Thursday, July 3, 2014

सरकारी औषधालयमा अन्तिम युनानी डाक्टर

हरिहरभवनस्थित पशुपति होमियोप्याथिक अस्पतालभित्र दुई कोठामा साँघुरिएको युनानी औषधालयमा खासै चहलपहल छैन। होस् पनि कसरी ? त्यहाँ रहेका एक्ला चिकित्सक (हकिम) ख्वाजा अली (केए) शाह, ७२, पनि अब आफ्नो  पेसाबाट संन्यास लिने तयारीमा छन्। संन्यास लिनुपछाडि उनको बढ्दो उमेर मात्र कारण होइन, औषधालय सरकारी उदासीनताको सिकार हुनु पनि हो। उनीपछि यसमा कसैले रुचि देखाएका छैनन्।

आठ दशकको इतिहास बोकेको सरकारी औषधालय भएर पनि त्यहाँ दुई जनाभन्दा बढी डाक्टर कहिल्यै भएनन्। उनका दिवंगत बुबा हकिम ख्वाजा हसन शाह र उनी आफैँ। विसं १९९० मा स्थापना भएको उक्त औषधालय २०४०  सालसम्म त बिजुलीबजारस्थित उनकै घरमा थियो। उपचार गर्न आउनेहरू राजपरिवार, राणादेखि सर्वसाधारणसम्म हुन्थे।

औषधालयको स्थापना पनि राजपरिवारकै उपचार भएपछि भएको हो। कोलकाताबाट दुई चिकित्सक झिकाउँदा पनि राजा त्रिभुवनकी छोरी निको नभएपछि एक भारदारले लखनउबाट चिकित्सा नै पढेर आएको एउटा मुस्लिम छ भन्दै  उनका बुबाको सिफारिस गरेछन्।

त्यस बेला उनका बुबालाई लिन दुईघोडे बग्गी नै बागबजारसम्म आएको रहेछ। त्यसरी उनका बुबाले दरबारमा उपचारका लागि प्रवेश पाए। त्यस बेलासम्म क्षयरोग भनेर उपचार भएकामा उनका बुबाले त्यहाँ पुग्नेबित्तिकै त्यसो नभएको  भन्दै औषधी बनाउन मोती व्यवस्था गरिदिन आग्रह गरेछन्। सम्झन्छन्, "मोती भष्म गरेर औषधी बनाई सेवन गराएपछि त्रिभुवनपुत्री निको भइछन्।"

भर्खर युनानी उपचारविधिको पढाइ सकेर आएका उनका बुबाका लागि शाही सदस्यलाई नै निको पार्न सक्नु निकै गतिलो प्रभाव बन्यो। त्यस बेलाका प्रधानमन्त्री जुद्धशमशेरले समेत त्यसको सुइँको पाएपछि सिंहदरबारमा बोलाएर  आफूलाई समेत औषधोपचार गरिदिन आग्रह गरेछन्। उनको यौनरोग पनि निको भएछ। त्यसबाट प्रसन्न जुद्धशमशेरले बक्सिसका लागि के चाहियो भन्दा आफ्ना बुबाले यस्ता रोग थुप्रै जनतामा पनि भएकाले तिनको उपचार सम्भव  गराउन आग्रह गरेको उनी बताउँछन्।

जुद्धशमशेरले नमान्ने कुरै थिएन। उनले ६ महिनाका लागि युनानी उपचार शिविर राख्ने हुकुम दिए। बिरामीको लहर देखेपछि मंसिर १९९० सालमा सरकारी पहलमै विधिवत् रूपमा युनानी औषधालय स्थापना भयो। ख्वाजा शाह १० वर्षको उमेरदेखि नै बुबालाई सघाउँथे। त्यसले गर्दा औपचारकि अध्ययनअगावैदेखि उनमा यस उपचार विधिको सीप हासिल भयो। पछि उनले दिल्ली विश्वविद्यालय पुगेर औपचारकि अध्ययनसमेत गरेछन्।

युनानी उपचार विधिका अधिकांश पुस्तक अरबिक र पर्सियन भाषामा छन्। ग्रीसको युनानबाट मध्यकालीन युगमा सुरु भएको यो उपचार पद्धतिलाई विकास गर्ने मुस्लिमहरू भएकाले 'मुस्लिमपेथी' पनि भन्ने गरिएको छ।  सिरयिाको दमास्कसमा रहेको विश्वको पहिलो अस्पतालमा समेत यही युनानी पद्धतिबाट उपचार गरन्िथ्यो। एक हजार कोठा रहेको उक्त अस्पतालमा उतिबेला पनि हरेक बिरामीका लागि छुट्टाछुट्टै कोठा हुन्थे। र, रोग अनुसारका  खाना र आरामका लागि भनेर पैसा नै दिएर पठाइन्थ्यो। हकिम शाह भन्छन्, "मानिसको मिजास (ह्युमर)बाटै उसको शरीरको अवस्था थाहा पाउन सकिन्थ्यो र त्यही बुझेर उपचारमा लगिन्थ्यो।" थुप्रै युनानी हकिमको विशेषता  त्यही हुन्छ। त्यसैले यो लामो लगन र अनुभवले सिकिने विद्या भएको उनी बताउँछन्।

