माधव बस्नेत र प्रदीप बस्याल
हुन पनि हो, भौतिक रूपमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहे पनि यससँग गाँसिएका भावना, सौन्दर्य, अर्थतन्त्र र मिथकहरू हाम्रा आफ्नै हुन सकेका छैनन्। सगरमाथाको देश भनेर गर्वले छाती फुलाए पनि या सगरमाथा विम्ब बनाएर अनेकन् गीत र कविता लेखिए पनि पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा नै सधैँका लागि नेपाली भइरहन सकेनन्। अरू त के कुरा भयो र !
भागमा सलामी मात्रै
टाढाबाट हेर्दा सगरमाथा आरोहणबारे चर्को चर्चा, तामझाम र भव्यता झल्किन्छ। तर, सीधै भन्नुपर्दा नेपाल सरकारले पाउने सलामी दस्तुर मात्र हो। यसपटक वसन्त ऋतुमा २६ करोड ६६ लाख ७१ हजार ८ सय ४५ रुपियाँ सलामी दस्तुर संकलन भयो। ३२ वटा आरोहण दलले अनुमति लिएकामा तीनवटाले सलामी दस्तुर तिर्नुपरेन। अघिल्लो वर्ष २६ करोड ४६ लाख ५० हजार रुपियाँ सलामी दस्तुर संकलन भएको थियो।
आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमालमध्ये आठवटा नेपालमा छन्। अझ आरोहण व्यवसायीहरू त नेपालमा आठ हजार मिटर अग्ला हिमाल १२ वटा रहेको दाबी गर्छन्। तर, चारवटा हिमाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण संघले प्रमाणित गरसिकेको छैन। नेपालमै आप्पा शेर्पा र फुर्वातासी शेर्पाले २१ पटक सगरमाथा चढिसकेका छन् भने ३०/३२ वर्षकै उमेरमा १०/१२ पटक शिखरमा पुग्ने शेर्पाहरूको संख्या दर्जन नाघिसकेको छ। झन्डै दुई हजार व्यक्तिले 'क्लाइम्बिङ शेर्पा'को तालिम लिएका छन्। तर, विडम्बना अन्तर्राष्ट्रिय लाइसेन्स पाउने माउन्टेन गाइडहरू भने २७ जना मात्र छन्। उनीहरूले त्यो लाइसेन्स पनि सात महिनाअघि मात्र पाएका हुन्। विदेशीहरू नेपाली अनुभवी आरोहीहरूलाई नजरअन्दाज गर्दै प्रायः अन्तर्राष्ट्रिय माउन्टेन गाइडको सहयोगमा मात्र शिखर चुम्न रुचाउँछन्, जसको बन्दोबस्त पनि विदेशमै हुन्छ। अन्तर्राष्ट्रिय माउन्टेन गाइड पदमसिंह घले भन्छन्, "अन्तर्राष्ट्रिय मान्यताप्राप्त गाइड कम भएकाले पनि सगरमाथाबाट प्रशस्त आम्दानी आफैँले लिन नसकिएको हो। यतातिर कसैले ध्यान नै दिएको छैन।"
आरोहण गर्दा प्रयोग हुने सामग्रीहरू कुनै पनि नेपालमा उत्पादन हुँदैनन्। भएका कतिपय सामग्रीप्रति विदेशी आरोहीहरू विश्वस्त हुन सकेका छैनन्। त्यसैले उत्पादनमा विदेशी कम्पनीकै हालीमुहाली छ। अल्पाइन एसेन्ट, एभरेस्ट गियरजस्ता थुप्रै अन्तर्राष्ट्रिय 'गियर सप'ले चर्चित ब्रान्डसँग समन्वय गर्दै ती सामग्रीको कारोबार गर्छन्। अमेरिकी अटोमोबाइल्स कम्पनी फोर्डको 'एभरेस्ट फोर्ड' ब्रान्ड मोटर नै छ। एभरेस्ट गियर उस्तै चर्चित 'गियर सेलर' हो। एभरेस्ट नाम जोडेर यसरी थुप्रै व्यापारकि काम भइरहँदा पनि त्यसका लागि न त कसैले नेपाल सरकारसँग अनुमति लिन्छन्, न त त्यसबापतको रकम नै बुझाउँछन्।
मुलुकभित्र दर्ता भएका विभिन्न टे्रकिङ् एजेन्सीहरूले आफ्ना नाममा आरोहण अनुमति लिने गरेका भए पनि सगरमाथा आधार शिविर र त्यसभन्दा माथि विदेशी व्यक्ति र कम्पनीकै मनोमानी चल्छ। सगरमाथाका नाममा विदेशी एजेन्सीले आरोहीहरूसँग विदेशमै ठूलो रकम उठाउने मात्र होइनन्, उतैका गाइडलाई नै व्यवस्थापक बनाएर नेपाल ल्याउँछन्। आरोहणका लागि प्रायोजक पनि उतै खोजिन्छ। प्रायोजकले कति रकम आरोहीलाई दिएको हुन्छ भन्ने कहीँकतै खुल्दैन। न त प्रायोजकको पैसाबाट नेपाल सरकारलाई कुनै रकम हात लाग्छ।
