Showing posts with label Naya Bato. Show all posts
Showing posts with label Naya Bato. Show all posts

Thursday, August 5, 2010

दृष्टिविहीनका सारथी

‘पूल्चोक इञ्जिनियरिङ्ग क्याम्पसका बिद्यार्थीले अन्तिम बर्षमा फाइनल प्रोजेक्ट गर्नुपर्ने हुन्छ’, विवेकराज श्रेष्ठ सम्झन्छन्, ‘कसले कसको भन्दा भिन्न र राम्रो गर्ने भन्नेमा त्यसबेला खुबै प्रतिसपर्धा हुनेगर्छ ।’ उनका अनुसार अधिकांशले इन्टरनेटमा राखिने जानकारीका सहायताले अरुले बनाइसकेका प्रविधिलाई नै पच्छ्याउ“छन् । तर उनी त्यही लयमा मोडिन चहादैंनथे । भिन्न प्रोजेक्ट गर्नु त थियो नै, त्यसबाहेक समाजसेवा पनि होस भन्ने उनको चहाना थियो । यस्तै सोचिरह“दा उनको ध्यान टेलिभिजनमा आउने दृष्टिविहीनबारेको सामाजिक विज्ञापनमा प¥यो र सायद उनको लागि ‘ब्रेल ट्युटर’ बनाउन त्यसैले नै उत्प्रेरणाको काम ग¥यो । यद्यपि त्यो बनाउने उनी एक्ला भने थिएनन् । उनकै सहपाठीहरु सम्पूर्ण भट्टचन, सुशिल अधिकारी र स्वप्निल रञ्जित समेत निर्माण दलमा थिए ।

आखिर के गर्छ त ‘ब्रेल ट्युटर’ले ? अनि यसको आवश्यक्ता नै किन प¥यो ? हेलो शुक्रबारले उनीसामु राखेका यी प्रश्नका जवाफ दिनुपूर्व उनी झण्डै २ बर्ष पहिलेको एउटा घटना सम्झन चाहे । ‘दृष्टिविहीनलाई सहयोग पुग्ने केही प्रविधि बनाउने निधो गरेपछि हामीहरु काठमाण्डौंको बल्खुस्थित लेबोरेटोरी स्कुल पुगेका थियौं जहा“ केही दृष्टिविहीनलाई पनि राखेर पढाइन्थ्यो’, विवेक भन्छन्, ‘तर त्यहा“ उनीहरुले ब्रेल सिकेको तरिका हेर्दा हाम्लाई लाग्यो ब्रेल पढ्नु र पढाउनु दुवै निकै जटिल कामहरु रहेछन् ।’ त्यसैले पनि ब्रेल सिक्न र सिकाउनमा उपयोगी हुने प्रविधि बनाउने निर्णयमा उनीहरु पुगेका थिए । उनीहरुका अनुसार ब्रेल सिकाउनु आफैमा एउटा गाह«ो काम हो, त्यसमा पनि हामीकहा“ प्रयोग भइरहेका पुराना एवं परम्परागत शैलिले त यसलाई झन् जटिल बनाइरहेको छ । ‘आफ्नो दृष्टि गुमाएका मान्छेहरु प्रायः त्यसै त जीवनप्रति निराश भइराखेका हुन्छन्’, सम्पूर्ण थप्छन्, ‘अझ त्यसमा पनि झ्याउलाग्दा र झन्झटिला तरिकाले ब्रेल सिकाउनतर्फ लाग्ने हो भने त झन् बढ्ता फ्रस्टेसन उत्पन्न गराउ“छ ।’ सम्पूर्णका अनुसार हामीकहा“ अन्य साधारण कक्षामा पढाएझैं धेरै बिद्यार्थीलाई एकैसाथ राखेर ब्रेल सिकाउन सकि“दैन । एउटा शिक्षकले एक पटकमा एउटा मात्र दृष्टिविहीन बिद्यार्थीलाई पढाउन सक्छ । त्यसमा पनि ब्रेल सिकाउने शिक्षकले ब्रेल लिपी जान्नैपर्ने अर्को समस्या छ । ‘ब्रेल लिपी भनेकै साधारण सतहबाट माथि उठेको भागलाई छामेर सिक्ने प्रकृया हो’, शुशिलले भने, ‘यहा“ फलामका किला राखी तिनलाई नै छामेर अक्षर चिन्न सिकाइन्छ ।’ त्यसक्रममा त्यसै त आ“खाले नदेख्ने बिद्यार्थीहरुको हातमा घोचेर घाउ बनाइरहेको हुन्छ ।

चारै जना इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङ्गका बिद्यार्थी रहेका उनीहरुले तिनै परम्परागत शैलीमा रहेका समस्यालाई आधुनिक बनाउन कम्प्युटरको सहारा लिएर सुल्झ्याउने काम गरे । माइक्रोफोनको सहायताले अक्षर उच्चारण गर्दा कम्प्युटरले ‘भ्वाइस डिटेक्ट’ गरेर साथै जोडिएको ‘ब्रेल मेसिन’मा ब्रेल लिपीमा उक्त शब्द देखिन्थ्यो । जसलाई बिद्यार्थीहरुले छामेर सिक्न सक्थे । ‘तर’, उनीहरु भन्छन्, ‘उनीहरुले त्यसरी उच्चारण गर्ने अक्षरहरुमा वरपरको वातावरणका ध्वनि पनि मिसिनाले ७५ प्रतिसत मात्र सफल देखियो ।’ त्यसैले उनीहरुले फेरी अर्काे तरिका सोचे जसमा किबोडमा गरिने क्लिकले कम्प्युटरस“ग जोडिएको ब्रेल मेसिनमा बेल लिपीमा अक्षर निस्कन्थ्यो । अघिल्लोजस्तो यसमा स्वयं दृष्टिविहीनहरु सहभागि हुन नसकेता पनि ब्रेल नजान्ने शिक्षकले यस प्रविधि प्रयोग गरेर दृष्टिविहीनलाई पढाउन सक्छन् । विवेक भन्छन्, ‘एउटै कम्प्युटरलाई धेरै ब्रेल मेसिनहरुस“ग जोडेर एकै समयमा धेरै बिद्यार्थीहरुलाई पनि ब्रेल सिकाउन यसबाट सम्भव छ ।’ यसरी गर्दा अघिल्लोमा जस्तो समस्या पर्दैन र यो पूर्णतया सफल छ ।

उक्त ‘ब्रेल ट्युटर’ हाल प्रारम्भिक पुर्नस्थापना केन्द्र (इआरसी), लगनखेलमा राखिएको छ । जहा“ ९ दृष्टिविहीन बिद्यार्थीहरुले ब्रेल अध्ययनमा त्यसलाई उपयोग गर्न पाइराखेका छ । ‘शुरुमा परिक्षण प्रयोगका लागि हामीले दिएकोमा अहिले त्यसले राम्ररी काम गरिरहेको पाएका छौं’, स्वप्निल भन्छन्, ‘जसलाई व्यावसायिक रुपमै बिकास र प्रबर्धन गर्न सकेमा दृष्टिविहीनहरुका लागि यो बरदान नै सावित हुन सक्छ ।’ छिटै उनीहरु एक कार्यक्रम गरेर इआरसीलाई औपचारीक हस्तानतरण गर्दैछन् भने ब्रेल ट्युटरलाई अझ राम्रो बनाउन अध्ययनलाई उत्तिकै जारी पनि राखेका छन् ।

