
त्यसैले त काठमाडौंमा त्यस दिन धेरै टि्वट भएको शब्द 'बन्द', 'भेकल्स' पनि थियो । बिहानै कान्तिपुर र सगरमाथा टेलिभिजनका गाडीमाथि आक्रमण भयो । एकैछिनमा यहाँको टि्वटर ट्रेन्डमा 'कान्तिपुर' र 'टेलिभिजन' शब्दसमेत चर्चित हुन थाले । उज्ज्वल आचार्यले टि्वट गरे, 'बल्ल नेपालमा राजनीति सुरु भो, सहमति नि भयो, बन्द नि भयो, चुनाव नि होलाजस्तो भो, विरोध नि हुने भो ।'
पछिल्लो पुस्तामा टि्वटर, विरोध र बहसका लागि गज्जबको माध्यम बनेको छ । पछिल्लोपटक ग्यासको मूल्य बढ्दा होस् या लोडसेडिङ १२ बाट १४ घन्टामा उक्लँदा होस्, टि्वटरमा हंंगामा नै भयो । प्रधानमन्त्री बाबुराम भट्टराईलाई मेन्सन गर्दै उनको खेदो खन्न टि्वटरबाजहरू लागे । ग्यासको मूल्य उनले फिर्ता नै लिनुपर्यो । टि्वटरबाटै त्यसको घोषणा गर्दै उनले भनेका थिए, 'आवश्यक पूर्वतयारीको अभावमा ग्यासको दोहोरो मूल्य कार्यान्वयन तत्काल रोकिएको छ ।'

प्रधानमन्त्रीले मन्त्री पदबाट सरिता गिरीलाई हटाएपछि उनले त्यसबारे आफ्नो धारणा टि्वटरबाटै सबैभन्दा बढी पोखेकी थिइन् । टि्वटरमा अहिले के विषय 'हट' छ भन्ने कुनै बेला विश्वव्यापी ट्रेन्डका रूपमा देखिन्थ्यो । अहिले विभिन्न देशभित्रकै ट्रेन्ड थाहा पाउन सकिन्छ । अहिलेसम्म नेपाल ट्रेन्ड भने छैन ।


टि्वटरमा यस्तो सञ्जाल हो जहाँ फलोअर्स/ फलोइङ संख्या थोरै नै भए तापनि आफ्नो टि्वट कहाँसम्म पुग्छ भन्ने थाहा नै हुँदैन । अंग्रेजीमा टि्वट गर्नेको हकमा त्यो अझ बढी ठूलो सञ्जालमा पुग्छ । जस्तो, सन् २०१२ को जनवरी १८ मा अमेरिकी संसद्मा पेस भएको 'अनलाइन पाइरेसी एक्ट (सोपा)' ले संसारभरि विरोध एवं बहसको सिर्जना गराएको थियो । नेपालका एक इन्जिनियर आकार अनिलले त्यस बेला गुगलले आफ्ना प्रयोगकर्तालाई कंग्रेलाई 'गोपनीयता बन्द गर, लाइब्रेरी होइन' सुझाउन गरेको आग्रह अंग्रेजीमा टि्वट गर्दा १ हजार २ सय ६ जनाले रिटि्वट गरेका थिए । उनले दुई ह्यासट्यागमा सोपा र विपासहित त्यो टि्वट गरेका कारण धेरै ठूलो सञ्जालमा त्यो फैलिन सफल भयो ।
ह्यासट्यागको अर्थ फेसबुकमा गु्रप बनाएझैं हो, त्यसमा कुनै निश्चित विषयमा विश्वभरबाट भइराखेका टि्वट देख्न पाइन्छ । नेपालीमा टि्वट गर्दा भने त्यो नेपाली अक्षर बुझ्ने समुदाय बाहिरका लागि रुचिको विषय बन्दैन । बरु आजकल नेपाली शब्दमै ह्यासट्याग झुन्ड्याउन थालिएको छ ।
टि्वट के गर्ने भन्ने व्यक्तिपिच्छे फरक कुरा हो । कसैले समाचारका लिंंकलाई टि्वट गर्छन् त कोही तस्बिरहरू । कसैले प्रशंसा गर्छन् त कसैले विरोध । कसैका लागि आफ्ना साहित्य प्रस्तुत गर्ने मञ्च बनिराखेको हुन्छ त कसैलाई कुनै अभियान चलाउने । यद्यपि ह्यासट्यागले यसमा सामूहिक पहल देखाउँछ । नेपालमै अहिले चलिराखेको महिला हिंसाविरोधी अभियान 'अकुपाई बालुवाटार' ह्यासट्याक आन्दोलनकै रूप हो ।
फलोअर्स बढाउने हो भने अहिले चलिराखेको ट्रेन्ड जे छ, त्यसबारे टि्वट गर्नसमेत सकिन्छ । जस्तो, एप्पलले कुनै नयाँ उत्पादन सार्वजनिक गर्दा वा जस्टिन विबर कुनै विवादमा तानिँदा त्यसैबारे टि्वट गर्न सकिन्छ । फलोब्याक गर्ने नगर्ने आ-आफ्नो इच्छाको कुरा हो । जसलाई आफूले चिनेको छैन वा उसबारे केही मतलब छैन भने पछ्याउनु बेकार हो । टि्वटर ह्यान्डलको ठेगाना, उसको प्रोफाइल पिक्चर वा संक्षिप्त परिचय कस्तो छ भन्नेले समेत टि्वटर फलोअर्स बढाउन भूमिका खेल्छ । काकाबा ह्यान्डलबाट टि्वट गर्ने हरि न्यौपाने आफ्नो त्यही मौलिक शैलीबाट चर्चित छन् ।
उनका टि्वटमा समेत ख्यालठट्टा, हाँसीमजाक वा कसैप्रति प्रतिक्रिया जनाउँदासमेत प्रयोग हुने गम्भीरताबिनाको शैलीले धेरैलाई प्रभावित पार्ने गरेको छ । साइँला दाइ, माइला साहू, धतुरे कान्छो, टि्वटरे, पाल्पाली, अदृश्य संंसार, मस्तीनेपालजस्ता थुप्रै रोचक नाम टि्वटरमा छन् । यद्यपि टि्वटरमा जम्ने शैली भनेको कसैका कुरालाई व्यक्तिगत तवरमा नलिईकन सक्दो बढी त्यहाँ घुलमिल हुनु नै हो, जसले रमाइलो, बहस, विरोध, अभियान सञ्चालन गर्नेदेखि ठूलो सञ्जालसम्म आफूलाई पुर्याउन सघाइराखेको छ । छोटो अर्थात् १ सय ४० क्यारेक्टरको शक्ति नै त्यही हो ।
No comments:
Post a Comment