सगरमाथाका शिविरहरूमा टाँग्ने टेन्टहरूमा मात्र होइन, आरोहीले प्रयोग गर्ने सामग्री र लगाउने पहिरनमा समेत प्रायोजक कम्पनीहरूका लोगो भेटिन्छन्। जस्तो ः यस वर्षको यही सिजनमा प्रथम साउदी महिला रहा मोहरकले गरेको सगरमाथाको सफल आरोहणबारे जानकारी दिन काठमाडौँमा गरिएको पत्रकार सम्मेलनको पृष्ठभूमिमा थुप्रै प्रायोजकका लोगो अंकित थिए। जापानी वृद्ध आरोही मिउरा, जसले गत महिना मात्र ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरेर सर्वाधिक वृद्ध आरोहीका रूपमा गिनिज वल्र्ड रेकडर््समा नाम लेखाए, को पत्रकार सम्मेलनमा पनि उनलाई प्रायोजन गर्ने टोयोटा, तोसिबा र भ्यामजस्ता कम्पनीका लोगो उनका ज्याकेटमा देख्न सकिन्थ्यो। सात वर्षअघिदेखि आरोहणका लागि सम्पर्क अधिकृत रहेका पर्यटन मन्त्रालयमा कार्यरत ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, "विदेशीहरूले सगरमाथाका नाममा गररिहेका विभिन्न प्रकृतिका चलखेललाई निगरानी, नियन्त्रण र हस्तक्षेप गर्न सरकारले सकिरहेको छैन। सगरमाथाको आधार शिविरमा सरकारी उपस्थिति शून्य छ।"
यसरी सगरमाथामा व्यापारकि प्रयोजनले आरोहण गराउन नहुने संघका अध्यक्ष जिङवा जाङबुको मत छ। भन्छन्, "सगरमाथाका नाममा व्यापार गरेर विदेशी पोस्ने काम बन्द हुनुपर्छ।" समस्या यति मात्र छैनन्। आधार शिविरसम्मको अनुमति मात्र लिएर दोस्रो र तेस्रो शिविरसम्म यात्रा गर्नेहरू पनि उत्तिकै हुन्छन्। पदयात्राको मात्र अनुमति लिएर गएकाहरू हिमशृंखलामा रहेका विभिन्न पिक आरोहण गरेर पनि र्फकनेसम्मका मनपरी पनि देखिएको छ। खासगरी ट्रेकिङ् एजेन्सीकै मिलेमतोमा केही सय/हजार डलर लिएर अनुमतिबिनाका चुचुराहरूमा विदेशीलाई चढाउने गरिएको जानकारहरूको भनाइ छ।
सास्तीमा शिखर
यस वर्षको वसन्त ऋतुमा मात्र ५ सय २२ जना आरोही सगरमाथाको चुचुरोमा पुगे। कतिसम्म भने यस याममा एकै दिन १ सय ३६ जनाले चुचुरोमा पाइला राखे। गत वर्ष यही याममा ६ जेठका दिन २ सय ३४ जनाले शिखर चुमेका थिए। सन् २०१० को वसन्त ऋतुमा पनि एकै दिन १ सय ३९ पुगेका थिए। संस्कृति पर्यटन तथा नागरकि उड्डययन मन्त्रालय अन्तर्गत पर्यटन उद्योग महाशाखाका अधिकृत तिलकराम पाण्डेका अनुसार २०११ सम्म ३ हजार ४ सय ३६ जनाले सगरमाथा चढिसकेका छन् भने २०१३ मा ४ सय ६ जना र सन् २०१३ मा ५ सय १२ जना गरी अहिलेसम्म कुल ४ हजार ३ सय ५४ जनाले सगरमाथा चढिसकेका छन्। नेसनल जियोग्राफीका अनुसार सन् १९९० सम्म सगरमाथा आरोहणका कुल आरोहीमध्ये १८ प्रतिशत सफल हुन्थे भने सन् २०१२ सम्म आइपुग्दा ५६ प्रतिशत सफल भएको देखिएको छ। सन् '९० मा ५० हजार अमेरिकी डलर दिएमा जसलाई पनि सगरमाथा आरोहण गराउने विदेशी एजेन्सीको घोषणासँगै आरोहणमा भीड बढ्न थालेको हो।