‘हामीले यसरी नया“ तरिकाका प्रोजेक्ट गर्नुर्को अर्को उद्देश्य पूल्चोक क्याम्पसको प्रोजेक्ट गर्ने शैलीमा पनि परिवर्तन ल्याउनुपर्छ भन्ने थियो’, अहिले विवेक आफ्नो कामले थोरै भए पनि नया“ परिपाटीको बिकास गर्न सकेकोमा दंग छन् । भन्छन्, ‘यसैसाल मात्र ३ वटा नया“ प्रोजेक्ट दृष्टिविहीनहरुलाई नै लक्षित गरेर बनाइदैछन् ।’
via Hello Shukrabar (KANTIPUR) dated 21th shrawan, 2067

Saturday, July 24, 2010

केजी अर्थात 'केही गरौं'

उनी बैंकका जागीरे हुन् । प्रिमियर फाइनान्स लिमिटेड, जाउलाखेलमा काम गर्छन् । जागीरको धपेडिले विहानको ८ बजेदेखि सा“झको ५ नबज्दासम्म छोड्दैन । आफ्नो कलेज जानु त छंदैछ । तर पनि सुरज सापकोटा, २४, समाजको लागि केही गर्न भनेर लागिपरेका छन् । उनीहरुको संस्थाको नाम पनि त्यस्तै छ ‘केही गरौं’ । उनी त्यसका संयोजक हुन जसको कार्यकारणी समिति शिक्षक, ब्यावसायी, जागीरे, गृहणीहरु गरेर ९ जनाको समूह छ ।

हालैको एक झरी पर्दैगरेको सा“झ काठमाण्डौं माइतीघरस्थित ‘माइतिघर क्याफे’मा उनै सुरजले आफ्नो समाजसेवाको फेहरिस्त हेलो शुक्रबारलाई सुनाए । दोलखाको जेफेमा उनको स्थायी घर छ जुन सदरमुकाम चरिकोटबाट ८ घण्टाको दूरीमा पर्छ । आफै बिकट गाउ“मा हुर्कनु उनको लागि समाजसेवातर्फ लाग्ने कारण बन्यो । स्कुलदेखि नै उनी रेडक्रस सर्कलमा थिए, गाउ“मा आउने विदेशी स्वयंसेवकहरुलाई सघाउ“थे । आफ्नै साथीभाईमाझ पनि दौतरी शिक्षाकर्मीका रुपमा काम गर्थे । सानैदेखि उनमा रहेको समाजसेवाको त्यो गुण काठमाण्डौं छिरेपछि रोकिएन, बरु झन् नया“ ढंग र बृहत स्वरुपबाट बढ्यो ।

५ बर्षअघि खोलिएको ‘केही गरौं’ पूर्णत स्वयंसेवी संस्था हो । त्यसैले पनि त्यसका कुनै कर्मचारी छैनन्, कार्यालय पनि छैन । अरुलाई जानकारी दिनको लागि मात्र एउटा वेवसाइट           (धधध।पनलभउब।िअयm।लउ) छ । तर पनि निरन्तर ससाना समाजसेवी काम उनीहरु गर्दै आएका छन् । सर्वप्रथम उनीहरुले घरबाट खाजा लिएर बिद्यालय जान नसक्ने बिद्यार्थीहरुको लागि ‘साझा खाजा’ कार्यक्रम ल्याए । जुन उनीहरुले अध्ययन गरेर सबैभन्दा बढ्ता मदजूर र कम आय हुनेहरुका छोराछोरीहरु पढ्ने गरेको प्रगति शिक्षा सदन, ललितपुरमा लगिरहेका छन् । जहा“ शुरुमा खाजा ख्वाइने गरिन्थ्यो । तर उनीहरुलाई फलफूल ख्वाउ“दा बढी फलदायी हुने सोची हाल साप्ताहिक रुपमा २ पटक फलफूल ख्वाइन्छ । त्यस्तै उनीहरुको अध्ययन पश्चात घरको कमजोर आर्थिक अवस्थाका कारण स्कुल छोड्ने अवस्थामा पुगेका १३ जना बिद्यार्थीहरुलाई ३ बर्षयता स्टेशनरी र ड्रेस सहायता गर्दै आएका छन् । जुन अहिले एक गैर सरकारी संस्थास“गको समन्वयमा थप १५ जनालाई दिन थालिएको छ । त्यस्तै ४० जना बिपन्न बालबालिकालाई उनीहरुले स्विटर पनि बा“डेका छन् । उनीहरु अहिले सोलुखुम्बुमा बन्दै गरिरहेको एक पुस्तकालयका लागि आआफ्ना सर्कलका साथीभाइहरुमाझ पुस्तकहरु संकलन गर्दैछन् । पैसा तिरेर पढ्न नसक्ने कसैलाई निःशुल्क पढाउन प¥यो भने उनीहरुले सम्बन्धीत कलेज वा बिद्यालयस“ग पनि पहल गर्छन् ।


तर यसको लागि उनीहरुले कुनै दातृ निकायबाट सहयोग लिएका पनि होइनन् । सुरज भन्छन्, ‘हामी हाम्रो सानोसानो प्रोजेक्टका लागि जो कोहीको पनि सहयोग लिइरहेका हुन्छौं ।’ त्यसो त धेरैले आफ्नो बर्थडे, विवाह, कोही मरेको मान्छेको सम्झनामा उनीहरुको ‘साझ खाजा’ जस्ता कार्यक्रममा सहयोग गर्छन् भने स्वयं संस्थाका सदस्यहरुको तर्फबाट आन्तरिक ब्यवस्थापनको खर्च चल्छ । काठमाण्डौंका केही सार्वजनिक ठाउ“हरुमा उनीहरुले खुत्रुके पनि राखेका छन् जहा“ समेत केही रकम उठिराखेको हुन्छ । यसरी हेर्दा उनीहरु पार्टटाइम समाजसेवी भएर पनि राम्रो काम भएको देखिन्छ । र ति सबैको आर्थिक लेखाजोखा सबैले थाह पाउनेगरी उनीहरुको वेवसाइटमा हुन्छ ।

त्यसो त केही गरौंका संयोजक सुरज आफ्नो कार्यक्रमहरु भावी दिनहरु बिकट एवं दुर्गम ठाउ“मा बिस्तार गर्न चहान्छन् । भन्छन्, ‘अहिलेको यी कामहरु भविष्यमा अझ ठूला समाजसेवाहरु गर्न मेरा लागि पूर्व अभ्यासहरु पनि हुन् ।’ नेपालका ग्रामिण एवं दुर्गम क्षेत्रहरुमा सरकारी र गैरसरकारी क्षेत्रहरुबाट भइरहेको काम गर्ने तरिका ठिक मानिरहेका छैनन् उनले । ‘उनीहरुलाई दिनानुदिन झन् बढ्ता परनिर्भर बनाइ“दै छ जसले समस्यालाई सधै ज्यू“कात्य“ अल्झाई मात्र राख्छ ।’

