Showing posts with label Youth Column. Show all posts
Showing posts with label Youth Column. Show all posts

Friday, March 12, 2010

Thursday, February 25, 2010

Multi Tasking

Catch its hard copy with HELLO SHUKRABAR (Kantipur) dated 14th of falgun,2066 or click http://epaper.ekantipur.com/showtext.aspx?boxid=63253359&parentid=187&issuedate=2622010

Friday, February 5, 2010

Kritipur's Student Life

Catch its hard copy which comes with Hello Shukrabar on Kantipur dated 7th feb, 2009 or via online go to epaper on www.ekantipur.com or click the below link. http://epaper.ekantipur.com/showtext.aspx?boxid=33929109&parentid=6462&issuedate=522010

Thursday, January 7, 2010

मनको बह



An article abt a boy, who shares me his experience on his onesided love @ coffee talk.  Catch is printed piece of  Hello SHukrabar (KANTIPUR) dated 8th jan,2010

http://epaper.ekantipur.com/showtext.aspx?boxid=134528609&parentid=5817&issuedate=812010

Thursday, December 24, 2009

आध्यात्मिक ठिटो

जीवनमा सानोभन्दा सानो कुराले पछिसम्म महत्व राख्दोरहेछ । २ बर्षअघि दशैंबिदामा घर जादा कसैले उनलाई बिपत्सना ध्यानबारे एको भए सायदै आज उनी मेरो लेखनको बिषय बन्थे । न त उनीसग यसरी मेरो भेटघाट सम्भव हुन्थ्यो । औसत तन्नेरीहरुझैं उनी पनि कतै डान्सपार्टी, फिल्महल या गर्लफ्रेन्सग डेटिङमा रमाइरहेका हुन्थे होला । त्यही कसैले सुनाएको हल्लैहल्ला र लहलहैले १० दिने मेडिटेसन क्याम्पमा (ध्यान सिविर) ध्यान गर्न २० बर्षे बिकाश रेग्मीलाई दुई बर्षे अघि लुम्बिनी पु¥यायो । आज यहा त्यसैको फ्यासब्याक सुन्नु छ । ‘त्यहा“ पुग्दासम्म म मेडिटेसनलाई टिभीमाझैं सामान्य रुपमा लिएको थिए“ । बरु घरमा त्यसै बस्नुभन्दा पक्कै रमाइलो होला भन्ने भ्रमले मलाई तानेको हुनुपर्छ ।’





हालैको एक हुस्सु परेको साझ । ओशोको जन्मोत्सव मनाएर तपोवनबाट फर्कंदा मेरो आग्रहमा बिकास आफ्ना अनुभव सुनाउदै थिए । झट्ट कुराकानीको शैली हेर्दा कुनै महात्मा वा सन्तझैं लाग्ने उनी मेकानिकल इञ्जिनियरिङ्गका बिद्यार्थी हुन् । हातमा अल्बर्ट आइन्स्टाइनको बिश्वप्रशिद्ध पुस्तक ‘दि वल्ड एज आइ सी इट’ छ । २०औं शताब्दीका महानायक भौतिकशास्त्री आइस्टाइनले आफ्नो जीवनको पछिल्लोसमयमा लेखेको उक्त पुस्तक आफैमा एउटा अमर आइस्टाइन हो जसमा एउटा भौतिकशास्त्रीको नजरमा संसार बुझ्न खोजिएको छ । म दोधारमा परें, यी तन्नेरीको अन्तरवार्ता के भनेर लिउ– एउटा बिज्ञानको बिद्यार्थी वा आध्यात्मिक ठिटो । ‘स्वामी एक, रुप अनेक’ म सोच्दैगर्दा साथै रहेको मनोज भण्डारी ठट्यौली पारामा बोल्यो । पछि मनोजबाटै थाह पाए, साथीहरु आजकल उनलाई ‘स्वामी’ भनेर जिस्क्याउछन् । मनोजले यस्तो जेपीटी तर्क गरिरहदा बिकासलाई केही भन्नु छैन । त्यत्ति त उनी एउटा मन्द मुस्कानमै टारिदिन्छन् ।





‘बिपत्सना’ अर्थात ‘आफू भित्रको आत्मालाई चिन्नु’ । ‘आफैभित्र समस्या लिएर अरुलाई परिवर्तन गर्न सकिदैन’ बिकास प्रवचन शैलीमा प्रस्तुत भए ‘हामी आफूलाई आफै चिन्न सक्ने, ध्यान मात्रै त्यस्तो एउटा अस्त्र हो ।’ उनका अनुसार संसार जती भौतिक रुपमा सम्पन्न र बिकसीत हुदैछ, मानिसहरुका मन त्यक्तिकै दायित्वबिमुख र करप्टेड बन्दैछन् । अझ हामीमा आफैलाई मात्र सर्वश्रेष्ठ ठान्ने रोग छ । ‘मै खाउ, मै लाउ..’ भावना मात्र छ । ‘यी सब हाम्रा भ्रम हुन्’, उनी ठान्छन्, ‘भ्रममा रमाउनुभन्दा आफूलाई चिनेर रमाउनुमा अझ बढी मज्जा छ ।’ जुन जीवन निकै आनन्दमय र स्वतन्त्र छ । उनका यस्ता कुरा सुन्दा आफ्ना अभिभावकलाई स्वतन्त्रताका बाधक सोच्ने तन्नेरीहरु के सोच्दाहुन् ? ‘हामीलाई हामीभित्रैको ईष्र्या,क्रोध र शंकाले बा“धेर राखेको छ ।’ देख्दामा ठिटो यी स्वामीका कुरामा निकै दम छ । औधी पुस्तक अध्ययनले उनका कुराहरु खरीएका देखिन्छन् । जीवन दर्शनका किताब खोज्न कहिले उनी जमल धाउछन् त कहिले ठमेलका दुर्लभ पुस्तकहरु पाइने पसलहरुमा । ओशो र बुद्धका धेरै पुस्तक सकिसकेछन् । अहिले त्यही हातमा लिएको पुस्तकमा रमाइरहेका छन् ।





तर दुई बर्षअघि पहिलोपटक मेडिटेसन गर्न जादाको उनको अनुभव बेग्लै छ । ‘पहिलो दिन त जसोतसो ढल्यो । तर जब रात शुरु हुन्थ्यो, अर्को दिन कसरी काट्ने भन्ने समस्याले पिरोल्थ्यो । सपनामा समेत मन छट्पटाउथ्यो । सबैसग शांकेतिक संवाद गरेका र ध्यानमै होमिएका सपनाहरु मात्र ।’, अहिले दिनहू उठ्नेबित्तिकै र सुत्नुअघि केहीबेर ध्यान गर्छन् । ‘तर त्यसबखत म आत्तिए । कसरी सकियोस् त्यत्तिका दिन नबोली बस्न, अझ ४ पर्खालभित्र ।’ ती कठिन अनुभव सम्झदा बिकाश अहिले भने कत्ति तनावमा देखिएनन् । ‘कक्षामा पढ्दा खुबै हल्ला गरिन्थ्यो । अगाडि सरले लेकचर दिइरहदा अन्तिम बेञ्चमा बसेर नानाथरी गफ गर्न पल्केको मन ।’ शिक्षक जति नै कडा किन नहोस्, कपिमा लेखेर साथीसग ‘रिटन कन्र्भसेसन’सम्म गरेको उनी सम्झन्छन् । बारम्बारका एसएमएस र फोनहरु । सोसन नेटवर्कमा भइरहने अपडेटहरु । त्यस्तो बानी परेका उनी सकेनन् ध्यानमा बस्न ! अन्ततः पाचौं दिनको सबेरै शिविरबाट भागे ।