पर्वतारोहणबारे अध्ययनमा रुचि राख्ने लेखक दीपक थापाका विचारमा जसरी होस्, चुचुरोमा पुग्ने आरोहीको आँटलाई सम्मान गरिनुपर्छ। "पर्वतारोहण क्षेत्रमा उच्च आरोहीको एउटा छुट्टै सर्कल छ, जसले आफूजस्तै अब्बल र साहसी आरोहीलाई मात्र तारिपm गर्छन् र अर्थपूर्ण मान्छन्," थापा भन्छन्, "जसरी हुन्छ, चुचुरोमा पुग्नकै लागि पुग्नेहरूलाई खास आरोहीले गन्दैनन्।" जस्तो मेस्नरले दोस्रोपटक मनसुन याममा सगरमाथा चढेका थिए। उनी यात्राभर एक्लै त थिए नै, र्फकंदा पनि आधार शिविरमा उनलाई कुर्ने उनकी प्रेमिकाबाहेक अरू थिएनन्। सगरमाथामा अहिले दृष्टिविहीन, दुवै हात या खुट्टा नभएका, १३ वर्षे किशोरीदेखि ८० वर्षे वृद्धसम्म पुग्नुलाई प्रविधिको सहजताले सजिलो बनाइदिएको आङछिरङिको बुझाइ छ। भन्छन्, "तेन्जिङ नोर्गे र एडमन्ड हिलारीहरू चढ्दा जुत्ता नै कम्तीमा ६ किलोका थिए भने अक्सिजन सिलिन्डर १४/१५ किलोका। तर, अहिले आधा किलोकै जुत्ता पाइन्छ। ग्यास सिलिन्डर पनि चार किलोको मात्रै। अन्य सामग्री पनि उस्तै सजिला बनाइएका छन्।" प्रविधिले सहज बनाउँदैमा शिखरमा पुग्ने अभिलाषा राख्नुभन्दा पनि आठ हजार मिटर अग्ला एक/दुईवटा हिमाल आरोहण नगरेको व्यक्तिलाई सगरमाथा चढ्न दिन नहुने तर्क माउन्टेन गाइड घलेको छ।
सगरमाथामा बढेको भीडसँगै त्यहाँको पर्यावरण बिग्रेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको धेरै भइसकेको छ। आरोहण याममा शिविरहरूमाथि घुमिरहने हेलिकप्टरहरूको कम्पनले हिउँले बनेका कमजोर चट्टानहरू चर्कनुका साथै दुर्घटनाको सम्भावना बढाउँछ। "हेलिकप्टरको भीड उद्धारकै लागि भनेर बढेको देखिए तापनि खासमा बिमाको रकम असुल्ने नाममा जबरजस्ती उद्धार खोज्नेहरूका कारण बढ्न थलेको छ," एक जना अनुभवी सरकारी अधिकृत भन्छन्। जलवायु परविर्तनका कारण सगरमाथा क्षेत्र प्रभावित हुँदै गएका तर्फ कसैले ध्यान नदिएको गुनासो पनि उनको छ।
आरोहण पेसासँग शेर्पा समुदायको साइनो पुरानो र भावनात्मक छ। तर, पछिल्ला दिनमा शेर्पाहरू आफ्ना बाबुबाजेले धानेको पेसाबाट बिस्तारै पलायन हुँदै छन्। अक्सफोर्ड शब्दकोशमा नै 'हिमाल आरोहणको कौशल भरिएका जाति' भनेर अथ्र्याइएको शेर्पा समुदाय आफ्नो परम्परासँग तर्कनुका पछाडि पनि सगरमाथाको गिर्दो साख र आरोहणको अस्तव्यस्तता जोडिन आइपुग्छ। "आरोहणमा हामी शेर्पाले जति दुःख गर्छौं, त्यसको प्रतिफल अरूले नै खान्छन्। अरू नै हिरो हुन्छन्, यस्तोमा पेसाप्रति मोहभंग हुनु स्वाभाविक हो," १२ पटक सगरमाथा आरोहण गरसिकेका पेम्बा दोर्जे शेर्पा भन्छन्, "आरोहणमा पनि राजनीति घुस्यो।"
हिमालहरू अग्ला छन्
लजाएको सगरमाथा
चुचुरो चुमेको प्रमाण
केही वर्षअघिसम्म विश्वासकै भरमा केही तस्बिरलाई साक्षी राखेर चुचुरोमा पुगे/नपुगेको प्रमाणित गरिन्थ्यो । सन् २००९ यता चुचुरोमा राखिएको बुद्धको मूर्तिलाई प्रमाण मान्ने गरिएको छ । तर, यसमा पनि कतिपय आरोहीले चलाखी गर्न खोज्छन् । गत वर्ष एक भारतीय आरोहीले सगरमाथा शिखरमा पुगेको प्रमाणका रूपमा आफ्ना तस्बिर देखाए । जसका लागि छानबिन समिति बनाइयो । समितिलाई त्यस तस्बिरमा शंका लाग्यो । तर, त्यो साँचो भए/नभएको जाँच्ने संयन्त्र यहाँ नभएकाले उनी चढे/नचढेको टुंगो नहुँदा नहुँदै पनि चढेको प्रमाणपत्र दिन बाध्य भयो, पर्यटन मन्त्रालय । मन्त्रालयका एक अधिकारी भन्छन्, "समितिका सदस्यहरू त्यसो गर्नुपरेकामा निकै खिन्न थिए तर सरकारको प्राविधिक अक्षमता नै समस्या बन्यो ।"