तपाईंहरु पनि केही गरौंमा आफ्नो योगदान पु¥याउन चहानुहुन्छ भने आफ्नो जन्मदिन वा त्यस्तै कुनै उत्सवमा बालबालिकालाई पढाउन, लुगा दिएर र खाजा ख्वाउनेजस्ता काममा थोरै भए पनि सहयोग गर्न सक्नुहुन्छ ।

http://epaper.ekantipur.com/showtext.aspx?boxid=201415250&parentid=8044&issuedate=2372010

Friday, July 9, 2010

अनलाइन दुनियाका स्वयंसेवक

शोख समाजसेवा हो । सामाजिक कार्यमा योगदान पु¥याउदा बेग्लै आनन्द आउछ उनलाई । तर त्यसका लागि उनी ठेली बोकेर घरघर चन्दा उठाउन हिंड्दैनन् । भाषण र मन्तव्य छांट्दैनन् । प्रज्वल बरालका, २३, लागि समाजिक सेवा गर्न घरभित्रैको कम्प्युटर (इन्टरनेट सहितको) काफी छ । उनै प्रज्वलले अनलाइन स्वयंसेवाका लागि संयुक्त राष्ट्रसंघले विश्वभरका १० जनालाई बर्षेनी दिने ‘अनलाइन भोलुन्टियर अवार्ड– २००९’ पाए । उक्त अवार्ड पाउने उनी पहिलो नेपाली पनि हुन् ।

आउनुस अब एकैछिन उनै प्रज्वलको काठमाण्डौं, नया बसपार्कस्थित घर जाउ– अनलाइन स्वयंसेवाबारे बुझ्न । के हो अनलाइन स्वयंसेवा ? कसरी स्वयंसेवक बन्नेजस्ता धेरै प्रश्नको जवाफ उनले अनुभवकै आधारमा हेलो शुक्रबारसग साट्दैछन् । उनका अनुसार अनलाइन स्वयंसेवा गर्न चहानेले संयुक्त राष्ट्रसंघ अन्तर्गतको http://onlinevolunteering.org/ वेवसाइटमा जानुपर्छ । जहा“ इमेल एकाउण्ट खोलेझैं सजिलै एउटा एकाउन्ट खोल्न सकिन्छ जुन तपाईंले स्वयंसेवक बन्नका लागि निवेदन फारम भरेजस्तै हो । जसका आधारमा तपाईंले स्वयंसेवा गर्न सकिने ठूलो संसारमा प्रवेश गर्नुहुनेछ । विश्वभरका हजारौं सामाजिक संस्थाहरुले आफ्नो परिचय सहित के कामका लागि कस्तो र कतिजना स्वयंसेवक खोजिरहेका छन् भन्ने त्यहा“ उल्लेख गरिराखेका हुन्छन् । ति स्वयंसेवाहरु पूर्णत अनलाइन हुनेछन् । जसमा तपाईंले उनीहरुको लागि प्रपोजल-रिपोर्टहरु बनाइदिने, वेवसाइट डिजाइन गरिदिने, डाटा एनलाइसिस गरिदिने, नया र थप प्रभावकारी तरिकाहरु सुझाउनेदेखि लिएर उनीहरुका उद्देश्यलाई सघाउन सक्ने दातृनिकायहरु खोजिदिनेसम्मका काम हुन सक्छन् ।

उनले गरेको पनि त्यस्तै हो । आजभन्दा झण्डै ३ बर्षअघि सेन्ट जेभियर्स कलेजमा आइएस्सी गर्दैगर्दा उनको संगत आफूभन्दा २ बर्ष जेठा एकजना दाजुस“ग (सुविन हछेतु) भयो । प्रज्वल भन्छन्, ‘आफ्नो करिअरप्रति हरदम चिन्तित रहने वहा“ले अमेरिका पढ्न जानका लागि बलिया सर्टिफिकेहरु जम्मा गर्दै हुनुहुन्थ्यो ।’ एकदिन वहा“ले समेत गर्दै गरेको अनलाइन स्वयंसेवा गर्न सुझाएपछि उनी भिडेका थिए । पहिलो पटक उनले स्वयंसेवा गर्न खोजेको संस्थाले उनलाई अस्विकृत ग¥यो तर उनले हार मानेनन् । दोस्रो पटक भने युगाण्डाको एक वातावरण संस्थाले ‘वातावरण सुरक्षा रणनीति’ मा रिसर्चका लागि लियो । उनले उक्त काम निकै मिहिनेतसाथ गरे पनि । हालसम्म उनले त्यसबाहेक वंगलादेशको एक गाउ“को विकास नीति बनाउने काम, घानाको एक संस्थाका लागि साझेदारहरु खोजिदिने, युएनडिपी–ब्राजिलका लागि भारतमा काम गर्न आवश्यक रिसर्चरहरुको सञ्जाल बनाइदिने, भारतको एक संस्थाका लागि आर्थिक सहयोग जुटाइदिने र टर्कीका प्रविधि साक्षर जनतामा जीवनोपयोगी सिपहरु बिकास गर्न डिजिटल कोर्स बनाइदिने काम गरिसकेका छन् ।

यद्यपि भारतिय सामाजिक संस्था ‘न्यू लाइफ’ का लागि आर्थिक सहयोग जुटाउन उनले चलाएको अनलाइन अभियानले उनलाई २००९ को विश्वको टप टेन स्वयंसेवक बनाएको हो । न्यू लाइफ अपांग र बिपन्न बालबालिकाका लागि अध्ययन केन्द्र बनाउन लागिपरेको थियो । त्यसैबखत बे¨लोरमा खुला म्याराथुन हु“दैथियो जसमा सहभागिले जुन संस्थाको तर्फबाट जान्थे, केही निश्चित रकम आयोजकले उसको नाममा राखिदिन्थे । प्रज्वलले इन्टरनेटका सबैजसो सामाजिक सञ्जालहरु, आफ्नो पहुच भएका वेवसाइटहरुदेखि लिएर धेरै तरिका अपनाई सहभागिहरुलाई न्यू लाइफको तर्फबाट सहभागि हुन आग्रह गरे । ‘मेरो त्यो अभियान यसरी सफल भयो कि जुन मैले कल्पना समेत गरिको थिइन’, उनी भन्छन्, ‘म सहित २५ जनाको टिम बनाएर उक्त प्रतिस्पर्धा हुनुभन्दा २ महिनाअघिदेखि हप्ताको कम्तिमा २० घण्टाको दरले इन्टरनेटमा प्रचारप्रसारका लागि जुट्थ्यौं ।’ 