त्यसबखत उनले आफूलाई केही हदसम्म चिने । मन अरुका भरमा रमाइरहेको छ, अधैर्य छ....जस्ता धेरै । एकछिन् उनी शान्त भएर बस्न सकेनन् । भन्छन्, ‘घटना र सन्देश एकअर्काका परिपुरक हुन् ।’ पछि धेरैपटक उनी ध्यान शिविरमा गइसकेका छन् । पढाइसकेपछि कतै शान्त ठाउमा आश्रम खोल्ने कुरा सुन्दा यी इञ्जिनियरिङ्गका बिद्यार्थी त हुन् भन्ने शंका लाग्ला ? तर यी सन्यासी पनि होइनन् । ‘घरपरिवार र यही समाजमा रहेर आत्मशान्तिको जीवन्त यात्रा गर्न सकिन्छ ।’, उनी ढुक्क छन् ।





ती स्वामीले त्यसो भनिरहदा म भने तीन बर्षअघि दक्षिण एसियाका तीन सहर काठमाण्डौं, ढाका र नया“दिल्लीमा गरिएको एउटा अध्ययनलाई सम्झन्छु । जसमा किशोरकिशोरीले ‘लुगा र साथीभाइको चयन, प्रेमसम्बन्ध, बाबुआमाको हप्किदप्की, ईष्र्या र अविश्वास’ जस्ता बिषयलाई आफ्नो समस्या ठह¥याएका थिए । आज सोच्दैछु सायद त्यसमा ‘अधैयर्ता’ थपेको भए राम्रो हुन्थ्यो । ‘तन्नेरीहरुमा शान्त रहन नसक्नु ठूलो समस्या छ ।’ मैले यसो भनिरहदा उता उनी सहमतिको मुस्कान दिइरहेका थिए ।


(Catch its printed piece on Hello Shukrabar, a youth suppliment on KANTIPUR national daily dated 25th December 2009)



Thursday, December 10, 2009

खेतमा रमायो मन



‘तिम्रो लागि अब गाउ“मा लामो समय काट्नु त एउटा सपना मात्र होला ’ काठमाण्डौंमा बर्षभरि सधै कलेजका कोर्सस“गै बित्ने मेरो समय देखेर साथीहरु कहिलेकाही“ मलाई भन्ने गर्थे । कहिले बिदेश पढ्न भौतारिने मन त कहिले बिभिन्न इञ्जिनियरिङ कलेजका इन्ट्रान्सका तयारी उनीहरुले देखिरहेकै हुन् । तर उनीहरुले अनुमान लगाएझैं यसपटक भने त्यसो रहेन । पछिल्लो झण्डै दुई महिना आफ्नै गाउ“ मणिग्राम (रुपन्देही) मा कट्यो । मज्जाले धान काटियो । हिउ“द सकिनै लाग्दा अहिले तराईका घरघरमा धान भिœयाउने चटारो छ । जुन माहोल झट्ट हेर्नेलाई रमाइलो देखिएला तर काम गर्नेलाई समस्या पनि उत्तिकै छ । मैले अनुभव गरेरै बुझे“ ।  ................................

Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via www.ekantipur.com dated 11-12-2009

Thursday, November 12, 2009

तन्नेरी स्ट्रिट सप

खल्तिमा पैसा रित्तिदै गर्दा मैले स्ट्रिट सपबारे थाह पाए“ । तिनै स्ट्रिट सप हु“दै दिनहु“ ओहरदोहर गर्दा पनि मैले त्यसअघि कहिल्यै त्यहा“को अनुभव लिएको थिइन । आजभोलि घरबाहिर खाजा खानु परे स्ट्रिट सप मेरो राम्रो बिकल्प बन्नेगर्छ । तर पहिलेजस्तै खल्ती हलुका हुनाले मात्र नसोच्नुस्, आजभोलि म स्ट्रिट सपको फ्यान नै हु“ । सडकछेउमा बसेर सस्तोमा खाजा खा“दै सडक र सडक पेटीका रमाइला घटना हेर्नु कम्ति रोचक हु“दैन । नपत्याए एकपटक आफै अनुभव गर्नुस् ।





‘खाजा खान स्ट्रिट सप जाने ?’ धेरै पहिल्यैदेखि निलकमल (जायसवाल)स“ग बसेर खाने अवसर जुरेको थिएन । कहिले समय त कहिले पैसा π सायद बिद्यार्थी जीवनमा कहिल्यै नपूग्ने यी दुई कुराले मलाईजस्तै धेरै तन्नेरीहरुलाई पिरोलेको हुनुपर्छ । आज निलकमलको इच्छा पनि पूरा गरिदिउ“ भन्ने मेरो योजना छ । ‘ठेलामा π’ उसले नाक खुम्च्यायो । ‘होइन स्ट्रिट सप’ म हासे“ । तर ऊ पनि गलत चाही“ थिएन । तराईमा हुर्केको ठिटो, उसले त्यहा“ त्यही जानेको हो । तराईमा धेरैजसो बिहार र उत्तर प्रदेशबाट आएकाहरुले अब्यवस्थित पाराले ठेलामा खानेकुरा बनाउ“छन् । सायद उसले काठमाण्डौंका स्ट्रिट सपलाई त्यसैगरी बुझेको छ । अनहाइजेनिक र फोहरी पाराले बनेका कमसल खानेकुरा खाने ठाउ“ । किनभने ऊ पनि यसअघि यहा“को अनुभव लिएको छैन । म उसलाई स्ट्रिट सपबारे स्पष्ट्रिकरण दिन थाल्छु । मानौं कुनै विचाराधीन मुद्दामा म स्ट्रिट सप पक्षधर वकिल हु“ । त्यसै पनि धेरै नबोल्ने ऊ मेरो लामो गनथन सुन्नुभन्दा चुपचाप हि“ड्न रुचाउ“छ ।