सगरमाथा आरोहणमा प्रत्येक वर्ष कुनै न कुनै विवाद उब्जने गरेका छन् । यसै याममा पनि बीबीसीका लागि डेनियल हग्सले ५ जेठमा सगरमाथा चुचुरोबाट गरेको प्रत्यक्ष प्रसारण विवादको विषय बन्यो । सन् २००५ मा प|mेन्च पाइलट डिडर डेल्सेले युरोकप्टर कम्पनीको हेलिकप्टर सगरमाथाको चुचुरोमा पुर्याए, जसलाई कानुन उल्लंघन गरेको भनेर सरकारले बताए पनि उनले अनुमति लिएको जिकिर गरेका थिए । यसै याममा ८० वर्षिय जापानी नागरिक युचिरो मिउरा ९ जेठमा सगरमाथा शिखरमा पुगे । कीर्तिमानका लागि आधार शिविरबाट सुरु भएको उनको यात्रा त्यहीँ आएर अन्त्य हुनुपर्ने हो । तर, मिउरा आरोहणपछि दोस्रो शिविरबाट हेलिकप्टरमा सीधै काठमाडौँ आए ।
हातपात प्रकरण
त्यही क्रममा भनाभन हुँदा फिस्टेल एयरका हेलिकप्टर चालकसमेत रहेका र नेपाली पनि बोल्ने मोरोले अपशब्द प्रयोग गरेपछि झगडा बढेको थियो । त्यसपछि शेर्पाहरू बाटो बनाउनै छाडेर क्याम्पमा फर्किए । त्यसको केही समयपछि मोरो पनि त्यहीँ आइपुगेे । त्यही बेला उनीमाथि हातपात भयो । आरोही पेम्बा दोर्जे शेर्पाका अनुसार कमजोर सरकारी नियमनका कारण कतिपय आरोही पैसा तिरेको भन्दैमा सगरमाथामा मनपरी गर्न खोज्छन् । "आरोहीहरूको यात्रा सफल बनाउनकै लागि दुःख गरिरहँदा हेपिनुपर्दाको पीडामा शेर्पाहरूले सामान्य हातपात गरेका हुन्," पेम्बा भन्छन्, "गल्ती मोरोकै भएकाले पछि उनीहरूले नै गल्ती स्वीकार गरे । र, १६ वैशाखमा मिलापत्र भयो ।"
सोलुखुम्बुको जुभिङ, खरीखोलास्थित पाङगोमका जाङबु शेर्पा, ३१, ले ११ पटक सगरमाथाको सफल आरोहण गरिसके । उनले यसै याममा अभिनेत्री निशा अधिकारीलाई आरोहणमा सघाए । उनकै शब्दमा आरोहण अनुभव::
आधार शिविरबाट खुम्बु आइसफल हुँदै क्याम्प-१ पुग्न सबैभन्दा जोखिम हुन्छ। किनभने, यस स्थानमा कुनै पनि बेला हिम पहिरो आउन सक्छ। हेर्दै डरलाग्दा गहिरा खाँेच छन्। एकैछिनमा धाँजा फाट्छ, एकैछिनमा जोडिन्छ। यस स्थानमा आरोहीहरूले सात वटासम्म भर्याङ प्रयोग गर्नुपर्छ। हिउँको ढिक्का भासिन सक्छ। आधार शिविरबाट क्याम्प १ र २ का लागि राती २ बजेपछि बाटो लागिन्छ।
साउथ समिटबाट माथि हिलारी स्टेप आउँछ। सगरमाथा चढ्दाको सम्भवतः सबैभन्दा कठिन मोड यही नै हो। यही विन्दुमा ट्राफिक जाम पनि हुन्छ। घोडा चढेजसरी उप|mेर ठूलो चट्टान पार गरेर शिखरतिर लाग्नुपर्छ। हिलारी स्टेपबाट शिखर पुग्न करबि एक घन्टा लाग्छ। छिटो हिँड्न सक्नेहरू बिहानको ५ बजेतिर शिखरमा पुग्छन् भने ढिलो हिँड्ने १० बजेसम्म। शिखरमा पुगेपछि आरोहीहरूले प्रथमतः आफ्नो देशको झन्डा राख्छन्। प्रायोजकहरूको झन्डा पनि राख्छन्। स्याटेलाइट फोन हुनेले घरमा फोन गर्छन्। मौसम अनुसार १० मिनेटदेखि आधा घन्टासम्म शिखरमा बस्न सकिन्छ। शिखर पुगेपछि कोही खुसीले चिच्याउँछन्, कोही रुन्छन्।