अहिले उनी अनलाइन स्वयंसेवाको दुनिया“मा यसरी जमिसकेका छन् कि उनले गर्न चाहे कुनै पनि संस्थाहरुले उनलाई नकार्दैनन् । भारतको नेसनल इन्चिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरि¨ गरिरहेका उनी अवार्ड पाउ“दा त्यहींको ‘द हिन्दूस्तान टाइम्स’ मा फोटोसहितको समाचारमा आएपछि कलेजमा उनको उचाई रातारात चुलिएको छ । त्यसबाहेक उनले देशविदेशमा धेरै त्यस्ता साथीहरु भेटाएका छन्, जोस“ग उनी आफ्ना साझा विषयमा निरन्तर अन्र्तकिया गरिरहेका छन् । त्यसका अलावा उनले यस्ता स्वयंसेवालाई युवाहरुले आफूमा कामप्रतिको सीप र जिम्मेवारी सिक्ने अवसरको रुपमा लिनुपर्ने बताउ“छन् । भन्छन्, ‘यसरी स्वयंसेवा गर्दा हाम्रो ब्यक्तित्व विकास त हुन्छ नै, व्यावसायिक जीवन शुरु नगर्दै हामी कामप्रतिको बोध महसुस गर्न सक्छौं ।’ प्रज्वलका अनुभवमा आफूमा धेरै प्रकारको ज्ञान विकसित गर्दै आफ्नै कोठामा बसेर फुर्सदको समय संसारका जुनकुनै क्षेत्रका संस्थाहरुमा काम गर्न पाउनु ठूलो अवसर हो । ‘सबै कुरालाई पैसास“ग जोडेर मात्र पनि हेर्नु हुदैन’, उनी थप्छन्, ‘अनलाइन समाजसेवाले सबैमा विश्वबन्धुत्वको भावना पनि विकास गर्दैछ ।’ आफ्नो २ महिने लामो विदाको क्रममा काठमाण्डौं फर्केका उनी उनी विश्व वन्यजन्तु कोषको कन्र्जभेसन रिसोर्स सेन्टरमा इन्टर्नसिप गरिरहेका छन् । पढाई इलेक्ट्रोनिक इञ्जिनियरि¨ भए पनि उनी वातावरण क्षेत्रमा करिअर बनाउन चहान्छन् । भन्छन्, ‘अबका मेरा अनलाइन स्वयंसेवाका प्रोजेक्टहरु पनि वातावरण सम्बन्धी नै हुनेछन् ।’ प्रज्वलको नया“ बाटोलाई हेलो शुक्रबारको शुभकामना ।  

via Hello Shukrabar (kantipur) dated 9th July, 2010.

http://epaper.ekantipur.com/showtext.aspx?boxid=13311453&parentid=7720&issuedate=972010

Thursday, May 20, 2010

प्रकाशको प्रयास


भनिन्छ वैज्ञानिकहरु दिनरात आफ्नो प्रयोग र अनुसन्धानमै जुट्छन् । तर प्रकाश गैरे, २४, चाहेर पनि त्यसो गर्न पाउ“दैनथे । एक्स–रे मेसिन, सेन्सर सक्र्युट, एयर ड्रम, अटो स्कुल बेलजस्ता उपकरणहरु आफ्नै एक्लो प्रयासमा तयार पारिसकेका युवा अन्वेषक प्रकाश ‘लेवर’ काम गरेर आफ्नो खोज र अन्वेषणका निम्ति पैसाको जोहो गर्थे । ‘धनगढी सीमा नाकामा एक बोरा सिमेन्ट बोक्दा चालिस रुपया“ पाइन्थ्यो’, उनी भन्छन्, ‘दिनभरीमा कम्तिमा १५÷२० बोरा सिमेन्ट बोकिन्थ्यो ।’ पैसाकै लागि उनले साइनबोर्ड लेखन र वालपेन्टिङ्ग समेत गरे । स्थानीय स्कुलमा पढाए पनि । 

एउटा निम्न वर्गीय परिवारमा जन्मेर आफ्नो सपना पच्छ्याउन कतिसम्म संघर्ष गर्नुपर्छ भन्ने प्रश्नको ‘प्रकाश’ गतिलो जवाफ पनि हुन् । कञ्चनपुर जिल्लाको कालिका गाविसस्थित आइबिआरडि बजारमा उनको घर छ । बुवा सामान्य साक्षर मात्र छन् भने आमा असाक्षर नै । जहा“ उतीबेला हजुरबुवाको घरमा ‘मिल’ थियो जसले कसरी काम गर्दो हो भन्ने कुराले उनलाई सानैदेखि जिज्ञाशु बनाउ“थ्यो । रेडियो सुन्दा समेत निकै अचम्म लाग्थ्यो रे उनलाई । भन्छन्, ‘मलाई मात्र होइन, बाल्यावस्थामा सबैमा यस्ता जिज्ञाशा उठ्छन् तर बढ्दो उमेरस“गै हामी ति कुराहरु छाड्छौ“ ।’ उनका उनुसार जसले निरन्तर आफूमा उब्जने जिज्ञाशालाई पच्छ्याउ“छ, सफल उही हुन्छ चाहे त्यो जुनकुनै क्षेत्रमा किन नहोस ।  

प्राविधिक कुराले उनलाई सानैदेखि तान्थ्यो । २०५२ सालमा गाउ“मा विजुली छि¥यो । अरुले घरमा वाइरिङ्ग गरेको हेरेरै उनले वायरिङ्ग गर्न सिके । कक्षा ८ मा पढ्दादेखि नै उनी बिद्यालय बाहेको समय मोटरसाइकल वर्कसपमा काम गरेर बिताउ“थे । ‘वैज्ञानिक खोजमा जुट्ने जोकोहीले प्रयोगमा चाहिले सबैखालै सीप आफैले सिक्दा राम्रो हुन्छ’, उनी भन्छन, ‘अनुसन्धान गर्दैगर्दा जतिबेला जहा“नेर पनि सम्बन्धित मान्छे खोज्न त सकि“दैन नि ?’ पछि गाउ“कै कालिका माविबाट एसएलसी सकेर उच्च शिक्षाका लागि धनगढी झरे उनी । प्रवेश परिक्षाको समय गुज्रिसकेकोले उनले विज्ञान पढ्न पाएनन् । र, गाउ“मै फर्कि स्थानीय उच्च माविमा मानविकी संकायमा भर्ना भए । ‘तर’, भन्छन्, ‘बच्चैदेखि विज्ञानमा रुचि भएको म सकिन मानविकी पढ्न ।’ ढिलै सहि उनले अर्कोसाल धनगढीमा विज्ञान नै भर्ना भए । भौतिकशास्त्र र गणितमा अति नै राम्रो गरेता पनि जीवशास्त्रमा उनी फेल भए । कारण जीवशास्त्र उनको रुचिको बिषय कहिल्यै रहेन । शिक्षकस“ग पनि उनको बढ्तै ठाकठुक चल्थ्यो रे । ‘म प्रेक्टिकलबेस भएर पढ्न चहान्थे“ तर शिक्षकहरुले मलाई सधै हतोत्साहित गर्थे’, उनी भन्छन्, ‘त्यसपछि मैले त्यो कलेज नै छाडे“ र सिमावर्ती भारतको एक कलेजमा भर्ना मात्र गरेर स्वअध्ययनले आइएस्सी सके“ ।’ अहिले उनी त्यतैको कलेजबाट बिएस्सी सक्दैछन् । बढ्तै समय धनगडीस्थित आफ्नो प्रयोगशालामा घोटिनाले उनको औपचारिक अध्ययन राम्ररी अघि बढ्न सकिरहेको छैन । हेलो शुक्रबारलाई बताए अनुसार उनले एसएलसी नसक्दै प्लसटुका किताब पढ्थे र एसएलसीपछि सिधै बिएस्सीका । ‘अझै पनि मेरो घरमा फिजिक्स, केमेस्ट्री र म्याथका किताबहरुका थाक नै छन्’, उनी भन्छन्, ‘तर मैले परिक्षाको लागि भनेर कहिल्यै पढिन ।’ 