‘अरु कुनै ठाउ“ नपाएर त्यही ठेलामै जानुपर्ने’ निलकमलले बाटोमा भन्छ । ऊ अझै जान नचाहेजस्तो प्रस्टिन्थ्यो । ‘सक्दो स्ट्रिट सपस“ग आफू अभ्यस्त हुन सिक भाई, बिदेशमा त यत्तिको काम गर्न पनि मारामार छ रेπ’ म ठट्याउली पारामा प्रस्तुत हुन्छु । हुन पनि युरोपेली र उत्तर अमेरिकी मुलुकहरुमा आफ्नो लामो बिदामा स्कुले र कलेजका बिद्यार्थीहरु स्ट्रिट सपमा काम गर्न मरिहत्ते गर्छन् । जुन उनीहरुको पटेक खर्च जुटाउने राम्रो अवसर हो । त्यहा“ काम गर्दैमा उनीहरुको स्तर नापिदैंन । मध्यम र उच्च घरानिया सबैजसो परिवारका केटाकेटीको लागि स्ट्रिट सपमा काम गर्नु आदर्शको बिषय हो । म स्ट्रिट सपमा बिल ग्रेट्स गएर खाजा खाएको सम्झाउ“छु । अहिले काठमाण्डौंमा त्यस्तै छ, स्ट्रिट सपहरु कुनै पश्चिमा मुलुकका भन्दा कम छैनन् । कारण यहा“ नया“ जेनेरेसनका तन्नेरी स्ट्रिट सपका मालिक (वा कुक) हुन । यहा“ साधारण ठेलामा जस्तो फोहर पानी छैन्≤ जारको शुद्ध पानी छ । स्वास्थ्यका दृष्टिले नराम्रो मानिने पत्रिकाका टुक्रामा खानु पर्दैन, टपरीको ब्यवस्था छ । सबभर बस्नका लागि केही कुर्ची र बेञ्चको प्रयोग गरिएको छ । तन्नेरीहरुले हाम्रो बुझाईका ठेलाबाट स्ट्रिट सपको रुप दिन सकेका छन् । अझ कति त आफ्नो पढाईस“गै स्ट्रिट सपलाई लगिराखेका छन् । म खाजा खान जा“दा धेरै त्यस्ता तन्नेरीलाई भेटेको छु जो स्ट्रिट सपमा काम गरेकै भरमा आफ्नो पढाई र काठमाण्डौंको महंगो खर्च धानिरहेका छन् । रोजगारका लागि मात्र सरकारलाई दोष दिनेहरुलाई स्ट्रिट सपका मालिकहरु राम्रा जवाफ हुन् । त्यसैले बिल ग्रेट्सजस्तै स्ट्रिट सपमा हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु गएर खाएमा त्यो मिहिनेती र लगनशील तन्नेरीका लागि सच्चा सम्मान हुनेथियो ।



पहिलेपहिले ठमेल र बसन्तपुरमा मात्र लाग्ने स्ट्रिट फुड फेस्टिबलले अहिले देशब्यापी रुप लिन लिंदैछ । हालसालै पोखरा र बीरगंजमा स्ट्रिट फुड फेस्टिबल सम्पन्न भए । स्वादिला खानास“गै स्थानिय ब्याण्डले आफ्ना संगीत र नृत्य फुड फेस्टिबलमा देखाए । समयसमयमा आयोजना गरिने यस्ता फुड फेस्बिल स्ट्रिट सपकै उपज हुन् । जसलाई तन्नेरीहरु एकप्रकारले उत्सवको रुपमा मनाउने गर्छन । त्यस्तै स्ट्रिट सपलाई देशब्यापी बनाउन सरोकारवाला सबैले सहज वातावरणको सिर्जना गराउनुपर्छ ।



काठमाण्डौंमा स्ट्रिट सपमा हुने परिकारमा समेत अहिले परिवर्तन आएको छ । पहिलेपहिले मःमः मात्रका लागि चलाइने स्ट्रिट सपमा आजकल ससेज, सेकुवा, सुकुटी, आलुपकौडाजस्ता चलनचल्तिका बिदेशी परिकारलाई पनि तन्नेरीहरु थप्दै लगेका छन् । तराईमा भए चाउमिन, लिट्टी, चटरमटर, अण्डाभुजा, चिसो पेय, पान, आदि थपिन्थे होला ।



पहिलेपहिले ब्यवसायिक उद्देश्यले खोलिएका केही स्ट्रिट सप बाहेक बिद्यार्थीले स्ट्रिट सपको शुरुवात भने बाल बिकास युवा सञ्जाल, नया“बानेश्वरका तन्नेरीहरुले गरेको मोति लामा बताउ“छन् । मोतिका अनुसार त्यसबेला (२०५७ सालतिर) उनीहरुले सञ्जालका सदस्यहरुको पालो मिलाएर दिनहू“ सा“झ ४ घण्टा घुम्ती खाजा पसल सञ्चालन गर्थे । जसले ३ बर्षजति निरन्तरता पायो । अहिले त्यसैलाई धेरैले पच्छ्याउ“दा आफ्नो शुरुवात सार्थक भएकोमा उनीहरु खुसी ब्यक्त गर्छन् ।



त्यसबीचमा निलकमल र मैले धेरैथरी परिकार खायौं, त्यो पनि थपिथपि । सडकका रमाइलो हेर्दै खाजा खा“दा घण्टौं बितेको पत्तै भएनछ । ‘कतै मेरो बजेट न नाघेन’ म झस्किन्छु । मात्र २ सय असी । धन्न स्ट्रिट सप । म २० रुपया“ फाइदामै रहें ।


Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via http://www.ekantipur.com/


Thursday, October 29, 2009

लण्डन ड्रिम्स


‘लण्डन ड्रिम्स्’ हेर्न त बा“की नै छ । तर पनि फिल्म नहेर्दै यसको नाम मलाई निकै मन् प¥यो । लण्डन ड्रिम्स्ले गाउ“घरलाई नराम्रैस“ग गा“जेको छ । यसपटकको देउसीमा यसको स्पष्ट छनक पाइन्थ्यो । पहिलेजस्तो हामी समकालिनहरु यसपटक त्यतिसारो रम्न रकेनौं । पहिलो कुरा त गाउ“मा तन्नेरीहरु निकै कम थिए । देउसी खेल्न चाहिने जोसिलो टिम नै बन्न सकेन । अर्को कुरा बिदेशीएकाको घरमा पनि तनाब थियो । कोही युकेमा अझै सेटल हुन नसकेर त कोही भर्ना भइसकेका कलेज पनि ब्याकलिस्टमा परेर ।