यता नेपालले सगरमाथा आरोहणको हीरक महोत्सव कार्यक्रम गररिहँदा उता, बेलायतमा चाहिँ महारानी एलिजावेथ द्वितीयाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथि बनाएर आफूले गद्दी सम्हालेको ६०औँ वर्षगाँठ मनाइन्। प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको उक्त कार्यक्रमलाई विश्वभरका मिडियाले भव्य 'कभरेज' गरे। त्यो समाचारको चर्चा र ग्ल्यामर सेलाउन नपाउँदै विदेशी आरोहीलाई सगरमाथा आधार शिविर पुर्याएर फर्केको शेर्पा सहयोगीहरूको एउटा समूह काठमाडौँमा 'सगरमाथा कहिल्यै पनि नेपालीको हुन नसकेको' भन्दै बिलौना गररिहेको थियो। नेपाल पर्वतारोहण संघको कार्यालय नक्सालमा अध्यक्ष जिङवा जाङबु शेर्पासँग उनीहरू सगरमाथाबाट नेपालले खास लाभ लिन नसकेको बताइरहेका थिए।
हुन पनि हो, भौतिक रूपमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहे पनि यससँग गाँसिएका भावना, सौन्दर्य, अर्थतन्त्र र मिथकहरू हाम्रा आफ्नै हुन सकेका छैनन्। सगरमाथाको देश भनेर गर्वले छाती फुलाए पनि या सगरमाथा विम्ब बनाएर अनेकन् गीत र कविता लेखिए पनि पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा नै सधैँका लागि नेपाली भइरहन सकेनन्। अरू त के कुरा भयो र !
भागमा सलामी मात्रै
टाढाबाट हेर्दा सगरमाथा आरोहणबारे चर्को चर्चा, तामझाम र भव्यता झल्किन्छ। तर, सीधै भन्नुपर्दा नेपाल सरकारले पाउने सलामी दस्तुर मात्र हो। यसपटक वसन्त ऋतुमा २६ करोड ६६ लाख ७१ हजार ८ सय ४५ रुपियाँ सलामी दस्तुर संकलन भयो। ३२ वटा आरोहण दलले अनुमति लिएकामा तीनवटाले सलामी दस्तुर तिर्नुपरेन। अघिल्लो वर्ष २६ करोड ४६ लाख ५० हजार रुपियाँ सलामी दस्तुर संकलन भएको थियो।
देखिने गरी नेपालले लिने आम्दानी यति भए पनि सगरमाथाका नाममा यसभन्दा कैयौँ गुणा बढी रकम सर्वोच्च शिखर आरोहणको अर्थतन्त्रसँग जोडिएको हुन्छ। यसको अधिकांश लाभ विदेशमा रहेका एन्जेन्सी र नेपालभित्रका एजेन्टहरूको हातमा पर्छ। नेपालभित्र रहेका कुन एजेन्सीले कति हजार डलरमा आरोहीहरूलाई आरोहण गराए भन्ने कुरा पनि खुलाउँदैनन्। सात वर्ष नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका एसियन टे्रकिङ्का प्रमुख आङछिरङि शेर्पाका अनुसार सगरमाथा चढ्न सरकारलाई जति सलामी दस्तुर तिर्नुपर्छ, त्यसको दुई गुणा बढी रकम आरोहण क्रममा खर्च हुन्छ। "यो हिसाबले सगरमाथाका नाममा नेपालभित्र मात्रै वाषिर्क एक अर्ब रुपियाँको कारोबार हुन्छ," उनी भन्छन्, "सबैजसो कारोबार गुपचुप रूपमै हुन्छ। विदेशीसँग बार्गेनिङ् गर्न सक्ने एजेन्सीहरूले ३०/३५ हजार डलर पनि लिन्छन् तर नसक्नेको हालत खासै राम्रो छैन।"
भद्रगोल कतिसम्म छ भने सलामी दस्तुर कम तिर्नका लागि समेत अनेक तिकडम र चलखेल हुन्छन्। जस्तो ः स्वदेशी होस् वा विदेशी, एक जनाले मात्र आरोहण अनुमति लिनुपरेमा २५ हजार अमेरिकी डलर बुझाउनुपर्छ। दुई जनाले ४०, तीन जना भए ४८ हजार र सात जनासम्मको समूहले ७० हजार अमेरिकी डलर बुझाए आरोहण अनुमति पाइन्छ। एउटा समूहमा १५ जनासम्म जान पाउँछन्। सात जनामाथि १५ जनासम्ममा एक जना थपिए प्रतिव्यक्ति थप १० हजार डलर बुझाए पुग्छ। यो सगरमाथाको 'नर्मल रुट' दक्षिणपूर्वी मोहडाका लागि बुझाउनुपर्ने सलामी दस्तुर हो।
गडबडी त्यहीँनेर हुन्छ। आरोहीको संख्या बढी देखाए दस्तुर कम तिर्नुपर्ने भएकाले एजेन्सीले एकापसमा अपरिचित आरोही जम्मा गरी राजस्वको खुलेआम छली गर्छन्। एक जना आरोही सगरमाथा चढेर आफ्नो देशमा फर्किसकेको हुन्छ। सोही आरोही दलको अर्को व्यक्ति भर्खर आफ्नो देशबाट नेपाल आउँदै गरेको हुन्छ। संघका अध्यक्ष जिङवा जाङबु भन्छन्, "खासगरी विदेशी कम्पनीहरूको बढ्दो प्रभाव र हाम्रो सरकारको कमजोर आरोहण नीतिका कारण सगरमाथाबाट हामीले पर्याप्त लाभ लिन सकिरहेका छैनौँ ।"
