Tuesday, August 19, 2014

हिजो कमिक्स, आज कार्टुन

कार्टुन जगतका चर्चित पात्र 'आर्ची'को कमिक शृंखलामा निधन भयो, ३२ असारमा। सन् १९४१ मा कमिक शृंखला 'पेप कमिक'बाट उदाएको उक्त पात्र सन् २०१४ को जुलाईमा आइपुग्दा 'लाइफ विथ आर्ची'बाट हरायो। प्रेम, मित्रता, साहसजस्ता थुप्रै गुणले चिनिएको आर्ची मारएिको खबरले बालबालिकादेखि युवासम्मका लाखौँ प्रशंसक निराश भए। अमेरिकादेखि अस्ट्रेलियासम्म फैलिएका उसका कतिपय शुभेच्छुकबीच रुवाबासी नै चल्यो।

अन्ततः आर्ची कमिकका प्रकाशक जोन गोल्डवाटरले सार्वजनिक रूपमै बोल्नुपर्‍यो। आर्चीको मृत्युको कारण प्रस्ट्याउँदै उनले भने, "यो घटना दुःखद होइन, बरू प्रेरणादायी हो। आर्चीले त्यही गर्‍यो, जुन कुरा तपाईंहरू आर्चीले गरोस् भन्ने चाहनुहुन्थ्यो। उसले आफ्नो साथीको ज्यान बचाउन गोली खाएको हो।" उक्त तर्कबाट आर्चीका फ्यान कत्तिको सम्हालिए कुन्नि! तर, यस घटनाले कार्टुनका पात्रहरू मानिसका मनभित्र कसरी गडेर बसेका छन् भन्नेचाहिँ पुनः एकपटक छर्लंग भयो। उता २० साउनमा भारतीय कार्टुनिस्ट प्राणकुमार शर्माको निधन हुँदा उनले जन्माएको पात्र 'चाचा चौधरी'लाई त्यत्तिकै सम्झना गरियो ।

चाचा चौधरी कार्टुनका सामान्य पात्रभन्दा माथि थियो। भारतमा अंग्रेजी कमिक्सको दबदबा रहेका बेला प्राणले चाचाजस्ता पात्र जन्माएर स्थानीयकरणको सुरुआत गरेका थिए, सन् १९७१ मा। उक्त सुरुआतले आफ्नै परविेशका कथा र पात्रसँग भारतीय कार्टुनप्रेमीलाई जोडेको थियो। चाचा चौधरीले दिने सन्देश के थियो भने हरेक परविारमा एउटा एउटा पाका मानिस हुन्छन्, जसले विवेकपूर्ण ढंगबाट घरका समस्या समाधान गर्छन्। यही मर्मलाई स्थापित गर्न हास्य रसको आलोकमा चाचा चौधरी क्रियाशील थियो।

नेपालमा भने सन् १९९० अघिसम्म अंग्रेजीभन्दा भारतीय कमिक्सको प्रभाव थियो। लोटपोट, मधु मुस्कानजस्ता हिन्दी कमिक्स नेपाल आउँथे। आफूलाई हिन्दी कमिक्सकै उत्पादन ठान्ने कार्टुनिस्ट रविन साय्मि सुनाउँछन्, "काठमाडौँमा कमिक्सका किताब किन्नै पर्दैनथ्यो, ती भाडामै पाइन्थे र घरघरमा झुन्ड्याएर राखिएका हुन्थे।"



सहरमा नयाँ कमिक्सका पत्रिका वा पुस्तक आउँदा फिल्म रिलिज भएजस्तै हुँदो रहेछ त्यस बेला। तर, नेपालीमै कार्टुन स्टि्रप बनाउने काम भने यहाँ राम्रोसँग हुन सकेन। गोरखापत्रमा सुमन मानन्धरको 'बेखामान' भन्ने कमिकको सिरिज त आउँथ्यो तर त्यसमा सहरमा चलेका जोक्सलाई बढी आधार मानिएको हुन्थ्यो। गोरखापत्रमै त्यस बेला अर्को कमिक स्टि्रप 'पातले' पनि छापिन्थ्यो। नेपाल टेलिभिजनले भने डोनाल्ड डक र मिक्की माउसलाई नेपाली भाषामा रूपान्तर गरेर देखाउँथ्यो। नेपालमा विदेशी च्यानल नआउँदासम्म नेपाल टेलिभिजनले अनुवाद गरेर देखाउने तिनै कार्टुनको भर पर्नुपथ्र्याे। पछि फिनल्यान्डको मुमिन सिरिज र युनिसेफको मीना कार्टुनसमेत नेपालीमा चर्चित भएका थिए।