पछिल्लोपटक बेलायत सरकारले त्यहा“ अध्ययन गर्न चहानेहरुलाई भिसामा निकै खुकुलो पारेपछी अहिले धेरै नेपाली बिद्यार्थीहरुको ध्यान एकनाशले यूकेमै केन्द्रीत छ । नया“ नियम लागु भएपछि मात्र ५ हजार बिद्यार्थी युके पूगेको बताइन्छ । एक दशकयता बिदेश गएर पढ्ने ट्रेन्डले नेपालमा पनि प्रवेश पाएपछि अहिले धेरै बिद्यार्थीहरुको अप्सन उच्च शिक्षाका लागि बिदेश जाने हुनेगर्छ । देशभित्रै अन्तर्राष्ट्रिय स्तरको र रोजगारउन्मूक शिक्षाको बिकास नहु“दा बिदेश सरल बिकल्प बनेको छ । अवस्था जेजस्तो नै भएपनि स्टुडेन्ट भिसामा बिदेशीने धेरैले राम्रो पढाइस“गै उस्तै आम्दानीको सपना बोकेका हुन्छन् । ‘देशमा पैसा तिरेर पनि चाहेको राम्रो बिषय पढ्न पाइ“दैन । अनि बिदेश नगएर के गर्ने त ?’ शिवराम न्यौपानेले मेरो प्रश्नको सोझो उत्तर फर्काउ“छन् । नेपालमै इञ्निनियरिङ पढ्ने सपना बोकेका उनले दोस्रो प्रयासमा पनि पूल्चोक क्याम्पसमा नाम ननिकालेपछी अहिले युके उड्दै छन् । ‘बर्षेनी १० हजार बढीले दिने परिक्षामा राम्रँ र सुलभ सरकारी इञ्जिनियरिङ क्याम्पसहरुले ५ सय भन्दा बढीलाई पढाउन सक्दैनन् ।’ शिवरामले बिदेशीनुको कारण बताउ“दै बम्किन्छन् । ‘केही नभए पनि यहा“भन्दा त राम्रै होला नि ।’ उनी आशावादी नै छन् ।

बिदेशको पढाई राम्रोस“गै बढी खर्चिलो र असुरक्षित हु“दा पनि नेपाल बिद्यार्थीको अर्बोड क्रेजमा कुनै कमी आएको छैन । शिक्षा मन्त्रालयले पछिल्लो ५ बर्षभित्र मात्र ३० हजार बढी नेपाली बिद्यार्थीहरुलाई बिदेश पढ्न नो अब्जेक्सन लेटर दिनुले पनि देशभित्रै खपत हुनुपर्ने युवा जनशक्ति र ठूलो धनरासी बाहिरिहेको स्पष्ट खाका देखाउ“छ । यसले सिर्जना गर्ने बे्रन ड्रेनबारे कोही सचेत देखि“दैनन् ।

अहिले यूके गएका धेरै बिद्यार्थी नेपालीहरुद्वारा खोलिएका कलेजमा छन् । कम लगानीमा खोलिएका ति कलेजले आफूखुसी बिद्यार्थी झिकाउ“ने गरेको बिद्यार्थीहरु बताउ“छन् । एक महिना अघि लण्डन पुगेको दिपक आफू पढ्ने कलेज पुगेपछी एकछिन् त आत्तियो । न त्यहा“ वेवसाइसमा देखाइएको जस्तो ठूलो भवन थियो न त खुला मैदान नै । थोरै कोठाहरुमा भाडमा लिएर कलेज चलाइएका थिए । ठ्याक्कै पुतलिसडकका ट्युसन सेन्टरजस्ता । दिपकले मलाई इमेलमा गुनासो पोख्यो, ‘न पढाइको गुणस्तर छ न त कलेज आएको अनुभव नै हुन्छ । ’ बिदेशी भुमिमा नेपालीहरु नै नेपालीलाई ठग्दा बिद्यार्थीहरु आक्रोशित छन् । त्यस्ता कलेजहरुलाई अहिले त्यहा“को सरकारले ब्याकलिस्टमा राखेको छ । कतिको त लाइसेन्स नै रोकिने अवस्था आउ“दैछ । अब ६० दिनभित्र अर्को कलेज नखोजे भिसा नै नविकरण नहुने हु“दा बिद्यार्थीहरु तनावमा छन् ।

मह“गो युकेमा जागिर नपाउनु उनीहरुको अर्को समस्या बनेको छ । साथी किरण युके पुगेको डेढ महिना बितिसक्दा पनि अझै जागिरको टुङ्गो लगाउन सकेको छैन । ‘यहा“ पठाउने कन्सल्टेन्सीले २०१२ को ओलम्पिक भनेर जागिर सजिलै पाइने भन्थ्यो, तर सानै कामलाई पनि यहा“ निकै हानथाप छ । ’ किरणले दुखेसो पोख्यो । कन्सल्टेन्सीहरुले आसन्न ओलम्पिकलाई भजाएर बिद्यार्थीमा भ्रमको खेती गर्दा पनि सरकारले कुनै चासो नदिएकोमा ऊ आक्रोस ब्यक्त गर्छ । लण्डनमा मात्र एक दर्जनको हाराहारीमा रहेका त्यस्ता नेपाली कलेजहरु पढाउने उद्देश्यले भन्दा पनि स्टुडेन्ट भिसामा कमाउने ध्येयले गएका नेपालीहरुलाई कानुनी आधार बलियो बनाउने उद्देश्यले मात्र खोलिएजस्ता छन् ।

अब केही महिनाभित्रै क्यानाडाले आफ्नो स्टुडेन्ट इयर मनाउ“दै छ । बिद्यार्थीको ओहीरो त्यता पनि उत्तिकै लाग्नेछ । कन्सल्टेन्सीहरुलाई थप कमाउने बाटो खुल्नेछ । तर सरकारलाई आफ्ना जनशक्ति यसरी बिदेशीएको सोच्ने फुर्सदै छैन । उसलाई आफ्नै झिनामसिना काममा अल्झि“दै फुर्सद छैन । ‘जबसम्म देशभित्र अस्थिरता बढ्छ, शिक्षामा प्रशस्त अवसरहरु खुल्दैनन् बिद्यार्थीहरुको बिदेशीने क्रम उत्तिकै बढ्छ ।’ सुधन तर्क गर्छ । ‘बिद्यार्थीहरुको भविष्यबारे सरकारलाई त केही फिक्री नै छैन । उसले न त देशभित्र राम्ररी पढाउन सक्छ न त बाहिर पढ्न जानेलाई नै गाइड गर्न सकिरहेको छ ।’ सुधन सरकारप्रति निराशा ब्यक्त गर्छ । लण्डनबाट साथीहरु आफ्ना समस्याले भरिएका फोन र इमेल गरिरह“दा मलाई भने त्यही ‘लण्डन ड्रिम्स्’ हेर्न आतुर हु“दै जान्छु ।

Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via http://www.ekantipur.com/