वैदेशिक कनेक्सन
खासमा सगरमाथा आरोहणका लागि विदेशी ग्राहक खोज्ने, उनीहरूसँग आर्थिक सम्झौता गर्ने र आवश्यक तालिम र 'ओरयिन्टेसन' गर्ने काम विदेशी एजेन्सीले उतै गर्छन्। अमेरिकामा रहेको अल्पाइन एसेन्ट इन्टरनेसनल र युरोपको हिमेक्सजस्ता कहलिएका पर्वतारोहण एजेन्सीले सगरमाथाका लागि प्रतिआरोही ६५ हजारदेखि १ लाख अमेरिकी डलरसम्म लिन्छन्। नेपालमा भने त्यसको २० देखि ३० प्रतिशत मात्र रकम आइपुग्छ। यस्ता अन्तर्राष्ट्रिय एजेन्सी युरोप र अमेरिकामा झन्डै डेढ दर्जन छन्।
सगरमाथा आरोहणमा कीर्तिमानी चुम्ने नाममा अस्वस्थ प्रतिस्पर्धा नै चल्न थालेका छन्। हीरक जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा इटालीका चर्चित आरोही रेनोल्ड मेस्नर चिन्ता व्यक्त गर्दै थिए, "सगरमाथा अहिले सबैका लागि पैसाको शक्ति देखाउने थलो बनेको छ।" आठ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल आरोहण गरसिकेका मेस्नरको भनाइ थियो, "सगरमाथा आरोहणलाई सस्तो बनाइनु हुँदैन।"
भीडभाडको असर कतिसम्म घातक हुन्छ भन्ने एउटा उदाहरण सन् १९९६ को हिम आँधी-प्रकरणलाई लिन सकिन्छ। आँधीमा परेर विभिन्न आरोहण दलका १५ सदस्यले ज्यान गुमाउनुपरेको थियो। उक्त घटनापछि मौसम पूर्वानुमान प्रतिवेदन किनेर सगरमाथा चढ्ने चलन सुरु भएको हो, जसमा पनि नेपालले घाटा मात्रै बेहोररिहेको छ।
मोहभंगमा शेर्पा
आङछिरङि पनि शेर्पाहरू पेसाबाट पलायन हुन थालेको अनुभव सुनाउँछन्। उनका बाबु-काकाले पनि उनलाई पर्वतारोहण क्षेत्रमा ल्याउन चाहेका थिएनन्। त्यसैले भारतमा मेडिसिन पढ्न पठाएका थिए। पछि संयोगले मात्र आफू पर्वतारोहण क्षेत्रमा संलग्न हुन आएको खुम्जुङमा जन्मिएका आङछिरङिको भनाइ छ। अन्तर्राष्ट्रिय माउन्टेन गाइड ङवाङ निमा शेर्पा पनि संयोगले आरोहणसँग जोडिएको बताउँछन्। उनका भनाइमा आफूले जति दुःखकष्ट भोगेको छ, आफ्ना सन्तानले त्यो दुःख भोग्नु नपरोस् भन्ने प्रत्येक बाबुआमाको चाहना हुन्छ। पर्वतारोहण एकदमै दुःख र चुनौतीपूर्ण पेसा हो। त्यसैले आफूले दुःख गरेकाले आफ्ना सन्तानले त्यसभन्दा सुखको पेसा अँगालून् भन्ने बाबुआमाको चाहनाका कारण बिस्तारै शेर्पाहरू यस पेसाबाट पलायन हुँदै छन्।
हुन पनि हो, २१ पटकका आरोही आप्पालाई अमेरिकाले आफ्नो नागरिक बनाइसकेको छ। आप्पाजस्तै अरू दर्जनौँ हिमाल आरोही शेर्पाहरू विदेश पलायन भएका छन्/हुँदै छन्। 'स्पिड क्लाइम्बर'को रेकर्ड बनाएका पेम्बा पनि अमेरिका जाने सोचमा छन्। शेर्पा समुदायको यो विरक्तिले आरोहण, समाज, परम्परा र पहिचानको सम्बन्धको कडीलाई पक्कै पनि कमजोर हुँदै गएको प्रतिविम्बन गर्छ। त्यसैले त अमेरकिाको यल विश्वविद्यालयमा पढ्ने केसाङ डोल्मा शेर्पा, जसको मूल घर सोलुखुम्बु नै हो, ले अंग्रेजीमा लेखेको कविताको यो पंक्तिले यस्तो भन्छ,
त्यसभन्दा अग्ला अहम् छन्
शेर्पाहरू धरधरी रुन्छन् अनि मर्छन्
रहरहरूले तिनलाई निले, कसको रहर ?
