता थुप्रै घटनासँग जुधिरहँदा दीपेन्द्रलाई दिनप्रतिदिन यो पेसा झन्झन् संवेदनशील लाग्न थालेको छ। "कसैलाई एकै भेटमा चिनिन्छ भने कसैलाई लामो संगतमा पनि बुझ्न गाह्रो पर्छ," दीपेन्द्र भन्छन्, "त्यसैले कतिपय अवस्थामा विद्यार्थीको मन चोर्न हुँदै नभएका बनावटी घटनालाई आफ्नै जीवनसँग जोडेर समेत भन्नुपर्छ।"


कामै विद्यार्थीलाई तह लगाउने। त्यसैले डीआई निकै कम विद्यार्थीका मात्र पि्रय हुन्छन्। तैपनि, कुनै गुनासो गर्दैनन् उनीहरू। "यी सब उनीहरूकै भलाइका लागि गरेको भन्ने हेक्का उनीहरूले पछि मात्र पाउँछन्," गोल्डेनगेट इन्टरनेसनल कलेज, पुरानो बानेश्वरका डीआई अब्दुल खानको भनाइ छ, "उनीहरूले मन पराउँदैनन् भन्दैमा हामी प्रतिशोधको भावना कहिल्यै लिँदैनौँ। त्यो उमेरमा हामीलाई पनि त्यस्तै लाग्थ्यो।" अझ रमाइलो कुरा त कुनै दिन डीआई कलेज आएनन् भने एकखाले उत्सवजस्तो विशेष दिन हुन्छ, विद्यार्थीहरूका लागि। अनुशासनकै नाममा एकोहोरो दबाब कायम गर्दा उनीहरूको मानसिकतामा प्रभाव पर्ने र विद्यार्थीहरू अनुशासनहीन काम गर्न उत्प्रेरित हुने शिक्षाविद्हरू बताउँछन् । "हामीले पहिले अनुशासनको परिभाषा बदल्नु जरुरी छ," शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, "अनुशासनका कस्ता नियम बनाउने भन्ने कुरा विद्यार्थीसँग छलफल गरेर तय गर्नुपर्छ, जुन हाम्रोमा छैन ।"

डीआईहरूका अनुभवमा पहिलेका विद्यार्थी एकपटक भन्दैमा मान्थे। तर, अहिले सानोतिनो कुरामा समेत प्रतिशोधको भावना विकसित हुँदै गएको छ। फलस्वरूप कलेजभित्रै वा बाहिर डीआईमाथि हमला गर्नेदेखि विद्यार्थीहरू सामूहिक रूपमै प्रतिरोधमा उत्रने घटनासमेत हुन थालेका छन्। "त्यसैले अब डरधम्कीले मात्रै काम गर्दैन," एक दशकभन्दा बढी डीआई अनुभव सँगालेका युनाइटेड एकेडेमी, ललितपुरका अमर कायस्थ सुनाउँछन्, "दुवै पक्ष बलकै भरमा अगाडि बढ्दा झन् भयावह अवस्था आउँछ।"

मनोविज्ञहरू भने एकोहोर नियम नलादीकन विद्यार्थीको भावनालाई समेत उत्तिकै महत्त्व दिइनुपर्नेमा जोड दिन्छन्। पहिलेपहिले ज्ञान आर्जनको एक मात्र स्रोत शिक्षक हुने हुँदा विद्यार्थीले उनीहरूलाई बढ्तै सम्मान गर्थे। तर, पछिल्लो समयमा इन्टरनेटलगायत प्रविधिको विकासले मानिसमा आफू कोहीभन्दा कम नभएको बोध गराएको छ। "हरेक विद्यार्थी आफ्नो आत्मसम्मानको बढ्तै हेक्का राख्छन्," मनोविज्ञ एलिसा भट्टराई भन्छिन्, "अहिलेको पुस्ता बढी नै स्वतन्त्रतापि्रय छ, जसले गर्दा उनीहरू दबाइएको वातावरणमा अनुशासित हुन सिक्दैनन्।"

No comments:

Post a Comment