उनले निर्माण गरेको एक्स–रे मेसिनले धेरै चर्चा बटुल्यो पनि । धनगढी लगायतका धेरै ठाउ“मा त्यसलाई समेत राखेर विज्ञान प्रदर्शनी पनि गराइयो । पछि एक कार्यक्रमका बिच काठमाण्डौंको रिपोटर्स क्लबमा समेत उक्त मेसिन सार्वजनिक गरियो । त्यसका लागि उनले कवाडबाट फलामका टुक्राहरु र बिग्रेका स्टेबलाइजरहरु संकलन गरेका थिए । कति सामाग्री भारत गएर किने पनि । त्यसकै सामाग्री किनेर नया“दिल्लीबाट फर्कने क्रममा उनलाई एकपटक (२०६२) भारतिय प्रहरीले माओवादी भन्दै पिटेर एकरात थुनेको पनि थियो । हुन पनि त्यसबेला उनीस“ग संवेदनशील मानिने म¥क्युरी, टङस्टन रड, निकेलका मसिना पाताहरु, क्वार्ज क्रिस्टलजस्ता सामान थिए । प्रहरीले के बुझोस्– त्यो एक्स–रे मेसिन निर्माणको लागि थियो भनेर । अन्ततः कारण खुलाएपछि  अर्कोदिन एकजना आफन्तलाई बोलाएर छाड्यो । अन्ततः उनले २०६३ जेठमा एक्स–रे मेसिन बनाएरै छाडे । जसको पहिलो परिक्षण मृत जनावरमा गरेपछि त्यसलाई उनले आफ्नी बहिनीको हातमा गरेका थिए । त्यो परिक्षण सफल भएको दिन उनी आफ्नो जीवनकै अविश्मरणीय मान्छन्, ‘त्यसबेला मेरो आ“खाबाट निकैबेर खुसीका आ“शु झरेको थियो ।’ जिल्लाका स्थानीय संघसंस्थादेखि लिएर तत्कालिन विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहाले समेत उनलाई सम्मान गरे । विस्तारै आमाबुवाले ‘छोराले केही राम्रै गरेको रै’छ’ भन्ने बुझे । त्यसअघि उनले आफ्नो परिवारबाट सहयोग र साथ कहिल्यै पाएनन् । ‘मेरोजस्तो निम्नबर्गिय परिवारबाट त्यो आशा गर्नु पनि मूर्खता हुन्थ्यो’, उनी सम्झन्छन्, ‘मैले बनाइरहेको हेलिकप्टर चिरेर आगो बाल्थे, ल्याब बनाउ“दा करेन्ट लाग्छ भन्थे ।’ 

हाल उनी ‘इलेक्ट्रोन इञ्जिन’ बनाउन जुटेका छन् जसको लागि विज्ञान तथा प्रविधि मन्त्रालयले समेत उनलाई ५० हजार रुपया“ सहयोग गरेको छ । आफ्नो हालसम्मकै नया“ प्रयोग भनेर उनले दाबी गरेको ‘इलेक्ट्रोन इञ्जिन’ सफल भएमा विकिरणबाट चल्ने इञ्जिन निर्माण हुनेछ । उनको त्यो नया“ बाटोको यात्रा सफल रहोस् । हेलो शुक्रबारको शुभकामना । 

Thursday, May 6, 2010

इन्दिराको मिसन

उनी साइकल चड्छिन् । आफ्नो छुट्टै कोठा छैन, बालगृहकै बालबालिकास“गै सुत्छिन् । हरबखत एउटै कुरा मनमा खेलिराखेको हुन्छ–कसरी उनीहरुलाई सहझ वातावरणमा शिक्षा दिलाउने । पढाइस“गै अन्य सीप सिकाउनु पनि छ । इन्दिरा रानामगरको दैनिकीको अभिन्न पाटो बनिसकेका छन् आजकल बालगृहका बालबालिकाहरु । उनको एउटी आफ्नै छोरी छन् । ‘तर’, भन्छिन्, ‘आफूले हुर्काएका कतिको त विहे भएर बच्चा पनि जन्मिसकेका छन् त्यसैले म त हजुरआमा पनि बनिसकेकी छु ।’ उनको त्यस्तै ठट्यौली गफबाट शुरु भएको हेलो शुक्रबारस“गको कुराकानी एउटा दुःखदायी विगतबाट एउटी सफल सामाजिक कार्यकर्तासम्म लैजान्छ ।


झापाको सालबडिमा रहेको उनको सुकुम्बासी परिवार निकै बिपन्न थियो । अन्य आधारभुत आवश्यकताको कमिस“गै लैंगिक विवेधको शिकार समेत बनिन् उनी । हजुरबुवाले लिएको ऋण चुक्ता गर्न बुवा अर्काको घरमा काम गर्थे । त्यसैले दाजुलाई मात्र स्कुल पठाएर उनलाई घरको काममा लगाइन्थ्यो । यद्यपि सानैदखि मनमा गडेको उनको पढ्ने इच्छा स्कुल नजा“दैमा रोकिएन । दाजु र उनकै किताबकै सहायताले इन्दिराले घरमै सा“वा अक्षर चिन्नेदेखि लिएर प्रारम्भिक शिक्षासम्म लिइन् । सिधै कक्षा ५ मा भर्ना भएकी उनी सबैलाई पछि पार्दैै प्रथम पनि भइन् जसले उनलाई विद्यालयस“गको सुखद सामिप्यलाई बढायो । झापाकै शनिच्चरे माबिबाट एसएलसी सकेपछि उनी पुनः आफ्नै गाउ“ फर्किन् र त्यही“को स्थानिय प्राविमा पढाउन थालिन् । भन्छिन्, ‘स्थानिय राजनीतिक खिचातानीले गर्दा मैले त्यहा“ धेरै पढाउन पाइन् ।’ त्यही नै उनको काठमाण्डौं प्रवेशको कारण बन्यो ।

काठमाण्डौंका शुरुवाती दिनहरु उनका लागि निकै क्रष्टकर बने । ज्यान पाल्न समेत धौधौ परेपछि म दिनभर जागीरकै लागि भौतारिन्थे“ । त्यसैबखत उनको चिनाजान साहित्यकार एवं मावनअधिकारवादी पारिजातस“ग भयो र उनकै ‘बन्दी सहायता मिसन’मा काम गर्न थालिन् । जसले त्यसबखत जेलमा रहेका राजनीतिक बन्दीको पक्षमा वकालत गर्ने देखि लिएर उनीहरुका बालबच्चाको रेखदेखसम्म गथ्र्यो । त्यसरी जेलस“ग बढेको उनको सामिप्यता राजनीतिक बन्दीतर्फ भन्दा पनि गरीब र बिपन्नबन्दीहरुतर्फ बढ्यो । जसको पक्षमा बोल्ने कोही हु“दैनथ्यो । धेरैजसो त कसैले फसाएर जेल परेका हुन्थे । उनीहरुका सन्तान बिना अपराध जेलजीवन बिताउन बिवश थिए ।