कार्टुन सेलिबि्रटी

चाहे त्यो टिनटिन होस् वा स्पाइडरम्यान, गफिर्ल्ड होस् वा आर्ची, सबै श्रव्यदृश्यमा आउनुअघि नै कमिक पात्रका रूपमा चर्चित थिए। तिनलाई नै पछि कार्टुन सिरयिलदेखि फिल्मसम्म ढालिएका हुन्। कार्टुनका पात्रहरू लोकपि्रय हुने भनेकै तिनका विशिष्ट स्वभावले हो। "ती पनि एक खाले हिरो नै हुन् अर्थात् जे पनि गर्न सक्ने मानिस," कार्टुनिस्ट साय्मि भन्छन्, "र, बच्चालाई मन पर्ने पनि त्यस्तै फेन्टासी हो।"

यद्यपि, पहिले देखिने सुपरहिरो पहलमानजस्ता हुन्थे। सुपरम्यान, स्पाइडरम्यान, टार्जन, नागराज सबैमा त्यस्तै गुण हुन्थ्यो। यद्यपि, अहिले हिस्सी परेका पात्रहरू आफ्ना अद्भुत र विवेकी क्षमताका कारण चर्चामा छन्। डोरेमन, निन्जा हतोरी पछिल्लो परविेशमा हुर्केका कार्टुन स्टार हुन्। एउटा कार्टुन 'पोपाय, द सेलर'मा पोपाय र उसको प्रेमिका ओलिभबीच प्रतिद्वन्द्वी पात्र ब्लुटो खडा भएको हुन्छ। तर, हरेक कथामा सुरुमा कमजोर देखिने उसले पालुंगो साग खानेबित्तिकै अद्भुत शक्ति प्राप्त गर्छ।

कार्टुन जगत्मा नियमित कार्टुनभन्दा जापानमा बनेका एनिमी वा म्याङगा केही फरक मानिन्छन्। कार्टुन नेटवर्कमार्फत आउने यी उत्पादनहरू अहिले उनीहरूका आफ्नै आधिकारकि वेबसाइटमा उपलब्ध हुन्छन्। अमेरकिी शैलीका कार्टुन छोटा, सामान्य ह्युमर र शारीरकि हाउभाउसहितका हुन्छन् भने एनिमी तुलनात्मक रूपमा लामा, साहसिक र हिरोभन्दा भिलेनलाई ब्रान्डिङ गर्ने प्रकृतिका हुन्छन्। "लामो सिरजिमा चल्ने र कुन बेला कथाले अर्को मोड लिन्छ भन्ने थाहा नहुने भएकाले यसले कौतूहल सिर्जना गर्छ," एनिमीका फ्यान विवेक भूर्तेल भन्छन्, "त्यसमाथि अर्कै दुनियाँको कल्पना गरेर तयार पारनिे परविेश अधिक हुने हुँदा दर्शकलाई हरेक स-साना कुराले बाँधेर राख्छ।"

एनिमी बढीजसो हास्यप्रधान कथा वा मनोरञ्जनभन्दा साहस, बदला र दैवीशक्तिजस्ता कुरामा केन्दि्रत हुन्छन्। जसका कारण बालबालिका बढी झुम्मिने कार्टुनभन्दा यस्ता एनिमी फरक हुन्छन्। एनिमीमा किशोर-किशोरी, तन्नेरी र वयस्कहरू आकषिर्क हुने कारण यही हो। जस्तो ः हालै सकिएको एनिमीको एउटा सिरजि 'डेथ नोट'। एउटा विद्यार्थी कक्षामा पढ्दै गर्दा झ्यालबाट एउटा डेथ नोट भित्र छिर्छ, जसमा जसको नाम लेख्यो, ऊ मर्छ। उक्त विद्यार्थीले संसारका सबै नराम्रा मानिस मार्न थालेपछि उसलाई मार्न अर्को मानिस लाग्छ। यही घटना र पात्रको प्रकृतिका कारण युवाले पनि यो शृंखला रुचाएको देखियो।

अमेरकिी शैलीका 'मिक्की माउस' वा 'टम एन्ड जेरी'जस्ता ह्युमरस कार्टुनका पात्रको हुलिया नै रमाइलो र चञ्चले हुन्छ। निन्जा हतोरीजस्ता थुप्रै कमिक टेलिभिजन सिरयिल र फिल्म हुँदै अहिले भिडियो गेमसम्म आइपुगेकाले पनि तिनले आफ्ना प्रशंसकलाई बढीभन्दा बढी मनोरञ्जन दिएका छन्। नेपालमा भने एनिमेटेड रूपमा व्यावसायिक कार्टुन अझै बनेका छैनन्, जनशक्ति र अर्थ अभावका कारण।

