डेढ दशकअगाडि एसएलसी सकेर ट्रेकिङ् व्यवसायमा लागेका लामाले विदेशीसँग हिमचिमका क्रममा प|mेन्च नागरकि मोरसि दुसेनलाई भेटे। ६४ वर्षे दुसेन प|mान्समा क्यानोनिङ् अग्रणीमध्येका हुन्। त्यस्तै प्रकृतिका उद्धार कार्यमा समेत उनको विशेष दखल छ। उनी साहसिक कामका सोखिन थिए। सामान्यतः मानिसहरू नजाने पदयात्रा मार्गमा हिँड्न रुचाउने, हिमाल चढ्नेजस्ता काममा रमाउने दुसेनका लागि लामा गज्जबका गाइड निस्के। उनले जस्तो अप्ठ्यारो कामका लागि पनि नाइनास्ती गरेनन्। भन्छन्, "ऊ मबाट त्यसबेला सबैभन्दा बढी प्रभावित भएछ।"
त्यही कारण उनले त्यसबेलै प|mान्स जाने अवसर पाए। त्यहाँ उनलाई दुसेनले रक क्लाइम्बिङ्को झन्डै तीनमहिने तालिम दिए। त्यहाँका झरना हाम्राभन्दा फरक थिए, तलपट्ट िपोखरीजस्तो हुने, जसले गर्दा केही मिटर बिनाडोरी हाम फालेर पौडनुपथ्र्याे। सम्झन्छन्, "त्यसबेला मलाई पौडी खेल्नसमेत आउँदैनथ्यो।" दुसेनको उत्प्रेरणा र साथले उनलाई सबैभन्दा बढी आँट दिन्थ्यो। त्यसैबेला हुसेनले स्पेनसमेत लगेर उनलाई क्यानोनिङ् सिकाए। लामाको विचित्र आँट र कला देखेर हुसेनका साथीहरूले पछि इटालीसमेत लगे, जहाँ उनले हिमाल आरोहणको तालिम पाए।
तीनमहिने युरोप बसाइले उनको जीवनको रंग नै फेरििदयो। त्यसैले नेपाल फर्किएपछि झरनामा बढ्तै एकोहोरनि थाले। हुसेन वर्षको दुईपटक नेपाल आउँथे। त्यसैबेला उनीहरू दुई जना मिलेर अन्नपूर्ण सर्किटमा पदयात्रा गर्न जाँदा देखिने झरनाहरू हेर्दै त्यसलाई क्यानोनिङ् गर्न उपयुक्त छ/छैन भनी जाँच्न थाले। दुई वर्ष त्यसरी नै बित्यो । ०६१ सालमा पहिलोपटक उनीहरूले लमजुङको १ सय २० मिटर लामो बुलबुले झरनामा क्यानोनिङ् गरे। क्यानोनिङ्का लागि उपयुक्त मानिएकामध्ये त्यो निकै कठिन झरना मानिन्छ। त्यसै साल उनको नेतृत्वमा पाँच प|mेन्च नागरकिसमेत मिलेर लमजुङमा क्यानोनिङ्का लागि छवटा झरना पत्ता लगाइए। उनको सम्मानस्वरूप प|mेन्चहरूले मस्र्याङ्दी उपत्यकाको एउटा झरनालाई 'कवीन्द्र झरना' नाम दिएका थिए, जुन अहिले त्यसकै नामबाट चर्चित छ। हालसम्म उनले नुवाकोटमा चार, काभ्रेमा दुई, सिन्धुपाल्चोकमा पाँच, लमजुङमा दस, मनाङमा तीन र ओखलढुंगामा एक गरेर जम्माजम्मी २५ वटा झरना पत्ता लगाएर त्यहाँ थुप्रैपटक सफल क्यानोनिङ् गरसिकेका छन्।
उनको व्यक्तिगत पहलमा 'साहसिक तर सुरक्षित' झरनाहरू पत्ता लागे तापनि त्यसलाई व्यावसायिक रूपमा लैजान गाइडहरू शून्यप्रायः थिए। त्यसैले ०६२ सालमा उनले पाँच युवालाई निःशुल्क तालिम दिन लमजुङ लगे। "तीन जना त मर्नु छैन झरनाबाट खसेर भन्दै बीचमै फर्किए," उनी सम्झन्छन्, "मानिसहरूमा हामीप्रति विश्वास नै हुँदैनथ्यो।" त्यसैले संस्थागत तरकिाले जाने भनेर पाँच वर्षअघि नेपाल क्यानोनिङ् एसोसिएसनको स्थापना भयो, जतिबेला उनी भनेकै एसोसिएसन र एसोसिएसन भनेकै उनीजस्तो थियो। अहिले नेपालमा विभिन्न समयमा गरेर तयार भएका उनीसहित १९ जना क्यानोनिङ् गाइड छन्, जसमध्ये दुई अन्तर्राष्ट्रिय, पाँच एड्भान्स र १२ आधारभूत तालिम लिएका हुन्। ती सबैका गुरु हुन् लामा।
पोखराको ९० फिट लामो सेती खोँचमा तीन वर्षअघि साढे दुईवर्षे बालिका आराधना प्रधान खस्दा उनकै नेतृत्वको टोलीले उद्धार गरेको थियो। त्यसैले सुरुसुरुमा उनको काम देखेर निकै पिर मान्ने बुबाआमा अचेल निकै गर्व गर्छन्। उनी नेपाल पर्वतारोहण संघका उद्धार समिति सदस्यसमेत हुन्। गत साल अमेरकिामा सम्पन्न क्यानोनिङ् गाइडहरूको अन्तर्राष्ट्रिय सम्मेलन 'अन्तर्राष्ट्रिय क्यानोनिङ् रेदेबु'मा समेत उनलाई विशेष अतिथिका रूपमा निम्त्याइएको थियो।
No comments:
Post a Comment