कौराकी कान्छी


त्यसो त उनी त्यती गफी होलिन्जस्ती छैनिन् । त्यसैले पनि होला उनीसँग दिनहूँ आँखा जुध्दा पनि अझै परिचयसम्म हुन सकेको छैन । रुचाङ्ग छिरेको तेस्रो दिन स्थानिय युवा क्लबले हाम्रो सम्मानमा राखेको कौरा नाच मा फेरी उनीसँग जम्काभेट भयो । “आज त नबोली छाड्दिन ।” मैले मनमनै योजना बुन्दै थिएँ । तर पनि मलाई सोचेजस्तो सहज थिएन, त्यहाँ । कारण म त्यहाँ अतिथिको रुपमा थिए । एक बिकासे सँस्थाको प्रायोजनमा स्थानिय बालक्लबका सदस्यहरुलाई बाल पत्रकारिता तालिमका लागि हामी त्यहाँ पुगेका थियौँ । रुचाङ्ग, सम्भवत नवलपरासी जिल्लाको सबैभन्दा बिकट उच्च पहाडी भाग हो । न मोवाइल, न टिभी । बेलाबखत रेडियो नेपाल भने मेरो मोवाइलमा टिप्थ्यो । पूरा एकदिनको डरलाग्दो बाटो, पुरानो रसियन मोडलको जीप, अझ त्यसमाथी पनि जीपको छतमा बसेर यात्रा । हाम्रो लागि रुचाङ्गसम्मको यात्रा कम्ती रोचक थिएन । जीपभित्र बसेर यात्रा गर्न समयअगावै टिकट लिनुपथ्र्यो । जसमा हामी चुकेका थियौँ । धन्न हाम्रो पुर्पुरो बलियो रहेछ । कमसेकम गाडीमा पाइला टेक्न त पाइयो । अझ त्यसमाथी म घर थाह नदिई रुचाङ्ग हानिएको थिए । मसँग कान्तिपुर टिभीका रिपोर्टर केबी राना साथै थिए । मगर गाउँ भएको हुँदा त्यहाँ उनको रौनक बेग्लै थियो । म त बाहुनको छोरो । मगरभाषा पनि त्यतिसारो बुझ्दििनथेँ । सबै मगर भेषमा सजिदाँ म भने जिन्सपान्ट र टिसर्टमा थिएँ । जसले मलाई अफ्ट्यारो महसुस गराइरहेको थियो । म कताकता त्यो भिडमा म आफूलाई जेम्स बन्ड महसुस गरिरहेको थिएँ । जेम्स बन्ड सिरिजको डिटेक्टीभ पात्रजस्तो ।


घडीमा रातीको आठ बज्दै गर्दा युवायुवतीहरुको भिड ठूलै भइसकेको थियो । छिमेकी गाउँका मगर युवाहरु ठाँटिएर आउने क्रम जारी थियो । रुचाङ्गकै स्थानिय केटीहरु पनि मगर भेषमा सजिएर बसेका थिए । आगनको अघिल्लो भागमा एकपट्टीबाट केटाहरुले कौरा गाउन शुरु गरे....


आज मलाई सन्चो छैन

घर जान मन छैन

यो नानीले बस भन्दैन


केटीहरु मच्चिएर नाच्न थाले । जसमा मैले शुरुमा कुरा गरेकी पात्र पनि थिइन् । सबैको ध्यान उनैमाथी थियो । मलाई रमाइलो नहुने त कुरै भएन । अझ मगर संस्कारमा उमेर पुगेकाहरुले आफ्नो बिहेको लागि केटा÷केटी छान्न यो राम्रो अवसर हो । प्रायः मगरहरुको बिहे रोदी, झाम्रे र कौरा गाउँने क्रममा छिनिन्छ । त्यसैले पनि त्यहाँ आउने युवायुवतीले आफ्ना नजिकका नातेदारलाई लिएर आउँछन् । गाउँदा गाउँदै केटाकेटीको मन मिलेमा त्यहीँ बिहेको कुरा छिनिन्छ । बिहेको प्रस्ताव पनि शहरिया पारामा “आइ लभ यु” भन्दै गुलाफको फूल दिएर होइन । कौरा भाकामै गाएर । केटीलाई केटा मन परेमा गाएर उसको प्रस्ताव स्विकार्छन् । कौरामा केटीले गाउँने भनेको सामान्यतया त्यही बेला मात्र हो । कौरा यस्तो नाच हो, जसमा केटाहरु बढी गाउँछन् । केटीहरु नाच्छन् । अझ त्यसमा पनि अर्को गाउँमा गएर गाइने कौरा नै वास्तविक कौरा नाच हो । होस्ट गाउँका केटीहरुले अन्य गाउँका केटाहरुलाई आफ्नो गाउँमा कौरा गाउन लागि निम्तो दिन्छन् । त्यहाँ ति आगन्तुक केटाहरुको बिशेष संस्कार गरिन्छ । केटाहरु फर्कने बेलामा मन परेकी केटीहरुलाई पैसा र गरगहना दिन्छन् । यो नाच आपसी मित्रता बढाउने अवसर पनि हो । सबैले आफू सुहाउँदो जोडिको खोजिमा थिए । अझ गाउनुपूर्व उनीहरुलाई छ्याङ ख्वाएपछी त कौराको वास्तविक रौनक झल्किँदो रहेछ । नशामा उनीहरुले लज्जा महसुस गर्दैन र खुलेर गाउँछ थाल्छन् । तर त्यसमा छाडा उश्रृङखलता मिसिँदैन । पाउना केटाहरुले त्यहाँका केटीहरुको प्रशंसा खुबै गर्दारहेछन । जो कौरा सफल हुने ठूलो कडी रहेछ..........................


तिमी कती भएकी राम्री

बनाउन पाए हुन्थ्यो नी हाम्री


कौरा अनुभव मेरा लागि पहिलो थियो । त्यसभन्दा ठूलो अनुभव मलाई आफ्नो संस्कृतिप्रति जिम्मेवार ति मगर गाउँका युवाहरुको संस्कृति मोह लाग्यो । कार्यक्रमको अन्त्यमा मैले ती युवाहरुको प्रशंसा बोलेरै गरे । किनकि मसँग कौरा गाउने साहस थिएन । चार दिन चार रात खेल्दा समेत नसकिने रहेछ यो नाच । जति लम्ब्यायो त्यती लम्बिने । अझ कुनै केटी असाध्यै मन परेमा उसले बिहेको प्रस्ताव नस्विकार्दासम्म कौरा गायन चलिरहन्छ । मलाई कलेज पढ्दाका ति साथीहरुको याद आयो । जो ग्लोबलाइजेसनको नाममा छाडा पश्चिमा संस्कृतिको घोतक डान्सबारमा र डान्सरेष्टूरामा रमाउँछन् । पैसाको भरमा मात्र कामुकताको लागि । जो आफूलाई निकै पढइया सोच्छन् । तर रुचाङ्गका ती युवाहरु काठमाण्डौँ खाल्टोका युवाभन्दा धेरै कम पढेका होलान् तर आफ्नो संस्कृतिलाई बचाएर राखेका छन् ।