पछि पारिजातको निधन भएपछि उनले आफ्नै ‘बन्दी सहायता–नेपाल’ खोलिन् जसले अहिले काठमाण्डौंको नया“बजार, सा“खु र पाल्पामा गरेर तीनवटा बालगृह संचालन गरिरहेको छ जहा“ अहिले ११० बढि बालबालिका आश्रित छन् । त्यस्तै ‘जुनकिरी स्कुल’ उनले बन्दि अभिभावकका छोराछोरीको लागि चलाएको स्कुल हो जसले बालबालिकालाई पढाइस“गै पनि समाजमा स्थापित हुन आवश्यक सीपहरु सिकाउ“छ । त्यसो त उनी जेलभित्रै पनि बन्दिहरुलाई सीपमुलक काम सिकाउन ब्यस्त छिन् । बन्दि सहायता नेपालले नख्खु जेलमा बन्दिहरुलाई मौरीपालन गर्न सिकाइरहेको छ । ‘हस्तकला र सिलाईबुनाइ तालिम दिएर बन्दिमा नया“ जीवन सिर्जना गर्न खोजेकी हु“’, उनी भन्छिन्, ‘सुन्धारस्थित महिला बन्दि गृहमा साक्षरता कक्षा पनि चलिरहेको छ ।’ बन्दि सहायता नेपालकै पहलमा बालबालिकामा जीवनोपयोगी सीपहरुको बिकास गर्न भन्दै ‘अर्गानिक खेती’, ‘ब्यावसायिक कुकिङ’ जस्ता सीपहरु सानैदेखि सिकाइन्छ । इन्दिरा भन्छिन्, ‘हामी लर्निङ्ग बाइ डुइङ्ग मेथडबाट अघि बढिरहेका छौं ।’ उनका अनुसार बालगृहबाट बयस्क भएर गएका धेरैले अहिले आफ्नै ब्यावसाय संचालन गरिरहेका छन् ।


त्यसो त उनलाई विदेशका धेरै संघसंस्थाले आकर्षक तलब र पदमा जागीरका लागि निम्त्याएका छन् । भन्छिन्, ‘म ग्रासरुट तहमा रहेर काम गर्न रुचाउने मान्छे, यही नै मेरा लागि काफी छ ।’ उनको यही कामको मूल्याङकन स्वरुप सामाजिक कार्यकर्ताहरुको लागि दिइने अन्तर्राष्ट्रिय ‘अशोका फेलोसिप अवार्ड’ बाट सम्मानित गरिसकिएको छ भने आफ्नो अनुभव आदानप्रदानको लागि भन्दै अथिति मन्तव्य दिन २० बढि देशको यात्रा गरिसकेकी छिन् । सन् २००४ मा उनलाई नेपालको ५० प्ररणादायी महिलाको सूचिमा समेत राखिएको थियो ।

अहिले बिराटनगर जेलस“गै उनले ‘बिराटनगर डे केयर सेन्टर’ खोलेकी छन् जहा“ निकै साना बालबालिकाहरु जसलाई आमाबाट अलग्याएर राख्न सकिदै“न, उनीहरुलाई दिउसो स्याहार गृहमा राखिन्छ । ‘आमाबुवाले अपराध गरे भन्दैमा छोराछोरीलाई समेत त्यसको भागेदार बनाउनु हु“दैन’, उनी भन्छिन्, ‘जसका लागि सरकारले कानुनदेखि लिएर कार्यान्योयन तहसम्म अग्रसरता देखाउनु पर्छ ।’ हेलो शुक्रबारलाई आफ्नो एउटा छोटो यात्राकै क्रममा अन्तरवार्ताको लागि समय मिलाएकी उनी बालगृहकै लागि सहयोग जुटाउन एउटा विदेशी जोडिलाई भेट्न जा“दैथिइन् । उनको साइकल रफतारमा पुनः गुड्यो≤ बाटो अवरुद्ध भएका बालबालिकाको लागि उही ‘नया“ बाटो’ खोज्ने अभियानमा । हाम्रो शुभकामना ।

Thursday, April 22, 2010

विमान बनाउने ठिटो


कुरा उनी कक्षा दशमा हु“दाकै हो, जतिखेर विकास पराजुली, २५, पोखराको प्रतिभा सेकेण्डरी स्कुलमा पढ्दै थिए । त्यसबेला नै उनले एक विज्ञान प्रदर्शनीमा हेयर ड्रायरको मोटर प्रयोग गरेर सानो खेलौना हवाईजहाज बनाएका थिए । सानैदेखि विमानका क्रेजी उनलाई त्यसबेला सायदै लागेको थियो, कुनैदिन आफैले सा“च्चिकै आकासमा उड्ने हवाईजहाज बनाउ“छु भनेर ।

तर उनले बनाएको विमान ‘डा“फे’ले अकासमा आफ्नो सफल परिक्षण गरिसकेको छ । हालैको एक मध्यान्न पाटनढोकास्थित एक क्याफेमा विकास हेलो शुक्रबारस“ग आफ्नो अनुभव सुनाउ“दै छन् । खेलौना बिमानदेखि सा“च्चिकै विमान बनाउ“दासम्मको उनको कथा रोमाञ्चक त छ नै, आफ्नो सपना पच्छ्याउन धेरैलाई हौस्याउने पनि छ ।

पोखराको एउटा सामान्य परिवारको जेहेन्दार ठिटो, जसमा आमाबुवाले बेग्लै सपना देखेका थिए– डाक्टर बनाउने । त्यसैले एसएलसीमा आएको राम्रो अंकस“गै पोखराको पृथ्वीनारायण क्याम्पसबाट आईएस्सी सकेर एमबिबिएस्को तयारी कक्षा पढ्न काठमाण्डौ“ छिरेका उनको अध्ययनले एकाएक नया“ मोड लिनपुग्यो । ‘स्कुल पढ्दा कहिल्यै दोस्रो नभएकाले पनि होला मलाई बुवाआमाले सानैदेखि डाक्टर बनाउने सपना देख्नुभएको’, विकास सम्झन्छन्, ‘तर मेरो सपना के थियो भनेर सामान्य साक्षर परिवारले बुझोस् पनि कसरी ?’ नेपालमा हवाईजहाजबारे अध्ययन हु“दैनथ्यो । तर त्यसैबखत उनले थाह पाए, मेकानिकल इञ्जिनियरिङ पनि हवाईजहाजबारेको अध्ययनका लागि प्रस्थानबिन्दू हुन सक्छ । आफ्नो सानैदेखिको सपना पच्छ्याउने बाहाना उनलाई पुगिहाल्यो र अन्ततः पूल्चोक क्याम्पसमा मेकानिकल इञ्जिनियरिङ्ग पढ्न थाले ।