मनोविज्ञान नै मूल जरो

कार्टुनको ठूलो बजार बालबालिकामा निर्भर भएकाले धेरै कार्टुन बाल मनोविज्ञान अध्ययन गरेर बनाइका हुन्छन्। बालबालिकाको कल्पना शक्ति बढी र अजीव हुन्छ, जसलाई सक्दो बढी समेट्न खोज्छन्, कार्टुनका लेखक, निर्देशक र निर्माता। असामान्य तर बालबालिकाले कल्पना गर्ने खालको विषय यसका लागि बढी अब्बल मानिन्छ। जस्तो ः नागराज पात्र नाग र मानिसको मिश्रति पात्र हो, जसको शरीरबाट सर्पहरू निस्कन्छन्, मुखबाट विष। उसले समस्या समाधानका लागि अनेक खालका सर्पको प्रयोग गर्छ। उता डोरेमन एउटा बिरालो हो, जससँग अत्याधुनिक ग्याजेटहरू हुन्छन्। उसले हरेक समस्याको समाधान ग्याजेटबाट गर्छ। टिनटिन भने एउटा पत्रकार हो, जो जोखिमपूर्ण रपिोर्टिङमा रुचि राख्छ। फ्यान्टमचाहिँ जिउँदो प्रेत हो तर ऊ असामान्य तरकिाले काम गर्दैन। "यसले बालबालिकाको कल्पना शक्ति र बुझाइमा सकारात्मक परविर्तन ल्याइरहेको छ," बाल मनोविद् मीनाक्षी दाहाल भन्छिन्, "जस्तो कि, मैले बुझ्न नसकेका कार्टुनका कतिपय कुरा बालबालिकाले बुझाइरहेका हुन्छन्।"

बालबालिकालाई भाषा सिकाउन वा विज्ञानका जटिल कुरा बुझाउन कार्टुन सबैभन्दा सहयोगी हुने ठानिन्छ। भारतको राज कमिक्सको एक पात्र सुपर कमान्डो ध्रुवका अद्भुत क्षमताको धनी छ। सर्कसमा हुर्किएको उसले धेरै साहसिक कौशल सिकेको छ। त्यसमाथि रचनाकारले साइन्स फिक्सनमा यो पात्रलाई प्रस्तुत गरेका हुन्छन्। र, कथामा हुने अद्भुत घटना-परघिटनाका पछाडि वैज्ञानिक कारण हुन्छन्।

त्यसो त आफ्नो परविेशका कथा र पात्रका आधारमा बनाइएका कार्टुन नभएकाले हाम्रा बालबालिकाले अरूका उत्पादन हेर्दा गलत सांस्कृतिक प्रभावमा पर्ने सम्भावना पनि हुन्छ। मनोविद् दाहालका विचारमा यही कारण नयाँ पुस्ता आफ्नो भाषा र संस्कृतिबाट टाढिने डर बढ्दै गएको छ। भन्छिन्, "बालबालिकालाई टेलिभिजनबाट अलग राख्नु असम्भव कुरा हो, त्यसैले त्यही परविेशमा कसरी राम्रो सन्देश दिने भन्ने सवाल महत्त्वपूर्ण हो।" पछिल्लो समय कार्टुनमा मुखरति हिंसा, बदलाजस्ता भावले दिने नकारात्मक सन्देशबाट बालबालिकालाई कसरी जोगाउने भन्ने अहिले विश्वभर चासोको विषय बनेको छ। त्यसैले आफ्नो भाषा र संस्कृति अनुसार कार्टुनलाई स्थानीयकरण गर्नु निकै आवश्यक ठान्न थालिएको छ। भारतमा चाचा चौधरी मात्र होइन, केहीअघिसम्म लोटपोटमा कमिकको रूपमा आउने मोटु-पतलु थ्रीडी एनिमेसन भएर अहिले कार्टुन नेटवर्क च्यानलमार्फत आउँछ। अमर चित्रकथामा हिन्दु पौराणिक परविेशका कथा आउँछन्। कार्टुनिस्ट साय्मि भन्छन्, "हाम्रा बालबालिका अझै पनि अरूको परविेशका कार्टुनमा रमाउन बाध्य छन्। यो अवस्थाबाट बाहिर आउन समय लाग्ला।"

No comments:

Post a Comment