बिहान ५ बजेतिर कौरा नाच सकिएछ । हामी भने ४ बजेको पहिलो जीपको टिकेट लिइसकेका थियोैँ । र फर्कियौँ । साँझ पख कावासोती पुग्दा नेटवर्कमा फ्याकिएका दुइ दर्जन मेसेज मेवाइलमा छिरे । आधाजसो पिताजीकै थियो “प्रदीप, तिमी कहाँ छौ ?” जस्ता नानाथरी लेखिएका । तर ममा भने त्यही लेखको शुरुमा उल्लेख गरेकी पात्रसँग परिचय गर्न नसकेको पछुतोले सताइरहेको थियो । सायद मैले रुचाङ्ग छाड्दै गर्दा उनको पनि बिहे पनि छिनियो होला । कान्छी भनेर बोलाइने ति सायद मेरा लागि कान्छीमै बिदा भइन ।


Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via http://www.ekantipur.com/

चलकेटी प्रेम


फिल्महलमा लभ आजकल चलिरहेको छ । फिल्मको उत्कृष्ट पटकथा र संगितका बिच पनि म निर्देशक इम्ताज अलिसँग सन्तुत्ट भइन । फिल्मको अन्त्य त्यही पुरानै पारामा भयो । अर्थात– आदर्श प्रेम । जुन आजका चकलेटी प्रेममा भेटिँदैनन् । चलचित्रले वर्तमान कलेजका युवाहरुका अक्सर चल्ने प्रेमप्रसँगलाई प्रतिबिम्बत गरेको छ । त्यसैले पनि कलेज क्यान्टिनमा खाजासँगै चल्ने हाम्रा गफगाफका बिषयमा अहिले प्रेमका बिषयले महत्व पाइरहेको छ । साथीहरुका अफेयर शुरुवात र ब्रेकअभ, अनि त्यसले साथीहरुमा ल्याइरहेको परिवर्तनका कुराले कलेज क्यान्टिन तताउने गरेको छ ।

“.....सँगको लभलाई पनि मैले ब्रेकअफ दिइसकेँ । अब म नयाँ प्रेमीको खोजिमा छु । त्यो जो पनि हुन सक्छ । सायद तिमी पनि ।” एउटा केटीसाथीले क्यान्टिनमा मलाई भन्दैथिइन् । त्यो प्रेममा उनको दोस्रो ब्रेकअफ थियो । उनी यसरी भन्दै थिइन कि प्रेमीहरु कुनै छोटा यात्रामा भेटिने यात्रीजस्तै हुन । मैले उनको कुरालाई काट्नुको कुनै तुक देखिन । मात्र थपेँ “तिम्रो तेस्रो प्रेमी हुन पाए त मेरो अहोभाग्य ।” केहीबेरलाई साथीहरुबिच हाँसो मजाकको राम्रो बिषय बन्यो । तर पछि सोचेँ हामी कलेजका किशोरकिशोरीहरु प्रेमलाई कतिसम्म सस्तो रुपमा बुझिरहेका छौँ त ? प्रेमको महानतालाई हामी हाम्रा सस्ता कुरामै सिमित राखिरहेका छौँ । यसको बिशिष्ठताको कतै अवमूल्यन त भइराखेको छैन ।

अर्को साथी सोनुले हातभरी ब्लेडले चिरेर आफ्नो प्रेमिकाको नाम लेखेको देखाउँदै थियो । ऊ कतिसम्म आफ्नी प्रेमिकालाई माया गर्छ, देखाउन खोज्दैथियो । आफ्नै रगतले उसले डायरीभरी लभ लेटर पनि लेखेर पठायो । तर उसको त्यो प्रेम सम्बन्धको आयु पनि धेरै दिन रहेनछ, अन्ततः त्यो लभ पनि ब्रेकअफ भयो । कलेजका साथीहरुमा प्रेमलाई अभिब्यक्त गर्ने पारा नै अर्कै छ । हात काट्नु, दिनहूँ डेटिङमा जानु, महँगा उपहारहरु दिनैपिच्छे दिनु जस्ता धेरै । यद्यपि उनीहरु आफूहरुबिच नै राम्ररी परिचित हुन सकिरहेका हुँदैनन् । धेरै साथीले त कतिसम्म पनि गरे भने पहिलो नजरमै मन परेको केटीलाई “आइ लभ यु” भनेर प्रपोज गरे । हरेक प्रेमसम्बन्धको प्रस्थानबिन्दू आकर्षण नै हो । तर हरेक राम्रा आकर्षणहरु सधै राम्रा प्रेमसम्बन्ध नबन्न सक्छन् । केही समयलाई मात्र साथी भएर आफ्ना भावनाहरु खुलस्त आदानप्रदान गर्न सकेमा त्यो मित्रतालाई प्रेमसम्बन्धमा लैजानु ठिक छ कि बेठिक भन्ने दुवैलाई महशुष हुन्छ । तर कलेजमा अक्सर चल्ने अफेयरहरु सिधै प्रेमसम्बन्धबाट शुरु भई अन्ततः साथीसम्म पनि नरहने गरी समाप्त हुन्छन ।

साथी अमितको ब्यथा अर्कै छ । ऊ कलेजमा एउटी केटीलाई मन पराउँथ्यो । मित्रतामै सीमित रहेको उनीहरुको सम्बन्धमा प्रेमोन्मूख थियो । एकदिन उसले उनलाई प्रेमप्रस्ताव राख्ने विचार ग¥यो । कारणबस ऊ त्यसदिन कसैले उपहार स्वरुप विदेशबाट पठाइदिएको ल्यापटप लिन जानुपरेकोले कलेज आउन सकेन । त्यसको अर्को दिन उसलाई प्रस्ताव राखेछ । तर एकदिन ढिलो गर्नाले उसको प्रस्ताव पनि अस्विकृत भयो । त्यो भन्दा अघिल्लो दिन नै केटीले उक्तिकै मन पराउने अर्को केटाको प्रस्ताव उनले स्विकार गरिछन् । त्यस पीडाले गर्दा उसले त्यो ल्यापटप चलाउन छाडिदियो । आजकल ऊ सधै आफ्नो त्यस दिनलाई सम्झेर पछुताउने गर्छ । के साँच्चिकै प्रेम एक दिनले निक्यौल गर्न सक्छ त ? सच्चा प्रेम त बर्षौँसम्म प्रतिक्षा र त्याग गरेर बसिरहेको हुन्छ । कलेजमै अर्कोथरी एउटा समूह छ, जो आफूलाई पनि मन पर्ने केटी अरुले पनि मन पराएमा उसलाई कुटपीट गर्नेसम्मको योजना बनाउँछ । फोनबाट निरन्तर थ्रेटनिङ गरिराखेको हुन्छन् । एउटा सहपाठी साथीको कलेजमै अर्कै सेक्सनकी केटीसँग सामान्य मित्रता चलिरहेको थियो । तर कलेजमा त्यस कुरालाई अर्कै रुपबाट बुझिएछ । उनका पछी परेका कलेजका केटाहरुले उसलाई पिटेर अंगभंग गराउने योजनासम्म गराए । उसको नाम लिएर कक्षामा असभ्य शब्दहरुको साहारा लिएर तनाव दिन थाले । अन्ततः अहिले ती दुईबिचको मित्रता बिनाकारण सकियो ।