‘मेरो दिमागमा खाली हवाईजहाजकै कुरामात्र खेलिरहन्थे’, विकास भन्छन्, ‘त्यसैले मैले त्यसबारेको अध्ययनलाई आफ्नो फाइनल थेसिसमा राख्ने निधो गरिसकेको थिए“ ।’ तर अन्तिम सेमेस्टरसम्म कुर्ने धैयर्ता उनमा थिएन । कलेजको दोस्रो बर्षमै डा“फे निर्माणको यात्रा शुरु गरेका उनलाई शुरुमा सहपाठीहरु गणेशराम सिंकेमन र संजिव महर्जनले साथ दिएका थिए । फ्या“किएका कवाडिहरु र बिग्रेका इञ्जिन र मेसिनहरु उनीहरुका लागि अध्ययन सामाग्री बन्थे । त्यसबिचमै उनी दक्षिण कोरिया र भारतमा सम्पन्न दुई अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा भाग लिने अवसर पाए । भारतमा त उनको रोबोट तेस्रो नै भयो । तर उनको ध्यान त्यही विमान बनाउनेमै थियो, जसले गर्दा अन्तिम बर्षमा सक्नुपर्ने थेसिस तेस्रो बर्षमै सके । ‘आफ्नो रुचि भएको बिषयमा काम गर्दा रमाइलो हुन्छ, र त्यही मात्र गरु“गरु“ जस्तो लाग्दो रहेछ’, विकासको अनुभवले सिकाएको पाठ त्यही नै हो, ‘नेपालमा न त हवाईजहाजबारे राम्रा पुस्तक पाइन्छन्, न त गाइड गर्ने मान्छे नै । त्यसैले जे गर्नुपर्ने थियो, त्यो आफै गर्नुपथ्र्यो ।’ उनीहरु रातभर इन्टरनेटमा अध्ययन गरिरहेका हुन्थे, दिनभर टेकुका कवाडिखानामा सामाग्री खोज्न पुग्थे भने विभिन्न एयरलाइन्समा पुगेर सम्बन्धित ब्यक्तिस“ग सरसल्लाह पनि । त्यसैक्रममा विकास पोखरा पनि पुगे, जहा“ ‘लाइट एयरक्राफ्ट’का पुराना इञ्जिन कपडा सुकाउन र तरकारीलाई झाल लगाउन प्रयोग भइरहेका थिए । त्यसलाई उनले काठमाण्डौं ल्याए– हवाईजहाज बनाउन भन्दै । त्यसैले सामान्यतः १०० पेजमा सकिने इञ्जिनियरिङ्गको थेसिस उनीहरुको ३५० पुगेको थियो । तर विमान निर्माण भने इञ्जिनियरिङ्गको पढाईस“गै पूरा हुन सकेन । अन्य सहपाठीहरु आकर्षक तलबमा जागिर खान वा विदेश धाउन थालिसकेका थिए । विकास त झन् रोबोटमा अन्तर्राष्ट्रिय ख्याती कमाएका मान्छे, धेरै बहुराष्ट्रिय कम्पनीले जागीरका लागि निम्त्याए । तर आफै हवाईजहाज बनाउनु उनको सपना थियो, जसलाई मार्न मनले मानेन । आफ्नो निर्माणदलका संजिवले समेत बिचमै छाडेर एमई गर्न चीन गए भने गणेशमान पनि बिस्तारै छुट्टिदै गएता पनि विकासकै आग्रहमा पुनः फर्किए ।

अन्ततः मिहिनेत अनुसार नै विमान तयार भई प्रथमपटक २०६४ मंसिर २१ गते एकैसाथ उद्याटन र सावजनिक गरियो । त्यसको १५ दिनपछि उडाउने योजना थियो । तर भन्छन्, ‘अर्को संघर्ष त त्यसपछि पो शुरु भयो ।’ उडान अनुमति लिन अर्को ७ महिना उनकै शब्दमा ‘करप्टेड सरकारी संयन्त्र’ स“ग झुल्लिनु प¥यो । त्यसबेला गणेशले समेत हार मान्दै विकासलाई छाडे । तर अनेकन कसरतपछि सरकारले परिक्षण उडानका लागि पोखरा बिमानस्थल उपलब्ध गरायो र डा“फेले ७ पटक ४०÷४५ फिट उचाईसम्म उडान भ¥यो ।

विमान पहिलोपटक आकासमा उड्दाको अनुभवलाई विकास कुनै अविस्मरणिय क्षण मान्दैनन् । भन्छन्, ‘मलाई थाह थियो डा“फे उड्नेछ, किनकि त्यो मेरो सपना थियो र म त्यसलाई अर्जूनदृष्टिले पच्छ्याइरहेको थिए“ ।’ उनको त्यही प्रतिभा र लगनशिलतालाई कदर गर्दै विश्वका ९० विकसित देश सहभागि भएको २००९ को विश्व हवाई खेलमा उनलाई विशेष आमन्त्रण गरिएको थियो, जसबखत उनीबाट प्रभावित भई अन्तर्राष्ट्रिय हवाई संगठनले एयरक्राफ्ट मेन्टेनेन्स पढ्ने अवसर दिएको थियो । तर उनी एयरक्राफ्ट डिजाइनिङ्ग पढ्ने धुनमा लागिपरेका छन । विकासको एउटै निश्कर्ष छ, ‘आफ्नो सपना पच्छ्याउन पढ्नुस्, उपयोगिताको लागि पढ्नुस् ।’ विकासको नया“ बाटोलाई हेलो शुक्रबारको शुभकामना ।

via Hello Shukrabar (kantipur) dated 10th of baishak. catch its epaper piece on http://epaper.ekantipur.com/showtext.aspx?boxid=15121215&parentid=6033&issuedate=2342010

Saturday, April 10, 2010

गाउमा भर्चुअल कक्षा

गैंडाकोट नवलपरासीका अमृत खरेल, २५, जतिखेर त्यही“को सनराइज वोर्डि¨ स्कुलमा पढ्थे, त्यसैबेलादेखि उनलाई लाग्थ्यो काठमाण्डौं र बाहिरको पढाईमा निकै ग्याप छ । हुन त उनले पढ्ने स्कुल सुगम तराई भेगमा, त्यो पनि महेन्द्र राजमार्गस“गै थियो । त्यती पढेलेखेका शिक्षकहरु नजाने भन्ने पनि थिएन । उनको मनमा स्कुले उमेरदेखि खेल्ने त्यही कुरा झन् चुलिंदै गयो, जब उनी काठमाण्डौं आई पूल्चोक क्याम्पसमा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन इञ्जिनियरि¨मा बिई पढ्न थाले । जहा“ इन्टरनेटले गर्दा छिनछिन्मा विश्वभरमा हुने आविस्कार र अनुसन्धानको कुरा भइरहन्थ्यो र सोहि अनुसार उनीहरु आफूलाई अपडेटेड राख्थे । उनी त्यही परिवेशमा पुनः सोच्थे– काठमाण्डौं र काठमाण्डौं बाहिर, तराई र हिमाल÷पहाडमा त्यसै पनि धेरै खाडल रहेको हाम्रो शिक्षा र शिक्षण प्रणाली सूचना प्रविधि र इन्टरनेटको बिकासस“गै झन् चुलिएको छ ।