संस्कृति, पर्यटन तथा नागरकि उड्डयन मन्त्रालयले आरोहण अवधिभर आधार शिविरमा बस्ने गरी प्रत्येक हिमाल आरोहण दलसँग सम्पर्क अधिकृत खटाउने व्यवस्था गरेको छ। तर, यसरी खटाइएका अधिकृतहरू पूरा अवधिभर आधार शिविरमा बस्दैनन्। जस्तो ः यसै याममा पनि सगरमाथामा ३२, लोत्सेमा १२ र नुत्सेमा चार गरी ४८ वटा आरोहण दल शिखर चुम्न गएका थिए। यी तीनैवटा हिमालको आधार शिविर एउटै हो, जसका लागि ४८ जना नै सम्पर्क अधिकृत आधार शिविरमा बस्नुपर्ने हो। तर, अन्तिमसम्म शिविरमा तीन जना मात्र अधिकृत उपस्थित थिए।
आधार शिविरमा बसुन्जेल सम्पर्क अधिकृतका लागि खाने-बस्नेलगायत सबै व्यवस्था सम्बन्धित आरोहण दलले गर्नुपर्छ। सरकारी अनुगमन फितलो हुनुको एक कारण यो पनि हो। किनभने, आफूलाई जसले खाने/बस्ने व्यवस्था गरिदिएको छ, उसले कानुन मिचे पनि सम्पर्क अधिकृत मौन बसिदिन्छन्। र, आरोहण दलले जे भन्यो, त्यसैमा हस्ताक्षर गर्छन्। कतिपय अवस्थामा शिविरहरूमा हुने विदेशी गाइड, व्यवस्थापक र आरोहीहरूका मनपरीलाई नेपाली सरकारी अधिकृत र शेर्पा सहयोगीहरूले टुलुटुलु हेरेर बस्नुबाहेक अरू कुनै उपाय नहुने आरोहण अनुभवीहरूको भनाइ छ। यतिसम्म कि, कहिलेकाहीँ त आधार शिविरमा टेन्ट राख्नसमेत झगडा हुने गरेको छ। आरोहण अभियान सञ्चालन गर्ने एजेन्सीहरूले अभियान सुरु हुनुअघि नै आपmना कर्मचारी खटाएर आधार शिविरका ढुंगाहरूमा एजेन्सीको नाम लेखेर स्थान रोक्ने गरेका छन्। आधार शिविरमा मात्र होइन, त्यसभन्दा माथिल्ला शिविरहरूमा पनि यस्तै दृश्य देखिन्छन्। इटालियन र स्वीस आरोही क्रमशः सिमोनो र उलि स्टि्रकसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट बाटो बनाउन खटेका शेर्पाको गत १४ वैशाखमा भएको झगडा पनि सरकारी अधिकृतको उदासीनताको उपज थियो।
सम्पर्क अधिकृतहरूका कमजोरी आफ्ना ठाउँमा छन् तर सगरमाथा आरोहणको सिंगो दृश्य-परिदृश्यमा हाम्रोभन्दा बढी विदेशी प्रभाव गाढा र गहिरो छ। विदेशी एजेन्सीले खोजेका आरोही, उनीहरूले नै तोकेको मूल्य, प्रायोजन, उतैको व्यवस्थापन र अगुवाइ मात्र नभएर सगरमाथाका बारेमा देशबाहिर हुने चर्चा तथा आकर्षण हेर्दा नेपालका एजेन्सी र एजेन्टहरू त केवल सहयोगी मात्र लाग्छन्। घरेलु एजेन्सीले खटाउने आरोहण सहयोगी र श्रमजीवीको हालत झन् 'दिएको खाने'जस्तो मात्र छ। सगरमाथासँग जोडिएका यस्ता तमाम तीता तथ्यले कतै सगरमाथा नेपाली हुनुमा लजाइरहेको त छैन ?