हाम्रो पूर्विय समाजमा केटाकेटीबिचका सम्बन्धलाई सधै नराम्रै रुपमा लिने गरिएको छ । कलेजभित्रै र बाहिर मेरा प्रशस्तै केटीसाथीहरु छन् । उनीहरुसँग मेरो सम्बन्ध सुमधुर छ । कहिलेकाहीँ कसैले प्रस्ताव राखेमा म उनीहरुसँग घुम्नजान र कहिलेकाहीँ क्याफेहरुमा खाजा खान हिचकिचाउँदिन । तर साथीहरु त्यसलाई शंकाको दृष्टिले बुझ्छन् । अझ राजभाईले त सधै मरो केटीहरुसँगको सम्बन्धलाई शंका गर्दै भन्छ “ब्वाय एण्ड गर्ल क्यान नेभर बि जस्ट फ्रेन्ड ।” उसको त्यो बुझाईको प्रतिउत्तर म सिर्फ मुस्कानमै दिन्छु । वर्तमान परिवेशमा कलेजका केटाहरुले केटीहरुलाई अक्सर जुन रुपमा लिन्छन्, त्यसका सामु उसको त्यो बुझाई पनि मलाई ठिकै लाग्यो । मनोजका केटी साथीहरु ध्ेरै छन् । ऊ सबैलाई आफ्नो लभ अफेयरकै रुपमा लिने गर्छ । ति सबै सम्बन्धलाई उसले साथसाथ हेन्डल गरिरहेको छ । पछिल्लोपटक ऊसँग लुम्बिनी घुम्न जाँदा त्यहाँ प्रेमस्तभमा (त्यहाँ आफूले चाहेको केटा÷केटीको नाम लेखिन्छ ) उसले फेरी एउटी नयाँ केटीको नाम लेख्यो । र अघिग्ला सबैलाई तिम्रँे नाम लेखेँ भनेर उनीहरुलाई खुसी पार्न समेत बाँकी राखेन । कलेजमा निकै जम्ने भनिएका प्रेम सम्बन्धहरु प्नि छोटो समयमै सकिने प्रसस्त उदहारण भेटिन्छन् । एउटा अर्को साथीले २ बर्ष लामो प्रेम सम्बन्धलाई केही समय अघिमात्र ब्रेकअफ दियो । उ आफूलाई अब ति केटीसँग दिक्क लाग्न थाल्यो भन्दै थियो । यसले के स्पष्ट जनाउछ भने कलेजमा चल्ने धेरै अफेयरहरु कम समझदारी र बढी शारिरिक आकर्षणकै भरमा टिकिरहेको हुन्छ । ग्लोेबलाइजेसको असरसँगै नेपालमै पनि प्रेमिप्रेमिकाहरु सिर्फ टाइमपासको रुपमा लिन थालेका छन् । यसले उनीहरुमा थुप्रै बिकृतिहरुले स्थान पाउने खतरा छ । एउटी मिल्ने केटीसाथीले मसँग बिस हजार रुपयाँ सापटी मागिन् । कहिल्यै मसँग त्यत्ति ठूलो लेनदेन नगर्ने उनको त्यो आग्रह देखिर म अचम्मित परे । पछी उनको मिल्ने साथीबाट थाह पाएँ । उनको ब्वायफ्र्रेन्डसँगको असुरक्षित यौन सम्पर्कले गर्दा गर्भ रहन गएकोले एर्भोसनका लागि त्यक्तिका रकम चाहिएको रहेछ । कोही आफूले मन पराएकोले उसको प्रपोस अस्विकृत ग¥यो भन्दैमा नशा र कुलतको साहारा लिने गरेको पाइन्छ । कतिले अध्ययनमा आफ्नो ध्यानकेन्द्रीत गर्नै सकिरहेका हुँदैनन् । गतमहिना एउटा साथीले घरको फोनको महसुल २२ हजार उठायो । जसमा उसका बाबुआमाले बढीमा दुई हजारका फोन गरे होलान्, बाँकी सबै उसकी गर्लफ्रेन्डसँग । कतिसम्म भने कति रातहरु उसले गर्लफेन्डसँगको टेलिफोन होल्र्डमै बितायो । यसरी “ट्रान्जिसन फेज”का किशोरकिशोरीहरु कलेजका सस्ता प्रेममा रमाउँदा कतै ठूलो बिद्यार्थीको जमात नराम्रो दिशातर्फ अल्झिने त होइन । राजभाइले भन्छ “यो समय अध्ययनको समय हो, अहिले पढ्नुपर्छ केटी भनेको पछी पनि पाइन्छ, तर आफ्नो भविष्य बनाउने यो समय पछी पाइँदैन ।” तर सुमन मान्न तयार छैन “राम्रा प्रेमसम्बन्धहरु अध्ययनसँगै लान सकेमा त्यो फलदायी पनि त हुन सक्छ । ” म दुबैका कुरामा समर्थन जनाउँछु ।

Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via http://www.ekantipur.com/

सेक्स टुरिजम


एकनासले मेरो वरपर छाएको सन्नाटा अचानक मोवाइलको घण्टीस“गै भंग भयो । साथी सर्वेस रहेछ र्। आज कतै फ्रेस हुन जाऔं भाई ।’ उसले सिधै प्रश्न ग¥यो । झ्यालमा हल्लिरहेको रेशमी पर्दा हटाएर बाहिर हेरे“ । बाहिर सडकमा सा“झको रमाइलोले प्रवेश पाइसकेको थियो । सदा रमझम र छलफलमै बिताउने पंक्तिकारको मन घरभित्रको एक्लोपनबाट निस्कन चहान्थ्यो । मात्र बाहाना चाहिएको थियो । प्लसटु सकिएपछी त अझ साथीहरुस“गको नियमित भेटघाट ठप्पप्रायः भएको बेला उसको त्यो आग्रहलाई म नकार्ने मुडमा थिइन । मस“ग त्यसबेला त्यतिसारो पैसा नभएको उसलाई बताए“ र्। मे हु“ ना भाई ।’ उसले जसरी भए पनि मलाई लैजान चहान्थ्यो । घरमा दिदीलाई सोधें । उसले कारण नै नसोधी अनुमति दिई । २०१६ को ओलम्पिक ब्राजिलमा हुने निर्णय हु“दैगर्दा उसको खुसीले सीमा नै नागेको थियो । बिए सक्नै आंटेकी ऊ अबको २ बर्षपछी अमेरिका पढ्न जाने योजनामा छे । सिकागो सहर प्रतिसपर्दाबाट पहिले नै हटेता पनि नजिकैको ब्राजिल छनौट भएकोमा पनि उसलाई केही भन्नु छैन र्। त्यती त म एकदिनको प्लेनमै पुग्छु ।’ ऊ भन्दैथिई ।