सन् १९२६ मै निधन भएका युनानी उपचार विधिका विख्यात भारतीय हकिम अजमल खाँले महिलाको उपचारका क्रममा पर्दापछाडिबाटै नाडीमा डोरी बाँधेर कम्पन थाहा पाई औषधी सुझाउँथे। एकपटक उनले काम कत्तिको ठीक गररिहे का छन् भन्ने बुझ्न एक व्यक्तिले गाईको बाच्छाको पुच्छरमा त्यस्तो डोरी बाँधेछन्। नभन्दै उनले त्यही कम्पनका आधारमा त्यो चारखुट्टे जनावर भएको बताएछन्।

उनको अनुभवमा यस विधिबाट अम्लपित्त, कमलपित्त, बाथ, युरकि एसिड, माइग्रेन, सिरोसिस, दम, पिनास, चर्म रोगका बिरामी बढी लाभान्वित छन्। यसका औषधीमा कुनै रसायन प्रयोग गरिँदैन। हकिम शाहले सम्भव भएसम्म स् थानीय बजारमा उपलब्ध चिराइतो, नीम, करन्जो, सोप, दालचिनी, अलैँची, सुकमेलजस्ता सामग्री प्रयोग गरेर आफैँ औषधी तयार पार्छन्। कतिपटक चिनीका लागि आग्रह गर्दा महालेखाका कर्मचारीले 'घर लैजान होला' भनेको सुन्दा  भने उनको मन निकै कुँडिँदो रहेछ। कति भने भारतबाट जडीबुटी झिकाएर त कतिका प्रशोधन भएर बन्ने औषधी नै पाइन्छन्। अझै पनि कहिलेकाहीँ दिनको ४० जनासम्म उपचारका लागि उनीकहाँ आइपुग्छन्।

उनी त्यस्ता 'वान म्यान आर्मी' हुन्, जो रजिस्टरमा अरबिक भाषामा बिरामीको विवरण लेख्नेदेखि औषधी दिने कामसम्म गर्छन्। पूरा औषधालयमा उनलाई सघाउन एक मात्र सहयोगी गुणलक्ष्मी शाक्य खटिन्छिन्। उनलाई देश-विदे शबाट अझै थुप्रैले औषधी पठाइदिन आग्रह गर्दै फोन गर्छन्। लाखौँ खर्चेर पनि विभिन्न स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिसमेत उनको उपचारले केही महिनामै निको हुन्छन्, तिनैले उनको असली प्रचारसमेत गर्छन्। र, त्यही  विश्वासकै भरमा हुन्छन् आउने अन्य बिरामी।

भारत र पाकिस्तानमा पढी हकिम बनेर आएकाहरू हुँदै नभएका भने होइनन्। तराईका मस्जिद तथा मदरसामा त्यस्ता व्यक्ति अझै केही हुन सक्ने उनको अनुमान छ। तर, सरकारले विशेष ग्राह्यता नदिएसम्म साधारण सुविधाका  लागि अब युनानी डाक्टरहरू भेटिन गाह्रो छ। "त्यसमाथि अहिले पढेर आउनेहरू कम्पनीमा उत्पादन भएका औषधी बाँड्ने खालका मात्र छन्," उनी भन्छन्, "औषधी बनाउने सीप भएन भने असली हकिम बन्न गाह्रो हुन्छ।"

त्यसै पनि यसका पाठ्यक्रम अरबिक र पर्सियन भाषामा धेरै हुने हुँदा मुस्लिमबाहेक अन्य समुदायकाले सहजै पढ्न सक्दैनन्। उनीसँग भएका झन्डै तीन सय त्यस्ता दुर्लभ पुस्तक आफूलाई केही रकम दिएर सरकारी सम्पत्तिका  रूपमा राख्न सरकारलाई सुझाएकामा त्यसको वास्ता नभएपछि अब आफ्नै घर लैजाँदै छन्।

आधुनिक उपचार विधि फस्टाइरहेको समयमा यस्ता वैकल्पिक उपचार पद्धति बिस्तारै छायाँमा पर्नु अस्वाभाविक नभए पनि सरकारले युनानी उपचार विधिलाई हदैसम्म पाखा लगाएको उनको गुनासो छ। ०२० सालमा डा नागे श्वरप्रसाद सिंह स्वास्थ्यमन्त्री हुँदा 'केही सीमित मानिसलाई पाचक बाँड्ने संस्था' भएको भन्दै बन्द नै गरिदिएका थिए। तत्कालै ठमेल र असनका स्थानीयले आन्दोलन गर्दै थुप्रैको हस्ताक्षर संकलन गरेर राजा महेन्द्रलाई  बिन्तीपत्र पठाएपछि औषधालय पुन: स्थापना हुन पुग्यो।

त्यस बेलाको हुकुमी प्रमांगीमा राजाले 'हकिमले खाएसम्म' भन्दै आजीवन काम गर्न सकिने व्यवस्था गरेका थिए। नभन्दै उनका बुबाले ०३८ सालमा मृत्यु नहुँदासम्म काम गरे। ०३६ सालमै ख्वाजा शाहले सहायक हकिमको नियुक्ति  पाइसकेका थिए। तर, ३० वर्षसम्म उनी स्थायी भएनन्। उनले राजीनामापत्र पनि बुझाइसकेका छन्। तर, अर्को कोही नभएकाले चटक्कै कार्यालय बन्द गरेर हिँड्न पनि सकिरहेका छैनन्।

No comments:

Post a Comment