कुरा १४ वैशाखको हो । क्याम्प-२ र क्याम्प-३ बीचको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिमार्फत शेर्पाहरू परिचालित थिए । उनीहरूले 'सरसफाइको काम भइरहेकाले कुनै पनि स्वदेशी तथा विदेशी क्याम्पमा आएर अभ्यास नगर्नू’ भन्दै पहिल्यै सूचना जारी गरेका थिए । तर, चोयु टे्रकबाट नुत्से हिमालको आरोहणका लागि गएका सिमोनो मोरो र उली स्टि्रक क्याम्प-२ मा देखा परे । जबकि, नुत्से हिमाल जाने बाटो क्याम्प-२ नपुग्दै छुट्टिन्छ । शेर्पाहरूको आग्रह नकार्दै मोरो र स्टि्रकले क्याम्पमा टेन्ट टाँग्न थाले । डोरी झुन्ड्याउने क्रममा हिउँको ढिस्को झरेर शेर्पालाई लागेपछि भनाभन सुरु भयो । शेर्पाहरू आफूहरूले तयार पारेको पूर्वाधारको सहयोग लिएर माथि आएपछि शेर्पाहरूकै अवमूल्यन गर्न पाइँदैन भन्ने तर्क गर्दै थिए ।
जोखिमै जोखिमको बाटो
क्याम्प-१ बाट क्याम्प-२ जान तुलनात्मक रूपमा सहज छ। क्याम्प-२ बाट क्याम्प-३ जाने बाटोमा सिसाजस्ता कडा हिउँ झररिहन्छन्। त्यसैले यो बाटोमा डोरीको सहयोग लिनुपर्छ। क्याम्प-३ मा हिउँ काटेर टेन्ट राख्नुपर्छ। क्याम्प-३ बाट क्याम्प-४ अर्थात् साउथ कोल जान पनि जोखिम मोल्नुपर्छ। यो बाटोमा लोत्से हिमालबाट पहिरो र ढुंगा झर्ने सम्भावना धेरै हुन्छ। अक्सिजनको कमीले गर्दा आरोहीहरू निकै थाक्छन्। क्याम्प-३ बाट क्याम्प-४ तर्फ बिहान ४-५ बजेतिर हिँडिन्छ। क्याम्प-४ मा पुगेपछि क्लाइम्बिङ् शेर्पाहरूले आरोहीहरूलाई तातो पानी, चिया, सुपलगायत हाई अल्टिच्युडमा खाइने खाना बनाएर खान दिन्छन्। यो स्थानमा आरोहीहरूले एक घन्टासम्म आराम गर्छन्। यहीँबाट शिखर चुम्ने अन्तिम तयारी गरन्िछ। अक्सिजन, हार्नेस, अक्सिजन मास्क, रेगुलेटर, पन्जा, चस्मालगायत आवश्यक सामान जाँच गरिन्छ। शिखरमा जाने समयबारे सल्लाह हुन्छ।
साउथकोलबाट सामान्यतया राती ९ बजेको हाराहारीमा आरोहण सुरु हुन्छ। हेडलाइटको उज्यालोमा हिँड्नुपर्छ। साउथकोलबाट आउने पहिलो बिसौनी हो, बाल्कोनी। बाल्कोनीमा पुनः अक्सिजन चेक हुन्छ। बाल्कोनीभन्दा माथि साउथ समिट छ। यहाँबाट बिहानीपख देखिने मनमोहक दृश्यले आरोहीलाई भावुक बनाउँछ। सेतो बादल आफूभन्दा तल देखिन्छ भने माथि गाढा नीलो आकाश।
शिखरमा पुगेपछि वाकीटकीबाट आधार शिविरमा आफ्नो आरोहण दलका सम्पर्क अधिकृतलाई पनि जानकारी गराइन्छ। सम्पर्क अधिकृतले पर्यटन उद्योग महाशाखालाई जानकारी दिन्छन्। त्यससपछि बल्ल आरोहणबारे समाचार सार्वजनिक हुन्छ। शिखरमा पुग्नभन्दा ओर्लन कष्टकर हुन्छ। कारण, हावा बढी चल्ने, मौसम बदलिइरहने त छँदै छ, अक्सिजन सकिने, मात्रा अपुग हुने हुन्छ। र्फकने क्रममा थकाइ बढी लाग्छ। शिखरमा पुगेपछि छिटो ओर्लन सक्नेहरू क्याप्प-२ सम्म आइपुग्न सक्छन् भने ढिलो गर्नेको बसाइ क्याम्प-४ मै हुन्छ।
No comments:
Post a Comment