केहीबेरमै हामी दुई बाइकमा सवार भयौं । तर डेस्टीनेसन मलाई थाह छैन । म मात्र साथीस“ग निस्कन पाएकोमा फुरुंङ्ग छु । आज बिहान उसले एउटा पत्रिका पढेछ र्। यो त आठौं आश्चर्य भएन र ?’ मैले भनें । पत्रिकाका समाचार पढ्नु उसको सोख होइन । तर पनि उसलाई आज एउटा खबरले भने राम्रैस“ग आकर्षित गरेछ । एकजना मन्त्री शरदसिंह भण्डारीले यौन पर्यटनको पक्षमा दिएको अभिब्यक्ति उक्त समाचारको बिषय थियो । जसमा मन्त्री भन्दैथिर्ए केही निश्चित मापदण्ड बनाएर यौन पर्यटनलाई सरकारले मान्यता दिनुपर्छ ।’ जसले उसको त्यस बिषयमा रहेको चासोमा क्याटलिस्टको काम गर्नेछ । त्यसैक्रममा आज एउटा यौनकर्मी केटीस“ग मलाई भेटाउन खोज्दैछ ।

सा“झपख ठमेलमा चहलपहल बढ्दैगर्दा हामी त्यहीको एउटा पुरानो घरमा पस्छौं । छिर्ने ढोका पनि निकै सा“घुरो छ । भित्रपट्टी हल्कामात्र उज्ज्यालो छ । केही केटीहरु । सायद हामीलाई देखेर उनीहरु आत्तिए । सर्वेस पनि पहिलो पटक थियो त्यहा“ । तर त्यहा“बारे अपडेटेड भने त्यहा“ आउनेहरु भन्दा बढी नै । उसले पैसा बुझायो । म भने आत्तिन्छु । जे होला जेखाजाएगा । म समालिन खोज्छु । उसले केटी रोज्यो । मैले भने अगाडी जो थिइ उसैलाई भने । एकैछिनमा म एउटी अपरिचित केटीस“ग एउटा सांगुरो कोठमा छु । निकै फोहर ओच्छ्यान । यत्रतत्र बियरका बोतल र चुरोटका ठुटाहरु । पान मसालाले रंगिएका भित्ताहरु । म धेरै त्यहा“ बस्न सक्दिनथें । तर त्यहा“ लगानी भएको तीन सय दश रुपया“ म त्यसै खेर जान दिने मुडमा पनि थिइन र्। अनि सेक्स ? ’ तपाई सोच्नुहोला । त्यो त त्यहा“भित्र पुगेपछी मेरो मनबाट नै हराइसकेको थियो । मेरो बुझाइको सेक्स र त्यहांको परिवेश भिन्नै थिए । म छेवैको कुर्चीमा बसें । ऊ अचम्म परी र्। छिटो ल । अहिले फेरी साहु कराउंछ ।’ म मुस्कुराएं मात्र । मैले आफ्ू त्यहा“ आउुनुको अभिष्ट बताएं । नाम, घरबार, बेश्यालयसम्मको यात्रा.....नानाथरी । हामी केहीबेर गफियौं र्। नाम नलेख्नु नि ।’ उनले भनिन् । त्यसबिचमा ठमेलको यौन जीवनबारे धेरै कुरा भयो ।

उनको यो तेस्रो ठाउ“ थियो र्। तपाईं सोच्नुहोला यहा“का राम्रा होटमा त यस्तो नहोला नि ?र्’ अनि के त ?’ म जिज्ञासु बने र्। म पहिले यहींकै ठूलो लजमा काम गर्थें । केही दिनका लागि पहिल्यै बुकिङ्ग गर्थे मलाई । ’ उनले आफ्नो रामकहानी सुनाउन थालिन् । उनका अनुसार ठमेल टुरिस्टप्वइन्ट हुनुको कारण यहा“को सेक्स टुरिजम नै हो । धेरै बिदेशी नागरिकस“ग रात काटेका प्रशस्तै अनुभव रहेछ । रसुवा जिल्ला घर बताउने उनको किशोरावस्था जान्न चाहें म । ठ्याक्य इलेभेन मिनेटकी बेश्या पात्र मारियाको जस्तै । जुन उपन्यास म एकरात नसुति सकेको छु । लभमा ट्रेजिडी र सेक्सुअल फ्रस्टेसन । के सबै प्रोस्चिचिउटको कहानी एउटै हुन्छ ? म उपन्यासकार पाउलो कोइलोलाई सम्झें । जसले अहिले उनको परिचय बनेको छ प्रोस्चिचिउट बाई प्रोफेसन ।

सर्वेसले अघि गरेका कुरा मेरो मनमा बल्ल घुमिरहेको छ । नेपाल आउने पर्यटक अब मात्र यहा“को प्रकृतिले मोहित छैनन् । यहा“ नजानिदों पाराले सक्स पर्यटनको बिकास भइरहेको छ । उनका अनुसार यहा“का अन्तर्राष्ट्रिय लिंक भएका होटल र ट्रेकिङ एजेन्टले यहा“ आउनुपूर्व नै आफ्नो मेनुमा सेक्स समेत देखाउंछन् ।

८० दशकमा हिप्पी टुरिजमको बिकासस“गै नेपालले पनि खुलापन अंगाल्न थाल्यो । सेक्स टुरिजम सायद त्यसैको एउटा उपज हो । चाहे त्यसमा बिदेशी लागुन् या नेपाली नै । पोर्नोग्राफिक मेटेरियल्स हेर्न अब कुनै अरु देश धाउनुपर्दैन । प्रविधिले आफ्ना मोवाइलभित्रै यसलाई सुलभ बनाइदिएको छ । डान्सबार र क्याबिन रेष्टुंरामा बालबालिका सम्मको पहू“च छ । पश्चिमा समाजबाटै सिकेको यस कुराको अब उनीहरुजस्तै ब्यावस्थापन गर्न पनि सक्नुपर्छ । अन्य बिकल्प पनि छैन । केही निश्चित ठाउ“लाई रेडलाइट एरिया घोषणा गरियोस् । बाहिर कडा गरियोस् । कम्तिमा १८ बर्ष नपुगुन्जेल केटाकेटीलाई अश्लिल स्रामाग्रीबाट परै राखेर यौन शिक्षा दिन सके यौन पर्यटनलाइ्र्र सरकारले मान्यता नै दिएपनि आकासै खस्ने अवस्थाको सिर्जना हुने छैन । तन्नेरीहरु यौनजन्य क्रियाकलापमा लाग्छन् जसलाई दबाउन सकिंदैन । प्रचण्डले जसरी जनताको तागतलाई संसारको कुनै शक्तिले दबाउन सक्दैन भन्छन् हो यौनलाई दबाउन खोज्नु पनि त्यस्तै हो ।

सर्वेसले मिसकल हान्यो । म बाहिर निस्कें र्। उसको हालत पनि मेरो झैंभएछ ।’ तर म भने खुसीनै थिएं । कमसेकम थप केहीसमय सम्मका लागि म भर्जिन नै रहें ।

Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via www.ekantipur.com