बिईको अन्तिम बर्षमा पढ्दै थिए उनी । त्यसैबखत विश्वभरका इञ्जिनियरि¨ बिद्यार्थीका लागि एक ग्लोबल प्रतिसपर्धामा सहभागितको लागि सूचना सार्वजनिक गरियो । जर्मनीको स्टुटगार्टमा आयोजना गरिएको मोण्डियालोगो इञ्जिनियरि¨ अवार्डमा अन्ततः उनले त्यही सुगम र दुर्गम भेगमा सूचना प्रविधि र इन्टरनेटस“गै बढेको खाडल घटाउन सहयोग पुग्ने प्रोजेक्ट तयार पारे । जसलाई उनको नेतृत्वमा सोही क्याम्पसका अन्य ६ इञ्जिनियरहरुले सघाएका थिए । ‘इन्र्भमेसन कम्युनिकेसन सेन्टर युजि¨ माइक्रोवेभ लिंक’ नाम दिइएको उक्त प्रोजेक्टले अन्ततः रजत विजेता भयो । उनीहरुले १० हजार युरो पुरस्कार पनि पाए । त्यो पैसा उनीहरुलाई ब्यक्तिगत प्रयोजनका लागि पुरस्कारका रुपमा दिइएको थियो । तर उनीहरुले त्यसो नगरी ग्रामिण भेगमा शिक्षा, स्वास्थ्य र कृषिमा सहरस“ग बढेको खाडल घटाउन लगानी गर्ने निर्णय गरे ।



अमृत भन्छन्, ‘सर्वप्रथम हामीले नमूना प्रोजेक्टको रुपमा दोलखाको सुनखानी गाविसमा अवस्थित कालिनाग उच्च माबिलाई लियौं ।’ जहा“ उनीहरुले भर्चुअल क्लासको अवधारणालाई अध्ययन प्रोजेक्टको रुपमा लगिरहेका छन् । भर्चुअल क्लास एउटा त्यस्तो अवधारणामा आधारित कक्षा हो जहा“ काठमाण्डौंमा (वा विश्वको कुनै पनि कुनामा) रहेर नियमित (र राम्रा) शिक्षक पुग्न नखोज्ने बिकट एवं दुर्गम ठाउ“का बिद्यालयमा कक्षा संचालन गर्न सकिन्छ । उनी भन्छन, ‘काठमाण्डौंमा रहेका हामीजस्ता गाउ“मा पुगेर काम गर्न नसक्ने तर गाउ“प्रति माया बोकेका युवाहरु स्वयंले सा“झ विहान वा आफूलाई पायक पर्दाको कुनै समय दोहोरो अन्र्तक्रिया हुनेगरी त्यहा“का बिद्यार्थीलाई टिउसन पढाउन सक्छौं भने बिषयगत भिडियो बनाएर बिना शिक्षक अध्यापन पनि ।’ त्यस्तै टेलिमेडिसिन त्यसको अर्को फाइदा हो, जहा“ स्वास्थ्य उपचारका लागि स्थानीय अस्पताल नगइकन बिरामीले डाक्टरको सल्लाह एवं उपचार पाउन सक्छन् । गाउ“का कृषकलाई समेत यही प्रविधिबाट आधुनिक कृषिको लागि तालिम दिन सम्भव छ ।

जसका लागि अहिले कालिनाग उच्च माबिमा नमूना अभ्यास गरिंदैछ । त्यही पुरस्कारको रकमबाट अमृतले नेतृत्व गरेको टिमले बिद्यालयमा ५ वटा अत्याधुनिक कम्प्युटर प्रदान गरेको छ । त्यसकै माध्यमबाट स्काइप भिडियो च्याटको प्रयोग गरी केही भर्चुअल कक्षाहरु पनि संचालन भइराखेका छन् । तर त्यसरी गर्दा भिडियोको गुणस्तरमा कमजोरी देखिन गई अध्ययन अपेक्षाकृत सफल हुन सक्दैन । जसका लागि दुवैतर्फ गोटाको झण्डै २ लाख पर्ने अत्याधुनिक वेव क्यामेरा आवश्यक पर्छ । अमृत थप्छन्, ‘जबसम्म यस्ता महत्वकांक्षी परियोजनामा स्थानिय जनतामाझ हाम्रो भन्ने आभास पर्दैन त्यो दिगो हुन सक्दैन ।’ त्यही सोचेर उनीहरुले प्रोजेक्टको आधा हिस्सेदार स्थानीय प्रयोगकर्तालाई (विद्यालय, स्वास्थ्य चौकी, सहकारीहरु) बनाएका छन् । जसले गर्दा दोलखा सदरमुकाम चरिकोटबाट १६ किलोमिटर हवाई दूरीमा रहेको बिद्यालयका अतिरिक्त त्यस भेगका अन्य ७० घरधुरीले इन्टरनेट सुविधा लिन पाइरहेका छन् । यद्यपि अन्य धेरै समस्या भोगिरहेका बिकट गाउ“मा इन्टरनेटबारे सचेत गराएर स्थानीय लगानी बढाउनु आफैमा एउटा जटिल काम भएको उनीहरुको अनुभव छ । तर सरकारले थोरैमात्र पनि अग्रसरता देखायो भने देशका कयौं त्यस्ता दुर्गम एवं बिकट ठाउ“मा भर्चुअल कक्षाहरु संचालन गरी काठमाण्डौंमाझैं गुणस्तरिय र प्रभावकारी अध्यापन गराउन सकिने उनीहरु बताउ“छन् ।

त्यस्तै म्याग्दीको मोहोरेदेखि गुल्मीको सत्यवती डांडासम्म नेपालकै सबैभन्दा लामो दूरीको (४२ किमी हवाईदुरी) ताररहित इन्टरनेट रुट स्थापना गरेका छन् । हाल गुल्मीका बिद्युत पुगेका ५० गाबिसहरुमा समेत इन्टरनेटको सञ्जाल बिकास गरी सोही अवधारणा ल्याउन उनीहरुको टोली तिब्रताका साथ लागेको छ । उनकै टोलीका बिक्रम आचार्य र सन्तोस बराल यही बेतारे इन्टरनेट सञ्जालको ब्यावहारीक अध्ययनको लागि धेरैपटक म्याग्दीको नांगी गाउ“ पुगी महावीर पुनस“ग समेत सहकार्य गर्दै उनले शुरु गरेको अभियानमा समेत सकृय स्वयंसेवकको रुपमा जुटेका छन् ।

A story on a young enginers' efforts on Virtual Class. via Hello Shukrabar (kantipur)

Thursday, March 25, 2010

खुला सफ्टवेरका सारथी

Hello Shukrabar's new column NAYA BATO where two volunteers of FOSS-Nepal are quoted. Catch its hard copy with Kantipur of 13th chaitra or at online
http://epaper.ekantipur.com/showtext.aspx?boxid=65050546&parentid=5367&issuedate=2632010